महत्वपूर्ण चार महिना: २०७८ को वैशाख

मलाई फेसबुकमा लाइकगर्नुहोस् / मलाई टुइटरमा पछ्याउनुहोस्

परिचयमा दुइ शब्द

यस आख्यानमा उल्लिखित घटना र तिथि–मिति सार्वजनिक भएको समय र त्यसरी सार्वजनिक हुँदाको अवस्थामा आम सञ्चारका माध्यामहरूलाई आधार बनाइ प्रस्तुत गरिएको छ । दैनिकि लेख्ने मेरो पुरानो बानिलाई केहि बदलेर समयको लेखाङ्कन गर्ने साहास गरेको छु । आदरणीय पाठकहरू, यहाँहरूलाई यसको अन्तिमसम्म आँखा दगुराउन सक्ने बनाउनु भन्दा यसमा पढेको कुराले जीवन प्रगतिसिल बनाउन प्रेरित गर्नु ब्लगर बसन्त जैशीको एक मात्र उद्देश्य हो । त्यसैले अबका केहि हप्ताहरू महत्वपूर्ण चार महिनाबाट परिपूर्ण हुनेछन् ।

यहाँ विक्रम संवत २०७८ साल वैशाख १ गते देखि वैशाख ३१ गतेसम्मका सबै जसो घटनाहरूलाई एकत्रित र सरल भाषामा क्रमैले उल्लेख गरिएको छ । विशिष्ट रुचिलाई सम्मान गर्दै राजनैतिक, सामाजिक, सडक लगायतका दुर्घटना, आर्थिक, शैक्षिक, खेलकुद, अन्तराष्ट्रिय घटनाहरू, स्वास्थ्य, प्राकृतिक विपति र नयाँ तथा विशेष कुराहरूलाई भिन्दै १२ ओटा उपशिर्षकमा राखि संक्षिप्त चर्चा गरिएको छ । त्यस कारण पनि छोटो समयमै धेरै ज्ञान लिन खोज्नेका लागि विश्वका इ-सामग्रि मध्ये यसको विकल्प तयार भई नसकेको अवस्था छ; भलै यसमा चित्रात्मक प्रस्तुति छैन । यस खुला संक्षिप्त पुस्तकमा राजनैतिक परिवेश देखि नवप्रवर्तनसम्म सबै अटाएका छन् । अन्तमा यसमा उल्लिखित विषयमा कुनै प्रकारको दुविधा वा विवादास्पद कुरा भेटिएमा सबुत सहित यो ब्लग थप परिपक्व बनाउन रचनात्मक सहयोगको लागि सबैमा विशेष अनुरोध छ ।


१. दुर्घटना (Accidents in 2078 Vaishakh)

अगाडिको बाटो

२०७८ साल वैशाख १ गते प्युठानमा भएको जीप दुर्घटनामा नेपाल सरकारका पाँच दक्ष कर्मचारिले ज्यान गुमाए । २ वैशाखमा बिरेन्द्रनगर नगरपालिकाको दक्षिणतर्फको चौरमा एक पुरुषको सव भेटियो; भनिन्छ, निजलाई एक समुहले हतियारको प्रयोग बिना कुटपिट गरी मारेको हो । ३ वैशाखमा हात्तिको समुहले एक जना किसानको ज्यान लियो । सुर्खेतबाट धरान जाँदैगरेको बस ट्रिपरसँग कोहोलपुरको रोहिनिखोला नजिक ठोकिएपछि पाँच जनाको घटनास्थलमै ज्यान गयो । ४ वैशाखमा दाउन्नेको भिरबाट बस खस्यो; सबै बाँचेपनि नयाँ जीवनको सुरुवातझैँ भयो । ७ वैशाखमा गुल्मिको कारागारमा कारागार भित्रै कार्यालय सहयोगि झुण्डिएर मरे । देशका विभिन्न स्थानमा तिन जनाको सव फेला पर्यो । ७ वैशाखमा मोटरसाइकल दुर्घटनामा परि १ जनाको ज्यान गयो ।

८ वैशाखमा देशका विभिन्न ठाउँमा २ जनाको सव फेला पर्यो । पाल्पामा ट्रिपर दुर्घटनामा चालकले ज्यान गुमाए । ९ वैशाखमा डोटिमा सडक खन्ने क्रममा ढुङ्गाले लागेर एक जनाको ज्यान गयो । ११ वैशाखमा खोटाङमा दर्शनार्थि बोकेको बस दुर्घटनामा एक जनाको ज्यान जाँदा खोटाङको त्यो बस र कञ्चनपुर सहितको घटनामा दर्जनौले गुणस्तरीय र सहज जीवन गुमाए । १२ वैशाखमा रुपन्देहिमा ट्रिपरले जन्तिबसलाई ठक्कर दिँदा २ बालिकाको ज्यान गयो । १३ वैशाखमा साँफेबगर–बाजुरा सडक खण्डमा ट्र्याक्टर दुर्घटनामा एक जनाले ज्यान गुमाए । यस्तै देशका विभिन्न स्थानमा थप दुइ जनाको सडक दुर्घटनामा ज्यान गयो ।

१५ वैशाखमा दुइ जनाले सडक दुर्घटनामा र एक जनाले मोबाइल चार्ज गर्ने क्रममा लागेको करेन्टबाट ज्यान गुमाए । १६ वैशाखमा अर्घाखाचिको जङ्गलमा एक पुरुषको सव फेला पर्यो । १८ वैशाखमा मकवानपुरको हेटौडामा कारले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको ज्यान गयो । २१ वैशाखमा पौडि खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गयो । बैतडिमा वडा सदस्यको सव सदरमुकाम लैजाँदैगर्दा जीप दुर्घटनामा पाँच जनाले ज्यान गुमाए ।

२२ वैशाखमा बझाङको केलालीको चुरे गाउँपालिका वडा नम्बर ६ का १८ वर्षीय पुरन साउदको  से२त २५९६ नम्बरको ट्रयाक्टरले ढुङ्गा लोड गरेर लैजाँदै गर्दा दुर्घटनामा परि ज्यान गयो । कर्णालीमा खसेका चालक र सहचालकको सव दिनहुँ भैसक्दा भेटिएन । २४ वैशाखमा पर्वत जिल्लामा मलामि चढेको जीप दुर्घटना भयो । २७ वैशाखमा ट्रिपरको ठक्करबाट एक, डुबेर एक र ढुङ्गाले किचिएर एकको मृत्यु भयो । २८ वैशाखमा सप्तरिमा ट्रकको ठक्करबाट दुइ जनाको ज्यान गयो । २९ वैशाखमा सवारि दुर्घटनामा परि दुइ जनाले ज्यान गुमाए ।

 

२. प्राकृतिक विपति (Disaster in 2078 Vaishakh)

२०७८ वैशाख २ मा ओखलढुङ्गाको मानेभञ्ज्याङमा दुइ घर खरानि भए । म्याग्दिमा एक जनाले डडेलो निभाउने क्रममा ज्यान गुमाए । ३ वैशाखमा नेपालका विभिन्न जिल्लामा गरी चट्याङबाट एक बालिका सहित चार जनाको ज्यान गयो ।

९ वैशाख, २०७८ मा दोलखामा रुखले च्यापेर नेपाली काङ्ग्रेसका पूर्व जिल्ला सभापतिको मृत्यु भयो; झापामा रूखको हाँगाले लागेर एक जना बालकले ज्यान गुमाए ।

१५ वैशाखमा काठ्माण्डौमा केन्द्रबिन्दु बनाइ भुकम्प गएको समाचार अन्नपूर्ण पोस्टमा छापियो । १६ वैशाखमा चट्याङमा परेर पुर्वी रोल्पाको सुनछहरी गाउँपालिका-७ जेलबाङका ९ वर्षीय अभिशेख पुनको ज्यान गयो; दुइ घर पूर्ण रूपले क्षति ग्रस्त भए । १७ वैशाखमा रुखको हाँगा भाँचिएर लागेपछी दैलेख चामुण्डाकि एक महिलाको ज्यान गयो । १८ वैशाखमा सुन्सरि र पाल्पामा चट्याङ लागेर दुइ जनाको  मृत्यु भयो । २१ वैशाखमा २० गते राति साइकल गस्तिमा हिडेका एक प्रहरीले चट्याङ लागेर ज्यान गुमाए ।

२४ वैशाखमा गुल्मिमा चट्याङकै कारण एकको मृत्यु र आठ घाइते भए । २९ वैशाखमा अरुण तेस्रोको सुरुङमा ढुङ्गा खसेर एक जना मज्दुरको ज्यान गयो । २९ वैशाखमा कोमल गाउँपालिका ३ का ४४ वर्षीय जितलाल लिम्बूलाई हात्तिले मार्यो । ३१ वैशाखमा माटोको ढिस्कोले पुरेपछि आमा छोराकै ज्यान गयो ।

 

३. स्वास्थ्य (Health issues in 2078 Vaishakh)

कोरोना कहरको दोस्रो लहर

नयाँ वर्षको दिन नेपालमा करिब छ सय भन्दा धेरै कोरोनाका बिरामि देखिए । २ वैशाखमा सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडी जिल्लामा म हिँड्छु, मेरो प्रदेश हिँड्छअभियान सुरु भयो । भारतबाट धार्मिक यात्रा गरेर फर्किएका झापाका एक पत्रकारको कोरोनाका कारण ज्यान गयो । भारतमा एकैदिन दुइ लाख चौतिस हजार बढि कोरोनाका नयाँ बिरामि फेला परे । ५ वैशाखमा नेपालमा पनि हजार बढि बिरामि देखापरे ।

८ वैशाखमा भारतको एक अस्पतालमा अक्सिजन चुहिएपछि बेडमै २० जना बिरामिको ज्यान गयो । ९ वैशाखमा संसदीय समितिले सबै नागरिकलाई खोपको व्यवस्था गर्नु भन्ने निर्देशन दियो । ११ वैशाखमा पूर्व राजपरिवारका सदस्यहरू समेत कोभिडकै कारण अस्पताल भर्ना भए । नेपाली सेनाले आफ्नै लगानिमा सात वर्षमा निर्माण सकिने गरि एक पटकमा पाँच सय जनाको उपचार गर्न सकिने र बढिमा छ हजारसम्मलाई समेत उपचार गर्न सकिने गरी अस्पतालको निर्माणको सुरुवात गर्यो; प्रधान मन्त्री केपि शर्मा ओलिले त्यस अस्पतालको सिलान्यास गरे । १३ वैशाखमा बढ्दो कोरोनाको प्रभावका कारण धेरै जसो स्थानीय अधिकारिहरूले केहि दिनमै निशेधाज्ञ जारि गर्ने निर्णय गरे; कतिपयले तुरुन्तै लागु हुने सूचना दिए, काठ्माण्डौ उपत्यकाका नागरिकलाई आफ्नो घर जान भन्दै दुइ दिनको समय दिईयो । प्रहरीले “मास्क खै” भन्ने अभियानमा हजारौँलाई केहि बेर रोक्ने र गन्तव्यमा पठाउने काम गर्यो ।

कोभिड-१९ र स्थानीय तदारुपता

१५ वैशाखमा कोरोनाकै कारण निशेधाज्ञ जारि गर्ने अवस्था आयो; काठ्माण्डौबाट बाहिरिनेको लर्को लाग्दा सरकारले अमेरिकाबाट कोरोनाको खोप ल्याउन कुटनैतिक पहल सुरु गर्यो । १७ वैशाखमा पूर्व रानि कोमललाई कोरोनाको उपचारमा प्लाज्मा प्रयोग गरियो । भो.पू. प्रधान मन्त्रि डाक्टर बाबुराम भटराइको पेटको न्युरोइन्डोक्राइनट्युमरको अपरेसन वीर अस्पतालमा भयो । उच्च अदालत बाँकेले कोरोनाका बिरामिलाई निशुल्क उपचार गर्नु भनि आदेश दियो । १८ वैशाखमा हालसम्मकै धेरै एकै दिनमा ५७६३ कोरोना सङ्क्रमित बिरामि देखापरे; भो.पू.प्र.म.  झलनाथ खनाललाई पनि कोरोना पुस्टि भयो । २० वैशाख देखि दैलेख अस्पतालले बिरामि नल्याउनु भन्यो । २०७८ वैशाख २० गते बाट सुर्खेतमा जडान गरिएको अक्सिजन प्लाण्ट सञ्चालनमा आयो । २१ वैशाखको कुरा हो, धादिङ जिल्लामा कोरोना सङ्क्रमित स्वास्थ्यकर्मि नै बिरामिको उपचारमा खटिईरहेको सार्वजनिक भयो ।

अनुभवि सेवक र नेतृत्वको अन्दाज

२२ वैशाखमा जानकि मेडिकल कलेज, जनकपुरले कोभिड विशेष निसुल्क २०० सैयाको अस्पताल सञ्चालनमा ल्यायो । नेपाली सेनाले पनि आफ्ना ३५० अवकास सैनिकहरूलाई स्वास्थ्य सेवामा खटिनुपर्ने भन्दै तयारि अवस्थामा रहन सूचना जारि गर्यो । केहि ठूला अस्पतालले एक दिनको बेड चार्ज मात्रै ५० हजारसम्म लिएको गुनासो आएपछि काठ्माण्डौ प्रसासनले ह्यान्स र के.एम.सि. अस्पताललाई स्पष्टिकरण सोध्यो । बाँके अस्पतालले सैयाको अभाव भएको कारण देखाउँदै कोभिडका बिरामि भर्ना नगर्ने सूचना जारि गर्यो । कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारिमा पनि कोरोना सङ्क्रमण पुस्टि भयो । नेपालले कोरोनाकै कारण ५८ जनालाई गुमाउँदै रेकर्ड बनायो ।

२३ वैशाखमा बुटवलमा एक बिरामिले आफन्त कोहि नभएकै कारण सडकमै प्राण त्यागेपछि मात्र अस्पतालको ढोका खुल्यो । २४ वैशाखमा स्वास्थ्यलाई प्राथमिकता दिँदै तिलोत्तमा नगरपालिकाका मेयर र बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्षले आ-आफ्ना चढ्दै आएका सवारि साधनलाई कोभिडका बिरामिको उपचारार्थ एम्बुलेन्स सरह प्रयोग गर्ने घोषणा गरे । बजारमा कोरोना सङ्क्रमितले प्रयोग गर्ने औशधि नै नक्कलि उत्पादन गरी बिक्रि गरेको भेटियो; मानवतालाई पैसाले पराजित गर्यो । कमिसनकै कारण कोरोनाको खोप ल्याउन ढिलाइ भएको भन्दै सरकारलाई नै जागरुकले औला तेर्स्याए । दाङ लगायतका केहि स्थानमा एम्बुलेन्सले नभ्याएपछि अटो रिक्सालाई बिरामि बोक्न प्रयोग गरियो । भैरहवाको एक अस्पतालले सैया अभाव भएको कारण देखाएर बिरामि भर्ना नलिने बतायो । २५ वैशाखमा रौतहटको चन्द्रपूर नगरपालिकाका एक वडाध्यक्षले चालक बिरामि भएपछि आफैले कोरोना सङ्क्रमित बिरामि बोकेको एम्बुलेन्स कुधाउन सुरु गरे । नेपालमा प्रयोगमा रहेको चिनिया खोप, सिनोफामलाई WHO ले आफत्कालिन प्रयोगको अनुमति दियो । २७ वैशाखमा आइपुग्दा त अक्सिजन लुकाएको गोदामा छापा मार्ने, अस्पताल खोज्दै भौतारिएर बिरामिले ज्यान गुमाउने, सैया र अक्सिजन अनि जनशक्ति नभेटिने, आदि स्वास्थ्य समस्याहरू सामान्य जस्तै हुन थाले । २७ वैशाखमा कोभिडका बिरामिलाई अक्सिजनको कमि पुरा गर्न वाइड बडि जहाज सिलिण्डर ल्याउन चीन पुग्यो । २८ वैशाखमा चीनबाट ४०० थान अक्सिजन सिलिण्डर नेपाल आइपुग्यो । सुदुरपश्चिमका निजि अस्पतालहरूले कोरोनाका बिरामि भर्ना नगर्ने घोषणा गरे । रौतहट गरुडास्थित रोमा हस्पिटलका सञ्चालक दिपेन्द्र साहको कोरोनाकै कारन ज्यान गयो ।

२९ वैशाखमा नर्सहरूले कोरोना नियन्त्रणमा खेलेको भूमिकाले प्रसंसा पाउँदा उनिहरूका जीवनस्तर बारे खासै चर्चा भएन । एकै दिन ९३०५ बढि कोरोनाका बिरामिको अभिलेख दर्ता भयो । ३० वैशाखमा सबै भन्दा धेरै दैनिक २१४ जनाको कोरोनाकै कारण मृत्यु भएको अभिलेख दर्ता भयो । ३१ वैशाखमा सफत लिएपछि केपि शर्मा ओलीले देशमा सैया अभाव नरहेको दाबि गरे ।

 

४. शिक्षा (Education in the year, 2078 Vaishakh)

शैक्षिक वर्ष, वैशाख २०७८ मा कोभिड-१९ को असर

१ वैशाखमा कोरोनाको नयाँ प्रजातिको सङ्क्रमण दर बढ्दै गएपछि ठूला शहरमा रहेका विद्यालयहरू बन्द गर्नुपर्नेमा जोड दिईयो । ६ वैशाखमा कोरोनाको सङ्क्रमणलाई ध्यान दिँदै वैशाख भरि नै विद्यालय बन्द गर्ने निर्णय संघीय मन्त्रिपरिषदले गर्यो । ८ वैशाखमा त्रिभुवन विश्वविद्यालयले आफु मातहत रहेका र कोभिडको अती जोखिम रहेका सबै स्थानहरूमा सैद्दान्तिक विषयका कक्षाहरू समेत अनलाइनबाट लिन निर्देशन दियो । १० वैशाख देखि सुन्सरिका विद्यालयहरू कोभिड-१९ को बढ्दो सङ्क्रमणका कारण अनिश्चितकालका लागि बन्द भए । तर कतिपय निजि विद्यालयहरूले उक्त अवधिमै परिक्षा सञ्चालन गरे । १३ वैशाखमा सरकारि निर्णय अटेर गरी परिक्षा चलाएको आरोपमा केहि निजि विद्यालयका सञ्चालक र प्रिन्सिपल पक्राउ गरिए । त्रि.वि. ले पनि वैशाख १३ गते पछिका सबै परिक्षाहरू अर्को सूचना जारि नभएसम्मका लागि स्थगित गर्यो । पूर्वाञ्चल विश्वविद्यालयको परिक्षा अगाडि नै प्रश्नपत्र बाहिरिएपछि सम्लग्न १० बढि पक्राउ परे; प्रश्नपत्र बाहिरिनुमा व्यवस्थापक देखि परिक्षार्थिसम्मकै सहयोग देखियो ।

आम्दानिमा ध्यान

१७ वैशाखमा सरकारको निशेधाज्ञाका बावजुत रुकुम पश्चिमका विद्यालयहरूले परिक्षा लिईरहेको पाइयो । २२ वैशाखमा देखिएको कोभिडका बिरामिको सङ्ख्याले जेठमा हुने भनिएका बोर्ड परिक्षाहरू पनि अनिश्चित जस्तै भए । २५ वैशाखमा नेपाल शिक्षक युनियनले कोरोनाकै कारण करिब तिन दर्जन बढि शिक्षकको मृत्यु भएको भन्दै खोप नलगाइकन विद्यालयमा पाइला नटेक्ने घोषणा गर्यो । २६ वैशाखमा राष्ट्रिय परिक्षा बोर्डका एक सदस्यले हाल अन्योलमा रहेको कक्षा १० र ११-१२ का परिक्षा बारे छिटै निर्णय हुने बताए । २९ वैशाखमा त्रि.वि. ले परिक्षा तथा रजिस्ट्रेसन आवेदन फारम भर्ने काम अनिश्चितकालका लागि स्थगन गर्यो । ३१ वैशाखमा नव नियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले कक्षा १० को परिक्षा र अन्य समग्र शैक्षिक गतिविधिका विषयमा चाँडै निर्णय हुने बताए ।

 

५. सामाजिक घटना social events in 2078  Vaishakh)

लोपमा मानवता

२०७८ वैशाख २ मा करिब एक महिना अघि २०७७ चैत्र ४ गते एक युवकलाई हत्या गरी बाग्लुङ लिएर गाड्ने दाजुभाइ मध्येका भाइ पक्राउ परे । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठ्माडौँ उपत्यका लगायत विभिन्न ठाउँमा चोरी भएका ९ स्कुटर र १७ ओटा मोटरसाइकल बरामत गरी सम्बन्धीत धनीलाई बुझायो । पत्रकारलाई दुर्व्यवहार गरेको र पत्रकार महाँसंघले त्यसको निन्दा गरेको समाचार नेपाल खबरको साइटमा सार्वजनिक भयो । ४ वैशाखमा एक महिलाले नदीमा हाम फालेर आत्महत्या गर्न खोज्दा मलामिले बचाए । प्रिमन्सुन र पश्चिमि वायु एकै पटक नेपाल प्रवेश गरेपछि कतै पानीसँगै असिना पर्यो त कतै हावा हुरिले बादल उडायो । ५ वैशाखमा शनिबार राति काठ्माण्डौ महानगर पालिका १०, बुल्बुलेमार्गमा आफ्नै भाउजूको हत्या गरी ४८ वर्षीय देवर आफै ट्याक्सिमा प्रहरी कार्यालय पुगे । उता मोरङको बिराटनगरमा खेल्न निस्केका ७ वर्षीय बालकको सव प्रहरीले खोलामा भेट्यो । शनिबार रातिको हुरिले त्रिसुलि नदीको गल्छि स्थित एक महिनामा सञ्चालन हुने पुल समेत भाँचियो । विभिन्न स्थानमा थप तिन अज्ञात सव पनि भेटियो ।

८ वैशाखमा परासि जिल्लामा विष खुवाएर मारिएको कुकुरको सिनो खाएकै कारण ६७ ओटा गिद्द मृत भेटिए । भारतको धार्मिक यात्रा सकेर नेपाल आएका पूर्वराजा ज्ञानेन्द्र शाहमा कोरोना सङ्क्रमण भएको पुस्टि भयो । भारतको एक ठाउँमा कोरोनाका कारण मृत्यु भएकि एक महिलाको तिन दिनसम्म पनि दाहासंस्कार नहुँदा सव कुकुरले खाए । ९ वैशाखमा तनहुँभिमाद नगरपालिका वडा नम्बर ८ का अध्यक्ष बुद्धिमान श्रेष्ठ र सेवाग्राही चिरञ्जेवी खनालबीच हात हालाहाल भयो, वडाध्यक्षले “आइलाग्नेमाथि जाइलाग्ने हो” भने । ११ वैशाखमा आफ्नै श्रिमानको हत्या आरोपमा फरार एक श्रिमति पाँच वर्ष पछि पक्राउ परिन् । तेजाव आक्रमणमा परेकि मुस्कान खातुनले ‘नागरिक नायक’ सम्मान पाइन् । सिन्धुपाल्चोकमा सिता हाइड्रोको गाडि तीन ओटा मोटरसाइकलमा आएको एक समुहले अपहरण गर्यो । ढुङ्गाले हानेर श्रिमतिको हत्या गरी फरार रहेका एक जना पक्राउ परे । लागु औषध कारोबारमा सम्लग्न थप दुइ जना पनि समातिए ।

स्वयैच्छिक अपराध

१५ वैशाखमा मास्क नलगाएकै कारण प्रहरीले करिब १३०० जनालाई कार्वाहि गर्यो । १६ वैशाखमा प्रदेश नम्बर एक सरकारले आदिवासिको समाधिस्थल, मेचिनगर ६ मा डोजर चलाएर त्यहाँ प्रहरीको सिमा सुरक्षा चौकि बनाउन काम अघि बढायो । कोरोनाको नियम नमानेको/निशेधाज्ञ उल्लङ्घन गरेको कारण लुम्बिनि प्रदेशमा तिन जना जेल गए । १८ वैशाखमा सल्यान, दार्मा गाउँपालिका३ धुलखर्कका ६२ वर्षीय नरबहादुर रोकाहाको सम्धी नाता पर्ने धनबहादुर खत्रीको कुटाइबाट मृत्यु  भयो; घरायसि झैझगडाको क्रममा आफ्नै श्रीमतिले धारिलो चक्कु प्रहार गरेपछि धनुषाको हंसपुर नगरपालिका-६ तीलही बस्ने २५ वर्षीय शम्भु मण्डलको ज्यान गयो । बरामत गरिएको लागु औशधजन्य पदार्थ अरुलाई बेच्न खोज्दा केन्द्रीय अनुसन्धान बिउरोले साधा पोसाकका प्रहरीलाई नै पक्राउ गर्यो । २१ वैशाखमा १४ वर्षीय बालिकालाई युवाको एक समुहले उनको शरिरमा पेट्रोल छर्किएर आगो लगायो ।

२२ वैशाखमा अक्सिजन अभाव भएको भनि भ्रामक स्टाटस पोस्ट गरेको आरोपमा गङ्डकीबाट दुइ जना समातिए । गंगामाया अधिकारिले १३७औ दिनमा छोराका हत्यारालाई कार्वाहि गर्नुपर्ने माग सहितको अनसन तोडिन् । सेनाकै सलामी, कोहि नगै मलामी सव जलाउँदा पनि सवदाहा ग्रिहमा चाङ लाग्नथाल्यो । किश्वरीलाई बलत्कार गरेको अभियोगमा एक शिक्षक समातिए । मुलुकका विभिन्न स्थानमा पाँच व्यवहारिसे सव फेला परे । २४ वैशाखमा नवलपरासि (पूर्व) बाट तास खेल्दैगर्दा १० जना समातिए । बिहेमा हिडेकि एक महिलाको बिराट्नगरमा हत्या भयो । २७ वैशाखमा श्रिमतिको हत्या गरी एक जनाले प्रहरी चौकिमै आत्मसमर्पण गरे । २८ वैशाखमा चक्कु देखाएर लुटपाट गर्ने एक जना बुढानिलकण्ठबाट पक्राउ परे । डाक्टरको लापर्वाहिले ज्यान गएको भन्दै कोरोनाबाट मृत्यु भएका व्यक्तिका आफन्तहरूले जनकपुर स्थित कोभिड अस्पतालमा तोडफोड गरे ।

२९ वैशाखमा तिन गुणा बढि भाडा असुलेको अभियोगमा केहि चालकहरूलाई कार्वाहि भयो । ३० वैशाखमा प्रहरी र सिकारि समुह बीच सर्लाहिमा दोहोरो फाइरिङ भयो । ३१ वैशाखमा दैलेख डुङिसोरका एक जनाले बन्चरोले आफ्नै बाबुको हत्या गरे । अर्को एक स्थानमा पनि युवाहरूको समुहले छुरा प्राहार गरी एक युवाको हत्या गरेको कुरा सार्वजनिक भयो ।

 

६. आर्थिक गतिविधि (Major financial activities in 2078 Vaishakh)

निजि क्षेत्रलाई सरकारि शान्त्वना

२ वैशाखमा पूँजिँ बजारको गणना सुचक, नेप्सेले २७३५ बिन्दुको नयाँ रेकर्ड बनायो । माधव प्रचण्डकै निर्देशनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद बढेपछि धनगढीस्थित कृषि विकास बैङ्कको खातामा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ३० लाख रकम केन्द्रकै सर्कुलरपछि झिकिएको भनि नेपाल प्रेसमा खबर सार्वजनिक भयो । सोहि दिन लक्ष्मि बैङ्कले आफ्नो १२८औ बैङ्किङ शाखा सञ्चालनमा ल्यायो । ३० करोड राजस्व ठगि गरेको आरोपमा २ फर्म बिरुद्ध मुद्दा दायर भए । अलिबाबा (अनलाइन चिनिया साइट) ले करिब १८.२ अरब युवान जरिवाना तिर्न राजि भयो । ३ वैशाखमा रुरुको प्राथमिक शेयरको बाँडफाँड भयो । ७ वैशाखमा जनरल इन्सुरेन्सका सञ्चालक दिपेन्द्र अग्रवाललाई शेयर बजारमा लगानि निर्देशिका विपरित अधिक लगानि गरेको कारण देखाइ विमा समितिले निलम्बन गर्यो ।

११ वैशाखमा आगामि वर्षको बजेट प्रिथक हुने तर अर्थ मन्त्रीको हैसियतले आफुले अहिले केहि बोल्न नमिल्ने बिश्नु पौडेलको भनाइ बाहिरियो । १४ वैशाखमा सरकारले एक सूचना जारि गर्दै सरकारि प्रयोगसालाले एक हजार र निजि प्रयोगसालाले दुइ हजार मात्र कोरोना परिक्षण सुल्क लिन पाउने निर्देशन जारि गर्यो ।

सत्ताको जोस

१५ वैशाखमा एसियालि बिकास बैङ्कले नेपालको यस वर्षको आर्थिक वृद्धि दर करिब ३.१ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गर्यो । १७ वैशाखमा सरकारले ८५ उध्योगहरूलाई लकडाउन अवधिको विद्युत महसुल छूट दिने निर्णय गर्यो । माओवादिका कर्णाली प्रदेश सभा सांसदहरूले आफ्नो आधा महिनाको तलब कोरोना विपत कोशलाई दिने घोषणा गरे । अमेरिकाले कोरोनाको महामारि सामना गर्न नेपाललाई ८५ लाख डलर आर्थिक सहयोग दिने घोषणा गर्यो । २० वैशाखमा छ वर्षसम्म बन्द रहेको इज्राइलको केरगिभर कामको लागि निर्देशिका बनेसँगै त्यहाँ जाने बाटो खुल्यो । सरकारले कोरोना सङ्क्रमितको उपचारमा खटिएका सबै स्वास्थ्य कर्मिलाई प्रोत्साहान भत्ता दिने निर्णय गर्यो ।

२२ वैशाखमा लुम्बिनी प्रदेश सरकारले १२ ओटै जिल्लालाई ७९ लाख रकम उपलब्ध गराउने निर्णय गर्यो । NIC Asia बैङ्कले ऋणिसँग अनावश्यक रकम असुलेको भनि उजूरि परेपछि बैङ्कले ब्याज दरमा समेत मनोमानि गरेको फेला पर्यो; राष्ट्रबैङ्कले स्पष्टिकरण सोधेपछि बैङ्कले प्राविधिक कारणले त्यस्तो भएको भन्दै तुरुन्तै सच्यायो । २४ वैशाखमा एसपी द्वय रामेश्वरप्रसाद यादव र विमल बस्नेत तथा इन्सपेक्टर मेघराज चौरसियालाई आर्थिक अनियमितता गरेको पुस्टि भएपछि प्रहरी प्रधान कार्यालयले कार्वाहि गर्यो । २६ वैशाखमा अर्थ मन्त्रालयले करिब १६ खर्ब बढिको बजेट ल्याउने गरी काम गरिरहेको जानकारी सार्वजनिक भयो । २७ वैशाखमा गोल्छा समुहले पाटन अस्पताललाई एक करोड र सर्वोत्तम सिमेण्टले सुनवल नगरपालिकाको अस्पताललाई मेडिकल सामग्री सहयोग गर्दै कोरोना लडाइँमा यैक्यबद्धता जनाए । २८ वैशाखमा सरकार काम चलाऊ भएसँगै बजेट पनि केहि अन्योलमा पर्यो । कोरोनाकै कारण कालिमाटि तर्कारी बजार समेत बन्द गरियो । २९ वैशाखमा राष्ट्रबैङ्कको तथ्याङ्कमा कोरोनाको महामारिका वावजुत विप्रेषण आयमा वृद्धि नै देखियो; मुद्रा स्मृति दर घटेर ३.१ मा झरेको देखियो । ३० वैशाखमा नेपाल इन्भेस्टमेण्ट बैङ्क र हिमालयन बैङ्क बीच मर्ज गर्ने सम्झौतामा हस्ताक्षर भयो । NIC Asia bank ले निक्षेपकर्ता र ऋणिलाई ठगेको भनि अर्थसरोकारले समाचार प्रसारण गर्यो ।

 

७. राजनैतिक अवस्था (Political situation in 2078 Vaishakh)

सान, दान, दण्ड र भेद

नयाँ वर्षको सुरुवात प्रधान मन्त्री केपि शर्मा ओलीको सम्बोधनबाट भयो । उनले आफ्नो सम्बोधनमा अर्थतन्त्र भन्दा जनताको जीवन ठूलो भन्दै आफुले गत वर्षका चुनौतिका वावजुत अर्थपूर्ण काम गरेको भने तर काठ्माण्डौमा मेलम्चिको पानी बितरणको काम कुनै गफ नभएको भन्दा त्यसको सुरुवात देखि हालसम्मका योगदानकर्तालाई नसम्झिएको भान सबैले गरेहोलान् । आफुलाई अविश्वास प्रस्ताव द्वारा मुख्य मन्त्रि पदबाट हटाउने सुइँको पाउनासाथ प्रिध्वि सुब्बा गुरुङले गङ्डकी प्रदेश सभाको हिउँदे अधिवेशन नै अन्त्य गरिदिए । काङ्ग्रेस गङ्डकीले विशेष अधिवेशन बोलाउन माग गर्यो; प्रधान मन्त्रीले तामाकोशिको काममा ढिलासुस्ति अब सहीय नहुने अभिव्यक्ति दिए । बेलुकितिर प्रधान मन्त्रिको हस्ताक्षरको दुरुपयोग गरी भारतीय गुप्तचरहरूसँग सम्झौता गरेको भनि अनलाइनमा कागज नै अपलोड भएका समाचारले सरकार पक्ष तरङ्गित भयो ।

२०७८ वैशाख ३ मा स्पष्ट अल्पमतमा परेका भनिएका महेन्द्र शाहीको सरकार संघीय सरकारको सत्तारुढ दल, एमालेका चार प्रदेश सभाका सांसदले हुइप उल्लङ्घन गर्दै फ्लोर क्रस गरेर मुख्य मन्त्री शाहीको पक्षमा २२ र सरकार ढाल्न खोज्ने पक्षमा १५ मत पर्यो; दलको निर्णय नमानेको भन्दै एमालेले प्रकाश ज्वाला, अम्बर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई कार्वाहि गर्ने निर्णय तुरुन्त गरिहाल्यो । प्रदेश नम्बर–२ (हालको मधेश प्रदेश) ले दोस्रो पटक प्रदेशको नाम र राजधानि सम्बन्धी प्रस्ताव पेश गर्न दोस्रो पटक सूचना जारि गर्यो । ४ वैशाखमा कर्णालीमा फ्लोर क्रस गर्ने तिन जनालाई एमालेले दलबाटै निस्कासन गर्यो । ५ वैशाखमा माओवादिले कार्वाहि गरेका राम बाहादुर थापा बादललाई केपि ओलिको सिफारिसमा राष्ट्रपतिले फेरि ग्रिहमन्त्रिको सफत खुवाइन् । ७ वैशाखमा ओलिले फेरि पनि माधव नेपाल पक्षका सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरे ।

व्यक्ति देखि प्रदेश सभासम्म विशेष

८ वैशाख २०७८ मा तिक्तता र स्पष्टिकरणका वावजुत केपि ओलि र माधव कुमार नेपाल बीच होटेल म्यारिएटमा सम्वाद भयो । ९ वैशाखमा उनिहरू बीच फेरि वार्ता बैरहँदा झलनाथ खनालले माधव कुमार नेपाललाई एक्लै होटेलमा वार्ता नगर्न सुझाए । २०७८ ९ वैशाख देखि एमालेको केन्द्रीय कार्यलय थापाथलिमा सरेर काम गर्न सुरु गर्यो । दल त्यागेर एमालेमा गएका र कार्यालयबाट घर फर्किदा मन्त्रि पद गएपनि भोलिपल्टै साँझ फेरि ग्रिहमन्त्रि हुन सफल रामबाहादुर थापा बादलको ठाउँमा रिक्त राष्ट्रियसभाको उपनिर्वाचन जेठ ६ गते तोकियो । १० वैशाखमा एमालेको ओलि पक्षले गठन गरेको स्थाई समितिमा माधव/झलनाथ समुहका कोहि नपारिएको भन्दै सरकारको नेतृत्व गरिरहेको दलमा अर्को तरङ्ग उत्पन्न भयो । ११ वैशाखमा धरहराको उद्घाटनमा कोभिडको न्युनतम मापदण्ड समेत पालना नगरेको भन्दै सरकारको आलोचना भयो । १२ वैशाखमा काङ्ग्रेसले केन्द्रिय समितिको वैठक बस्नु अघि सबै सदस्यहरूको कोरोना परिक्षण अनिवार्य गर्ने निर्णय गर्यो । १३ वैशाखमा दलको उर्दि नमानेकै कारण एमालेका कर्णालि प्रदेश सभाका चार सांसदको पद औपचारिक रूपमै खोसियो । गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाएपछि मुख्य मन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव पेश भयो ।

कार्वाहि, कार्वाहि, कार्वाहि

१५ वैशाखमा नेपाली काङ्ग्रेसका नेता तथा कर्मचारिमा कोरोना पोजिटिभ देखिएपछि केन्द्रीय समिति वैठक स्थगन भयो । गण्डकी प्रदेश सभामा जनमोर्चाका एक सांसद हराएको सुचना पुगेपछि केपि ओलिलाई कमजोर पार्ने गरी मुख्य मन्त्री हटाउन बोलाइएको विशेष अधिवेसन प्रभावित भयो; बेलुकिपख सांसद खेमबिक्रम शाहिको कोरोना रिपोर्ट दुइ थरि आएको समाचार पनि सार्वजनिक भए । सिन्धुपाल्चोकको बलेफी गाँउपालिका २ का वडा अध्यक्षकै नेतृत्वमा आफ्नो डिजाइन अनुसार मात्र काम गर्नुपर्ने हटका कारण गाउँपालिकाको कार्यालयमा ताला लाग्यो । राष्ट्रिय सभाका चन्द्र बाहादुर खड्काको पद पनि ए.ने.क.पा. ले समाप्त गर्यो ।

१६ वैशाखमा लुम्बिनि प्रदेशका चार प्रदेश सभा सदस्यहरूलाई जनता समाजवादि दलले सांसद पदमुक्त गरेको सूचना निकाल्दा महन्त ठाकुरले केन्द्रबाट कुनै निर्णय नभएको भनि प्रदेश सभामुखलाई पत्र लेखे; जनता समाजवादि दलमा ठूलै रडाको मच्चियो । आफुलाई स्वतन्त्र कुर्सि उपलब्ध गराउन माग गरेको एक हप्ता नबित्दै प्रदेश खेलकुद मन्त्रि बने दिपक मनाङ्गे; कुनै बेला खेलकुद जिल्ला अध्यक्षलाई छापड हान्ने उनि आज एमालेबाटै खेलकुद मन्त्री भए । संखुवासभा जिल्ला अदालतमा २५ हजार धरौटि बुझाएर बिप्लपका नेता माइला लामा थुनामुक्त भए । लुम्बिनि प्रदेश घटनासँगै महन्त र राजेन्द्र अनि बाबुराम र उपेन्द्र प्रस्ट छुट्टिए । एमाले नेता-कार्यकर्ताले सर्लाहिमा मास्क र सेनिटाइजर बाँडे । २०७८ जेष्ट ६ मा तोकिएको उपनिर्वाचनका लागि पाँच ओटा दल दर्ता भए ।

१७ वैशाखमा प्रधान मन्त्री केपि ओलिले रुसले विकास गरेको कोरोनाको खोप चाँडो उपलब्ध गराउने तर्फ पहल गर्न भने । सेर बाहादुर देउबाले कोरोनाकै बीच सरकारका कामकार्वाहि र आफ्ना कुरा सार्वजनिक गर्न पत्रकार सम्मेलन गरे । लुम्बिनि प्रदेश सभाको सांसद पद खोसिएपछि ज.स.पा. का चार मन्त्रिहरू कानुनि उपचारमा लागे । प्रचण्डले “सरकारलाई समर्थन गरेको भए पो फिरता लिनु” भन्ने अभिव्यक्ति दिए । प्रदेश नम्बर २ का मुख्य मन्त्रीले तत्काल भर्ना प्रक्रिया अगाडि बढाउन लोकसेवा आयोगलाई निर्देशन दिए । जनता समाजवादि दलको एक खिमाले केपि शर्मा ओलिको बिरुद्ध अविश्वास ल्याउने पक्षमा उभिने कदम चाल्यो ।

१८ वैशाखमा प्रधान मन्त्रीले आगामि आर्थिक वर्षबाट श्रमिकको न्युनतम ज्याला १५ हजार हुने बताए । मुख्य मन्त्री पृथ्वि सुब्बा गुरुङ केपि ओलिलाई भेट्न काठ्माण्डौ पुगे । प्रदेश नम्बर २ प्रमुखले जनतालाई आफ्नै हातले मास्क बाँडे । १९ वैशाखमा लुम्बिनि प्रदेशका प्रदेश मुख्य मन्त्री सङ्कर पोखरेलले राजिनामा दिए । त्यसको केहि घण्टा नबित्दै उनै पोखरेलले मुख्य मन्त्रीको सफत खाए । प्रधान मन्त्री राष्ट्रपति भेट्न सितल निवास पुगे । माधव नेपालले झलनाथ खनालको राम्रो हेरचाह गर्नु भनि अभिव्यक्ति दिए ।

२० वैशाखमा नेपाली काङ्ग्रेसका प्रवक्तालाई पनि कोरोना भएको पुस्टि भयो । प्रधान मन्त्रीले विश्वासको मत लिन प्रतिनिधिसभाको अधिवेशन बोलाएपछि काङ्ग्रेसको वैठक बुढानिलकण्ठमा बस्यो । प्रधान मन्त्री केपि शर्मा ओलिले राष्ट्रको नाममा सम्बोधन गरे । ज.स.पा. को एक समुह, महन्त ठाकुरले ओलिकै सहजताको लागि हस्ताक्षर सङ्कलन सुरु गर्दै सम्बद्ध व्यक्तिलाई काठ्माण्डौ आउन निर्देशन दिए । लुम्बिनि प्रदेश प्रमुखले मुख्य मन्त्री सङ्कर पोखरेललाई उनकै कार्यकक्षमा सफत खुवाए । गण्डकी र सुदुरपश्चिम प्रदेश प्रमुखमा एमालेको सरकारले निकटका व्यक्तिहरूको नियुक्ति गर्यो । गण्डकी प्रदेशको प्रदेश प्रमुखबाट पद मुक्त भएपछी अमिक शेर्चनले आफु अधिकारविहिन खुल्ला जेलबाट मुक्त भएको प्रतिक्रिया दिए । २०७८ वैशाख २१ गते देखि तत्कालिन प्रधान मन्त्री केपि शर्मा ओलिले माओवादि निकट नियुक्ति बदर गर्दै आफु निकटलाई प्रतिस्थापन गर्न सुरु गरे । २१ वैशाखमै ज.स.पा. को संसदीय दलको नेतामा महन्त ठाकुर चयन हुने पक्का भयो; उपेन्द्र यादव समुहका चार सांसद पनि ठाकुरको समुहमा लागे । माओवादि केन्द्रले सरकारलाई दिएको समर्थन फिरता लियो । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक अङ्गको काम कर्तव्य र अधिकार सहित सात ओटा अध्यादेश जारि गर्नुभयो ।

२२ वैशाखमा केपि शर्मा ओलिले प्रधान मन्त्रिको हैसियत जोगाउन काङ्ग्रेससँग देउबा निवासमै गएर विश्वासको मत मागे; काङ्ग्रेसले  विपक्षमा मतदान गर्छ भनेको र देउबा आन्तरिक छलफलमा लागेको खबरहरू बाहिरिए । लुम्बिनी प्रदेशको तर्फबाट अन्य समुहबाट रिक्त स्थानको राष्ट्रिय सभाको सिटका लागि जेष्ट १७ मा उपनिर्वाचनको मिति तोकियो । सांसद अम्मर डाँगीले बिरामि भएको र राजनैतिक खिचातानिबाट मुक्त भई आराम गर्न चाहेको कारण देखाउँदै प्रदेश सभा सांसदको पदबाट राजिनामा दिए । प्रकास ज्वालाले यमलाल कंडेलले दलमा मनपरि गरेको आसय सहित तिन पानाको स्पष्टिकरण दिए । कार्यकाल सम्हालेकै दिन गङ्डकि प्रदेश प्रमुख सिता पौडेल आफ्नै अभिव्यक्तिका कारण विवादित हुन पुगिन् ।

लुम्बिनि प्रदेशको सिको

२३ वैशाखमा एमालेको केपि ओलि निकट स्थाई समितिले सबै दलसँग प्रधान मन्त्रिको पक्षमा विस्वासको मत जुटाउन दौडधुप जारि राख्ने निर्णय गर्यो । सुवासचन्द्र नेम्वाङले आफ्नो दलका कोहि पनि फ्लोर क्रस नगर्ने बताए । कोरोनाकै कारण सरकारले चीन र भारतमा सातामा दुइ उडान बाहेक सबै देशमा उडान प्रतिबन्ध लगायो । २४ वैशाखमा एमालेले राम बाहादुर थापा (बादल) लाई नै फेरि राष्ट्रिय सभामा उठाउने निर्णय गर्यो; माधव कुमार नेपालले आफुहरू बटम लाइनमा अडिक रहेको बताए । खिमलाल देवकोटा र बादलले राष्ट्रिय सभाको बाग्मति प्रदेशमा रिक्त स्थानको लागि उम्मेद्वारि दर्ता गराए । सरकार थाम्न र ढालेर आफ्नो नेतृत्वमा निर्माण गर्न ओली, प्रचण्ड र देउबाको हिमचिम बाक्लियो ।

२०७८ वैशाख २५ मा प्रधान मन्त्री केपि शर्मा ओलीले CNN सँगको अन्तरवार्तामा नेपालमा कोभिड नियन्त्रण बाहिर नगएको र सबल पक्ष अनुसरण गरी नियन्त्रण गरिरहेको बताए । ओली र नेपाल पक्ष मिल्न नसक्नु तथा ज.स.पा. ले पनि एक ढिक्का भएर ओलिको पक्षमा उभिएको सुनिश्चितता नदेखाउनुले प्रधान मन्त्रीले फेरि संसद विगठन गर्न सक्ने, विस्वासको मत नपाइने हुँदा राजिनामा दिएर फेरि ठूलो दलको हैसीयतमा सरकार बनाउन लभिङ गर्न सक्ने र त्यसो गर्नु अघि माओवादि लगायतका दलहरूले अविस्वासको प्रस्ताव संसदमा दर्ता गराउन सक्ने विश्लेशण पनि सार्वजनिक भए । प्रचण्डले संवैधानिक वैठकमा कोहि नजानु भने । नेपाली काङ्ग्रेस संसदीय दलले ओलिलाई विश्वासको मत नदिने औपचारिक निर्णय गर्यो । करिब १० प्रतिशत बढि सांसदलाई कोभिड पुस्टि भएपछि मन्त्रिपरिशदको आकस्मिक वैठकले उनिहरूलाई छुट्टै मतदान स्थलको व्यवस्थापन गर्ने निर्णय गर्यो । २६ वैशाखमा अविश्वास प्रक्रियाको लागि मतदान हुने अघिल्लो दिन गण्डकी प्रदेशका मुख्य मन्त्री प्रिथिवि सुब्बा गुरुङले अस्थिरता चाहानेहरूले निरन्तर अवरोध गरेको भन्दै राजिनामा दिए; प्रदेश प्रमुखले तिन दिन भित्र सरकार गठन गरिसक्न दलहरूलाई आह्वान गरिन् । ज.स.पा. ले कसैलाई सघाउने स्थिति नरहेको भन्दै विश्वासको मतदान प्रक्रियामा तथस्ट बस्ने र सांसदले स्वयैच्छिक विवेक प्रयोग गर्न सक्ने निर्णय गर्यो । माधव नेपाल समुहले केपि ओलिलाई अन्तिम मौका भनि करिब १८ घण्टाको अल्टिमेटम सहित छ बुदे पत्र पठायो । लुम्बिनि प्रदेशमा सङ्कर पोखरेल बिरुद्ध दोस्रो पटक अविस्वास प्रस्ताव दर्ता भयो; एक हप्तामै सरकार धर्मराउने स्थिति आयो । राजनैतिक खिचातानिका बीच अध्यादेश ल्याएरै भएपनि केपि ओलिले संवैधानिक परिशदको वैठक बोलाए र लोकसेवा आयोगको रिक्त पद पुर्तिका लागि सिफारिस गरे । तर सभामुख र प्रमुख विपक्षिदलका संसदीय दलका नेता भने गएनन् ।

२७ वैशाखमा संसदको विशेष अधिवेसन दिउसो एक बजे सुरु भयो र रातिको १२ बज्नु अघि नै अन्त्य भयो । प्रधान मन्त्री केपि शर्मा ओलि प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भए । एकै दलका केहि सांसद पक्षमा र केहि अनुपस्थित हुँदा अर्को एक दलका सांसद आधि तथस्ट र आधि विपक्षमा उभिए । २८ वैशाखमा तथ्यमा नटेकि बोलेको भन्दै रिदेश त्रिपाठिले प्रचण्ड र उपेन्द्रलाई थर्काए ।

प्रदेशको नक्कल

२९ वैशाखमा बाबुराम भट्टराईले पूर्वप्रधान मन्त्री बाहेकको नेतृत्वमा सरकार बनाएर एक वर्ष भित्र चुनाव गर्ने प्रस्ताव अघि सारे । साँझ प्रिथ्वि सुब्बा गुरुङले कृष्णचन्द्र पोखरेल नेपालीको दाबि नपुगेको भन्दै गण्डकी प्रदेश मुख्य मन्त्रिको सफत लिए । दलहरूले प्रदेश प्रमुखको निर्णय गैरसंवैधानिक भएको टिप्पणि गरे । संघीय सरकारमा समेत प्रदेशकै जस्तो वा त्यो भन्दा खराब राजनैतिक समिकरण देखियो । ३० वैशाखमा एमाले बाहेकका दलहरूको गठबन्धनमा सरकार बनाउने कुरा असफल पार्दै केपि शर्मा ओली ठूलो दलको संसदीय दलको हैसीयतमा अर्को छलाङ मारे; प्रदेशहरूकै फोटोकपि संघमा पनि देखियो । ३१ वैशाखमा दिउसो साढे दुइ बजे राष्ट्रपतिले प्रधान मन्त्रीको सफत खुवाउने क्रममा “म सत्य निस्ठासँग प्रतिज्ञा गर्छुकि” भन्ने वाक्यांशमा केपि शर्मा ओलीले “त्यो पर्दैन” भनेपछि सामाजिक सञ्जाल तथा केहि व्यक्तिहरूमा आक्रोसको सिमा रहेन; सत्य निस्ठासँग प्रतिज्ञा गर्दैन, कस्तो सासक? भन्ने प्रश्नहरू उठे । रा.ज.पा. ले बहुमतकै आधारमा राजेन्द्र महत्वलाई दलको संसदीय दलको नेतामा चयन गर्यो ।

 

८. खेलकुद (Sports of the year, 2078 Vaishakh)

क्रिकेटले लगाएको मलम

त्रिदेशीय बजाज पल्सर कप टि-२० क्रिकेट खेल्न नेदरल्याण्ड र मलेसिया यस अघि नै नेपाल पुगेका थिए । नेपालले नयाँ वर्षकै दिन आफ्नो राष्ट्रिय पुरुष क्रिकेट टोलिको घोषणा गर्यो । २ वैशाखमा बङ्गलादेशको एक क्लबले AFC final नेपालको मैदानमा खेल्ने व्यवस्थाको लागि अनुरोध पठायो । ३ वैशाखमा नेपालमा त्यसको भोलिपल्ट सुरु हुने टि-२० क्रिकेट सिरिजको ट्रोफि सार्वजनिक भयो । इङ्ल्याण्डका बेन स्टोक्स हातमा लागेको चोटका कारण कम्तिमा तिन महिना क्रिकेट मैदानबाट बाहिर बस्नुपर्ने भयो । वैशाख ४ मा नेदर्ल्याण्डसँग नेपालले आफ्नो साविकको पहिलो विकेटका लागि सबै भन्दा धेरै रनको साझेदारिको रेकर्डमा सुधार गर्दै ११६ रन कायम गर्यो; नौ विकेटको फराकिलो जित पनि निकाल्यो । ५ वैशाखमा मलेसियासँगको खेलमा १३३ रन प्रहार गर्दै नेदरल्याण्ड्सका म्याक्स ओ डाउटले एसोसिएट राष्ट्रमा एकै टि-२० फर्म्याटको खेलमा सबै भन्दा धेरै रनको किर्तिमान आफ्नो नाममा गरे । ७ वैशाखमा नेपाली पुरुष क्रिकेट टिमले आफ्नो टि-२० इतिहासकै दोस्रो ठूलो योगफल, २०६ रन बनायो तर आफ्नै घरको मैदानमा नेदरल्याण्ड्सँग तिन बल बाँकि छदै पराजित भयो ।

८ वैशाखमा वर्षाका कारण मलेसिया र नेदरल्याण्ड्सले अङ्क बाँडेपछि नेपाल एक खेल अघि नै त्रिकोणात्मक क्रिकेटको फाइनल पुग्यो । एण्टि-करप्सन युनिटले दोशि ठहर गरेपछि यूएईका मध्यम गतिका बलर कादिर अहमदलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले पाँच बर्षको प्रतिबन्ध लगायो । ९ वैशाखमा नेपालका करण केसि १३ बलमा ४५ रन हिर्काउँदै किर्तिमान लेख्न चुके । नेपालले एकै टि-२० मा सबै भन्दा धेरै १९ छक्का हान्ने देशको सूचीमा चौथोमा नाम लेखायो । ११ वैशाखमा नेपालले नेदरल्याण्डलाई १४२ रनको फराकिलो अन्तरले हराउँदै पहिलो पटक टि२० अन्तराष्ट्रिय उपाधि जित्दा हालसम्मकै उच्च २३८/३ रनको योगफल  पनि बनायो । नेपालका कुशल मल्लले २० ओभरको ढाँचामा अर्धशतक प्राहार गर्ने सबै भन्दा काञ्छो खेलाडिको रूपमा विश्व किर्तिमान आफ्नो नाममा गरे । १२ वैशाखमा नेपाल सुपर लिग फुटसल कप सुरु भयो ।

क्रिकेटकै किर्ति

२०७८ वैशाख १५ मा खेलकुद मन्त्रीले तेतिबेला चलिरहेको नेपाल सुपर लिग हालको महामारिले नरोकिने बताए । १५ वैशाखमै नेपालका कुशल भुर्तेल अन्तराष्ट्रिय क्रिकेट परिशदको टि-२० ब्याटिङ वरियतामा ६२औ स्थानमा उक्लिए । १६ वैशाखमा राष्ट्रिय पुरुष क्रिकेट टिमका कप्तान ज्यानेन्द्र मल्ललाई पित्रिशोक पर्यो । दिल्लि क्यापिटल्सका प्रिथिवि शअओले कोल्कत्ता नाइट राइडरका सिभम माविलाई इन्निङको पहिलो ओभरमै छ चौका प्रहार गर्दै टिमको स्कोर पहिलो ओभरमा २५ रनमा पुर्याए । नेपाल सुपर लिगका खेलहरू कम विश्राम दिएर खेलाइए । अस्ट्रेलियाको ताज्मानिया राज्यकि सांसदले त्यहा रहेको नेपाली क्रिकेट समितिको खुलेरै प्रसंसा गरिन् । कोरोना सङ्क्रमणकै कारण नेपाल क्रिकेट संघले क्रिकेटका गतिविधिहरू अनिश्चित कालसम्मका लागि बन्द गर्यो । १८ वैशाखमा हैद्रावादले डेभिड वार्नरलाई हटाएर केन विलियमसनलाई कप्तानको जिम्मेवारि दियो । २० वैशाखमा सार्वजनिक गरेको अन्तराष्ट्रिय क्रिकेट परिशदको वरियतामा नेपाल एकदिवसीयमा १६औ र टि-२० मा १३औ वरियतामा पुग्यो । २१ वैशाखमा खेलाडिमा कोरोना देखिनथालेपछि भारतीय प्रिमियर लिग स्थगित भयो ।

२२ वैशाखमा अन्तराष्ट्रिय क्रिकेट परिशदले सार्वजनिक गरेको “महिना खेलाडि” सूचीमा टि-२० वरियतामा ६१औ स्थानमा रहेका नेपालका कुशल भुर्तेल मनोनयनमा परे; क्रिकेट प्रेमिका लागि तेहि दिनबाट उनको लागि मत दिन ढोका खुल्यो । २६ वैशाखमा अस्ट्रेलिया, बेलायत, श्री-लङ्का र संयुक्त अरब इमिरेट्स (UAE) ले IPL का बाँकि खेल खेलाउन इच्छुक रहेको आसय सहितको पत्र भारतलाई पठाए । २०७८ साल वैशाख २७ मा सार्वजनिक नतिजा अनुसार नेपालका कुशल मल्ल ICC को Player of Month” अप्रिलको अवार्ड जित्न चुके । २८ वैशाखमा जारि सूचना अनुसार ए डिभिजन राष्ट्रिय फुटसल लिग अनिश्चित कालका लागि स्थगित भयो । २९ वैशाखमा निउ जिल्याण्डका ३५ वर्षे क्रिकेटर, बीजे वाटलिङले टेस्ट च्याम्पियानसँगै सन्यास लिने घोषणा गरे । ३१ वैशाखमा NSL कपको फाइनलमा काठ्माण्डौ रेजर्स र धन्गडी पुगेसँगै  विजेताले लिने ट्रफि सार्वजनिक भयो ।

 

९. अन्तराष्ट्रिय घटनाहरू र कुटनैतिक कुरा

    (International events and diplomacy in 2078 Vaishakh)

स्वयैच्छिक आतङ्क

२०७८ वैशाख १ मा अमेरिकि राष्ट्रपति जो बाइडनले निकट भविष्यमा अफगानिस्तानबाट आफ्नो सबै सेना फिरता हुने घोषणा गरे । २ वैशाखमा पश्चिम बङ्गाल निर्वाचनका लागि भारतले नेपालको पूर्वि नाका तिन दिनका लागि बन्द गर्यो । म्यानमारमा सेनाको कु पछि तनाव जारी थियो । २ वैशाखमा भने सैनिकले स्वास्थ्यकर्मिलाई समेत गोलि हान्यो । अबुजा- विद्रोही जिहादी समूहको लगातारको आक्रमणका कारण नाइजेरियामा ६५ हजार मानिस विस्थापित भए । अमेरिकि सेना फिरता बोलाउने कुरामा भारतले मुख खोल्दै यो अफगानि विषय भएकोले यसको नेत्रित्व, स्वामित्व र समाधान उसैले गर्न सक्ने बतायो । अन्नपुर्णपोस्टमा अमेरिकि उपराष्ट्रपतिलाई ज्यान मार्ने धम्कि आएको समाचार प्रकाशित भयो । ९९ वर्षको उमेरमा दिवङ्गत भएका बेलायति राजकुमार ड्युक फिलिपको अन्त्यस्टि गरियो । ५ वैशाखमा अमेरिका र चीन जलवायु परिवर्त नियन्त्रणका लागि सहमत भए । अमेरिकामा गोलि चलाउँदा दुइ जना घाइते भए । चेक गणतन्त्रले १८ रुसि कुटनैतिज्ञलाई २०१४ मा भएको गोला बारुत भण्डारणको बिस्फोटनमा सम्लग्नता रहेको कारण देखाउँदै देश निकाला गर्यो । ६ वैशाखमा अमेरिकाका पूर्व उपराष्ट्रपति वाल्टर मोन्डेलको ९३ वर्षमा निधन भयो । ७ वैशाखमा अमेरिकाले खोप लगाएकालाई कोरोना जोखिमको कारण देखाउँदै भारत भ्रमणमा रोक लगायो ।

शक्तिसालि देशको कुटनैतिक परकास्ठा

९ वैशाखमा स्लोभाकियाले पनि तिन जना रुसि कुटनितिज्ञलाई देश निकाला गर्यो । अस्ट्रेलियाको भिक्टोरिया प्रान्तले २०१९ मा गरेको चीनको अवधारणाको रोड बेल्टको सम्झौता संघीय सरकारले रद्द गरेपछि चीनले अस्ट्रेलियाले अर्को अनुचित कदम उठाएको प्रतिक्रिया दियो । ११ वैशाखमा कोरोनाको कारण रक्सि पसल बन्द भएको मौकामा सेनिटाइजर पिएर ७ जनाको ज्यान गयो । नयाँ दिल्लि अदालतले एक याचिकामा सुनुवाइ गर्दै अक्सिजनको आपुर्तिमा अवरोध गर्नेलाई मृत्युदण्ड दिईने फैसला गर्यो । म्यान्मारका सेना प्रमुख मध्येपूर्वि एसियालि राष्ट्र प्रमुखको सम्मेलनमा भाग लिन सैनिकले सत्ता हातमा लिएपछि पहिलो पटक देश बाहिर निस्किए । इण्डोनेसियालि पन्डुबिको केहि भाग र यात्रुको सामान भेटिएपछि सवार सबै ५३ जनाकै मृत्युको आसङ्का गरियो । कोरोनाको सङ्क्रमण दर बढेकोले जापानि प्रधान मन्त्रीले फेरि केहि दिनको सङ्कटकाल घोषणा गरे । नेपालले क्रिकेटमा उपाधि उचालेसँगै भारत, अमेरिका लगायत देशले राजदुतावास मार्फत बधाई दिए । १२ वैशाखमा अमेरिकाले कोभिडमा भारतलाई सघाउने बताए । इराकको बग्दातको एक अस्पतालमा भएको भिषण आग्लागिमा ८२ जनाको ज्यान गयो । पूर्व अमेरिकि राष्ट्रपतिले आफुलाई उत्तरकोरियालि नेता किम जोङ मन पर्छ भने । दिल्लिमा एक व्यक्तिले श्रिमान डेरामा नभएको मौका छोपि यौन सम्बन्ध राख्न खोज्दा नमानेपछि घाटि थिचेर उक्त महिलाको हत्या गरेको खुल्यो । बरिस्ट चलचित्र सम्पादक, भारतीय नागरिक वामन भोंसलेको निधन भयो । चीनको सिचुवान एरलाइन्सले भारत तर्फ हुने सबै मालवाहाक उडान वैशाख २७ गतेसम्मका लागि बन्द गर्दा भारतलाई दिईदै आएको अक्सिजन समेत कटौति भयो; विपतमा असहयोग गरेको भन्दै भारतीयहरू आक्रोसित भए । ट्विटरले भारतीय प्रधान मन्त्री नरेन्द्र मोदिको आलोचना गरिएको भनिएका केहि ट्विटहरू समेत हटायो । भारतमा कोरोना फैलिनुमा निर्वाचन आयोग दोशि रहेको ठहर सहित भारतको मद्रास अदालतले फैसला सुनायो ।

चर्चामा चीन

१५ वैशाखमा मिडिया रिपोर्टअनुसार दुइ पाकिस्तानी कूटनीतिज्ञहरु दक्षिण कोरियाको सियोलको योङसन स्थित स्टोरबाट चक्लेट र टोपि चोरी गर्दै गर्दा पक्राउ परे । भारतको आसाममा ६.४ म्याग्नेच्युडको भूकम्प गयो । १६ वैशाखमा कोलम्बियामा “कर सुधार कानुन” ल्याएपछि प्रदर्शन सुरु भयो । भारतमा कोरोना कहरकै बीच अन्तिम चरणका मतदानहरू भए । कोरोनासँग जुध्न भारतले अन्तराष्रिय समुदायबाट पर्याप्त प्रतिबद्धता पायो । चीनका विदेश मन्त्रिले नेपाल सहित पाँच सार्क राष्ट्रहरूलाई चीन-दक्षीण एसिया आकस्मिक पुर्ति संयन्त्र र चीन-दक्षिण एसिया गरिब राहात तथा विकास योजना प्रस्ताव गरे । १७ वैशाखमा अस्ट्रेलियाले चीन माथि प्रतिबन्ध लगाउँछ भने  चीनले त्यसको गतिलो जवाफ दिने चेतावनि दियो । इज्राइलमा यहुदीहरुको ल्याग बुमर पर्व मनाउने क्रममा भागदौड हुँदा दर्जनौले ज्यान गुमाए । भारतको दिल्लि र बिहारमा कोरोनाको मृत्युदर बढेपछि थप सवदाहा ग्रिह प्रयोगमा आए । तमिल फिल्म निर्देशक तथा छायाँकार केवी आनन्दको चेन्नैमा निधन भयो । अमेरिका र अस्ट्रेलियाले भारतबाट आफ्नो देशमा आउन सबैलाई प्रतिबन्ध लगाए; अस्ट्रेलियाले पाँच वर्ष जेल देखि ६६ हजार डलरसम्मको जरिवाना गरिने निर्णय गर्यो । हङ कङले नेपालबाट हुने उडानमा प्रतिबन्ध लगायो । १९ वैशाखमा चीनको एक सामाजिक सञ्जालको अकाउण्टले भारतको कोरोना सङ्क्रमणलाई मजाक बनाएर पोस्ट गरेपछि भारतमा खैलाबैला मच्चियो । बाङ्ग्लादेशको पद्मा नदीमा दुइ डुङ्गा एक आपसमा ठोकिँदा २५ जनाले ज्यान गुमाए । २० वैशाखमा २४ दिनको भोकहड्तालपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नभाल्नी भिडियो कन्फरेन्समार्फत् शुक्रबार अदालतमा पेश गर्ने क्रममा देखापरे । भारतीय कोरोना खोप निर्माता कम्पनि सिरम इन्स्टिच्युटका प्रमुखले सरकारले केहि ढिलो गरी खबर गरेको भन्दै अझै केहि समय खोपको अभाव हुने बताउँदा स्थिति नियन्त्रण बाहिर गएको भन्दै भारतमा सेना प्रयोग गरियो । २१ वैशाखमा कतार सरकारले जेल जीवन बिताइरहेका १८ जना नेपालीलाई आममाफि दिने निर्णय गर्यो ।

शान्त्वनाको होडबाजि

२२ वैशाखमा चीनलाई लक्षित गरी अमेरिका र अस्ट्रेलियाले खुलेर विदेश मन्त्री स्तरमा छलफल गरे । भारतका लागि विश्वभरबाट प्राप्त कोभिड सहयोग लिएर कतारको जहाज भारत पुग्यो । म्यान्मारको सेनाले स्याटेलाइट टेलिभिजनमाथि प्रतिबन्ध लगायो । डोनाल्ड ट्रम्पलाई फेसबुकमा लागेको प्रतिबन्ध अझै केहि महिना कायम रहने भयो; ट्रम्पले आफ्ना समर्थकसँग सम्पर्क स्थापित गर्न र आफ्ना भनाइ राख्न नयाँ साइट सुरु गरे ।

२३ वैशाखमा काम गरेको अनुसार ज्याला नपाएको भन्दै कतारका श्रमिक आन्दोलित भए । अमेरिकाले युक्रेन भ्रमणमा रहँदा रुसले असैय हस्तक्षेप युक्रेनिमाथि गरेको आरोप फेरि लगायो । २४ वैशाखमा कोरोनाको खोपमाथि प्रतिलिपि अधिकार नलाग्ने निर्णयमा WHO सँग अमेरिका र भारत सहमत भएपनि जर्मनिले त्यो बौद्धिक सम्पति भएको भन्दै विपक्षमा उभिएर अमेरिकालाई नै झट्का दियो । रुसि राष्ट्रपति भ्लादिमियर पुटिनले स्पुतनिक खोप राइफल जस्तै शक्तिशालि रहेको टिप्पणि गरे । नेपालमा अलपत्र परेका विदेशिको भिजा नविकरण गर्ने निर्णय भयो । भारतीय गुप्तचर संस्था, रअका नेपाल प्रमुख काठ्माण्डौ पुगे । २५ वैशाखमा भारतीय प्रधान मन्त्रि नरेन्द्र मोदीले राज्य सरकारले कोरोना नियन्त्रण तथा रोकथामको लागि गरेका कामलाई जोड दिँदै महाराष्ट्रका मुख्य मन्त्री उद्दप थाँक्रेको प्रसंसा गरे । २७ वैशाखमा कोरोनाको कारण देखाउँदै चीन सरकारले शगरमाथामा विभाजनको रेखा खिच्ने निर्णय गर्यो । २८ वैशाखमा चीनले सार्वजनिक गरेको जनगणनाको तथ्याङ्कमा चीनको जनसङ्ख्या निकै ढिलो अर्थात ०.५३ प्रतिशत मात्र बढेको पाइयो गत १० वर्षमा; चीनलाई केहि चिन्ता भयो । भारतीय जनता दलका नेता सुब्रमण्यम स्वामीले प्रधान मन्त्री केपि शर्मा ओली नै भारतको रोजाइ भएको बताए ।

प्यालेस्टाइन र इजराइल युद्ध

२९ वैशाखमा प्यालेस्टाइनि बिद्रोहि समुहले इज्राइलको तेल अविवमा १३० ‍ओटा मिसाइल बर्साए; जवाफमा इज्राइलले गाजा क्षेत्रमा हमला गर्दा ३५ बढिको ज्यान गयो । नेपालले इज्राइल र प्यालेस्टाइन बीच जारि तनाव अन्त्य गर्न दुवै मुलुकलाई आह्वान गर्यो; नेपाली राजदुतावासले सुरक्षित रहनु भनि सचेत गरायो । अमेरिकि सिनेटको वैदेशिक मामिला समितिमा नेपालको कोभिड-१९ को अवस्था बारे छलफल भयो । ३० वैशाखमा अफगाणिस्तानको काबुल नजिकको वारदाक प्रान्तको नेरख सहर तालिबानले कब्जामा लियो भने रमजानकै दिन करिब २५५ बढिको ज्यान जाने गरी लडाइ तथा गोलाबारि भए । ३० वैशाखमा अफगानिस्तानमा बिस्फोटनमा दर्जन बढिको ज्यान जाँदा गाजा क्षेत्रमा प्यालेस्टाइन र इज्राइलको द्वन्द चर्किँदै गयो; बम हमला जारि रहे ।

 

१०. नयाँ कुरा (innovation in the year 2078 Vaishakh)

२ वैशाखमा प्रधान मन्त्री केपि शर्मा ओलीले नेपाल ल्याण्ड इन्फरमेशन सिस्टमर “मेरो कित्ता” कार्यक्रम सुभारम्भ गरे । २०७८ वैशाख २ मै अनलाइन लर्निङ प्लेटफर्म मेरो स्कुल सार्वजनिक भयो । त्यसैगरी सम्झौता बिना नै ७ साल देखि बसेको भन्दै का.म.न.पा. ले बसपार्कका सबै सिटि पसलहरू बन्द गर्यो । २ वैशाखमा नै नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले मतपत्रमा सङ्केत राखेको कारण नुवाकोट पत्रकार महाँसँघको पुनह मतदान गराउने निर्णय गर्यो । ३ वैशाखमा एक फोटो पत्रकार सहित चार महिलाले एकसाथ अन्नपूर्ण हिमाल सफलतापूर्वक आरोहण गरे; दृश्टिविहिन अमित केसिले शगरमाथामा आफ्नो पाइला भन्दा शीर राख्न चाहेको प्रतिक्रिया दिए । ६ वैशाखमा नासाले मंगल ग्रहमा हेलिकोप्टर उडायो ।

८ वैशाखमा नेसनल मेडिकल कलेजका डाक्टरको टिमले वीरगञ्ज रानिघाटका ४८ वर्षीय पुरुष सुलमान हवारीको मुटुको डबल भल्भ रिप्लेसमेन्ट सफलतापूर्वक गर्यो । ९ वैशाखमा नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका सेवा बारे आउने गुनासो सुन्न र तिनिहरूको फर्च्युटको अवस्था समेत जानकारी गराउन विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्यायो । एनआइसि एसिया बैङ्कले एक घण्टामै डिम्याट खाता खोल्ने कार्यको सुरुवात गर्यो । १२ वैशाख देखि नेपाल टेलिकमले आफ्ना डाटा तथा भोइस सेवाहरू खल्तिबाट समेत खरिद गर्न सकिने बनायो । नेपालले प्रतिस्पर्धि मूल्यमा भारतीय बजारबाट विद्युत खरिदको सुरुवात गर्यो ।

१७ वैशाखमा अस्ट्रेलियाको ठूलो प्रविधि कम्पनिले आफ्ना कर्मचारिलाई वर्षमा चार दिन मात्र अफिस आउन सक्ने गरि काम गर्ने व्यवस्था मिलाएको घोषणा गर्यो । १८ वैशाखमा प्रशिक्षणका क्रममा हाल बेलायत रहेका २१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट पिटर थापा टप इन्टरनेशनल स्टुडेन्टघोषित भए । १९ वैशाखमा सरकारले नागरिक एप्लिकेसनको पूर्ण भर्जन सार्वजनिक गर्यो । २० वैशाखमा अब देखि प्रयोग नभएको एपको साइज स्वतः घट्ने सुविधा एण्ड्रोइडमा आयो । २१ वैशाखमा दाङका एक शिक्षकले सामाजिक सञ्जालमा गरेको पोस्टकै कारण कोभिडका बिरामिलाई बेड खोज्ने “कोभिड कनेक्ट” नामको संयन्त्र बन्यो ।

२२ वैशाखमा विप्रेषण (रेमिटेन्स) भुक्तानि सेवा प्रदायक IME group ले IME pay बाटै मध्ये भोटेकोशिको प्राथमिक शेयरमा आवेदन दिन सकिने बनायो । २४ वैशाखमा नुवाकोटका विज्ञान विषयका शिक्षक काजी खान र अन्य दुई इन्जिनियर युवाहरु नरेश्वर पाण्डे र यशराज खड्काले सेन्सरयुक्त सेनिटाइजर मसिन निर्माण गरे । नेपाली आरोही कामीरिता शेर्पाले शुक्रबार साँझ २५ औं पटकका लागि सगरमाथा चुचुरोमा पाइला राखे । २५ वैशाखमा जुम्ला जिल्लाको गुठिचौर गाउँपालिका ५ काँडाखोला जलजलामा एकै पटकमा ३० हजार स्याउका बिरुवा रोपेर नेपालकै ठूलो स्याउ बगैचा निर्माण गरियो । डोल्पामा व्यवसायिक ओखर खेति सुरु गरियो ।

२०७८ वैशाख २९ देखि दक्षिण कोरियाले घरमै बसि कोरोना परिक्षण गर्न सकिने बायो टेक्नोलोजि प्रयोगमा ल्यायो । इन्फो डेभ्लपरले लघुबित्त र सहकारीका सेवाग्राहिले समेत QRCode scan गरी भुक्तानि गर्न सकिने बनायो । ३१ वैशाखमा NMB Bank ले घरबाटै आफ्नो खाताको KYC update गर्न सकिने सुविधा सुरु गर्यो ।

 

११. विशेष (special things of 2078 Vaishakh)

२०७८ सालको पहिलो दिनमै ज्योतिशिले यो वर्षमा केपि थप शक्तिशालि हुने र नेपाल हिन्दु राष्ट्र समेत बन्न सक्ने खुलासा गरेको खबर रिपोटस क्लबले सार्वजनिक गर्यो । २ वैशाखमा नेपाली सेनाका एक अधिकारिले संसदको राज्य व्यवस्था तथा सुशासन समितिले जघन्य अपराध तथा फौजदारी कसूरजन्य घटनाका बेवारिसे वा पहिचान नखुलेका शवको अभिलेख २० वर्षसम्म राख्न सरकारलाई निर्देशन दियो । नाइका रिचा शर्माले आफ्नो टुइटर पोस्टमा आफु गर्भवति भएको सार्वजनिक गरीन् । विकासशील राष्ट्रका आधा महिला शारीरिक स्वतन्त्रताबाट बञ्चित रहेको प्रतिवेदन UNFPA ले सार्वजनिक गर्यो । गाजा व्यवसायिले गाजा ओसारपसार गर्न बालबालिकाको प्रयोग गरेको पुस्टि भयो । ७ वैशाखमा विमानमा यात्रुको खुट्टामा चिया पोखिएकै कारण आयरल्याण्डको एक विमान कम्पनिले ती व्यक्तिलाई ९० लाख क्षतिपुर्ति दियो । कतारले चौथो संस्करणका सबै चलन चल्तिका रियाल मुद्राहरू हटाउने निर्णय कार्यान्वयनमा ल्यायो ।

२०७८ साल वैशाख ८ गते भारतमा नयाँ प्रजातिको कोरोना भाइरस, ट्रिपल म्यूटेन्ट देखियो । छोरिका लागि उत्तरपुस्तिका सच्याएको आरोप सहित लोकसेवाको केन्द्रीय कार्यालय अनामनगरमा कार्यरत अधिकृत, मिमबहादुर शाही  बिरुद्ध अख्तियारले मुद्दा दायर गर्यो । नक्कलि PCR negative रिपोर्ट बनाएर जहाजमा यात्रा गर्ने क्रममा भारतीय नागरिक तसलीम अहमद नेपालको अन्तराष्ट्रिय बिमानस्थलमा पक्राउ परे, नौ देखि १२ हजारमा कोरोना नेगेटिभ रिपोर्ट बनाइने गरेको खुल्यो । हतकडिसँगै फरार रहेका भारत विहार समस्तीपुरका १८ वर्षीय सुजित कुमार गुप्ता नाम बताउने अन्‍नि कुमार साह फेरि प्रहरी द्वारा पक्रिए । ९ वैशाख २०७८ मा एक जनाले पाकिस्तानबाट ९० लाखको खैरो हेरोइन पेटमा लुकाएर नेपाल आए । काठ्माण्डौको एक सौचालयमा वाइफाइ समेत राखियो । १० वैशाखमा एक नर्वेजियन एर्लेन्ड नेस र एक नेपाली शेर्पामा कोरोना सङ्क्रमण पुस्टि भएसँगै नोबल कोरोना सर्वोच्च शिखर शगरमाथामा पनि पुग्यो  । ११ वैशाखमा प्रधान मन्त्री केपि ओलिले पुनर्निर्मित धरहराको औपचारिक उद्घाटन गरे; पक्षले समर्थन गर्दा विपक्षले चाहिँ कटाक्ष गरिरहे मौनताको आडमा । इङ्ल्याण्डका पूर्वक्रिकेटर केभिन पिटर्सनले क्रिस मोरिसलाई दिएको पैसा उनको प्रदर्शन भन्दा निकै धेरै भएको अभिव्यक्ति दिए; “उनि १६ करोड २५ लाख भारतीय रुपैयाको हकदार बन्न योग्य खेलाडि होइनन्” । नेपालका कुशल भुर्तेलले पहिलो पटक राष्ट्रिय टिमबाट खेल्दै पाँच खेलमै चर्चित खेलाडि बिराट कोहलिलाई समेत पछि पार्दै २०२१ मा सबै भन्दा धेरै रन बनाउनेमा अघि निस्किए र पाँचौ स्थान सुरक्षित गरे । कोरोना कहरमा भारतलाई सघाउन फेसबुकले १० मिलिएन डलर सहयोगको घोषणा गर्यो । भारतीय लिग खेल्न आएका केहि खेलाडिहरू कोरोनाकै कारण घर फर्किए ।

१५ वैशाखमा नायिका सुपुष्पा भट्टले आफ्ना प्रेमी रौनक विक्रम कँडेलसँग एक पारिवारिक समारोहका बिच इन्गेजमेन्ट गरिन् । १८ वैशाखमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहिसकेका प्राध्यापक विदुर पौडेलको निधन भयो । २१ वैशाखमा माइक्रोसफ्टका मालिक बिल गेट्स र मेलिन्डा गेट्सले २७ वर्ष लामो दाम्पत्य जीवन त्याग्दै सम्बन्ध विच्छेदको घोषणा गरे । पूर्व प्रेमिसँग बसेकै समयमा हलिउड गायिका तथा नायिका जेनिफर लोपेजले नयाँ इन्गेजमेण्ट गरीन् । रेडियो नेपालमा बाल कार्यक्रमबाट आफ्नो सार्वजनिक जीवन प्रारम्भ गरेकि नेपाली गीतकार, साहित्यकार तथा रंगकर्मि सोभा केसिको निधन भयो । हिंसालाई प्रेरित गरेको भन्दै सामाजिक सञ्जाल ट्विटरले बलिउड अभिनेत्री कंगना रावतको ट्वीटर अकाउन्ट निलम्बन गर्यो ।

२३ वैशाखमा बिल गेट्सले सम्बन्ध विच्छेदको घोषणा गरेकि स्वास्निको नाममा २.४ अर्ब डलर बराबरको शेयर स्थानान्तरण गरे । मालिमा एक आमाले अल्ट्रासाउण्डमा सात ओटा देखिएतापनि पछि उनले नौ बच्चा जन्माइन । बरिस्ट गायक प्रेमधोज प्रधानको ८४ वर्षको उमेरमा निधन भयो । २५ वैशाखमा मानवीय क्षति हुन सक्ने आँकलनका बीच चीनिया अन्तरिक्ष रकेट समुन्द्रमा खस्यो; उल्लेखनिय क्षति भएन । अमेरिका लगायत केहिले उक्त घटनालाई चीनको लापर्वाहि भनि आरोप समेत लगाए । २७ वैशाखमा कलाकार हरिवंश आचार्यको स्वरमा कोरोनाको जनचेतना सहितको गीत, “अनेपाल टेलिकमका फोनबाट फोन डायल गरी रिसिभ नहुनु अघि सुनियो । विश्वासको मत लिने क्रममा बोल्दै प्रधान मन्त्रि केपि शर्मा ओलिले आफु काममा निकै बेस्त भएको कारण फोन रिसिभ गर्न नसकेकोले केहि व्यक्तिहरू रिसाएको टिप्पणि गरे । गण्डकी प्रदेशमा जनमोर्चाले आफ्ना सांसदलाई दलको निर्णय मान्नु भनि फेसबुकबाट हुइप जारि गर्यो । WHO ले Together for India अभियान सुरु गर्ने निर्णय गर्यो । बहरायनका राजपरिवारले शगरमाथाको कुशल आरोहण गरे ।

२९ वैशाखमा इङ्लिश प्रिमियर लिगको उपाधि मेन्चेस्टर सिटिले जित्यो । लियोनार्दो दा भेन्सिले बनाएको सानो भालुको चित्र १ करोड ६० लाख डलरमा बिक्रि हुने पक्का भयो । काठ्माण्डौ उपत्यकामा निशेधाज्ञा थप मात्र गरिएन, विवाह समेत गर्न नपाइने निर्नय गरियो; कैलालिमा भने मोटरसाइकल सडकमा तेर्स्याएर सडकमै भोज खाए । एक अमेरिकि सहित तिन नेपालीले शगरमाथाको सफल आरोहण गरे । २९ वैशाखमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको कोरोना भाइरसको कारण निधन भयो । नेपाली सेनाको टोलिले शगरमाथा क्षेत्रमा एक कङ्काल मानव फेला पार्यो ।

 

१२. अन्य (miscellaneous events in 2078 Vaishakh)

१६ वैशाखमा निशेधाज्ञा जारि भएसँगै चितवनका धेरै किसानका बारिमा लगाइएको गोल्भेडा प्रति किलो रू चार रुपैयामा समेत नबिक्ने अवस्था आयो । १७ वैशाखमा अफ्रिकान गाइका 'बियोन्से'ले फुल्बुट्टे सारि बोलको नेपाली गीत राजनराजसँग गाइन् । बिराट्नगरमा आग्लागिका कारण १३ लाख बढिको क्षति भयो । १९ वैशाखमा कोरोनाबाट मृत्यु हुनेको परिवारलाई प्रति परिवार एक लाख राहात दिने निर्णय कर्णाली प्रदेश सरकारले गर्यो । २० वैशाखमा विद्युत सट भएर झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर १५ मिलकोटीस्थित वायु ग्यास कोइला फ्याक्ट्रीमा आगलागी भयो । २० वैशाखमा रामेछापको बाम्ती लहरेटोलका मनोहर कार्कीको घरमा आग्लागि हुँदा एक दम्पतिको जलेर ज्यान गयो ।

२२ वैशाखमा देशका विभिन्न स्थानमा आग्लागिका कारण ३० लाख बढिको क्षति भयो । २३ वैशाखमा चितवनमा एक कोरोना सङ्क्रमित युवकले झुण्डिएर आत्माहत्या गरे । मौसम पूर्वानुमान शाखाले यस वर्ष औशत भन्दा धेरै वर्षा हुन सक्ने प्रक्षेपण गर्यो । २४ वैशाखमा संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको कोरोना संक्रमणबाट मृत्यु भयो । नुवाकोटको विदुर नगरपालिका२ का वडा सदस्य राधाकृष्ण भण्डारीको मृत्यु भयो । ३० वैशाख मा हुम्लामा सञ्चार सम्पर्क ठप्प जस्तै भयो । गण्डकी टेलिभिजनका प्रबन्ध निर्देशकगणेश पौडेल र वैदेशिक रोजगार महासंघका अध्यक्ष विश्णु गैरेको कोरोनाकै कारण ज्यान गयो । ३१ वैशाखमा भारतमा १८ ओटा हात्तिहरू मृत फेला परे ।

 

क्रमसः अर्को हप्ता

Comments