महत्वपूर्ण चार महिना: २०७८ सालको असार
परिचयका नाममा दुइ शब्द
दैनिकि लेखनको आ-आफ्नै तरिका हुन्छ भनिन्छ । कसै-कसैले नदेख्ने गरी आफ्नै दैनिकि लेखेर डाएरि सिरानिमा हालेको देखि आत्मवृतान्तसम्म बनाइ पाठकको हातमा पुर्याएको देख्न र सुन्न पाइन्छ । यस अघि नै विक्रम संवत २०७८ सालको वैशाख र २०७८ सालको जेठको घटनाहरूलाई मेरो दैनिकिको मदतमा तोडमोड नगरी यहाँहरू समक्ष राखिसकेको छु । तेहि पूर्ण इतिहासको तेस्रो भागको रूपमा २०७८ सालको असार महिनामा भएका मुख्य घटनाहरूलाई संक्षिप्तमा प्रस्तुत गर्दैछु । आसा छ, यसलाई विगतमा भन्दा धेरैले खोजि गर्ने छन् ।
विगतका श्रिङ्खला पढेकालाई भन्दा पनि नयाँलाई सन्देश दिने गरी म यहाँ विभिन्न १२ ओटा शिर्षकमा वर्ष २०७८ को असारको चर्चा गरेको कुरा स्मरण गराउछु । त्यसैले शिक्षा, राजनैतिक गतिविधि र खेलकुद लगायतका विविध क्षेत्रको एक मात्र पूर्ण खुला पुस्तक भन्दा सायदै फरक पर्दैन होला। अन्तमा विषयवस्तु लेखन र रखाइमा न्याय गर्ने सक्दो कोसिसका बावजुत मेरा कमजोरि त्रुटि हुन सक्दछन् । तिनिहरूलाई देखाएर मलाई परिपक्व बन्न यहाँहरू सबैको रचनात्मक सहयोग सधै हुनेछ भन्ने आसा लिएको छु । अन्तरालमा मानवयन्त्रिक लय समात्न नसकेकोमा म विचलित छैन । पाठकले पनि त्यसै गरी बुझुन् । आगामि हप्ता चौथो महिनाको दैनिकि भन्दा पनि इतिहासिक घटनाक्रम प्रकाशित गर्ने पक्का छ ।
१. दुर्घटना (Accidents of year 2078 Asar)
निर्दयि यन्त्रलाई लापर्वाहिको साथ
१ असारमा सप्तरिमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाले ज्यान गुमाए । ४ असारमा देशका विभिन्न स्थानमा भएका दुर्घटनामा परि चारको मृत्यु भयो ।
८ असारमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिएपछि एक जनाको ज्यान गयो । काठ्माण्डौ र पोखरामा एक महिला र एक पुरुष मृत भेटिए । १२ असारमा भेनको ठक्करबाट सुन्सरिमा एक पैदलयात्रिको ज्यान गयो । १३ असारमा ट्रिपरले किचेर जनकपुरमा एक जना मारिए । कैलालीमा मोटरसाइकल बिजुलिको पोलमा ठोकिएपछि एक जनाको ज्यान गयो ।
२०७८ को असार १५ मा तिर्सुलि नदीमा चालक र सह-चालक सहित ट्रक खस्यो । १६ असारमा देशका विभिन्न स्थानमा भएका सवारि दुर्घटनाहरूमा त्रि.वि. का सहप्राध्यापक सङ्कर भण्डारि सहित पाँच जनाले ज्यान गुमाए । २१ असारमा सुन्सरिमा दूध बोकेको गाडिको ठक्करले एक जनाको ज्यान लियो ।
२२ असारमा देशका विभिन्न स्थानमा भएका दुर्घटनामा परि एक बालक सहित पाँच जनाले ज्यान गुमाए । २७ असारमा विभिन्न सवारि दुर्घटनामा परि चार जना मारिए । २९ असारमा ट्याक्टर पल्टिँदा रौतहट जिल्लामा दुइ जनाले ज्यान गुमाए । ३१ असारमा एक सई सहित दुइ जनाले सवारि दुर्घटनामा ज्यान गुमाए ।
२. प्राकृतिक विपति (Natural disaster in the year 2078)
जताततै पहिरो
१ असारमा लगातार परेको झरिका कारण डोटीको जोरायल गाउँपालिका–१ गैरा नजिक पहिरो जाँदा भिमदत्त पन्त राजमार्ग, प्युठानको सरूमारानी गाउँपालिका-४ खहरेखोलास्थित भालुवाङ-प्युठान सडक खण्डमा खसेको पहिरो, राम्चे-धुन्चे सडकखण्डको मुलखर्कमा ढुङ्गा झरेको, रेसुङ्गा नगरपालिका-१३ को भगाँरी खोलामा आएको पहिरो, आदि कारणले देशको सडक सञ्जाल अस्तव्यस्त भयो । असार २ गते मेलम्चि लगायतका स्थानहरूमा बाढि र वर्षाले ठूलो क्षति पुर्यायो । चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु चिया पिउँदैगर्दा भयो । यस्तै १२ असारमा चट्याङ लागेर पर्सामा एक जना मारिए ।
१७ असारमा हात्तिको आक्रमणबाट उदयपुर जिल्लामा एक जना मारिए । १८ असारमा मुग्लिनमा जाममा परेको ट्रकमाथि पहिरो खस्यो । बारा जिल्लामा एक जना किसानलाई हात्तिले आक्रमण गरी मार्यो । २९ असारमा उदयपुर जिल्लामा चट्याङ लागेर दुइ महिलाको ज्यान गयो ।
३. स्वास्थ्य (Health in the year 2078 Asar)
२०७८ असार १ मा गोर्खा अस्पतालका डाक्टरले पूर्वाग्रहको नेतृत्वसँग काम गर्न नसकिने भन्दै राजिनामा दिए । २०७८ असार ४ गते राष्ट्रिय चिकिश्चा शिक्षा आयोगको निर्णयका कारण आफ्नै अस्पताल नभएका नर्सिङ होमहरूले विद्यार्थी भर्ना लिन नपाउने पक्का जस्तै भयो । ५ असार २०७८ मा WHO का महानिर्देशक टेड्रोस अधानम गेब्रेससले गरेको टुइटमा मुस्ताङको एक भिडियोमा “हिरो” शब्द परेकोले होला निकै चर्चित भयो । ६ असारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एसिड पिडितलाई निसुल्क उपचार गर्ने गरी त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताल सहित चार अस्पताल तोक्यो ।
स्वास्थ्यमा राजनिति कि राजनितिमा स्वास्थ्य?
असार १५ गते सरकारले निजि तथा सरकारी स्वास्थ्य संस्थाहरूमा उपलब्ध गराउँदै आएको कोभिड उपचार खर्च पुरै कटौति गर्ने घोषणा गर्यो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले जिल्लाका कोरोना संक्रमितलाई घर–घरमै पुगेर आयुर्वेद औषधी वितरण गर्न थाल्यो । विपि प्रतिस्ठानका उपकुलपति मदिरा सेवन गरी वार्तामा बसेको भनेपछि उनलाई जाँच गर्न खोज्दा मानेनन्, बरु ६ घण्टा बिताए प्रहरीसँग । १६ असारमा स्वास्थ्य मन्त्रालयले लकडाउन खुकुलो बनाउँदा तुलनात्मक रूपमा परिक्षण मध्येमा सङ्क्रमण दर बढेको तथ्य सार्वजनिक गर्यो । १८ असार २०७८ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनसँग सिनोफाम खोपको निरन्तर आपुर्तिका लागि सम्झौता गर्यो । कोभिडको उपचार र नियन्त्रण सम्बन्धि कुराका लागि विभिन्न देशहरूका जनसम्पर्क समितिहरूले पनि सहयोग गरे । १९ असारमा भद्रपुर मेडिकल कलेज बारे चाँडै निर्णय गरिदिन आग्रह गर्दै दुर्गा पर्साइँले काठ्माण्डौमा पत्रकार सम्मेलन गरे ।
२२ असारमा भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरियो । गोबिन्द केसिले विपि प्रतिष्ठानका सबै कर्मचारिलाई बर्खास्त गर्नुपर्नेमा जोड दिए । २३ असारमा विदेशमा चिकिश्चा शिक्षा अध्ययन पुरा गरेका नेपाली विद्यार्थीले नेपालमै इण्टनसिप गर्न दिने निर्णय भयो । २६ असारमा नेपाल सरकारले कोभिड-१९ को तेस्रो चरणको क्लिनिकल परिक्षणको लागि कानुनि आधार पुरा गर्दै परिक्षणका क्रममा बिरामिलाई पुग्ने क्षति सम्बन्धित कम्पनिले वेहोर्ने गरी कार्य स्विकृत गर्यो । ३० असारमा प्रधान मन्त्री शेर बाहादुर देउबाले २०७८ भित्रमा सबैलाई खोप लगाउने गरी काम गरिने बताए; निर्णयमा हस्ताक्षर नियुक्ति भएकै दिन गरेका थिए । विपि प्रतिस्ठानका कर्मचारिले २८ घण्टा भित्रमा माग सम्बोधन नभए कोभिड र आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनि दिए; गोबिन्द केसि पनि यैक्यबद्धता जनाउन त्यहाँ पुगे । ३१ असारमा विश्व स्वास्थ्य सङ्गठनले कोरोनाको तेस्रो चरण सुरु भएको घोषणा गर्यो । विपि प्रतिस्ठानका कर्मचारिले माग पुरा नगरेपछि सबै सेवा ठप्प पारे । पर्साको विरगञ्ज महानगरपालिकालाई पूर्ण खोपयुक्त महानगरपालिका घोषणा गरियो ।
४. शिक्षा (Education in the year 2078 Asar)
सिस्ट विभेदका अवशिस्ट रूप
२०७८ १ असारमा इमेज खबरमा आर्थिक अभावकै कारण कतिपय बालबालिकाहरूले विद्यालय कक्षा बीचमै छाड्ने गरेको समाचार सार्वजनिक भयो । ५ असारमा काठ्माण्डौ विश्वविद्यालयले पनि चिकिश्चा शिक्षामा अध्ययन गर्ने विद्यार्थीलाई १०% छात्रवृति दिने निर्णय गर्यो । ६ असारमा वीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अर्बिन्दलाल कर्णलाई आवश्यक तयारि बिनै नगर क्षेत्रको विद्याकलय सञ्चालन गराउन खोजेको भन्दै विद्यार्थीहरुले एक घण्टा उनकै कार्यकक्षमै थुने ।
असार ९ मा जातीय विभेदका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरधनि सरस्वती प्रधान रिहा हुँदा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार परिसर पुगेपछि शिक्षा मन्त्रिले अभियुक्तलाई लिफ्ट दिएको भनि ब्यङ्ग्य गरियो । १३ असारमा राष्ट्रियसभाका पूर्वसांसद खेम नेपाली नेतृत्वको टोलीले जातीय विभेदको पक्षपोषण गर्ने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदमुक्त गर्न माग गर्यो । सुन्सरि स्थित धरानका राजनीतिक दल र नागरिक दबाब सञ्जालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरिलाई ३ दिनभित्र प्रतिष्ठानमा हाजिर हुन अल्टिमेटम दिए । त्रिभुवन विश्वविद्यालयमा एम्फिल र विद्यावारिधि निसुल्क पढाउनुपर्ने माग गर्दै अध्ययनरत एक समुहले प्रदर्शन गर्यो । पाठ्यक्रम विकास केन्द्रले नेपालको पुरानै नक्सा राखेका पाठ्यक्रम छपाई गर्ने छापाखाना, वितरण गर्ने वितरक र प्रयोगमा ल्याउने विद्यालयका प्रधानाध्यापकहरुलाई स्पष्टीकरण सोध्यो । १४ असारमा मदन भन्डारि मेमोरियलले शैक्षिक कार्यक्रम सुरु गर्यो ।
शैक्षिक अस्त्र
१५ असारमा कोरोना संक्रमणले ज्यान गुमाएका शिक्षकहरुप्रति नेपाल शिक्षक महासंघले श्रद्धाञ्जली व्यक्त गर्दै माइतिघरमा मैन बत्ति बाल्यो । नेपाल चिकिश्चा शिक्षा आयोगले सबै किसिमका शैक्षिक गतिविधिहरू श्रावणबाट सुरु गर्ने निर्णय गर्यो । १९ असारमा राष्ट्रिय परिक्षा बोर्डले श्रावण अन्तिम साताबाट कक्षा १२ को परिक्षा भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी सरकारसँग अनुमति माग्यो ।
२०७८ असार २३ गते रुपा सुनारले दिएको रिटमा सुनुवाइ गर्दै शिक्षा मन्त्रीलाई अदालतले “तपाइँलाई जातीय विभेद गरेको कारण सहित कार्वाहि गर्नु नपर्ने किन” भनि प्रश्न गर्दै वहसका लागि जिकायो । २५ असारमा विश्व बैङ्कले नेपालका सरकारि विद्यालय क्षेत्र विकास कार्यक्रम र स्वास्थ्य दक्षता कार्यक्रममा खर्च गर्ने गरी १० करोड अमेरिकि डलर अर्थात १२ अर्ब नेपाली ऋण स्विकृत गर्यो । २९ असार देखि शिक्षकहरूलाई पनि कोरोनाको खोप दिन सुरु गरियो । शिक्षा मन्त्री कृष्ण गोपाल श्रेस्टले जाँदाजाँदै एकै पटक धेरै मन्त्रालयको जिम्मेवारि सम्हाल्दाको नयाँ अनुभव भएको प्रतिक्रिया दिए । बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिला (छोरी) लाई ५१ हजार भत्ता दिने घोषणा गर्यो ।
५. खेलकुद (Sports of the year 2078)
कोभिड-१९ ले बदलेको क्रिकेट काउन्सिलको पात्रो
२०७८ साल असार ४ गतेको कुरा हो; स्पेनमा हुने आइसिसि क्रिकेट विश्व कप छनौट अन्तरगत, ICC world cup league 2 मा नामिबिया र स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिजका लागि क्रिकेट संघले खेलाडिलाई बन्द प्रशिक्षणमा बोलायो । युरोपेलि फुटबलको सर्वोच्च निकायले रोनाल्डोले कोकाकोलाको बोतल पर सारेर पानी पिएकै कारण उत्पन्न तनावकै बीच खेलाडिको व्यवहारको कारण देश/क्लबहरूलाई जरिवाना गर्न सकिने जनाउ दियो; भनिन्छ कि यहि कारण कोकाकोलाको शेयरको मूल्य करिब चार अर्ब डलरले घटेको थियो । भारत र निउजिल्याण्ड बीचको प्रथम विश्व टेस्ट च्याम्पियानसिपको फाइनल वर्षाले प्रभावित भयो; टस समेत हुन सकेन । ५ असारमा नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम विराटनगर सिटी एफसीले भुटानको क्लब पारो एफसीसँग फुटबल विकासको लागि एक सम्झौता गर्यो । युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले खेलकुदको विकासका लागि गर्न सकिने कामको सम्बन्धमा सुझाव मागे । WTC-2021 फाइनल सुरु भयो । क्रिकेटको सर्वोच्च संस्था, ICC ले नेपाल, नामिबिया र स्कटल्याण्ड समिलित त्रिकोणात्मक सिरिजको खेल स्पेनमा हुने गरी तालिका सार्वजनिक गर्यो । ICC WTC फाइनलको चौथो दिनको खेल वर्षाले गर्दा रद्द भयो ।
८ असारमा जारि सर्वोच्चको अन्तरिम आदेशसँगै खेलकुदमन्त्री एकवाल मियाँ पदमुक्त भए । राष्ट्रिय पुरुष क्रिकेट टोलिका कप्तान ज्ञानेन्द्र मल्लले स्कटल्याण्ड र नामिबियालाई पराजित गर्न अझै मेहनत गर्नुपर्ने बताए । नेपाल क्रिकेट संघले प्रतिस्पर्धाका आधारमा क्रिकेट टिमको जर्सि छनौट गर्न चार सदस्यिय समिति बनायो । खेल तालिकाको मसि सुक्न नपाउँदै असार १० गते नामिबियामा बढ्दो कोभिडको असरका कारण ICC ले स्पेनमा खेलाउने भनेको नेपाल सहितको ICC cwc त्रिकोणात्मक सिरिज २०२२ जुलाइसम्मका लागि स्थगित भयो । एएफसी महिला एसियन कप क्वालिफायर्समा नेपाल समुह ‘एफ’ मा पर्दै हङ कङ र फिलिपिन्ससँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने भयो । असार १२ मा नेपाल क्रिकेट संघले ICC cwc league अन्तरगत नेपालले खेल्ने सिरिज स्थगित भएसँगै खेलाडिको बन्द प्रशिक्षण पनि रोक्यो । १४ असारमा स्विट्जरल्यान्ड विरुद्ध पेनाल्टी सुटआउटमा गोल गर्न असफल भएका फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पेले माफी मागे; उक्त पेनाल्टिलाई सदुपयोग गर्न नसक्दा फ्रान्स पराजित भयो ।
नेपाली खेल जगत
१५ असारमा नेपाली महिला राष्ट्रिय भलिबल टिमकी व्यवस्थापक निरोज मास्केले पदबाट राजीनामा दिईन् । १७ असारमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलिको बन्द प्रशिक्षण एन्फाले अन्तिम समयमा आएर एक साताको लागि स्थगन गर्यो । १९ असारमा निउ रोड टिम (nrt) ले सहिद स्मारक ए डिभिजन लिगको लागि प्रशिक्षकमा राजुकाजि शाक्यलाई निरन्तरता दिँदै दुइ जना अफ्रिकन खेलाडिलाई टिममा अनुबन्ध गर्यो । नेपाल भलिबल संघले महिला एसियन भलिबल च्याम्पियनसिपका लागि दोस्रो चरणमा १८ खेलाडीको नाम घोषणा गर्यो । २१ असार देखि नेपाल क्रिकेट संघले लेभल वान रिफ्रेशमेण्ट तालिम सुरु गर्यो । फुटबलको सर्वोच्च निकाय FIFA ले विश्व कप हरेक दुइ वर्षमा गर्ने विषयमा अध्ययन सुरु भएको जनायो ।
२२ असारमा नेपाल ओलम्पिक संघले खेलकुदको अभिलेखिकरण गर्न भनि नयाँ वेबसाइटको सुरुवात गर्यो । २५ असारमा शगरमाथा टि-२० लिगको लागि ICC ले अनुमति दियो; प्रतियोगिता २५ सेप्टेम्बरबाट गर्ने कुरा भयो । U19 एसिया कप २०२३ को छनौट तालिका सार्वजनिक हुँदा नेपाल समुह (बि) मा इरान, ताजिकिस्तान र लेबननको साथमा पर्यो । २७ असारमा भएको फाइनलमा कोपा अमेरिका फुटबलको उपाधि अर्जेण्टिनाले उचाल्यो; कप्तान लियोनल मेस्सि सर्वोत्कृष्ट खेलाडि घोषित भए । २९ असारमा नेपालको तर्फबाट टोकियो ओलम्पिकमा सहभागि हुने पाँच खेलाडि सहित २६ जनाको टिमको टुङ्गो लाग्यो; झण्डा पौडिकि गौरिका सिङ्हले बोक्ने कुरा भयो । वेस्ट इण्डिजका काइरण पोलार्डले टि-२० ढाँचाको क्रिकेटमा १४ हजार रन पुरा गर्दै सबै भन्दा धेरै रन बनाउने किर्तिमान आफ्नो नाममा लेखाए । युक्रेनका ओलम्पिक च्याम्पियन जिम्नास्टिक खेलाडी ओलेग भरनेइभ डोपिङ परिक्षणमा दोशि पाइएपछि टोकियो ओलम्पिक खेल्न प्रतिबन्ध लाग्यो ।
६. राजनिती (Political scenario of the year 2078 Asar)
भुमरिमा कम्रेड
२०७८ साल असार १ गते एमालेका गोकुल बाच्कोटाले एमाले बिगार्न देउबा र प्रचण्डले कोटेस्वरमा युरिया धेरै हालेको टिप्पणि गरे ।२ असारमा झलनाथ खनाल थप उपचारको लागि भारत जाने बेला इश्वर पोखरेललाई दलको विवाद मिलाउनु भनेर अर्ति दिई उडे । ३ असार २०७८ मा ज.स.पा. को उपेन्द्र पक्षले लुम्बिनि प्रदेशका चार सांसदलाई दोस्रो पटक स्पष्टिकरण सोध्यो । असार ४ गते उपेन्द्र याधव र डा. बाबुराम पक्ष बहुमत कार्यकारिणिको हस्ताक्षर सहित जसपाको आधिकारिकता माग्दै निर्वाचन आयोग पुगे । गण्डकी प्रदेशमा मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाए । नेपाली काङ्ग्रेसले १४औ महादिवेशन गर्ने समय भाद्र तेस्रो हप्तालाई अन्तिम रुप दियो । निर्वाचन आयोगले लगातार तिन वर्षसम्म पनि लेखा परिक्षण नबुझाउने ४१ राजनैतिक दलहरूलाई प्रति दल ५० हजार जरिवाना गर्यो । २०७८ साल असार ७ मा ओली अदालत गएको भन्दै माधव कुमार नेपालले आफति जनाउँदै ओली दलको एकता विपरित गएको बताए । देउबा दोस्रो कार्यकालको ग्रिहकार्यमा बेस्त रहे; उपेन्द्र याधव समुहले महन्थ ठाकुरलाई किर्ते गरेको अभियोग लगाए ।
८ असार २०७८ मा सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै कोहि १३ दिनमै त कोहि मन्त्री १९ दिनमा पदमुक्त भए; कतिपयले केपि ओलीलाई अदालतले अर्को झट्का दिएको भनि व्याख्या गरे । एमालेले अदालतको आदेश अनपेक्षित भन्यो; मन्त्रिलाई बधाई दिन गएकाहरू विदाइ गरेर फर्किए । ९ असारमा कर्णाली प्रदेश सभाबाट दलको हुइप उल्लङ्घन गरेका एमालेका चार सांसदले आफुले यामलाल कँडेलको कुरा प्रदेश इन्चार्जको हैसीयतमा नमान्ने बताए । केपि शर्मा ओलीले मन्त्रिपरिशद हेरफेर गर्दै प्रति मन्त्री तिन-पाँच मन्त्रालयसम्मको जिम्मेवारि दिए । १० असारमा प्रधान मन्त्रीले नेपाल टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रतिनिधि सभा विगठनमा उठेको कुरा संवैधानिक प्रश्न नभएको र संविधानमा पनि त्रुटि रहेको बताए ।
असार ११ गते एमालेले कर्णाली प्रदेश सभा सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई तीन महिनाका लागि निलम्बन गर्यो । एमाले नेत्रि बिन्दा पाण्डेले शिक्षा मन्त्रि माफि माग्न लायक भएको बताइन् । १२ असारमा कर्णाली प्रदेशका निलम्बित सांसद एवं कृषि मन्त्रिले एमालेले अदालतको आदेश उल्लङ्घन गरेको प्रतिक्रिया दिए । एमाले नेता माधव कुमार नेपालले आफुलाई प्रधान मन्त्री बन्न प्रस्ताव आएको बताउँदा शेरबाहादुर देउबाले राष्ट्रपतिलाई ओलीकै कार्यकर्ताको रूपमा काम गरेको भने । १३ असारमा ने.क.पा. विपलपले सरकारले आफुहरूसँगको सहमति कार्यान्वयन नगरेको गुनासो गर्यो । १४ असारमा प्रधान मन्त्री केपि शर्मा ओलीले मदन भण्डारी फाउण्डेसनको एक कार्यक्रममा बोल्दै माधव कुमार नेपाललाई प्रधान मन्त्री प्रस्ताव गर्न बौलाहा कुकुरले नटोकेको बताए ।
एमालेका दुख
२०७८ असार १५ मा अग्नि प्रसाद साप्कोटाले प्रतिनिधि सभाको अधिकार राष्ट्रपतिले अतिक्रमण गरी अपहरण गरेको आरोप लगाए । प्रधान मन्त्रि र प्रधान सेनापति बीच भेटवार्ता भयो । ने.क.पा. एमालेले दशौँ महादिवेसन आयोजक कमिटिलाई २०७५ जेठ २ को अवस्थाको केन्द्रिय समितिमा रुपान्तर गर्यो; एमालेको २ जेठकै समिति बिउँतियो । ज.स.पा. का दुवै अध्यक्षलाई निर्वाचन आयोगले बोलायो । १७ असारमा माधव कुमार नेपाल र केपि शर्मा ओली बीच टेलिफोनमा कुराकानि भयो । १८ असारमा एमालेले कर्णालीमा प्रदेश सभा चल्न दिएन । काठ्माण्डौमा विद्यासुन्दर शाक्य बिरुद्ध लेखिएको नारा मेटाइयो । आफुलाई झुक्याएर सरकारमा लगिएको भन्दै जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशकी नेतृ सुमन शर्मा रायमाझीले लुम्बिनी सरकारको राज्यमन्त्री पदबाट राजीनामा दिईन्; मुख्य मन्त्रि पोखरेल फेरि अल्पमतमा परे । १९ असारमा एमाले अध्यक्षले देउबालाई प्रधान मन्त्री बनाउन दिएको हस्ताक्षर फिरता लिन भनेपछि माधव कुमार नेपाल निकट सांसदहरूले उक्त हस्ताक्षर कुनै पनि हालतमा पिरता लिन नसकिने बताए । नेता इश्वर पोखरेलले एमालेको केन्द्रीय समितिको वैठकमा विधान महाधिवेसन २५ श्रावण २०७८ मा गर्ने प्रस्ताव पेश गरे; रा.प्र.पा. ले दलको महादिवेशन २७-३० कार्तिकमा गर्ने निर्णय गर्यो ।
२० असारमा एमालेका गोकुल बाच्कोटाले कोपा अमेरिकामा लिओनल मेस्सिले गरेको गोल सम्झाउँदै आफ्नो दलका नेताले मैदान छोड्दा ल्याङल्याङ भएको प्रतिक्रिया दिए । माधव कुमार नेपालसँग कुरा नमिलेपछि भिम रावलसँग प्रधान मन्त्रीले दलको समाधानको लागि सम्वाद सुरु गरे । २१ असारमा एमालेका सांसदले हस्ताक्षर फिरता नलिएपनि एकताको लागि गठित कार्यदल बिउताइयो । अर्थ तथा ऊर्जा मन्त्री बिश्नु पौडेलले माथिल्लो तामाकोशिबाट बिजुलि उत्पादन भएसँगै नेपालबाट लोडशेडिङ दिगो अन्त्य भएको दाबि गरे । राष्ट्रिय सभाको वैठकमा कोमल ओलीले दलहरूलाई बाँदरको सङ्ग्या दिँदै कविता वाचन गरीन्! निर्वाचन आयोगले मध्यावधिक निर्वाचनको लागि दल दर्ता गर्ने प्रयोजनको लागि श्रावण १५ गतेसम्मको समय तोकि तालिका प्रकाशन गर्यो; नेपाली काङ्ग्रेस र ज.स.पा. को उपेन्द्र पक्षले आफति जनाए ।
२२ असारमा ज.स.पा. का उपेन्द्र र महन्थ पक्षलाई निर्वाचन आयोगले बोलायो । छलफलमा उनिहरू सौदाबाजिमै अल्झिए र मिलेर जानु भन्दा फुटाएर अलगिनु सहि भएको भन्नेमा पुगेपछि निर्वाचन आयोगले दल विभाजन प्रक्रिया अगाडि बढायो । ६० देशका राजनैतिक दलका नेता सम्मिलित कार्यक्रममा नेपालबाट केपि ओलीले सहभागिता जनाए । २३ असारमा राष्ट्रिय सभामा सांसदलाई मोबाइल नचलाउन अध्यक्ष गणेश तिम्युलसेनाले सचेत गराए । राम बाहादुर थापा बादलले ने.क.पा. माओवादि केन्द्र खारेजको माग गरी निवेदन बोकेर निर्वाचन आयोग पुगे । दल विभाजन कार्यको लागि निर्वाचन आयोगले पाँच सदसीय इजलास गठन गर्यो । एमालेको एकतालाई बल पुग्ने गरी माधव कुमार नेपाल र केपि शर्मा ओलिले होटेल मेरियाटमा भेट गरे । एमालेको कर्णाली प्रदेश सभाका सांसदको कार्वाहि प्रक्रियाको ब्याकेट सर्वोच्चले खारेज गरिदियो । २४ असारमा बसेको एमाले कार्यदलको वैठक निस्कर्षहिन भयो । २५ असारमा माओवादि केन्द्रमा दोहोरि सुरु भयो; माओवादिले निवेदन दर्ता नै हास्यासपद भन्यो । माओवादी दल त्याग गरी एमाले प्रवेश गरेर मन्त्रि समेत भएका टोप बाहादुर रायमाझिले माओवादि छापामार र भुमिगत शैलिमा चलेको आरोप लगाए । गङ्डकि प्रदेशका एक मन्त्रिले मुख्य मन्त्रिले सहमति पालना नगरेको भन्दै आफुहरू कुनै पनि बेला सरकार छाड्न सक्ने चेतावनि दिए । २६ असारमा एमालेका केपि शर्मा ओली र माधव कुमार नेपालले संयुक्त वक्तव्य जारि गर्ने भनेपनि होटेल मेरियाटमा कुनै प्रगति भएन । २७ असारमा ज.स.पा. संघीय परिशदका अध्यक्ष डाक्टर बाबुराम भटराइले नेपाल वायु सेवा निगमको निजिकरण गर्ने प्रस्तावमा सरकारको चर्को आलोचना सहित विभिन्न प्रश्न गरे । २७ असारमा निर्वाचन आयोगले माओवादि केन्द्रको खारेजि सम्बन्धि विषयमा परेका निवेदनमा फैसला गर्दै माओवादि दल आधिकारिक कानुनसँवत रहेको निर्णय दियो । २८ असारमा सर्वोच्चले प्रतिनिधि सभा पुनस्थापना र शेरबाहादुर देउबालाई प्रधान मन्त्रि नियुक्त गर्नु भनि फैसला गरेपछि एमालेले सबै निर्णय मान्न नसकिने बतायो । काङ्ग्रेसले यसलाई हार जितको रूपमा लिन नहुने बतायो । यस्तै खाले कडा राजनैतिक भाषा प्रयोग गरिएका प्रतिक्रिया आए । २९ असारमा प्रतिनिधि सभाको पुनस्थापनाको खबर र त्यसमा व्यक्त प्रतिक्रियाहरू प्राथमिकताका साथ छापिने नै भए । दिउसो दुइ बजेपछि केपि शर्मा ओलीले राष्ट्रको नाममा गरेको सम्बोधनमा अदालत प्रति आक्रोसको खोलो बगाए । काङ्ग्रेस सभापति देउबा अदालतको परमादेश मार्फत साँझ प्रधान मन्त्री नियुक्त भए; सफत लिई सानो मन्त्रिपरिशद पनि गठन गरे । देउबाको सफत ग्रहणमा ओली गएनन्; माधव कुमार नेपालले पहिलो बधाइ दिए । ३० असारमा ओली रवाफ देखाउँदै कार्यकर्ताको बलियो उपस्थितिसँगै बालुवाटार छोडि बालकोट पुगे र भने, अब माधव कुमार नेपाललाई दलमा ठाउँ छैन । नेता भिम रावलले आफुलाई एमाले एकता नजोगाउनु भनि दलहरूबाट धम्किपूर्ण फोन आएको भनि विज्ञप्ति नै जारि गरे । गङ्डकी प्रदेशमा एमालेको होहल्ला र बहिस्कारकै बीच बजेट पारित गराइयो । क्रियासिलता सदस्यता जथाभावि बाँडेको भन्दै काङ्ग्रेसका कार्यकर्ताले सानेपा घेराउ गरे । बजेट पारित नगरेरै कर्णालीको बजेट अधिवेसन सकियो । ३१ असारमा बजेट फेल हुने देखेपछि लुम्बिनि सरकारले मध्यरातमा अधिवेशन अन्त्य गर्यो । बिप्लपले माधव कुमार लगायतका नेतासँग वृहत बाम एकता बारे भेटेरै कुरा गरे ।
७. आर्थिक (Economics of the year 2078 Asar)
अर्थको असारे प्रवेग
१ असार २०७८ मा सर्वोच्च अदालतले यस अघि जारि गरेको अन्तरिम आदेश खारेज गर्दै सरकारले तोकेको समय भित्र कर नतिरेमा जरिवाना लाग्ने निर्णय सुनायो । ५ असारमा स्वीस केन्द्रीय बैंकले सार्वजनिक गरेको विदेशीहरूको निक्षेप सम्बन्धी प्रतिवेदनमा स्विस बैङ्कमा बढि रकम जम्मा गरेको आधारमा दक्षिण एसियामै नेपाल चौथो स्थानमा देखापर्यो ।
८ असारमा बालुवाटारमा सम्पन्न लगानि बोर्डको ४७ औं बैठकले ५४ करोड अमेरिकी डलर अनुमानित लागत रहेको माथिल्लो तमोर जलविद्युत परियोजना (२८५ मेगावाट) सहित करिब ९७ अर्ब वैदेशिक लगानि स्विकृत गर्यो ।
कुरा पैसाका
१५ असारमा नेपाल इन्सुरेन्स कम्पनिको मूल्य नियम र सिमा भन्दा १.७५% धेरै घटेपछि नेपाली पूँजी बजार फेरि एक पटक तरङ्गित भयो । जिवन विकास लघु बित्त बित्तीय संस्था लिमिटेडको प्राथमिक शेयरका लागि करिब २० लाख ८५ हजारको आवेदन पर्यो । १८ असारमा अभियान दैनिकमा प्रकाशित खबर अनुसार नेपाल राष्ट्र बैङ्कले ६ ओटा वाणिज्य बैङ्कलाई नितिगत व्यवस्था उल्लङ्घनको कार्वाहि गरी ८४ हजार असुल्यो । २१ असारमा बैङ्कले ब्याज तिर्न ताकेता गरेको भन्दै प्रहरीमा उजुरि पर्यो । २४ असारमा राजस्व उठ्ने क्रम निकै तिब्र भयो; करिब छ अर्ब एकै दिन सरकारि ढुकुटिमा जम्मा भयो । ३० असारमा अर्थ मन्त्रि जनार्दन शर्मा प्रभाकरले कोभिडको खोप खरिदका लागि पाँच अर्ब निकाशा गर्ने निर्णयलाई पहिलो निर्णय बनाए । ३१ असारमा अर्थ समितिले मन परि रकमान्तर नगर्न भन्यो ।
८. सामाजिक कुरा (Social events of the year 2078 Asar)
१ असारमा श्रिमति र छोरिलाई १२ जेठ, २०७८ राति जिउँदै जलाउन खोजेको आरोपमा डोटिबाट एक जनालाई पक्राउ गरियो । ४ असारको कुरा हो, विष हालेर श्रिमति र छोराको हत्या गर्न खोजेको आरोपमा एक जना समातिए ।
८ असारमा क्लब हाउसमा प्रहरीको बर्दिको दुरुपयोग गरेको अभियोगमा एक जना पक्राउ परे । ११ असारमा वीरगञ्जबाट १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक २० वर्षिय युवकलाई पक्राउ गर्यो । १२ असारमा प्राप्त खबर अनुसार शुक्रबार राति सर्लाहि जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं ३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको निरिक्षण गर्न जाँदा डोजर चालकले डोजरको ब्याकेटले हानेर हत्या गरे । १३ असारमा मोरङ स्थित स्थानीय ४० वर्षीय दयालु ताजपुरियाले ६८ वर्षीय बुबा टिनताल ताजपुरियाको ढुंगा प्रहार गरी हत्या गरे ।
१५ असारमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ को वडा कार्यालय सहित विभिन्न स्थानमा अज्ञात समुहले राति तोडफोड गर्यो । १८ असारमा माओवादि र काङ्ग्रेसका कार्यकर्ता बीच पश्चिम रुकुममा झडप हुँदा दुइ जना घाइते भए । झापाको मेचीनगर नगरपालिका १३ का वडाध्यक्ष कृष्णराज सिग्देलको आक्रमणमा परी एक स्थानीय गम्भीर घाइते भए । १९ असारमा आफ्नो छोरालाई विदेशमा राम्रो काम नलगाएको झोकमा एक जनाले नेपाल स्थित कम्पनिकै एजेण्टको हत्या गरे । २१ असारमा बैङ्किङ कसुर गरेको आरोपमा कलाकार तथा निर्देशक शिशिरसम्शेर जबरा CIBको फन्दामा परे । पूर्वमन्त्री प्रभु शाह बिरुद्ध विदेश पठाइदिने भनि लिएको पैसा फिरता नगरेको उजुरि पर्यो । धादिङबाट चोरिएको कार दाङको तुलसिपुरमा फेला पर्यो ।
२३ असारमा परिक्षा केन्द्रमै बलत्कार गर्ने आरोपि पक्राउ परे । २५ असारमा मधिरा सेवनबाट उत्पन्न परिस्थितिले झडप निम्त्याएपछि एक जनाको मृत्यु भयो । पश्चिम रुकुममा अन्तरजातीय विवाह गरेका एक जोडिको वास २१ दिनसम्म जङ्गलमै रहेको समाचार प्रकाशित भयो ।
९. अन्तराष्ट्रिय घटनाहरू र कुटनिति (International events and diplomacy in 2078 Asar)
२०७८ असार १ गते अस्ट्रेलिया र बेलायत बीच व्यापार सम्झौता भयो । ३ असारमा अमेरिकि राष्ट्रपति र रुसि राष्ट्रपति बीच जेनेभामा झण्डै साढे तिन घण्टा लामो भेटवार्ता भयो; राजदुत पठाउन मुलुक सहमत भए । ४ असारमा चीनले तिन जनालाई आफ्नो अन्तरिक्ष प्रयोगसालामा पठायो ।
१० असारमा भारतले आफु नेपालले मागेको परिणाममा मल पठाउन नसक्ने जवाफ पठायो । ११ असारमा चिनिया कम्युनिस्ट पार्टिले जारि गरेको स्वेत पत्रमा आठदलको बहुदलीय प्रणालि अभ्यास गर्ने घोषणा गरियो । १३ असारमा सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार गर्न आतुर रहेको भने ।
१५ असारमा भ्रस्टाचारको आरोप खेपिरहेका दक्षिण अफ्रीकाका पूर्व राष्ट्रपति जाकोब जुमालाई अदालतमा उपस्थित नभएपछि संबैधानिक अदालतले अवहेलना मुद्धामा १५ महिनाको सजाय सुनायो । कोभिड खोप निर्माता अमेरिकि कम्पनिले तत्काल नेपाललाई खोप उपलब्ध गराउन असमर्थ रहेको सन्देश पठाए । १७ असारमा चिनिया कम्युनिस्ट पार्टिले आफ्नो स्थापनाको सतवार्षिक उत्सव मनाउँदै सि जिङपिङको दलको भविष्य बारे चिन्तन गर्यो । बेलायतले कुनै पनि विद्यार्थीले बेलायति विश्वविद्यालयबाट ग्राजुएट गरेपछि वर्क पर्मिट पाउने नियम लागु गर्यो । १९ असारमा अमेरिकाको होनोलुलुबाट माउइ टापुतर्फ गइरहेको कार्गो बिमान दुर्घटना भयो । २० असारमा फिलिपिन्सको दक्षिणि क्षेत्र स्थित सुलु प्रान्तको जोलो टापुमा भएको सैनिक विमान दुर्घटनामा चार दर्जन जतिको ज्यान गयो । म्यान्मारको मध्य सागाइङ क्षेत्रमा प्रदर्शनमा उत्रिएका समुहमाथि सेनाले चलाएको गोलि लागेर २५ जना मारिए । २१ असारमा बेलायतका आवास मन्त्रीले मास्क लगाउने वा नलगाउने विषय वैयक्तिक स्वतन्त्रता भित्र पर्ने बताए । टर्किश एयरलाइन्सले उडान स्थगितको सूचना नदिएको भन्दै यात्रुहरूले एयरलाइन्सको कार्यालय घेराउ गरे ।
२२ असारमा मलेसियाले गैरकानुनि कामदारको लागि स्वदेश फर्किने र कानुन अनुसार प्रक्रिया पुरा गर्ने समय थप्यो । हलिउड फिल्म 'सुपरम्यान' का निर्देशक रिचर्ड डोनरको ९४ वर्षको उमेरमा निधन भयो । रुसमा २८ जना सवार एक जहाज सम्पर्कविहिन भयो । अमेरिकि सेना फिरतासँगै चीनले अफगानिस्तानमा करोडौ डलरको लगानि चाहाना व्यक्त गर्यो ।
२२ असारमा ६० राष्ट्रको भिडियो कन्फ्रेन्समा चीनिया राष्ट्रपतिले विश्व समुदायमा हुने चिनको उपस्थिति राजनैतिक प्रभुत्व जमाउन नभई मानवीयता प्रवर्धन गर्न हुने बताए । रुसमा बेपत्ता बिमान दुर्घटना ग्रस्त भएको पुस्टि भयो; २८ जनाकै निधन भयो । २३ असारमा चीनका राष्ट्रपतिलाई गिज्याएपछि निउजिल्याण्डका एक विज्ञको टुइट अकाउण्ट अनिश्चित समयका लागि निलम्बनमा पर्यो । क्यानडा सरकारले कोभिडको चिनिया भ्याक्सिनलाई मान्यता नदिने निर्णय गर्यो । २५ असारमा नेपाल र भारत बीच निजि रेल समेत सञ्चालन गर्न सक्ने सम्झौता भयो । बङ्ग्लादेशको एक खाद्यान्न उध्योगमा भएको आग्लागिमा परि ५२ बढिको ज्यान गयो । २६ असारमा अफगानिस्तानको अधिकांश भुभाग कब्जा गरेको तालिवानि समुहले चीनलाई असल मित्रको रूपमा व्यवहार गरिने जनायो । भारतमा एक नेताले अङ्गालो हाल्न खोज्ने कार्यकर्तालाई झापड हानेपछि उनको आलोचना भयो । २७ असारमा अमेरिकाले केहि चिनिया कम्पनि सहित दुइ दर्जन बढि कम्पनि कालो सुचिमा राख्यो । २८ असारमा सर्वोच्चले शेरबाहादुर देउबालाई प्रधान मन्त्रि नियुक्त गर्नु भनि दिएको आदेश पछि चीनकि राजदुतले नेपाली जनताको छनौटलाई चीनले उच्च सम्मान गर्ने बताइन् । २९ असारमा प्रतिलिपि अधिकारको एक मामिलामा फ्रान्सले गुगललाई केहि दिन भित्र समस्या सुल्झाउन वा १०० मिलियन डलर जरिवाना तिर्न आदेश दियो । ३० असारमा भारत लगायतका देशले नेपालका नवनियुक्त प्रधान मन्त्रिलाई बधाई दिए । ३१ असारमा तालिवानि समुहले अफगान सरकारलाई आफ्ना सात हजार बढि कैदि बन्दि रिहा गर्न भन्यो ।
१०. विशेष (Special of the year 2078 Asar)
सबैलाई झट्का
असार महिनाको सुरुवात; २०७८ साल असार १ गते धितोपत्र बोर्डले नेपाल इन्फ्रास्टक्चर बैङ्क सहित ५१ कम्पनिको सूचि सार्वजनिक गर्दै ती कम्पनिमा लगानि गर्नु निकै जोखिम रहेको र कतिपय कम्पनिका कारोबारहरू अनुसन्धानमा रहेको तथा धितोपत्र बोर्डले लगानिकर्ताको हितमा काम गरिरहेको सहितको सूचना प्रकाशन गर्यो । धितोपत्र बोर्डको उक्त कदमले नियमको कर्तव्य र अधिकारको विषयमा प्रश्न उठे । ३ असारमा दलित भएकै कारण आफुलाई कोठा नदिएको कारण खुलाएर इमेज टेलिभिजनकी उकाली–ओराली कार्यक्रमकी प्रस्तोता रुपा सुनारले काठ्माण्डौ प्रहरीमा उजुरि दिईन् । ४ असारमा राष्ट्रपतिले ग्रिह मन्त्री सहित सुरक्षा निकायका प्रमुखसँग छलफल गरिन् ।
८ असार २०७८ मा महेन्द्रनगर पोस्टले लेखे अनुसार प्रहरी अधिकारीसँग पत्रकार भनी परिचय दिने र अन्यलाई प्रहरी भनी ‘घुस लिने’ कैलालीको लम्की घर भएका खेमराज खनालले एक जना सर्वसाधारणलाई धम्की दिएको अडियो सार्वजनिक भयो । दार्चुलामा होम पाइपमा अड्किएर दुइ बालकको ज्यान गयो ।
दहि चिउरा खाने दिन, १५ असारमा धन्गडिमा सडकमा लडेर बेहोस भएका एक पुरुषको मृत्यु भयो । विद्युत र इण्टरनेट सेवा अवरोध भएपछि गोर्खाको धार्चे गाउँपालिकाले छिमेकि धादिङ जिल्लाबाट कार्यालयका काम सुचारु गर्यो । नेपाल प्रेस काउन्सिलले रुपा सुनारको विषयमा भ्रामक समाचार प्रकाशन गर्ने छ ओटा अनलाइनलाई बन्द गर्न पत्राचार गर्यो । १७ असारमा वनलाई थप फाइदाजनक तरिकाले उपयोग गर्ने हेतुले डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा गलकोट नगरपालिका–७ मल्मस्थित लाम्दारा र काठेखोलाको वनमा फलफुलरोपण गर्यो । १९ असारमा एमालेका इश्वर पोखरेलले आफ्नो दलको मामिलामा सर्वोच्चले गैरकानुनि फैसला गरेको दाबि गरे । एमिकस्क्युरिले केपि शर्मा ओलीले आफ्नो विकल्प आफै देखाउन नसक्ने आसय सहित आफ्नो वहस राय दियो । एकै कार्यकालमा दोस्रो पटक विगठित प्रतिनिधि सभाको विषयमा वहस पुरा भयो । ३७ वर्षको चलचित्रको इतिहास बोकेको “कुमारि चलचित्र हल” सधैका लागि बन्द भयो; कोभिडको महामारिले २२ ओटा चलचित्र हल फेरि नखुल्ने गरी बन्द भए । २७ असारमा काठ्माण्डौको कात्यानि चोकबाट एक जना पेस्तोल सहित समातिए । २८ असार २०७८ मा नोकियाले ओप्पोलाई बौद्धिक चोरिको आरोप लगाउँदै मुद्दा हाल्यो । २८ असारमै माधव कुमार नेपाल समुह विपक्षि गठबन्धनबाट बाहिरियो । २९ असारमा प्रधान मन्त्री नियुक्तिमा संविधानको धारा प्रस्ट नभएको भन्दै राष्ट्रपति फेरि नरम विवादमा परिन्; सच्याएपछि मात्रै राति आठ बजेपछि देउबाले सफत लिए । ३० असारमा सरकारले केपि शर्मा ओली द्वारा अध्यादेशबाट जारि गरेको बजेट कार्यान्वयन नगर्ने समाचारहरू आए । सरकारले लामो दुरिको गाडिभाडा २८% सम्म बढाएपछि एमाले लगायतका विपक्षिले “देउबा सरकारको जनतालाई उपहार” भनि ब्यङ्ग्य गरे ।
११. नयाँ कुरा (Invention/innovation of 2078 Asar)
१६ असारमा आवश्यकता अनुसार कार र बिमानको रूप लिन सक्ने हवाइ कारको ३५ मिनेटको उडान स्लोभाकियाका बिमानस्थलहरूमा सफल भयो । १७ असारमा स्मार्ट टेलिकमले “दुइ पछि फ्रि” नामको योजनामा सुरुका दुइ मिनेट कुरा गरेपछि त्यसपछि जति कुरा गरेपनि पैसा नलाग्ने अफर सार्वजनिक गर्यो । २१ असारमा पूर्व ब्रिटिश सेनाका जवान जगत गुरुङले एक विदेशिको म्याद सकिएको ATM कार्डबाट एक हप्तामै सिद्धार्थ बैङ्कबाट ३५-४२ लाख नेपाली रुपैया जिकिदिए । सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिकाले आधुनिक नागरिक वडापत्र सञ्चालनमा ल्यायो ।
२२ असारमा टेकपानाले लेखे अनुसार चीनको जेट टिभइ कम्पनिले २० जिबि र्याम र १ टिबि स्टोरेज भएको स्मार्ट पोन बनाइरहेको खुलासा भयो । २५ असारमा पोखरामा माघमा बच्चा पाउन प्रजनन गराइएको गाईले ब्याउनु अघि नै दूध दिएको खबर बाहिरियो । हाम्रो जब डटकमले जागिरका सूचना प्रकाशन गर्न सुरु गर्यो । २७ असारमा के–पप अर्थात कोरियन पप ब्यान्ड ‘बीटीएस’ ले रिलिज गरेको नयाँ गीतको भिडियो ‘पर्मिसन टु डान्स’ ले तिन दिनमा १० करोड दर्शकले हेर्दा नयाँ रेकर्ड कायम भयो ।
१२. अन्य (Miscellaneous in 2078 Asar)
नयाँ सिराबाट
१ असारमा देशका धेरै जसो राजमार्गहरू पहिरोका कारण अवरोद्ध भए । सरकारले निशेधाज्ञ केहि खुकुलो बनाउने निति लियो । ४ असारमा लुम्बिनि प्रदेशको सहरि विकास मन्त्रालय दाङमा सर्यो । ६ असारमा चितवन र नवलपुरबाट कृषि ज्ञान केन्द्र चितवनले जेठमा नियन्त्रणमा लिएको भारतबाट अबैधरुपमा भित्रिएको ५ हजार ६ सय ९५ किलो धानको बिउ नष्ट गर्यो ।
११ असारमा फिल्म ‘ड्रिम्स’ बाट उदाएकी अभिनेत्री सन्ध्या केसीले आभूषण ज्योति कंसकारसँग कानूनी विवाह गरेको भनि सामाजिक सञ्जालमा पोस्ट गरिन् । १२ असारसम्म पनि प्यूठान नगरपालिका–८, तल्लो गेजबाङका मुलुकबहादुर थापाले एक महिना अघि मकैमा हालेको डिएपि मल गलेन! १३ असारमा राष्ट्रिय उपभोक्ता मञ्चले कोभिसिल्डको खोप नक्कलि उत्पादन गरी नेपालमा बिक्रि गरिएको भन्दै छानबिनको माग गर्यो ।
आँटेको पुगेको अवस्था
१५ असारमा नेपाल हुलाक सेवा र नेपाल वायु सेवा निगम बीच हुलाकि चिठि पत्रको काम नेपाल एयरलाइन्सले गर्ने सहमति पत्रमा हस्ताक्षर भयो । १७ असारमा दोस्रो पटक कोभिडको लहर तेज भएसँगै बन्द भएका आन्तरिक उडान कोभिड मापदण्ड पालना गर्ने गराउने सर्तमा खुले । बन्दाबन्दिका कारण रोकिएको चर्चित टेलिसिरियल हास्य श्रिङ्खला “सक्किगोनि” फेरि सुरु भयो । १९ असारमा हुलाकी राजमार्गअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीको पुल सञ्चालन नहुँदै भत्कियो । गैरआवासीय नेपाली संघ अमेरिकाको महादिवेशनमा पुरानै नक्साको प्रयोग भयो; मञ्चमै हात हालाहाल भयो । २० असारमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीका प्रेस संयोजकमा आदर्श समाज दैनिकका सम्पादक भरत कोइराला नियुक्त भए । रुपन्देहि जिल्ला स्थित कोटहीमाई गाउँपालिकाका कर्मचारी कार्यालयमा नआएको भन्दै वडा अध्यक्षहरुले पालिकाको कार्यालयमा तालाबन्दी गरिदिए ।
२२ असारमा भारतीय चलचित्रका ह्ति दिलिप कुमारको ९८ वर्षको उमेरमा निधन भयो । झापामा मिटर जोड्ने क्रममा करेण्ट लागेर एक जना विद्युतका कर्मचारिको ज्यान गयो । २६ असारमा भिमसेन गाउँपालिकाको वडा नम्बर ७ माझगाउँ, बोर्लाङ्गस्थित भीमकूल ऋण,बचत तथा सहकारी संस्थामा चोरले ४६ लाखको बिटो फेला पारेपनि २६ लाख मात्रै लिएर निस्किएको घटना सार्वजनिक भयो । २९ असारमा बसेको युवा संघ नेपाल (एमाले निकट मानिने) को वैठकले युथ फोर्स गठन गर्यो ।
क्रमसः अर्को हप्ता
Comments
Post a Comment
Would you like to add something? Enter here!