निर्वाचन पद्दति

गोप्य मतदान प्रक्रियाको प्रयोगबाट आफुले चाहेको प्रतिनिधि वा व्यक्तिलाई समर्थन गरि विजय गराउने पद्दतिलाई निर्वाचन भणिन्छ। अर्को शब्दमा निर्वाचनलाई सासन सत्ता सम्हाल्न आवश्यक प्रतिनिधिहरू छनौट गर्ने कार्य पनि भनिन्छ। निर्वाचनलाई आधुनिक युगमा जनताका लागि सासन गर्ने अनुमति माग्ने वैध प्रक्रियाको रूपमा लिईन्छ। त्यसैले अधिकांस देशले आफुलाई इमान्दारि र कल्याणकारि देखाउन लोकतान्त्रिक प्रक्रियामा आधारित विधिको सासन सञ्चालन गर्न अप्रत्यक्ष वा प्रत्यक्ष निर्वाचन प्रणालिको प्रयोग गर्दछन्। निर्वाचन लोकतान्त्रिक मान्यतामा आधारित हुने भएकाले प्रजातन्त्रमा विस्वास गर्ने राष्ट्रको सासन पद्दतिको एक पहिचान पनि निर्वाचन हो। देशमा सबै व्यक्तिहरूलाई सम्बन्धित देशको हरेक क्रियाकलापमा अपनत्व महसुस गराउन राज्यले उनिहरूलाई बालिग मताधिकारको व्यवस्था गरेको हुन्छ। निर्वाचन मतदाताका लागि राज्य सञ्चालनका निर्णयमा सहभागि हुन पाउने महत्वपूर्ण स्थल हो। यस प्रकारको अवसरलाई प्रोत्साहान गर्न राज्यले आफ्ना नागरिकहरूका निम्ति आवश्यकता अनुसार सबै प्रकारका सुविधाहरू उपलब्ध गराउनु पर्दछ। यसलाई कल्याणकारि राज्यको अवधारणा भणिन्छ।

नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक संघिय सासन प्रणालिको अभ्यास प्रारम्भ भएको छ। विकेन्द्रिकरण सासन पद्दति र उदारवादि लोकतन्त्र अवलम्बन गरिएको छ। लोक कल्याणकारि राज्यको अवधारणा अनुसार नेपालले पनि सबै प्रकारका मानिसहरूलाई विना भेदभाव समान सुविधा दिन विभिन्न ऐनहरूमा समेत थोरै भएपनि प्रावधानहरू राखेको छ। यद्यपि निर्वाचन प्रणालिमा भने त्यसलाई राम्ररि ध्यान दिएको पाइदैन। एका तिर खर्चको अनुपातमा सुधार नहुनु र अर्को तिर सबै मतदाताले आफ्नो मतलाई गोप्य रूपमा मतपेटिकामा खसाल्न नसक्ने समस्या टड्कारो रूपमा देखिएको छ। जनतामा राजनैतिक चेतनाको अभावमा मत किन्बेच हुने क्रम रोकिएको छैन।  मतदाता शिक्षा छोटो समयमा हतारिएको शैलिमा दिने प्रवृतिका कारण प्रभावकारि बन्न सकेको छैन।  पर्याप्त अनुगमन नहुने तर प्रतिवेदनहरू जानकारि आएको छैन जस्ता शब्दावलि राखेर मध्यमार्गि तरिकाले तयार हुने गरेको पाइन्छ। गुनासो सुनुवाइलाई स्पष्टिकरण मार्फत सम्बोधन गर्ने गरिएको छ जुन औपचारिकता पुरा गरेजस्तो देखिन्छ। यस किसिमका समस्याबाट सबै भन्दा धेरै जेस्ट नागरिक, दृष्टिविहिन व्यक्तिहरू, बौद्धिक अपांगता भएका व्यक्तिहरू र अशिक्षित/निरक्षर मतदाताहरू बढि सङ्ख्यामा  प्रभावित छन्। नेपालमा पहिलो आम निर्वाचन भएको ५९ वर्ष बितेको छ। यस बिचमा संसारका धेरै देशहरू विद्युतिय मतदान प्रक्रिया (Electronic voting system) मा गैसकेका छन तर नेपालको निर्वाचनमा उहि प्रक्रिया अवलम्बन हुँदै आएको छ। केहि समय अगाडिको निर्वाचन आयोगको निस्कर्षलाई नै आधार मान्ने हो भने ६४ दल सम्मका लागि विद्युतिय मतदान यन्त्र (Electronic voting machine) को प्रयोग गर्न सम्भव छ। तथापि यस निर्वाचनमा ५६ दल मात्र चुनावि प्रतिस्पर्धामा हुँदा पनि त्यो मेसिनको प्रयोग कुनै चाँसो दिएको पाइएन। यसले नेपाल सरकार र निर्वाचन आयोगले विद्युतिय मतदान मेसिनको प्रयोगमा अनिच्छा देखाएको र बढ्दो खर्चलाई ध्यान नदिई पुरानै तरिका अवलम्बन गर्न उद्दत रहेको बोध हुन्छ। धेरै ठाउँमा बहुमत ल्याउने होडबाजिमा लागेर दलहरूले गठबन्दन गरेका छन्। यसले प्रत्यक्ष प्रक्रियामा विद्युतिय मेसिनको प्रयोग गर्न बाटो खोलेपनि निर्वाचन आयोग यसमा उदासिन रहदै पुनह उहि ढिलासुस्ति हुने र नतिजा निकाल्न महिनौँ लाग्ने मतदान प्रक्रिया अपनायो। यसबाट चुनावि खर्च बढ्दो क्रममा रहेको भन्दै आलोचना समेत हुन थालेको छ। पुरानो र झण्झटिलो निर्वाचन प्रविधिको मात्र प्रयोग गर्दा एकातिर मत ठूलो सङ्ख्यामा बदर भैरहेको छ भने अर्को तर्फ दृष्टिविहिनहरूको मत उनिहरूले इच्छा अनुसार खस्नेमा सङ्का रहेको छ। यस अर्थमा मसिर कागजमा आधारित मतदानबाट मतको दुरुपयोग र खराब प्रतिनिधि चुनिने सम्भावना बढ्दो क्रममा देखापरेको छ। त्यसैले २०१५ साल देखिको यो मत व्यक्त गर्ने निर्वाचन पद्दति बदल्नुपर्छ। प्रति मतदाता ४९० रुपैया पुगेको खर्च नियन्त्रणमा पनि ध्यान दिन जरुरि छ। समयानुकुल सबैका लागि पहुँच युक्त तथा सुरक्षित तरिकाको लागि विद्युतिय मतदान यन्त्र (Evm) प्रयोगमा ल्याउनुको विकल्प छैन। कुनै चुनाव ५०००००००  मा सम्पन्न भएको थियो तर आज त्यो जमना छैन। स्थानिय चुनावको कुरा गर्दा करिब ८ अरबको धनराशि खर्चिनुपरेको यथार्थतालाई मनन गर्दै नेपाल सरकार, निर्वाचन आयोग र सम्बन्धित अन्य सरोकारवालाले आउने आवधिक निर्वाचन देखि नै विद्युतिय मतदान मेसिनको प्रयोगलाई प्राथमिकता दिई अगाडि बढ्नु पर्छ।

आधुनिक युग प्रतिनिधि सासनको युग हो। त्यसैले स्वस्त प्रतिस्पर्धा गराइ सहि प्रतिनिधिको छनौटका लागि निर्वाचन प्रक्रिया अनिवार्य छ। निर्वाचनले राष्ट्र भक्तिको भावना विकास गर्न सहयोग गर्नुपर्छ। त्यसैले उमेद्वारहरुको प्रतिक्षाको घडि मानिने चुनाव न्याय सङ्गत, वैध र विश्वसनिय बनाउन आवश्यक सबै उपायहरु अवलम्बन गरिनुपर्छ। लोकतान्त्रिक मान्यतामा आधारित, सबैको प्रतिनिधित्वको सुनिश्चितता हुने, राष्ट्रियताको विकास गर्न सहयोग गर्ने, स्वतन्त्रताको सम्वर्धन तथा उत्तरदायित्वको भावना जस्ता विशेष्ता निर्वाचनमा हुनुपर्छ। त्यसैले यस प्रकारको प्रत्याभुति नागरिकलाई दिलाउन पार्दर्शि र सिग्र नतिजा प्राप्त गर्न सहज हुने विद्युतिय मेसिनको पर्योगलाई यथासक्य कार्यन्वयनमा ल्याउन अति आवश्यक छ।


यो लेख विक्रम संवत २०७४ साल मंसिर १९ गते बुधबारको प्रदेश पोस्ट साप्ताहिकको अङ्कमा प्रकाशित छ ।

Comments