भुमिका: परिचयका नाममा दुई शब्द
मान्य पाठकहरू, विक्रम संवत
२०७८ सालको वैशाख, जेठ, अषाढ र श्रावण महिनाको ऐतिहासिक घटना क्रमैले अध्ययन गरि सक्नुभएको
छ । यस अङ्कमा भने ती चारै महिनामा मैले देखेका उल्लेखनीय विषयहरूलाई मात्रै राखेर
चार महिनाको सारांश तयार गरेको छु । यस अघिका भाग–१ देखि भाग–४ नपढेकालाई पढ्न सुझाउँदै पढेका पाठक प्रति
आभार व्यक्त गर्दछु ।
यस अघिका श्रिङ्खलाहरू
समयमै प्रकाशित हुन सकेनन् । तर यो पटक मैले त्यसलाई समयमै प्रकाशित गरेको छु । भुमिकाको
खण्डमा बाहेक मैले खासै परिमार्जन गरेको छैन । किनकि मलाई बौद्धिक आतङ्क मच्चाउनु पर्नेछैन
। अन्तमा मन परेमा यि आलेखहरूलाई सक्दो अरूलाई पनि आदान प्रदान गरि मलाई समेत
फराकिलो बनाउनुहुनेछ भन्ने विश्वास मनमा राखेको छु ।
बसन्त जैशी २०७९
जेठ २१
२०७८ सालको वैशाखमा जे भयो
यस महिनामा पूर्व मन्त्री
देखि सर्वसाधारणका असङ्ख्य ज्यान कोरोनाकै कारण गए । एकै दिन नौ हजार बढिको
अभिलेख नेपालमै दर्ता हुँदा पनि प्रधान मन्त्रीले CNN लाई दिएको अन्तरवार्तामा स्थिति नियन्त्रणमै छ
भनेर विश्वसमुदायको सहयोग पाउनबाट चुकाएको भन्दै उनको खुलेरै आलोचना भयो ।
एकै महिनामा दुइ पटकसम्म अविस्वासको प्रस्ताव दर्ता हुँदा फ्लोर क्रसले पनि
राजनैतिक गर्मि निकै तात्यो । विशेष अधिवेसन र अविस्वास प्रक्रियाहरू संघ र
प्रदेशमा एकै दिन मात्र नभई एक पछि अर्को गर्दै चले । पूर्व मन्त्री देखि
धनाड्य समाजसेवि र साधारण जनप्रतिनिधि र नागरिकले पनि आफ्नो स्थानबाट सक्ने
सहयोगहरू गरे । दाङमा अज्ञात व्यक्तिले हत्या गरेको अवस्थामा कारमा फेला
परेका तिन ओटा बच्चाका अभिभावकले सव नबुझि लामै समय सडकमा न्यायको लागि हारगुहार
गरे । २८ वैशाखमा नेपाल सरकारले अन्तराष्ट्रिय उडान कम्तिमा १७ जेठसम्म बन्द
गर्ने निर्णय गर्यो । भारतको पालो सुक्रबार र नेपालको पालो बुध बार पर्ने गरी
नेपाल-भारत उडान भने जारि रहे । २९ वैशाखमा खाडिका नेपालीले नेपालकै लागि
अक्सिजन सिलिण्डर किने; NRNA ले ओमान र चीनबाट अक्सिजन सिलिण्डर पठाउने घोषणा
गर्यो । समग्रमा यो महिना नेपाली राजनैतिक आकाश निकै फेरबदल भयो ।
दलहरूका आपसि अविश्वास र विवादहरू बिर्सिन लायक रहे । वैशाखको सुरुमै कोरोनाको
सङ्क्रमण दर बढ्नथालेको थियो भने महिनाको अन्तमा यसले घट्ने सङ्केत त देखायो तर
मृतकको सङ्ख्यामा भने खासै फरक आएन ।
२०७८ सालको जेठमा जे भयो
जेठको सुरुमै पूँजि बजारले
लय समात्यो । तर राजनैतिक दलहरूको आरोप प्रत्यारोपबाट टाढा रहेनन्
श्रदान्जलिका अभिव्यक्तिहरू पनि । ज.स.पा. मा स्पष्ट भद्रगोल सुरु भयो ।
माओवादिका नेता एमालेबाट र एमालेका नेता काङ्ग्रेसबाट राष्ट्रिय सभाको सदस्यमा
उम्मेद्वार बनेको कुरा पनि अनुपम नै थियो । एमाले एकता कार्यदलले काम सुरु
गर्यो । ८ जेठमा फेरि दोस्रो पटक केपि ओलीको सिफारिसमा राष्ट्रपतिले
प्रतिनिधि सभाको विगठन गरेर चुनावको घोषणा गरिन् । ८ जेठको उज्यालो अलि विशेष
थियो । दलिय धुर्बिकरण तिब्र हुँदा पक्ष विपक्ष अनि तथस्ट बस्नेको कमि
रहेन । गोकुल बाच्कोटाले आफ्नो चोटिलो अभिव्यक्ति दिन बिर्सिएनन् त्यो दिन
पनि र भने "हाम्रो पुस्तालाई बरबाद पारे” । यद्यपि दलीय एकता जोगाउने हेतुले
आफ्नो नाम शेरबाहादुर देउबाको लागि गरिएको हस्ताक्षरबाट फिरता लिएका एमाले नेता
योगेश भटराइको कुरा अवमूल्यन बाहेक केहि हुन सकेन; बढिमा एक समाचारको हेडिङ र स्पष्टिकरणबाट बचाऊ
हुन पुग्यो । जेठको दोस्रो हप्ता मुलुक फेरि पौषको दोस्रो हप्तामा
पुग्यो । गतिविधिहरू पनि लगभग दुरुस्तै उस्तै हुन पुगे । फरक के भने यस पालि
राष्ट्रपतिमाथि पनि केपि ओली सरह आक्रोस खनियो । परिणाम, जेठ आठमा देशका
विभिन्न स्थानमा राष्ट्रपति र प्रधान मन्त्रिको पुत्ला दहन गरियो । राजनैतिक
गञ्जागोलका वावजुत शेयर बजारले बुलिश सिग्नल दियो । जेठको पहिलो हप्ता नै बहु
विवादित एमसिसि सम्झौताको वातावरणीय मूल्याङ्कन प्रतिवेदन स्विकृत भयो । ११ जेठमा जारि
राष्ट्र बैङ्कको निर्देशनमा निशेधाज्ञ सकिएको मितिले एक हप्तासम्म कुनै पनि
किसिमको जरिवाना नलिनु भनियो । जेठको दोस्रो हप्ताको राजनैतिक आकाशमा महन्थ ठाकुर
र राजेन्द्र महत्व अनि बाबुराम भटराइ र उपेन्द्र यादव बीचको स्पष्टिकरण सोध्ने
दोहोरि चलिरह्यो । बाबुराम भटराइ भने सार्वजनिक रूपमा चुप देखिए, कम्तिमा
दलको मामिलामा । महालक्ष्मि बिकास बैङ्कले चार्टर एकाउण्टेण्टको विषयमा
योग्यताको अपमान हुने गरी विज्ञापन खुलाएको भनि एक खालको तरङ्ग नै पैदा भयो ।
१५ जेठमा अध्यादेशमार्फत प्रस्तुत
१६,४७,५७,००,००,००० को बजेटमा तलब भत्तामा वृद्धि गरिँदा साढे पाँच खर्बको घाटा
बजेट आयो । चीन सरकारले दिएको खोपको दुइ खेप जेठको तेस्रो साता भित्रै
नेपालले प्राप्त गर्यो । भेरि अस्पतालमा भएको कुटपिट सम्बन्धि प्रतिवेदन
समितिले सम्बन्धित निकायलाई बुझाएसँगै कार्यान्वयनको लागि अध्ययन सुरु भयो ।
एमाले जोगाउने कसरत भईरहदा ज.स.पा. फुटाउने वातावरण बन्दै गयो । जेठ महिनाका
दिनहरू संवैधानिक विवाद र अदालतका कदम अनि चुरे क्षेत्रबाट ढुङ्गा उत्खनन्
गर्ने भनेको कुरालाई लिएर दलहरूको प्रतिक्रियाले वातावरण झन तातो भयो । चर्को
स्वरका राजेन्द्रले मन्त्रि बनेको केहि घण्टामै विवाद थेग्न नसकेपछि आफ्नै
अभिव्यक्ति सच्याउनुपर्यो । कोभिडका कारण स्थगित भोइस अफ नेपाल सिजन जेठको
अन्तिम हप्ताबाट फेरि सुरु भयो । नेपालमा यस वर्ष समयमै मौसमि गतिविधि हुने
सङ्केतहरू देखापरे ।
२०७८ साल अषाढमा जे भयो
असार पहिलो हप्ता बाढि र
पहिरोकै समाचारले प्राथमिकता पाए । प्रतिनिधि सभाको विगठन र शेयर बजारमा
धितोपत्रको विज्ञप्तिले असारे गर्मि झरिको प्रवाह नगरि बढ्यो । शैक्षिक
संस्थानहरूमा कोभिडको सङ्क्रमणमा कमि आएसँगै भर्ना गर्ने र किताब बितरण गर्ने काम
सुरु भयो । कोठा नदिएको भनि रुपा सुनारले गरेको अभिलेख सहितको मुद्दाले
अधिकारकर्मि र पिडकका पक्षधर बीचको दोहोरि हेर्न लायक बन्यो । नेपालमा मन्सुन
भित्रिएसँगै आएको बाढि पहिरोको प्रकोपले सिन्दुपाल्चोक जिल्लाको हेलम्बु र मनाङ
जिल्लाका स्थानहरू बढि प्रभावित भए; उद्धार र राहातका लागि सरकारि भन्दा गैरसरकारि जमातहरू
सक्दो गरेर फर्किए । धान दिवसमा नायिकाले चस्मा ढल्काउँदै रोप्दा मन्त्रीले
वृद्धाश्रममा दिन बिताए । काङ्ग्रेसमा भावि नेतृत्वलाई लिएर चेस खेल जारि
रह्यो । आन्तरिक तथा बाह्य उडान सुचारु गर्ने कुरासँगै सडक यातायात
व्यवसायिले पनि भाडा बढाएर लामो दुरिका सवारि समेत खोल्नुपर्नेमा जोड दिए ।
१७ असारमा बसेको एमालेको केन्द्रीय समितिको वैठकमा माधव कुमार नेपाल नगएपछि ओलीले
वैठकमा कुण्ठा पोख्दै अर्को दलको नेतालाई समर्थन दिएको हस्ताक्षर फिरता नलिने
मान्छे एमाले नभएको र पुत्ला दहन गर्नेलाई एमालेले कुर्न किन पर्ने? भनि प्रश्न
गरे । बिजुलि उत्पादनको भर्चुवल उद्घाटन गर्दै प्रधान मन्त्री केपि शर्मा
ओलीले माथिल्लो तामाकोशिको समयमा काम हुन नसक्दा राष्ट्रले असाधारण क्षति बेहोरेको
बताए । नारायणगड मुग्लिन सडक खण्डमा करिब तिन हजारको सङ्ख्यामा सवारिसाधन लाम
लागेको पनि देखियो । आत्महत्या गरेकि एक जनाले यसमा कसैको दोश छैन भनि
आत्महत्याको नोट छोडेर देह त्यागिन् । तुलनात्मक रूपमा यो महिनामा १० महिला
सहित सयौँको सङ्ख्यामा जुवाडे पक्राउ परे । बित्तीय संस्थामा समेत चोरिका
घटनाहरू बढे । केहि समय अघि बेसार पानीले चर्चा कमाएका ओलीले फेरि जनै
खटिराको उपचार बारे बोलेपछि राजनैतिकसँगै अर्को हास्य श्रिङ्खला देखियो छापा र
श्रव्य–दृश्य मेडियामा । २८ असारमा बामदेव गौतमको जन्म दिन परेकै समयमा प्रतिनिधि
सभा विगठनमा तातिएको गर्मि र उर्लिएको पहिरोले अन्तिममा दोस्रो पटक पुनरस्थापना र
दुइ दिनमा शेरबाहादुर देउबालाई प्रधान मन्त्रि बनाउन परम आदेश सहितको फैसलासँगै सबैलाई
तरङ्गित बनायो । एक पटक नभई ओलीको निति दुइ तिहाइबाट पाँच जना मन्त्रिमा र अन्तिममा
पदमुक्तसम्म पुग्यो । दोस्रो पटक पनि प्रतिनिधि सभा पुनस्थापना तथा देउबालाई
प्रधान मन्त्रीमा नियुक्त गर्नु भनि अदालतले दिएको आदेशमा एमाले अध्यक्ष ओलीले
चर्को असन्तुस्टि जनाए । आफु सर्वोच्चको परमादेशसँगै पदमुक्त भएपछि पनि उनले
रवाफको गति घट्न दिएनन्; कार्यक्र्ताले बालुबाटार देखि बालकोटसम्मै स्कटिङ गरे;घरमा त बाजागाजाले स्वागत
गरियो । मेडियाहरूले कृष्ण प्रसाद भटराइलाई सम्झिए । यसै पनि ओलीसँग
रिसाएका मेडियाले सकेजति ठूलो बनाउने नै भए । राजनैतिक विश्लेषकले ओलीको
पालामा बिग्रिएको नेपालको छवि देउबाले सुधार्न सक्ने तर हनिमुन समेत मनाउन नपाइने चुनौतिकै
बीचमा उनि उभिएको टिप्पणि गरे । समग्रमा असार भुक्तानिको चटारो, राजनैतिक तथा
प्राकृतिक गर्मि, बाढि पहिरो र राजनैतिक आरोप प्रत्यारोपले भरियो । कोभिडको
सङ्ख्या घटेसँगै खुकुलो बनाइएको बन्दाबन्दिमा फेरि सङ्ख्या उकालो
लाग्नथाल्यो । नवनियुक्त प्रधान मन्त्रि सेरबाहादुर देउबाले राष्ट्रपति
विद्यादेवि भण्डारिलाई सिधा टक्कर दिँदै विज्ञप्ति नसच्चिएमा प्रधान मन्त्रिको सफत
नलिने बताए र राष्ट्रपति सच्याउन तयार भईन् । कर्णाली प्रदेश सभाको वैठक पनि
बजेट पारित नभईकनै अधिवेसन अन्त्य भयो; वैठक अवरोध गरेर बजेट पारित गर्न नदिएको एमालेले सदन
अन्त्य हुँदा पनि आफति जनायो । खेलकुदमा महिना केहि निराशमय रह्यो ।
योजना अनुसार सञ्चालन हुनुपर्ने केहि प्रतियोगिताको तालिका रद्द भए । प्रधान
न्यायाधिश चोलेन्द्र सम्शेर ज.ब.रा. ले उच्च अदालतको निरिक्षणमा अदालतलाई सडकको
तालि र गालिले प्रभाव नपार्ने बताए । यो भनाइ किन पनि महत्वपूर्ण छ भने २९
असारमा गरेको फैसलामा चित्त नबुझेपछि एमालेले उनको पुत्ला दहन गर्दा अरू दलहरूले
प्रसंसा गर्दै उनको लागि बत्ति बाले । केपि ओलीलाई विदा गरेकोमा माधव कुमार
नेपाल लगायत ठूला दलहरूले राहातको सास फेरे । यस बाहेक चोरि, डकैति, हत्या र
फरार पक्राउ पर्ने घटनाहरू पनि पर्याप्त नै भए यो महिनामा । राजनैतिक संरक्षन
पाउने हेतुले होकि डेड वर्ष देखि भुमिगत बालुवाटार ललिता निवासको जग्गा प्रकरणमा
मुछिएका विजय कुमार गक्षदार अदालतमा काङ्ग्रेसको सरकार बन्नासाथ उपस्थित
भए ।
२०७८ सालको श्रावण महिनामा जे भयो
एमालेमा ओलिले माओवादिबाट
आएकालाई आफुसँगै राख्न नयाँ तरिका अप्नाए, प्रभु शाहको नेतृत्वमा साइबर आइ.टि.
सेनाको गठन भयो । स्पष्टिकरणको म्याद दिएपनि माधवकुमारले बाल दिएनन् यस पटक
पनि, बरु देउबालाई मत दिनेसँग पो छलफल गरे । प्राकृतिक वा किर्तिम कारणले
पोखरि र नदिनालामा डुबेर दर्जन जतिको ज्यान गयो । देशका विभिन्न स्थानमा
मृतकहरूको व्यवारिसे सवहरू भेटिन छोडेन । यता राजनैतिक माहोल आफ्नै गतिमा अघि
बढ्यो । प्रचण्डलाई सबैले मन्त्रि मागेर तनाव, देउबालाई सभापति पद पनि जोगाउन
पाए भन्ने तनाव र माधव कुमार तथा एमालेको दललाई सुरक्षित अवतरणको
तनाव भईरहेको थियो । प्रधान मन्त्रिमा नियुक्त भएको करिब दुइ हप्ता
नबित्दै देउबाले आलोचकलाई आहारा दिन सुरु गरे; उल्टो कामको थालनि गरे । तर सफत खाएका
स्वास्थ्य राज्यमन्त्रिले आफुलाई एक-एक इन्च समस्या थाहा भएको भन्दै सबै समाधान
गर्ने दाबि गरे । रबिन्द्र मिश्रको गणतन्त्र बिरोधि प्रस्तावको दस्तावेजले
उनि पनि ठुला दलको निसानामा परे । एक सांसदले पपजि र फिरि फाएरका सम्बन्धमा
संसदमा कुरा उठाएपछि सामाजिक सञ्जालमा पपजि लगायतका केहि गेमहरू नेपालमा प्रतिबन्ध
लगाउने विषयमा टिकाटिप्पणिहरू भए । भारतीय सिमा सुरक्षा बल (SSB) ले एक नेपालीलाई तुइनको
डोरि काटेर महाकालि नदीमा खसाएपछि दार्चुलावासिको ध्यान फेरि भङ्ग भयो ।
विपक्षिले सरकारले केहि गर्न नसकेको भनि संसदको राष्ट्रिय सभामा आलोचना गरे ।
ओलम्पिक खेलका दौरान पनि चीन र अमेरिकाले विश्वलाई तातो हावा दिईरहे । एकिकरण
पछि फुटेर पनि एकिकरण हूने चरणमा रहेको दल, विवेकशिल साझा पार्टिमा फेरि दुइ ओटा
खिमाहरू प्रस्ट देखिए । सर्वोत्तम सिमेण्टको बुक बिल्डिङ विधिबाट प्राथमिक धितोपत्र निस्कासन गर्ने काममा अनुचित लाभ लिएको भन्दै नेप्से र धितोपत्र बोर्डका
अध्यक्ष कर्मचारिसम्म मुछिए । दार्चुला घटनाले मेडियामा खुब स्थान
पायो । अफगानिस्तानमा अमेरिकि सेनाको फिर्तिसँगै तालिवानि समुहले हिंसात्मक
कार्वाहिलाई बढाए । यस क्रममा सरकारि सुरक्षा फौजको कार्वाहिमा धेरै तालिवान
देखि सुरक्षाकर्मि र जनताहरूले मृत्यु वरण गरे; केहि प्रान्तीय राजधानिहरू पनि तालिवानिको कब्जामा
परे । चलेको अन्योलको राजनैतिक दोहोरि श्रावणमा पनि टुङ्गिएन । स्वेतपत्रले
भावनाको रूप लिएजस्तै गरी आलोचना र समर्थन भए । कुलमानको दोस्रो इनिङ सुरु
भयो । तालिवानि सत्तामा पुगेसँगै राष्ट्रपति घानि भागेर विदेश पलायन भए; कमल थापाले ३२ श्रावणमा एक
टुइटमा राजा प्रति झनै स्रद्धा जागेको बताए ।
Comments
Post a Comment
Would you like to add something? Enter here!