महत्वपूर्ण चार महिना: २०७८ को ज्येष्ट
मलाई फेसबुकमा लाइक गर्नुहोस् / मलाई टुइटर ह्याण्डलमा पछ्याउनुहोस्
परिचयमा दुइ शब्द
यस अघि विक्रम संवत २०७८ मा
प्रकाशित सामग्रिको भुमिकामा नै मेरा अधिकांश कुरा अभिव्यक्त भैसकेका छन् । तैपनि २०७८ सालको वैशाख पढ्न र सत्य अनि तथ्यसम्म पुग्न म मेरा आदरणीय तमाम शुवेक्षुकलाई हौसला
प्रदान गर्छु । यस अङ्कमा पनि मैले २०७८ सालको जेठ महिनामा भएका सबै गतिविधिहरूलाई
सार्वजनिक र सरल भाषामा उल्लेख गरेको छु । जीवनका केहि त्यस्ता पलहरू पनि छन् जहाँ
सबैलाई समान समय दिएर पनि नसकिने अनि दिएर पनि अपुग हुने हुन्छ । लेखनलाई समयमै सकेको
भएतापनि हप्ता भन्दा केहि ढिलो गरी प्रस्तुत यो घटनाक्रमको योगफलले बौद्धिक उन्नयनको
लागि इटा थप्न सके गौरभान्वित अनुभुति हुन्छ ।
राजनिती (Political scenario of 2078 Jesth)
पछाडि फर्किएको बुद्धि
२०७८ जेठ १ मा जनता समाजवादि
पार्टि (ज.स.पा.) को उपेन्द्र यादव समुहले राजेन्द्र महत्वलाई संसदीय दलको नेतामा
नियुक्त गरिएकोमा कार्वाहि भोग्नुपर्ने चेतावनि दियो । एमालेको ओलि र नेपाल
पक्षको सहमतिमा राम बाहादुर थापा बादल बाधक बनेको जस्तो देखियो; २ जेष्ट, २०७५ मै
फर्किनुपर्ने माधव कुमार नेपालको अडानमा बादल कवाफमा हड्डि जस्तै भए । २०७८ साल ३१ वैशाखको सफत
खुवाएको शैलिलाई लिएर राष्ट्रपति र प्रधान मन्त्रीको सत्ताधारि बाहेकले कडा आलोचना
गरे; केहि कानुन विज्ञले सफत लिँदा पनि खेलाचि गरेको भन्दै फेरि सफत खानुपर्ने आवाज
उठाए । जेठ २ मा कोभिड नियन्त्रण समितिको वैठकमा प्रधान मन्त्री
केपि शर्मा ओलीले कोभिडलाई आफुले कम आँकेको स्विकारे । दलको विधान विपरित आफुहरू
कार्वाहिमा परेको भनि लुम्बिनि प्रदेश सभाका पदमुक्त चार सांसदले सर्वोच्चमा रिट
दर्ता गराए ।
३ जेठ, २०७८ मा सर्वोच्च अदालतले लुम्बिनी प्रदेश
सभाले गरेको पदमुक्त निर्णय तत्काल कार्यान्वयन नगर्नु भनि आदेश दिएसँगै चार जना
सांसद र मुख्य मन्त्री पोखरेललाई राहात मिल्यो ।
४ जेठमा दल विभाजन जोगाउँदै
उपेन्द्र र महन्थहरूले संयुक्त विज्ञप्ति जारि गर्ने भन्ने कुरा सार्वजनिक भयो । राजेन्द्र
महत्वलाई संसदीय दलको नेतामा चयन गरेको पत्र ज.स.पा. नेपालले संसद सचिवालयमा पठायो; लगतै उपेन्द्र याधवले पनि
आफ्नो दलले कसैलाई पनि संसदीय दलको नेता नचुनेको जवाफ सहितको पत्र संसद सचिवालयमा
पठाए । लुम्बिनि प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मुख्य मन्त्रि सङ्कर पोखरेल
बिरुद्ध कम्तिमा एक वर्ष अविश्वासको प्रस्ताव हाल्न नमिल्ने भन्दै विपक्षि दलको
आग्रह अनुसार प्रदेश अधिवेशन डाक्न अस्विकार गरे । एमालेले दललाई असर पर्ने गरी
कुनै काम नगर्नु, असमज्दारि बढाउने गतिविधि पनि नगर्नु भनि सबै कार्यकर्तालाई
उर्दि जारि गर्यो । ५ जेठमा नेपाली काङ्ग्रेसले प्रधान मन्त्री ओलिलाई
निर्वाचनको आचारसंहिता उल्लङ्घन गरेको भन्दै कार्वाहि गर्नुपर्छ भन्यो ।
नेपाल वाच डटकममा प्रकाशित एक समाचारमा “केपि ओलि शर्मा” लेखिएको पनि
भेटियो ।
गणितलाई चुनौति
६ जेठ २०७८ मा नेपाली
काङ्ग्रेसले प्रधान मन्त्री केपि ओलि र शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ट बिरुद्ध
निर्वाचन आयोग नेपालमा उजुरी दियो । बागमति प्रदेशको राष्ट्रिय सभामा रिक्त स्थानमा
राम बाहादुर थापा बादल र कृष्ण बाहादुर तामाङ बिरुद्ध कलम चिन्हका खिमलाल
देवकोटाले बाजि मारे । सर्वोच्च अदालतले मन्त्री नियुक्तिको विषयमा परेको
रिटमा सुनुवाइ गर्दै उनिहरू सातै जनालाई मन्त्रीको हैसीयतमा कुनै काम नगर्नु
नगराउनु भनि केपि ओली नेत्रित्वको सरकारका नाममा अन्तरिम आदेश जारि गर्यो; सात जना मन्त्रि पद मुक्त
भए । मन्त्रिपरिशदको वैठकले विश्वासको मत नलिने तर राजिनामा नगरी संविधानको धारा
७६ (५) अनुसार वैकल्पिक सरकारको मार्ग प्रसस्त गर्न राष्ट्रपतिलाई पत्र
पठायो । राष्ट्रपति भण्डारीले तुरुन्तै वैकल्पिक सरकारको दाबि पेश गर्नु भनि
एक दिनको समय दिएर दल तथा सांसदहरूलाई आह्वान गरिन्; उनको कदमलाई लिएर संसद विगठन गर्ने खेल,
राजिनामा नदिदै अर्को प्रधान मन्त्री कसरी, जस्ता प्रश्नहरू उठाइए । केपि शर्मा ओली र
राष्ट्रपतिका कदमलाई लिएर सर्वोच्चमा रिट परे । ज.स.पा. को ठाकुर समुह ओलि
समुह बीच संविधान संशोधन गर्ने सहमति भयो । संविधान संसोधन गर्न विज्ञको कार्यदल
पनि बन्यो । दिउसो आ-आफ्नो पक्षमा बहुमत रहेको दाबि सहित सेरबाहादुर देउबा र
केपि शर्मा ओलि राष्ट्रपति कार्यालय पुगे; तेति बेला २७१ जना कायम रहेको प्रतिनिधि सभा थियो । तर रोचक के भने सरकार गठन गर्न
ओलीले १५३ र देउवाले १४९ सांसदको हस्ताक्षर बुझाए! साँझ दलहरूको निर्णय विपरित
गरेका हस्ताक्षरलाई मान्यता नदिनु भनि एमाले र ज.स.पा. ले राष्ट्रपतिलाई पत्र
लेखे ।
हतार: उदाउन कि अस्ताउन?
२०७८ जेठ ८ को राति
१२:५० मा मन्त्रिपरिशदले प्रतिनिधिसभा विगठन गर्न
सिफारिस गर्यो र राति १ बजेर ४९ मिनेटमा राष्ट्रपतिले सरकार गठनमा कसैको पनि दाबि
नपुगेको ठहर गर्दै चुनावको घोषणा गरिन् । ओली नयाँ मन्त्रि थप्न लागे ।
विपक्षिको आकस्मिक वैठक भावि रणनिति तय गर्न केन्द्रित भयो । दिउसो एक प्रसंगमा देउबाले राष्ट्रपतिलाई
“तिमी” भनि सम्बोधन गरेपछि केपि शर्मा ओलिले काङ्ग्रेससँग “तपाइँसम्म भन्न नसक्ने
सव्यता रहेछ” भनि टिप्पणि गरे । केपि ओलिका प्रेस सल्लाहकार सुर्य थापाले
माधवकुमार नेपाल रुँदै गरेको तस्विर शेयर गर्दै बादललाई असहयोग गर्नेलाई
स्पष्टिकरण सोधिएको लेखे । ज.स.पा. ले महन्थ सहित चार जनालाई र एमालेले माधव
कुमार नेपाल सहित ११ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गर्यो । ज.स.पा. को
महन्थ पक्षले संसद विगठनको स्वागत गर्यो । ९ जेठमा महन्थ ठाकुर पक्षिय ज.स.पा. को खिमाले आफुहरुलाई
सोधिएको स्पष्टिकरणको निर्णय नमान्ने जवाफ दियो । केहि विपक्षि दलहरू रिट
लिएर अदालत पुग्दै गर्दा केहि दलहरूले भने चुनावमा जाने गरी संसद विगठन गरेको केपि
कदमको स्वागत गरे । रा.प्र.पा. ले
बोलि फेर्दै महामारिको बेलामा चुनावमा जान नसकिने भन्यो; नागरिकता अध्यादेशमा आफति जनायो । विवेकसिल साझा पार्टिले पनि नागरिकता सम्बन्धि अध्यादेश गलत मनसायले ल्याएको प्रतिक्रिया
दियो । बहुमत सांसदको हस्ताक्षर सहित विपक्षि दलको मोर्चाबन्दिमा अदालतमा
अधिकांश सांसदको प्रत्यक्ष उपस्थितिमै प्रतिनिधि सभाको विगठन र राष्ट्रपतिको
कदमलाई लिएर रिट दर्ता भयो । ने.क.पा. विप्लप समुहले केपि ओलिले कुर्सि
जोगाउन नागरिकता अध्यादेश ल्याएको प्रतिक्रिया दियो; आफुहरू ससर्त
सरकारमा सहभागि हुन तयार रहेको भन्ने अभिव्यक्ति सार्वजनिक भएको १०० घण्टा भित्रै
यस्तो भनाइ आयो ।
११ जेठमा ज.स.पा.
को ठाकुर–महत्व पक्ष आठ मन्त्रि र दुइ राज्यमन्त्रि गरी दश जना मन्त्री सहित
सरकारमा सहभागि भए । तर अर्को पक्षका बाबुराम भटराइलाई लक्षित गरी विरगञ्जमा बिरोधका
नारा लागे । भिम रावलले आफ्नो भनाइ आधारहिन भएको थाहा पाएसँगै नागरिकता अध्यादेश
बारेको टुइट हटाए । १२ जेठमा दलको केन्द्रीय स्थाइ समितिलाई अटेर गर्दै एमाले
सुदुरपश्चिमले सुदुरपश्चिम सरकारलाई दिएको समर्थन तत्काल फिरता नलिने निर्णय
गर्यो ।
वैशको मुडभेट
१६ जेठमा ने.क.पा. विपलपले
१४ दलहरूसँगको सहकार्यमा हालको व्यवस्था नै परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
१७ जेठमा लुम्बिनि प्रदेशबाट रिक्त राष्ट्रिय सभाको सदस्य पदमा भएको निर्वाचनमा काङ्ग्रेसका
दिर्घनारायण पाण्डे विजयि भए; ज.स.पा. लुम्बिनि प्रदेश सभाका चार सांसदले मतदान गर्न
पाएनन्, तिन जना मतदाता अनुपस्थित रहे । १८ जेठमा महन्थ ठाकुर लगायतलाई
ज.स.पा. ले दलको साधारण सदस्यबाटै निस्कासन गरेको पत्र निर्वाचन आयोगलाई पठायो; महन्थ ठाकुर समुहले पनि
उपेन्द्रलाई कार्वाहि गरिएको र आफुहरू नै आधिकारिक दलको व्यक्ति भएको आसय सहितको
पत्र निर्वाचन आयोगमा पठायो । एमालेको नवौ महादिवेशनबाट गठित कमिटि ससर्त
बिउताउन केपि ओलि सहमत भएको भन्दै माधव कुमार नेपालसँगको एकता जोगाउने अन्तिम
प्रयास तिब्र भए । थारुहट सङ्घर्ष समिति र सरकार बीच टिकापुर घटनामा सजाय
भुक्तान गरिरहेका रेसमलाल चौधरिको मुद्दा फिरताका लागि कानुनसंवत पहल गर्ने लगायत
६ बुदे सहमति भयो । १९ जेठमा सुरु भएको लुम्बिनि प्रदेश अधिवेशनको सुरुमै
विपक्षिले सरकारको राजिनामा मागे । निर्वाचन आयोगले उपेन्द्र याधव र महन्थ
ठाकुरको पत्र खारेज गर्दै प्रक्रिया पुर्याएर आउनु भन्यो; ठाकुरसँग केन्द्रीय
समितिको निर्णय सहितको हस्ताक्षरसँगै नाम पनि माग्यो । २० जेठमा गण्डकी प्रदेशमा
राष्ट्रिय जनमोर्चाका कृष्ण थापा सांसद पदमुक्त भए । २१ जेठमा नेपाली
काङ्ग्रेसले जनता समाजवादी पार्टिसँग सरकारका विषयमा छलफल गरे; संघीय बजेटसँगै दलीय
धुर्विकरणले प्रदेश सरकारहरूलाई भ्याइ नभ्याइ जस्तै भयो । जनमोर्चाबाट सांसद
पद खोसिएका कृष्ण थापा अदालत पुगे । ज.स.पा. को महन्थ ठाकुर पक्षले १० मन्त्री सहित
सरकारमा सहभागिता जनायो; एमालेका केहि मन्त्री पद केपि ओलिको जिम्मा लगाएर विदा भए
भने केहि ज.स.पा. को खिमाका मन्त्रिका कारण विस्थापन भए । संवैधानिक गणना
गर्दा २० दिने मन्त्रीको सङ्ख्या पनि नेपालको इतिहासमै उल्लेखनीय होला ।
उपप्रधान मन्त्री तथा शहरी विकास मन्त्री बनेका राजेन्द्र महत्व “ नेपाललाई
बहुराष्ट्रिय राज्य बनाउने” आसयको अभिव्यक्ति दिएको भन्दै नियुक्त भएको केहि घण्टामै
आलोचनाको सिकार हुनपुगे ।
महान नेपालको बफादार नेतृत्व
२२ जेठमा मन्त्रिपरिशद
पुनरगठनका कारण राष्ट्रपति फेरि विवादमा मुछिईन्; हरियो सारिमा रोपेको विरुवा ओझेलमा
पर्यो । चौतर्फि दबाव पछि शनिबार राति नै राजेन्द्र महत्वले आफु नेपालको
अखण्डता र राष्ट्रिय एकता प्रति पूर्ण बफादार रहेको तर आफ्नो अभिव्यक्तिलाई
बङ्ग्याएर अर्थ लगाइएको भन्दै अभिव्यक्ति सच्याउदै प्रेस विज्ञप्ति निकाले ।
२३ जेठमा केपि ओलीका प्रेस सल्लाहकारले राजेन्द्र महत्वले त्यस्तो अभिव्यक्ति दिनु
कुनै अस्वाभाविक नभएको तर ज.स.पा. प्रयोग गरी आफु सत्तामा पुग्न खोज्नेको
असन्तुस्टि बाहिरिएको आसयको टिप्पणि गरे; इश्वर पोखरेलको वास्लातमा साढे चार लाख कोभिड
कोशमा र छ लाख दलको खातामा जम्मा गरेको देखियो । २४ जेठमा प्रधान मन्त्रीले
काम चलाउ हैसीयतमा मन्त्रिपरिशद पुनरगठन गरेको असंवैधानिक दाबि सहित अदालतमा पाँच
ओटा रिट दर्ता भए । केपि ओलिसँग दलको एकता जोगाउन वार्ता गरिरहेको समुह
प्रचण्डसँगै काङ्ग्रेस निवास पुग्यो । कर्णाली प्रदेशका मन्त्रि अम्मर
बाहादुर थापालाई बर्खास्त गर्न माग गर्दै एमालेले प्रदेश सदन अवरोध गर्यो । सुदुरपश्चिम
प्रदेशमा माधव समुहले केपि समुहका सांसदलाई स्पष्टिकरण सोध्यो; जनता समाजवादि दलको नक्कल
देखियो । २६ जेठमा लुम्बिनि प्रदेशबाट नवनिर्वाचित राष्ट्रिय सभाका सदस्यले
सफत लिए । अग्नि प्रसाद साप्कोटाले प्रधान मन्त्री र विभिन्न दलका नेतालाई
पत्र लेख्दै बानेस्वरको छलफलमा उपस्थित हुन भने । सर्वोच्च अदालतले विपक्षिका
नाममा अन्तरिम आदेश दिनु नपर्ने ठहर गर्दै शेरबाहादुर देउबालाई प्रधान मन्त्रि
युक्त गर्ने रिटको सुनुवाइ गर्यो; प्रतिनिधि सभा विगठनको कारण सहित लिखित जवाफ पेश गर्न
विपक्षिलाई ७ दिने म्याद सहितको आदेश दियो; एमिकस्क्युरि झिकाउने आदेश गर्यो र प्रतिनिधि
सभा विगठन सम्बन्धि मुद्दामा वहसको लागि १५ घण्टाको समय निर्धारण गर्यो ।
२०७८ जेठ २७ मा कर्णाली
प्रदेश सभासदहरूको खोसिएको सांसद पद अदालतको आदेशसँगै पुनरवाहाली भयो;कर्णाली प्रदेश सभा ३९
सदसीय भयो । २८ जेठमा गण्डकी प्रदेश सांसद कृष्ण थापाको पद रिक्त भएको सूचना
जनमोर्चाले प्रदेश संसद सचिवालयमा पठायो । अग्नि प्रसाद साप्कोटाले डाकेको
सर्वदलीय छलफलमा ओली बाहेकका शिर्ष नेताहरूको उपस्थिति रह्यो । केहि दिन
पहिले एमालेलाई समर्थन गरी खेलकुद मन्त्रि भएका दिपक मनाङ्गेले फेरि गुरुङको साथ
छोडि प्रस्तावित मुख्य मन्त्रिमा कृष्णचन्द्र नेपाली पोखरेललाई साथ दिने खबर
सार्वजनिक भए । शेरबाहादुर देउबाले महाधिवेसन बारे छलफल गर्न निवासमा वैठक
गरे । बाग्मति प्रदेश सभाका सांसद नरोत्तम वैद्यले केपि शर्मा
ओलिमाथि भौतिक आक्रमण हुन सक्ने भन्दै प्रधान मन्त्रिकै हत्या गर्ने आसयको
अभिव्यक्ति दिए; प्रधान मन्त्रीलाई मार्छु भने! २९ जेठमा गण्डकी प्रदेश प्रमुख सिता कुमारि
पौडेलले कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्य मन्त्रिमा नियुक्त गरिन् ।
३० जेठमा एमाले निकट युवा
संघ नेपालले नरोत्तम वैद्य बिरुद्ध फौजदारि मुद्दामा जाहेरि दियो ।
सुदुरपश्चिम प्रदेश सभामा तारा लामा
तामाङले नेपाल भारत सिमानामा तारबार लगाउने विषय फेरि उठाए । निर्वाचन आयोगको
वैठकले जनता समाजवादि दलका अध्यक्षहरूले एक अर्कालाई गरेको कार्वाहि कानुनसंवत
नरहेको निस्कर्ष निकाल्यो । ३१ जेठमा जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्न
थापा सर्वोच्चले अन्तरिम आदेश खारेज गरेसँगै दोस्रो पटक पनि पदमुक्त भए । नेपाली
काङ्ग्रेसले नरोत्तम वैद्य बिरुद्ध दिएको जाहेरि सरकारको दबावमा दिईएको भन्दै आफति
जनायो ।
स्वास्थ्य (Health of 2078 Jesth)
टाउकोमा परेपछि
१ जेठमा विश्व स्वास्थ्य सङ्गठन (WHO) लाई उद्रित गर्दै विभिन्न सञ्चार माध्यामले नेपाललाई आफत्कालिन सहयोगको
आवश्यकता रहेको खबरमा जोड दिए । २ जेठमा स्वास्थ्य हक प्रत्याभुति
गराउनुपर्ने माग सहित सुर्खेत उच्च अदालतमा रिट दायर भयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिरामिका आफन्तलाई अक्सिजनको जोहो गर्न नखटाउनु, अस्पतालले गर्नु भनि
निर्देशन दियो । नेपालमा भेरोसेलको दोस्रो चरणको खोप (दोस्रो डोज) लगाउन
सुरु गरियो । ४ जेठमा गाउँमा ज्वरो लगायतका बिरामि बढेको भन्दै सर्लाहिको
लाल्बन्दि नगरपालिकाले डाक्टर सहित घरदैलो अभियान सुरु गर्यो । नेपालका
उपप्रधान मन्त्री र नेपालका लागि स्विजरल्याण्डका राजदुतसँग कोभिडको लागि सहयोग
सम्बन्धमा कुरा भयो; सुइस सरकारले तुरुन्तै सहायता उपलब्ध गराउने घोषना
गर्यो । बिनोद चौधरीको चौधरि फाउण्डेसन र नबिल बैङ्कले बिर अस्पतालमा १८
सैयाको ICU र अक्सिजन प्लान्ट स्थापनाको लागि नेपाल चिकिश्चक संघ (Nams) सँग सम्झौता पत्रमा
हस्ताक्षर गरे । कर्णाली प्रदेश अस्पताललाई संघको मातहतमा ल्याउन सिफारिस
गरियो । नेपालमा कोभिड-१९ को नयाँ भेरिएण्ट देखिएको पुस्टि भयो । ७ जेठमा
डाक्टरहरूलाई नेपाल टेलिकमले निसुल्क फोन सुविधा उपलब्ध गराउने घोषणा गर्यो ।
कोभिडका बिरामिले प्रयोग गर्ने औशधि पर्याप्त मौज्दात रहेको भन्दै चिन्तित नहुन
औशधि उत्पादक संघले आग्रह गर्यो । बिराट्नगरको एक अस्पतालले उपचार गर्न
नमान्दा झाडापखाला लागेकि बालिकाको ज्यान गयो ।
मौकामा चौका
११ जेठमा वन मन्त्री प्रेम आले
अक्सिजन सिलिण्डरमा आफ्नो स्टिकर टाँसेर बितरण गरिएको र चीन सरकारले दिएको
स्वास्थ्य सामग्री चुनावको हतियारको रूपमा परिचालन गरेको भनि दोस्रो पटक विवादित
भए । १२ जेठ देखि दोस्रो चरणको कोरोनाको बिरामिको सङ्ख्यामा कमि
आउन सुरु भयो । १४ जेठमा दाङ जिल्लाको तुलसिपुरमा डाक्टर राजीव झाको नेतृत्वमा ६ सदस्यीय स्वास्थ्यकर्मीको
टोलीले कोभिडका बिरामिको उपचारको लागि घुम्ति सिविर सुरु गर्यो । भेरि अस्पतालमा डाक्टर र नर्सलाई सांसदकै सम्लग्नतामा
कुटपिट गरिएको खबरहरू सार्वजनिक भए । उक्त दिनलाई चिकिश्चक संघले कालो दिनको
रूपमा लियो;काङ्ग्रेस, माओवादि र
विवेकशिल साझा लगायतका दलहरूले दोशिलाई कार्वाहि गर्न माग गरे । ग्रिह मन्त्रालय
(संघीय) ले पनि कार्वाहि गरिने जनायो ।
शिक्षा (Education of the year, 2078 Jesth)
सबैलाई हतार
काठमाण्डौ महानगरपालिकाले
असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने गरी जेठ २० भित्र परिक्षा लिईसक्न सबै
विद्यालयलाई निर्देशन दियो । ६ जेठमा तिलोत्तमा नगरपालिकाले परिक्षा लिन
बाँकि विषयको मूल्याङ्कन निरन्तर प्रणालीमार्फत गर्ने र सोहि अनुसार नतिजा
प्रकाशित गर्ने निर्णय गर्यो । ७ जेठमा माध्यामिक शिक्षा परिक्षा (SEE) का परिक्षार्थिको
पिडा समेटिएको शिक्षा मन्त्रिलाई दिएको खुला चिठि बारखरि डटकममा प्रकाशित
भयो ।
९ जेठमा त्रिभुवन
विश्वविद्यालयले स्थगित सबै परिक्षाहरू श्रावणको तेस्रो साता देखि सञ्चालन गर्ने
निर्णय गर्यो । १० जेठमा शिक्षा, विज्ञान तथा
प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने
सम्भावना न्युन रहेको बताए ।
एक कदमका दुइ निर्णय
१५ जेठमा
सार्वजनिक बजेटमा शिक्षामा करिब ११% विनियोजन भयो । राष्ट्रिय परिक्षा बोर्डको वैठकले कक्षा १२ को परिक्षा उचित समयमा भौतिक उपस्थितिमै गर्ने र कक्षा १०
को परिक्षा वैकल्पिक विधिबाट गर्ने निर्नय गर्यो । १८ जेठमा सरकारले यस
वर्षको कक्षा १० को परिक्षा आन्तरिक मूल्याङ्कनबाट गर्ने निर्णय गर्यो ।
२५ जेठमा शिक्षा, विज्ञान तथा
प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र प्रधान सेनापति पूर्णचन्द्र थापाले लमजुङ
जिल्लाको नेपाली सेना कृषि विज्ञान संस्थानको निरीक्षण भ्रमण गरे । २६ जेठमा
शिक्षा मन्त्रिले नेपालको पुरानो नक्सा छापि किताब विक्रि गरेको पाइए कार्वाहि
गरिने बताए । २८ जेठमा लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक
सिद्धेश्वरमान श्रेष्ठको कोरोना संक्रमणबाट मृत्यु भयो । प्रधान मन्त्री केपि
शर्मा ओलीले चिकिश्चा शिक्षा आयोगको काम प्रति सन्तुस्ट हुन सक्ने ठाउँ नरहेको
बताए । २९ जेठमा शिक्षा मन्त्री
कृष्ण गोपाल श्रेष्ठले सामुदायिक विद्यालयको जग्गा अन्य प्रयोजनका लागि दिन सहज
बनाउने बताए । विश्व बैङ्कले नेपालको उच्च शिक्षा सुधारमा छ करोड अमेरिकि डलर
सहयोग गर्ने निर्णय गर्यो ।
३० जेठको राष्ट्रिय परिक्षा
बोर्डको वैठकले कक्षा १० को विद्यालय शिक्षा परिक्षा (सी) को मूल्याङ्कन नतिजा
२०७८ २० असार भित्रै सम्बन्धित जिल्ला शिक्षा एकाइ तथा समन्वय समितिमा पठाइसक्न
निर्देशन दियो ।
खेलकुद (Sports in the year 2078 Jesth)
खेलकुदमा कोभिड-१९ को प्राहार
१ जेठ, २०७८ मा नेपाल सुपर
लिग फुटबल (NSL) को उपाधि काठ्माण्डौले फाइनलमा धन्गडिलाई १-० ले पराजित गरी जित्यो । ४
जेठमा मलेसियामा हुने तय भएको AFC एसिएन महिला फुटबल छनौट अनिश्चितकालका लागि स्थगन
भयो । इराकसँगको मैत्रीपूर्ण
खेलका लागि नेपाली फूटबल टोलिका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २३ सदसीय टिमको
घोषणा गरे । ७ जेठमा बसेको फिफाको भर्चुवल वैठकले यु-१९ विश्वकप फेरि स्थगित
गर्यो; महिला विश्वकप फुटबल न्युजिल्याण्ड र
अस्ट्रेलियामा अगस्ट २० देखि हुने मिति तय भयो । कोलम्बियाले देशमा जारि आन्दोलनका कारण कोपा अमेरिकाको
सहआयोजकबाट आफ्नो नाम फिरता लियो । PSL २०२१ को संस्करणका
बाँकि खेलहरू कोभिडको कारण संयुक्त अरब इमिरेट्स (UAE) को राज्धानिमा
हुने तय भयो ।
९ जेठमा फिफाले
हरेक दुइ वर्षमा विश्वकप खेलाउने घोषणा गर्यो । ACC ले एसियाकप क्रिकेट स्थगित गरी २०२२ मा गर्ने
निर्णय गर्यो । IPL २०२१ का बाँकि खेलहरू UAE को राजधानिमा सेप्टेम्बरमा
खेलाउने कुरा भयो । ११ जेठमा जमैका तालावाजले रिलिज गरेपछि नेपाली क्रिकेटका
लेग स्पिनर सन्दीप लामेछाने अर्को क्यारेबिएन क्लब ट्रिबागो नाइट्राइडरसँग आबद्ध
भए । नेपाली फुटबल टोलि एक मैत्रीपूर्ण खेलका लागि इरान गयो ।
१५ जेठमा
इराकसँगको मैत्रिपूर्ण खेलमा नेपाली टिम ६-२ को फराकिलो अन्तरले पराजि भयो; रक्षापंति कमजोर देखियो ।
१८ जेठमा अन्तराष्ट्रिय
क्रिकेट परिशद (ICC) ले २०२७ को विश्वकप देखि ५० ओभरको फर्म्याटमा १४ राष्ट्र
र सन २०२४ को विश्वकप देखि २० ओभरको फर्म्याटमा २० ओटा राष्ट्र समावेश गर्ने
निर्णय गर्यो; हरेक दुइ वर्षमा टेस्ट च्याम्पियानसिप पनि गर्ने भयो । २० जेठमा नेपालले
विश्वकप छनौटको समुह चरणमा चाइनिज ताइपेइलाई कुवेतको रङ्गसालामा २-० ले पराजित
गर्यो ।
गोर्खालिको खेल
२२ जेठमा पनि बेलायतले भिजा
नपठाएपछि सन्दिप लामेछानेले भाइटालिटि ब्लास्ट लिग गुमाए । २४ जेठमा नेपाल क्रिकेट संघले करिब २० वर्ष पछि आफ्नो आर्थिक नियमावलि परिमार्जन गर्यो ।
नेपाली फुटबल टोलि जोर्डनसँग ३-० ले पराजित भयो । २६ वैशाखमा सार्वजनिक
खबरहरूमा जनाइए अनुसार नेपाली राष्ट्रिय पुरुष क्रिकेटरले प्रति एक दिवसीय म्याच
खेल्दा १० हजार र टि-२० खेल्दा प्रति म्याच पाँच हजार पाउने भए; नेपाली राष्ट्रिय महिला
क्रिकेटरले पनि प्रति एक दिवसीय म्याच पाँच हजार र टि-२० खेलेवापत तिन हजार पाउने
भए । २८ जेठमा भएको विश्वकप छनौट चरणको समुहको अन्तिम खेलमा
नेपाल अस्ट्रेलियासँग ३-० गोलले पराजित भयो; मुख्य प्रशिक्षक अल्मुताइरिले गोर्खालिको खेलबाट
सन्तुस्ट रहेको प्रतिक्रिया दिए ।
३१ जेठमा नेपाली राष्ट्रिय
पुरुष क्रिकेट टिमका खेलाडिको जर्सि प्रतिस्पर्धाको आधारमा छनौट गर्ने निर्णय
भयो । यसलाई यसरी बुझौँ, राष्ट्रिय क्रिकेट खेलाडिले लगाउने जर्सि सबैले
बनाउन पाउनेछन् र उत्कृष्ट हुनेको जर्सि छनौट गरिनेछ अनि उक्त व्यक्ति/संस्थालाई एक लाख नगदले
सम्मान पनि गरिनेछ ।
आर्थिक कुरा (economic situation in the year 2078 Jesth)
कस्ने नितिको लामो बाटो
जेठ २ मा नेपाली
काङ्ग्रेसकि नेत्रि आर्जु राणा देउबाले धन्गडि उपमहानगरपालिकामा अक्सिजन प्लाण्ट
स्थापना गर्न १० लाख सहयोग गर्ने घोषना गरिन् । २०७८ साल जेठ ४ गते
राष्ट्र बैङ्कले मातहतका सबै बित्तीय संस्थाहरूलाई ऋणिले कर्जा तिर्न नसकेपनि निशेधाज्ञा
अवधिको जरिवाना नलिनु भनि निर्देशन जारि गर्यो; मौद्रिक नितिको तेस्रो समिक्षा गर्यो । नेपाल
स्टक एक्सचेञ्जले २७९३.८९ अङ्कको नयाँ उचाइको अभिलेख बनाउँदा करिब ११ अर्ब ३५ करोड
९३ लाखको कारोबार भयो । ६ जेठमा करिब ९०% बजेट लेखिसकिएको अवस्थामा अचानक
सरकार र संसद नरहने खबर सार्वजनिक भएसँगै अर्को अन्योलता थपियो ।
९ जेठमा नेप्सेले अर्को
उच्चतम अभिलेख बनाउँदै २८२० बिन्दुमा बन्द भयो । सरकारले पूर्ण बजेट ल्याउने
र तलब भत्तामा पनि वृद्धि गर्ने गरी तयारि गरेका खबरहरू सार्वजनिक भए । १० जेठमा फेरि
नेप्सेले २८२३.०६ अङ्कको नयाँ रेकर्ड बनाउँदा कारोबारमा पनि किर्तिमान थपियो; शेयर बजारमा १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ रुपैयाँ
बराबरको कारोबार एकै दिनमा भयो । जेठ १३ मा
नेपालको शेयर बजारमा अर्को किर्तिमान बन्यो; एकै दिन १४ अर्ब
७६ करोडको कारोबार भयो ।
१६ जेठमा शेयर बजार २८२७.९३
अङ्कको बिन्दुमा पुग्दा १७ अर्ब २ करोड ८४ लाख बराबरको कारोबार भयो; पूँजी बजारको कुल पुँजीकरणको
आकार रू. ३९ खर्ब भन्दा धेरै पुग्यो । २० जेठमा पुँजी बजार कारोबार परिसुचक,
नेप्सेले २८५६.५७ को बिन्दुमा बन्द भएर अर्को उच्चतम अभिलेख कायम गर्यो; कम्पनि नै टाँट
पल्टिएको भन्दै परेको उजुरी पछि खानिखोला हाइड्रोको शेयर कारोबार रोक्का भयो ।
२३ जेठमा नेपाल स्टक
एक्सचेञ्जले २९०६.९१ को नयाँ रेकर्ड बनाउँदा कारोबार रकम पनि १७.२७२ अर्बको
भयो । २५ जेठमा धितोपत्र किनबेच बजारले २९५९ को नयाँ उच्चतम अभिलेख बनायो । २०७८ ३०
जेठमा धितोपत्रको दोस्रो बजार, नेपाल स्टक एक्स्चेञ्जले यस अघिको अभिलेख तोड्दै २९८३.१ को बिन्दुमा नयाँ
अभिलेख कायम गर्यो; कारोबारमा पनि साढे १९ अर्बको अभिलेख कायम भयो । ३१ जेठमा नेपालको
पूँजिबजार परिसुचक हालसम्मकै उच्च बिन्दु ३०२५.८३ मा पुग्दा १८ अर्ब ८९ करोडको
कारोबारसँगै दोस्रो ठूलो कारोबार अभिलेख कायम भयो । नेपाल राष्ट्र बैङ्कले यस
अघिका निर्देशनहरू खारेज गर्दै बैङ्कहरूले आवश्यकता अनुसार शाखा सञ्चालन गर्न
सक्ने भनि निर्णय गर्यो । राष्ट्र बैङ्कले मौन्द्रिक नितिको समिक्षा पनि
गर्यो ।
दुर्घटना (Accidents in the year 2078 Jesth)
२ जेठ २०७८ मा सिराहाकि एक २७
वर्षिय महिलाको सल मोटरसाइकलको चेनमा बेरिएकै कारण ज्यान गयो । ४ जेठमा
काठ्माण्डौमा मोटरसाइकल पल्टिँदा एक, बिराटनगरमा मोटरसाइकलको ठक्करले एक र जुम्लाबाट सुर्खेत जाँदै गरेको जीप कर्णाली
राजमार्गको दैलेख स्थित दुल्लु नगरपालिका–३ स्याँलामा दुर्घटना
हुँदा दुइ जनाको ज्यान गयो । झापाको मेचीनगर ९ का ४५ वर्षीय श्याम राई जङ्गलि
हात्तिको आक्रमणबाट मारिए । शगरमाथाबाट फर्किने क्रममा एक सहयोगि शेर्पाको
लडेर ज्यान गयो । ५ जेठमा जीप दुर्घटनामा परि दैलेखमा दुइ र दाउन्नेमा बस
दुर्घटनामा परि चार जनाको ज्यान गयो । ६ जेठमा मोरङमा
भएको सवारि दुर्घटनामा दुइ जनाको मृत्यु भयो । ७ जेठमा रुकुमपुर्वमा कैदि चढेको गाडि दुर्घटनामा पाँच
घाइते भए ।
८ जेठमा मकवानपुर जिल्लामा
भएको सुमो दुर्घटनामा एक वृद्धाको ज्यान गयो । ९ जेठमा नवलपरासिमा सेनाको जीप
दुर्घटनामा छ घाइते भए । १२ जेठमा तनहुमा ट्र्याक्टरबाट खसेर एक व्यक्तिको मृत्यु
भयो ।
१६ जेठमा सर्लाहिको पर्सा
गाउँ पालिका ३ बस्ने ७५ वर्षकी
सकिला खातुनको मोटरसाइकलको ठक्करबाट ज्यान गयो । १८ जेठमा तनहुको ऋषिङ
गाउँपालिका घर भएका चालक २८ वर्षीय भीमबहादुर थापाको आफैले चलाएको ट्र्याक्टरमा
च्यापिएर मृत्यु भयो । २० जेठमा इटा भट्टाको खाल्डोमा डुबेर एक बालकको मृत्यु
भयो ।
२२ जेठमा करेण्ट लागेर
कञ्चनपुरमा एक जनाको ज्यान गयो । २८ जेठमा डोटिमा भएको जीप दुर्घटनामा एकको
मृत्यु भयो । २९ जेठमा प्युठानमा वनभोज खान गएको जीप दुर्घटनामा परि एक जनाको
मृत्यु भयो ।
सामाजिक कुरा (Social events in 2078 Jesth)
मानवतामाथि राजनिति
१ जेठ, २०७८ देखि विवेकसिल साझा पार्टिले कोरोनाका बिरामिका लागि तातो भात अभियान सुरु गर्यो । एक बालिकालाई
जबर्जस्ति करणि गरेको आरोपमा एक युवा भक्तपुरबाट पक्राउ परे । १२ वर्षे
बालकहरूको मुद्दा कास्कि जिल्ला अदालत पुग्यो । बलत्कारको आरोपमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख
महेन्द्रप्रसाद यादवलाई पुर्पक्षका लागि थुनामा पठाइयो । ४ जेठमा बारा
जिल्लामा ७ र ९ वर्षे दुइ बालकहरू घाटि रेटेर हत्या गरिएको अवस्थामा फेला
परे । मकवानपुरबाट एक क्विण्टल गाजा सहित तिन जना पक्राउ परे । मोरङको
बिराटनगर स्थित बिराट अस्पतालमा स्वास्थ्यकर्मिलाई कुटपिट गरेको आरोपमा दुइ जना
पक्राउ परे । मोरङमा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या भयो ।
नवलपरासिमा तस्करि गरिरहेकालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोलि चलायो; युवाको मृत्यु भएपछि छानविनका लागि भनि पाँच सदसीय
कार्यदल बन्यो । कपिलवस्तुको पाण्डे गोलि काण्डमा सम्लग्न रहेको आरोपमा केहि
व्यक्तिहरू पक्राउ परे । पोखराको फेवाताल क्षेत्रमा एक पुरुषको सव
भेटियो । मोरङमा छिमेकिबाटै एक जनाको हत्या भयो ।
२०७८ जेठ ८ मा कोभिडका बिरामि र तिनका आफन्त
कुरुवालाई खानाको व्यवस्था गर्दै आएका विवेकसिल साझा दलको काममा कास्कि प्रसासनले
रोक लगाउन खोजेका खबरहरू बाहिरिए । ९ जेठमा घर बाहिर निस्किन नदिनु भनि ठाउँ
ठाउँमा सूचना गरिएतापनि प्रतिनिधि सभाको विगठनको विरोधमा विपक्षिको सडक आन्दोलन सुरु
भयो । खैरो हिरोइन सहित तिन जना पक्राउ परे । ९ जेठमा केहि दिन अघि
बारामा दुइ बच्चाको हत्याको कारण आमासँगको प्रेम सम्बन्ध बारे थाहा पाएपछि गरिएको
खुल्यो । महोत्तरिको सिमा सुरक्षा बलमाथि भारतीय नागरिकले ढुङ्गामुडा प्रहार
गर्दा केहि नागरिक र एक प्रहरी घाइते भए । १० जेठमा नेपाली चलचित्रका अभिनेता
दिलिप रायमाझि र रमित ढुङ्गानाले मोरङ सनिसरेमा रहेको १७०० घरको भुटानि सरणार्थि
समुदायलाई खाद्यान्न बितरण गरे । देशका विभिन्न स्थानमा पाँच जनाको सव फेला
पर्यो । ११ जेठमा पोखरा र मोरङमा महिला र पुरुष गरि दुइ जनाको सव भेटियो ।
प्युठानमा एक आमाले आफ्ना दुइ बच्चालाई रुखमा झुण्ड्याएर मार्दै आफुले पनि
झुण्डिएर आत्महत्या गरिन् । १२ जेठमा रुपन्देहीको कञ्चन गाउँपालिका–४ स्थित बुद्ध
नगरबाट प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा ५३ वर्षीय हेमलाल गन्धर्व पक्राउ
परे । गुल्मिमा एम्बुलेन्स चालकलाइ कुटपिट गरि आरोपि फरार भए । १३ जेठ
२०७८ मा चितवन प्रहरीले भारतीय नम्बरको ट्रकबाट २७० किलो गाजा सहित एक जनालाई
पक्राउ गर्यो ।
१६ जेठमा डोटि जिल्ला आदर्श गाउँपालिका-४ रोडिङ्गेकी २८ वर्षीय
लक्ष्मी भाटलाई मटितेल छर्किएर मार्ने प्रयास भएको सार्वजनिक भयो; गम्भीर अवस्थामा उनलाई काठमाण्डौ लगियो, उपचार खर्च सरकारले बेहोरिदियो । रौतहटमा एक महिला बारिमा
सौच गर्न गएको अवस्थामा करेण्ट लागेर मृत्यु भएपछि बालि जोगाउन नाँगो तार
छोडेकाहरू केहि बेरपछि समातिए । १८ जेठमा राति
डिउटि सकेर घर जाँदै गर्दा कोशि अस्पतालमा कार्यरत एक अ.हे.ब. प्रहरीको कुटाइबाट
घाइते भए । १९ जेठमा स्कुटर चोरिको चलाएर मोबाइल लुट्दै हिड्ने चार जना, गोरू
मारेको आरोपमा गुल्मिबाट तिन जना र नक्कलि नोट र लागु औशध सहित झापाबाट एक जना
पक्राउ परे । २०७८ साल जेठ २१ मा अवैध रूपमा गिट्टि बालुवा निकालेको भन्दै
केहि ट्रिपर प्रहरीको नियन्त्रणमा परे । विरगञ्जबाट मानव वेचविखनको आरोपमा
दुइ जना पक्राउ परे । केटिलाई प्रेम पत्र पठाएको निहुमा रौतहटमा विकास
पास्वान नराम्ररि कुटिए ।
२०७८ जेठ २२ गते
रोल्पामा एक इञ्जिनियरले नुहाउँदै गरेकि एक किश्वरीलाई बोतल भर्ने निहुमा जबरजस्ति
गरे । मोटरसाइकल चोरि गरेको
आरोपमा ७, जुवा खेल्दै गर्दा १५ जना र १२ किलो गाजा सहित ३ जना पक्राउ परे । सिराहामा
आफ्नै साथिबाट एक युवामाथि गोलि प्रहार भयो । बैतडी जिल्ला पाटन नगरपालिका–६ स्थित रामेश्वर धाममा राखिएको दानपेटिकाको पैसा पेटिका
फुटाएर चोरी गरेको पाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक
राजेश शाहीले जानकारी दिए । २०७८ साल जेठ २२ गते नै तिन जना युवाको समुहले
राउटे समुदायकि एक युवतिलाई होटेलमा मधिरा खुवाएर अस्लिल कार्य गर्न लगाएको र यौन
दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि होटेल सञ्चालक सहित सम्लग्नहरू पक्राउ
परे । २५ जेठमा डेरामा सँगै बस्ने अन्दाजि ३६ वर्षीय विशाल बुढाथोकीको हत्या गरेको आरोपमा एक युवक
पक्राउ परे । सिराहामा सिडि चढेरै लुटेराले चोरि गरे । चोरि मुद्दामा
फरार रहेका दाङ् स्थित घोराही १५ निवासी ३६ वर्षीय सुबि चौधरी १८ वर्ष पछी
समातिए । २६ जेठमा हुम्लाको चङ्खेली–२ दार्मामा एक दाजुले आफ्नै १० वर्षिय
बहिनीलाई बलत्कार गरे ।
हाकाहाकि
२९ जेठमा
महोत्तरिमा दाजुको कुटाइबाट भाइको मृत्यु भयो । काठमाडौं महानगरपालिका-१६
बालाजुस्थित सडकमा पैदल हिँडिरहेकी २८ वर्षीया महिलाको पौने एक तोलाको सुनको
सिक्रि लुटियो । ३० जेठमा दम्पति हत्या आरोपमा फरार रहेका एक अभियोक्त ७ वर्ष
पछि, १० वर्ष पहिले ४५ लाख जरिवाना र ६ वर्षको जेल सजाय सुनाएका एक व्यक्ति पक्राउ
परे । काठमाडौँ महानगरपालिका–३२ महादेवस्थान
बस्ने ४५ वर्षीय विनय मल्लको घरबाट सुटकेसमा राखेको करिब रु तीन लाख नगद दिउसै
चोरि भयो ।
अन्तराष्ट्रिय घटना र कुटनैतिक कुरा (International events and diplomacy in the year 2078 Jesth)
प्यालेस्टाइन
२०७८ जेठ २ गते देखि चीनले
नेपालबाट कोरोना सङ्क्रमण भित्रिन सक्ने भन्दै वसन्त ऋतुमा तिब्बतबाट हुने शगरमाथा
आरोहण बन्द गर्यो । प्यालेस्टाइन र इज्राइल बीचको जारि सङ्घर्ष अन्त्य गर्न
पहल गर्ने हेतुले संयुक्त राष्ट्र सँघ सुरक्षा परिशदको वैठक बस्यो । ३ जेठमा
प्यालेस्टाइनको समर्थन गरेको आरोपमा भारतमा केहि व्यक्तिहरू पक्राउ परे ।
म्यान्मारकि पूर्व सुन्दरीले सैनिक शासन बिरुद्ध हतियार उठाइन् । विक्रम संवत
२०७८ जेठ ४ गते साउदि अरब स्थित नेपाली दुतावासका कर्मचारिमा कोरोना पुस्टि भएसँगै
दुतावासको सेवा बन्द भयो । अमेरिकि राष्ट्रपति जो बाइडनले इज्राइल र
प्यालेस्टिन बीच जारि युद्ध अन्त्यको लागि अपिल गर्दै आफुसँग रहेको करिब दुइ करोड
कोभिडको औशधि अन्य राष्ट्रलाई छ हप्तामा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
भारतमा कोभिडका कारण एकै दिन ५० चिकिश्चकहरूको ज्यान गयो । ५ जेठमा नेपालका
परराष्ट्र मन्त्रिसँगको सम्वादमा बेलायतले तुरुन्तै स्वास्थ्य सामग्री नेपाललाई
पठाउने प्रतिबद्धता जनायो ।
६ जेठ, २०७८ मा मलाविले
अस्ट्राजेनेकाको १९६१९ डोज कोरोनाको खोपको मात्रा म्याद नागेको कारण नस्ट
गर्यो । अमेरिकि सैनिक जहाज चीनको जलक्षेत्रमा प्रवेश गर्दा चीनिया युवा
सङ्गठन, PLA ले चेतावनिको भाषा प्रयोग गर्यो । तिब्बत र स्पेनले नेपाललाई कोभिडको
उपचारमा प्रयोग हुने विभिन्न सामग्रिहरू सहयोग हस्तान्तरण गरे । ७ जेठमा बिहानै
इजिप्टको मध्यस्ततामा इज्राइल र प्यालेस्टाइनि हमास समुहले गाजा क्षेत्रमा जारि
सङ्घर्ष रोक्न युद्धविराम गरे; दुबै पक्षले आ-आफ्नो जित भएको प्रतिक्रिया दिए । आफुलाई अलग्याउने
गरी युरोपिएन युनिएनले मतदान गरेको भन्दै चीन रिसायो । म्यान्मारको निर्वाचन
आयोगले आङ साङ सूचीको दल दर्ता
खारेजगर्यो । कोभिडको चपेटामा परेको नेपाललाई सहायता प्रदान गर्ने विषयमा
बेलायतको माथिल्लो सदनमा छलफल भयो ।
९ जेठमा भारतले सामाजिक
सञ्जाल कम्पनिहरूलाई इण्डिएन भेरिएण्ट लेखिएका सबै पोस्टहरू हटाउन निर्देशन
दियो । अमेरिकि सेना फिरतासँगै अफगानिस्तानमा हिंसाका घटना बढ्दैगएको तथ्य
सार्वजनिक भए । इटालिमा केबुलकार खस्दा करिब डेड दर्जनको मृत्यु भयो । मालिको सेनाले
दोस्रो पटक सरकार अपदस्त गर्दै राष्ट्रपति र प्रधान मन्त्रीलाई नियन्त्रणमा लियो; मालिमा सैन्य सासन लागु
भयो । ११ जेठमा अमेरिकाका ९०
वर्षीय पूर्व सैन्य विशेषज्ञ डेनियल एल्सबर्गले अमेरिकाले ताइवानको विषयमा चीनको
दृष्टिकोणबाट आक्रोशित भएर सन् १९५८ मा आणविक आक्रमण गर्न खोजेको खुलासा गरे ।
१२ जेठमा भारतले नेपालमा विकसित पछिल्लो घटनाक्रम नियालिरहेको र त्यो नेपालकै
आन्तरिक मामिला भएको बतायो । चीन सरकारले नेपाल उसको लागि खोप दिने मामिलामा
सधै प्राथमिकतामै पर्ने बतायो ।
१६ जेठमा
सेतोपाटिले लेखेअनुसार बेलायति प्रधान मन्त्री बोरिस जोनसनले ५६ वर्षको उमेरमा आफु
भन्दा २३ वर्ष काञ्छि प्रेमिकासँग गुपचुप विवाह गरे । क्यानडाको एक स्कुलको
नजिकै गाडिएको अवस्थामा २०० बढि बालबालिकाको सव भेटियो । नेपालकि राष्ट्रपति
विद्यादेवि भण्डारिले रुस र अमेरिकि राष्ट्रपतिलाई उनिहरूले उत्पादन गरेको खोप
नेपाललाई उपलब्ध गराउन सहजिकरणको लागि पत्राचार गरिन् । १७ जेठमा प्रकाशित
खबर अनुसार चीनले दुइ सन्तानको निति खुकुलो गर्दै तिन सन्तानसम्म छुट दिने घोषणा
गर्यो । १९ जेठ, २०७८ मा बलिउड
अभिनेत्री जुही चावला फाइभ-जी प्रविधि विरुद्ध ५००० पेज लामो उजुरी लिएर दिल्ली
उच्च अदालत पुगिन् । फिन्ल्याण्डकि प्रधान मन्त्रीले पेश गरेको खाजाको बिल
अस्वाभाविक भएको भन्दै छानविन भएपछि उनले खाना र खाजाको रकम फिरता गरिन् । २०
जेठमा पूर्व अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत ब्लग पनि स्थाई रूपमा
बन्द भयो । २१ जेठमा एक बेलायति मन्त्रीले कोभिडको नेपाली भेरिएण्ट
पोर्चुगलमा समेत भेटिएको बताए । प्रधान मन्त्री केपि शर्मा ओलिले बेलायति
प्रधान मन्त्रीलाई नेपाललाई खोपको प्राथमिकतामा राख्न अनुरोध गरे ।
खुलेको अमेरिका
२२ जेठमा समयमा
पानि नपरेका कारण सोमालियामा भोकमरि निकै बढेको समाचार सार्वजनिक भयो । संयुक्त
राज्य अमेरिकाले निकारागुआका राष्ट्रपति ड्यानियल ओर्टेगालाई त्यहाँका विपक्षी
दलका नेता क्रिस्टियाना चमोरो तथा उनका दुईजना साथीहरूलाई तत्काल रिहा गर्न माग गर्यो ।
बुर्किनाफासोको उत्तरि गाउँमा हतियारधारिले गरेको आक्रमणमा परि करिब १३२ जनाको
मृत्यु भयो । अमेरिकाले चिनिया कम्पनिका प्रविधिजन्य उत्पादक कम्पनिमा लगाएको
प्रतिबन्ध झन बढाएर ५९ ओटा पुर्यायो । २४ जेठमा नाइजेरियाले टुइटर प्रयोगमा
प्रतिबन्ध लगायो । २४ जेठमा चीनले क्रिप्टो करेन्सिका सबै सामाजिक सञ्जाल
बन्द गर्यो । भारतीय प्रधान मन्त्री नरेन्द्र मोधीले ८० करोड जनतालाई
देवालीसम्म निसुल्क भोजनको व्यवस्था गर्ने घोषणा गरे । सुडानको दक्षिण
डार्फुरमा अरब र गैरअरब नागरिकबीच भएको झडपमा कम्तिमा ३६ व्यक्तिको मृत्यु भयो ।
उत्तर कोरियाले बाह्य सांस्कृतिक प्रभावबाट आफुलाई मुक्त गर्न विदेशी फिल्म, भाषा र पहिरनमा प्रतिबन्धको घोषणा गर्यो । २५ जेठमा दक्षिणी फ्रान्सको भ्रमणका क्रममा
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनमाथि झापट प्राहार भयो । २७ जेठमा म्यानमारकि प्रजातन्त्रवादि नेत्रि
आङसान सुउकीमाथि थप अभियोग लगाउँदै सेनाले १५ वर्षको जेल सजाय माग दाबि सहित
अदालतमा मुद्दा दर्ता गर्यो । २८ जेठमा पाकिस्तानमा तिर्थयात्रि सवार बस
पल्टिँदा १९ को मृत्यु र ४८ घाइते भए । इरानले भेनेजओएलालाई जलमार्गबाट
हतियार पठाउनलागेको भनि अमेरिका ससङ्कित भयो ।
२९ जेठमा
दार्चुला स्थित भारतीय पक्षले बनाएको सडककै कारण नेपालको बाटो भत्किएपछि प्रमुख
जिल्ला अधिकारिले समकक्षिलाई ध्यान आकर्षण पत्र लेखे ।
३० जेठमा जि–७ राष्ट्रको
समुहले एक अर्ब डोज कोभिड-१९ को खोप विभिन्न राष्ट्रहरूलाई उपलब्ध गराउने घोषणा गरे; चीनले विश्वका केहि
राष्ट्रहरूलाई मात्रै विश्वको भविष्य बारे निर्णय गर्ने दिनको अन्त्य भएको प्रतिक्रिया
दियो । २०७८ साल जेठ ३१ मा जर्मन सरकारले नेपाललाई ४ अर्ब अनुदान सहयोग दिने
घोषणा गर्यो । इज्राइलि प्रधान मन्त्री बेञ्जामिन नेतन्याहुको १२ वर्षे
सासन त्यहाँको संसदले अन्त्य गर्यो ।
प्राकृतिक घटना (Natural disaster in 2078 Jesth)
२०७८ जेठ ५ मा काठ्माण्डौमा
भुकम्पको धक्का महसुस गरियो । महोत्तरीमा करेण्ट लागेर एक युवकको ज्यान
गयो । सप्तरीको कञ्चनरुप नगरपालिका–९ बस्ने रामकृष्ण सरदारकी छोरी २० वर्षीया कुन्ती र सोही
ठाउँका इन्दल सरदारकी छोरी १२ वर्षीया रोशनीको पोखरिमा डुबेर ज्यान गयो । ७ जेठमा माटोको ढिस्कोले पुरिँदा आमा छोरिको
ज्यान गयो । करेण्ट लागेर थप दुइ जनाको ज्यान गयो । महाकालिमा आएको
बाडिले निर्माणाधिन सडक र पुलमा गरि करिब चार करोड बढिको क्षति पुर्यायो ।
जेठ ९ गते प्युठानको नौबहिनी गाउँपालिका–१ चौतारामा एक घर
भत्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भयो । हुम्लामा हिम्पातसँगै झरेको
पानिले करिब ५० बढि भेडा मरे । १० जेठमा गोर्खामा घरको कम्पाउण्ड बनाउने
क्रममा माटोको ढिस्को भत्किदा दुइ जनाको ज्यान गयो । ११ जेठमा बर्दियामा
जङ्गलि हात्तिको आक्रमणबाट आगनमै आमा छोरिले मृत्यु वरण गर्नुपर्यो । १४
जेठमा सुनकोशिको बाढिले पुल बगायो, करोडौको क्षति भयो ।
१५ जेठमा
बर्दियाको गुलरिया नगरपालिका-९ टपरीस्थित सडक निर्माणको लागि खनेको नालामा माथिबाट
खसेको माटोले पुरिएर सोही ठाउँका १० वर्षीय बालक इसान्द अलि नाँउको मृत्यु
भयो । १८ जेठमा बाग्लुङमा चट्याङबाट
१२ वर्षे बालकको ज्यान गयो । १९ जेठमा काठ्माण्डौको
चन्द्रागिरिमा पुरानो नैकाप
नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा दुइ जनाको ज्यान गयो भने दुइ
घाइते भए । दाङ–लमही नगरपालिका वडा नम्बर
७ कमानपुर निवासी ५ वर्षीया बालिका इन्दु चौधरीको नुहाउने क्रममा अर्जुनखोलामा
डुबेर मृत्यु भयो । २०७८ साल जेठ २० मा बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका–३ कुलाउ बजारस्थित आफ्नै किराना पसल नजिकै खेलिरहेकी शंकर
तिवारीकी १८ महिने छोरी अनुष्का तिवारीको १५ लिटरको बाल्टिनमा डुबेर मृत्यु
भयो ।
२४ जेठमा
सप्तरिमा एक जनाको नरिवलको रूखबाट खसेर मृत्यु भयो । सडकमा चुँडिएको तारले
लागेर सिन्दुलिमा एक युवतिले ज्यान गुमाइन् । २६ जेठमा भेरिमा डुबेर एक, करेण्ट
लागेर एक र घरको पिल्लर को खाडलमा डुबेर थप एकको मृत्यु भयो । २८ जेठ, २०७८ मा
धनुषाको मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका
पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भयो । सोलुखुम्बुमा दुइ सहित देशका
विभिन्न स्थानमा करेण्ट लागेर ४ जनाको ज्यान गयो ।
विशेष (special event in the year 2078 Jesth)
जोखनाकै भरमा नेपाल
विक्रम संवत २०७८ जेठ २ गते
प्रधान मन्त्रि केपि शर्मा ओलीले लिएको सफत अवैध भएको भन्दै दोहोर्याएर सफत गराउन चन्द्रकान्त
ज्ञावाली र सन्तोस भण्डारीले सर्वोच्चमा रिट दायर गरे । मकवानपुरमा २ थान बन्दुक व्यवारिसे
अवस्थामा भेटिए । नेपाली चलचित्रका सफल निर्देशक एवं गीतकार चेतन कार्किको
कोरोनाका कारण ८३ वर्षको उमेरमा निधन भयो । ३ जेठमा ललितपुरमा ३०० थान
अक्सिजन सिलिण्डर बेवारिसे फेला पर्यो । ३ जेठमै बसेको
मन्त्रिपरिशदको वैठकले कतार र चीनमा उडान खुल्ला गर्ने निर्णय गर्यो । भारतले
प्लाज्मा थेरापिबाट गरिएको उपचारले समेत बिरामिलाई फाइदा नभएको भन्दै प्लाजमाको प्रयोग नगर्ने निर्णय
गर्यो । ४ जेठमा सर्वोच्च अदालतले प्रधान मन्त्रीको सफत ग्रहण सम्बन्धि रिटको
सुनुवाइ गर्दै चोलेन्द्र सम्शेर ज.व.रा. को इजलासले विपक्षिलाई लिखित जवाफ पेश
गर्नु भनि आदेश गर्यो । भारतको तेलकानामा एक युवकले कोरोना लागेपछि
आइसोलेसनको रूपमा रूखमै बसेको खबर सार्वजनिक भयो । पूर्व फुटबलर बिल तामाङको
कोरोनाकै कारण निधन भयो । ५ जेठमा
बसेको भर्चुवल साधारणसभामा सार्वजनिक विवरणमा भुक्तानि बढेपनि NCHL को नाफा घटेको
देखियो । राष्ट्रपति र प्रधान मन्त्रि बीच एक घण्टा छलफल भयो । ६ जेठमा
माओवादि केन्द्रका कपिलवस्तु जिल्ला नेता दिपक पाण्डेमाथि तिन जनाको समुहले गोलि
प्राहार गर्यो । मन बार फिल्मको कथावस्तु अरूको नक्कल गरेको भेटिएपछि अभिनेतृ
सुरक्षा पन्तले कपि कण्टेण्टमा काम गरेकोमा दुख लागेको बताइन् । प्रधान
मन्त्री केपि शर्मा ओलीले संसदमा विश्वासको मत नलिने र विश्वासको मत पाउन सक्ने
आधार भएको व्यक्तिलाई सरकार गठनका लागि मार्ग प्रसस्त गर्ने निर्णय गरे; समाचार प्रकाशनमा हतार
गर्दा इकान्तिपुरले माफि माग्नुपर्यो । ७ जेठमा नेपालको नयाँ नक्सा जारि
गर्ने सरकारको अन्तिम दिन भैरहेको थियो; अविश्वास, महाअभियोग र नयाँ सरकार मात्रै
प्राथमिकतामा परे; केपि ओलिको नेत्रित्वको त्यो महान दिन सम्झिने फुर्सद
कसैलाई भएन । भेरिगङ्गा नगरपालिकाले कोभिडका बिरामिलाई कोरोना कोसेलिको नाममा
पौष्टिक आहार बितरण सुरु गर्यो ।
२०७८ जेठ ८ को एमाले दलको वैठकमा
नेता राम बाहादुर थापा बादलले राजनितिबाटै सन्यास लिने घोषणा गरे । ग्रिह
मन्त्रालयमा बसेको आकस्मिक सुरक्षा सम्बन्धि वैठकले सडकमा प्रदर्शन गर्न नदिन
हदैसम्म सुरक्षा व्यवस्था मिलाउन निर्देशन दियो । सर्वोच्च बारले प्रधान
मन्त्रिको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभाको विगठन गैरसंवैधानिक रहेको
टिप्पणि गर्यो । रोल्पामा ठूलो मात्रामा आधुनिक हतियार र गोलिगठ्ठा बरामत
भए । ९ जेठमा ६ जेठ, २०७८ र ७ जेठ, २०७८ मा राष्ट्रपतिले जारि गरेका
विज्ञप्ति नै राष्ट्रपतिको कार्यालयको वेबसाइटबाट गायब भए; केहि घण्टामा फेरि ती
दस्तावेज वेबसाइटमै देखिँदा प्राविधिक त्रुटिले त्यसो भएको कथन राष्ट्रपति
कार्यालयबाट आयो । ओलिको सिफारिसमा राष्ट्रपतिको ७ जेठको कदम बिरुद्ध पाँच दलले
सर्वोच्च जाने हेतुले आफ्ना सांसदलाई नागरिकता सहित उपस्थितिका लागि ताकेता गरे; अदालतमा राष्ट्रपति र
प्रधान मन्त्रिलाई विपक्षि बनाउँदै दोस्रो पटक संसद विगठनकै मामिलाको रिट पेश भयो ।
१० जेठमा अग्रज लेखिका डाक्टर बानिरा गिरीको हृदयघातका कारण ७५ वर्षको उमेरमा निधन
भयो । एमालेले केहि नेताहरूलाई कार्वाहि फुकुवा गरेको दुइ हप्ता नबित्दै फेरि
अर्को कार्वाहि गर्यो । अदालतमा संसद विगठनका विषयमा ३० ओटा रिट निवेदन दर्ता
भए । जेठ ११ मा विगठित संसदका वाहालवाला सभामुख अग्नि साप्कोटा र केहि पुर्व
सभामुख र उपसभामुखहरूको छलफलले प्रतिनिधि सभा विगठन गैरसंवैधानिक रहेको निस्कर्ष
निकाल्यो;सुवासचन्द्र नेम्वाङ भने अनुपस्थित रहे । नेपाल बार एसोसिएसनले
राष्ट्रपतिको २०७८ ७ जेठ रातिको कदम असंवैधानिक भन्यो । राष्ट्रपति
विद्यादेवि भण्डारीले भारतीय समकक्षि रामनाथ गोबिन्दलाई पत्र पठाउँदै नेपाललाई
खोपमा सहायताका लागि अनुरोध गरिन् । चीनका राष्ट्रपतिसँगको फोन सम्वादपछि
चीनले १० लाख डोज कोभिडको खोप नेपाललाई तत्काल उपलब्ध गराउने घोषणा गर्यो ।
पाकिस्तानकि एक नायिकाले आफ्ना प्रेमिको धर्म सम्बन्धि एक टुइटकै कारण वैवाहिक
प्रक्रिया रद्द गर्ने निर्णय गरिन् । १३ जेठमा अधिवक्ता विष्णुकुमार गिरी र गणेशकुमार शर्माले नागरिकता
(पहिलो संशोधन) अध्यादेश २०७८ खारेजीको माग सहित रिट दायर गरे । प्रधान
न्यायधिशले संवैधानिक मामिलाका रिटको पहिलो सुनुवाइ गर्दै “मिक्स भेजिटेबल पो
बनाइदिनुभो” भने; सर्वोच्चका
न्यायाधिशमाथि पनि प्रश्न उठेपछि वहस हेर्दाहेर्दैमा सकियो । प्रधान मन्त्रि केपि शर्मा ओलिले राष्ट्रको
नाममा सम्बोधन गरेको भनिएपनि बजेटको निति र कार्यक्रम प्रस्तुत गरेको र बर्तमान
मामिलामा आफ्नो निर्णयको स्पष्टोक्ति दिएको शैलिमा पौने घण्टा खर्च गरे ।
१६ जेठमा अदालतका
न्यायाधिशको विषयमा प्रश्न उठाएपछि संवैधानिक मुद्दा ओझेलमा पर्यो; प्रतिनिधि सभा विगठनको
हेर्दाहेर्दैमा रह्यो । कर्णाली सरकारका मन्त्री अम्मर बाहादुर थापालाई
फौज्दारी मुद्दामा सोधपुछको लागि सर्वोच्चले उपस्थित हुन आदेश दियो । १७
जेठमा सप्तरिको लाहानमा बन्द पसलबाट मधिरा झिकेर लिएको पुस्टि भएसँगै नेपाल
प्रहरीका तिन जना निलम्बनमा परे । १८ जेठमा विवेकशिल शाझा पार्टि नेपालका
संस्थापक उज्वल थापाको निधन भयो; आधिकारिक स्रोतले मृत्यु पुस्टि गर्नु केहि मिनेट पहिले नै
सामाजिक सञ्जालमा मृत्युको खबर पोस्ट गर्ने र सच्याउने कामहरू भएका थिए, थापाको
निधनमा सबै जसो दलहरूले सोक वक्तव्य निकाल्दै गहिरो दुख व्यक्त गरे । प्रधान
न्यायाधिशले इजलास विवाद सल्टाउन नसकेको र बरिस्टतम न्यायाधिशबाटै सहयोग नपाएको
समाचारहरू प्रकाशित भए । २० जेठमा नेपाली सेनाको
दक्षिण सुडानमा तैनाथ कालीध्वज गण दशौं डफ्फाका सह सेनानी विज्ञान विष्टलाई
संयुक्त राष्ट्र संघका महासचिवले कदर पत्र पठाए । WHO ले नेपाल सहित विभिन्न देशसँग गरेको वैठकमा
नेपालमा नयाँ कोभिड भेरिएण्ट नभेटिएको स्पष्ट पार्यो । २१ जेठमा बसेको
सर्वोच्चको पूर्ण वैठक (फुल कोर्ट) ले इजलास गठनको सम्बन्धमा पुरानै नियमलाई
निरन्तरता दिँदै बाँकि संवैधानिक सुनुवाइ गर्ने निर्णय गर्यो ।
२२ जेठमा
उपप्रधान मन्त्रिको हैसीयतमा राजेन्द्र महत्वले दिएको नेपाललाई बहुराष्ट्रिय राज्य
बनाउने अभिव्यक्तिले सबै जसो राजनैतिक दलका रौ ठाडा भए । बाराको कलैया
उपमहानगरपालिका–१८ मोतिसरका जगेश्वर ठाकुरको मानसिक सन्तुलन गुमेपछि विगत चार
वर्षदेखि साङ्लोमा बाँधेर राखिएकै अवस्थामा उद्धार गरियो । २४ जेठमा नेपाल
भेटेरिनरी एसोसिएसनले हटलाइन सेवा सुरु गर्यो । २६ जेठमा दक्षिण अफ्रिकाकि एक
महिलाले एकै पटकमा १० ओटा सन्तानलाई जन्म दिईन्; हुर्काउन नसक्ने
भन्दै सहयोगको लागि अपिल गरिन्! २८ जेठमा कुलोको विवादमा अमिन सहितको टोलिले जग्गा
नाप्दैगर्दा दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–८ टिकरी बस्ने २४ वर्षीय पूर्ण वलीले स्थानीय मिलन केसीलाई
ताकेर गोलि चलाए ।
३० जेठमा चिकिश्चा शिक्षा
आयोगका उपाध्यक्ष श्रि कृष्ण गिरीलाई बि. याण्ड सि. मेडिकल कलेजलाई सम्बन्धनका लागि
हस्ताक्षर गराउन केपि ओलीले नाजायज दबाब दिएको भन्दै केहि नागरिक अगुवाले डाक्टर
गिरीको सुरक्षाको माग गरे । संवैधानिक परिशदले गरेको संवैधानिक अङ्गका
सदस्यको सिफारिस बिरुद्ध पनि अदालतमा रिट पर्यो ।
नयाँ कु रा(Innovation in the year 2078 Jesth)
२०७८ साल जेठ १ गते चीनले
मंगल ग्रहमा यान अवतरण गर्दै मंगल ग्रहमा अवतरण गराउने दोस्रो देश बन्यो । ३
जेठमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई
(VOLT) सेवा सुरु गर्यो । ४ जेठमा सर्वोच्च अदालतले अनलाइनमा आधारित भर्चुवल सुनुवाइ
प्रारम्भ गर्यो । WHO ले हप्तामा ५५
घण्टा वा सो भन्दा धेरै समय काम गर्नेहरूको मृत्यु औशतमा चाँडो हुने गरेको तथ्य
सार्वजनिक गर्यो । नेपाल ट्राईयाथलन संघले आफ्ना प्रशिक्षकहरुका लागि अनलाईन
कोर्ष प्रदान गर्यो । ५ जेठमा औषधि व्यवस्था विभागले वीरगञ्जमा कारखाना रहेको
नेसनल हेल्थ केयरलाई रेमडिसिभिर औषधि उत्पादनका लागि अनुमति दियो; रेम्डिसिबिर नेपालमै उत्पादन हुने पक्का भयो । ७ जेठ
देखि सामाजिक सञ्जाल टुइटरले खातामा निलो चिन्ह (blue tick/verified symbol) राख्नको लागि आवेदन खुलायो । एयर इण्डियाको वेबसाइट ह्याक गरि ४५ लाख बढि यात्रुको डाटा चोरि
भयो ।
९ जेठमा हङकङकी आरोही साङ यी हङले सगरमाथामा सबैभन्दा
छिटो आरोहण गर्ने महिला आरोहीको कीर्तिमान राखिन् । प्रधान मन्त्रि केपि
शर्मा ओलीले अबको चुनाव निस्पक्ष र पारदर्शि बनाउन ड्रोन र सिसि क्यामेराले
निग्रानि गर्ने व्यवस्था मिलाइने दाबि गरे । १० जेठमा एशियाका प्रथम नेत्रहीन
आरोहीका रुपमा सगरमाथाको शिखरमा चढ्ने किर्तिमान चाईनिज नागरिक झाङ होङले आफ्नो नाममा लेखाए । चीनको चेङ्दुमा
नेपालको महावाणिज्य दुतावास स्थापना भयो; चीनका लागि
नेपाली राजदुत महेन्द्रबहादुर पाण्डेले कार्यालयमा नेपाली झण्डा फहराए । १२ जेठमा गिनिज बुकले नेपाली कमेडि, नेपग्याजमले
सन् २०२१ मे ३ मा प्रस्तुत गरेको सबै भन्दा अग्लोस्थानको कमेडि कार्यक्रमसँगै
विश्व किर्तिमान कायम गरेको आधिकारिक जानकारी दियो; केहि समय अघि
नेपालकै आधारसिविरबाट राखेको इटालिका पालोको किर्तिमान तोडियो । १३
जेठमा स्वास्थ्य मन्त्रालयले अस्पतालमा खालि बेड र अन्य अवस्थाको जानकारी गराउने
साइटको बेटा भर्जन सुरु गर्यो ।
१८ जेठमा सिजि
कम्युनिकेसनले काठ्माण्डौ उपत्यकाबाट उच्च गतिको सिजि इण्टरनेट सेवा सुरु
गर्यो ।
२४ जेठमा भक्तपुर अस्पतालमा
एक ३२ वर्षे बिरामिको पेटबाट ३५ किलो तौलको मासुको डल्लो (ट्युमर) निकालियो ।
राष्ट्रिय आविष्कार
केन्द्रले वैकल्पिक प्रविधिबाट मिनी अक्सिजन प्लान्ट निर्माण गरी स्याङ्जाको
बिरकोट अस्पतालमा जडान गरियो । २९ जेठमा मंगल ग्रहमा पठाएको चिनिया रोबर्ट जुरोङ
रोबर नामको रोबर्टले वायरलेस क्यामेराबाट आफ्नो सेल्फी खिचेर पठायो ।
३० जेठमा नेपाली आकाशमा पनि
इण्टरनेट सेवा दिन पाउने गरी नेपाल दुरसञ्चार कम्पनिले दुइ कम्पनिलाई स्विकृति
प्रदान गर्यो । नेपाल स्टक एक्सचेञ्जले कि सबै कि कत्ति नाइ ( all or non, AON) सुविधा खरिद आदेशबाट हटायो ।
अन्य (Miscellaneous in Jesth, 2078)
४ जेठमा अघिल्लो राति लागेको
आगोका कारण सर्लाहिमा दुइ लाख बढिको क्षति भयो । अभिनेता नाजिर हुसेनले महाविर पुनले सञ्चालन गरिरहेको
राष्ट्रिय आविस्कार केन्द्रलाई एक लाख नेपाली रुपैया सहयोग प्रदान गरे ।
सिङ्गापोरमा देखिएको कोभिडको नयाँ भेरिएण्ट बच्चाको लागि खतरा भएको तथ्य सार्वजनिक
भयो । ६ जेठमा जानकी नवमीको
अवसरमा जानकी मन्दिरमा सवा किलो सून चढाइयो ।
१० जेठमा झापामा दुइ घर
आग्लागिबाट नस्ट भए । नायिका प्रियंका
कार्कीले “डिसेम्बरको लागि टार्गेट गरेको, पहिलो ट्राइमै सफल भयौ” भनि अर्को सामाजिक
गफको विषय फ्याँकिन् । ११ जेठमा जङ्गलि च्याउ खाँदा सङ्खुवासभा जिल्लामा दुइ
जनाको मृत्यु भयो । १२ जेठमा मनाइएको २५६५औ बुद्ध जयन्तिमा विभिन्न थरिका
प्रतिक्रिया व्यक्त भए; एक अभिनेत्रिले
आआफुलाई नेपालमा जन्मिएकोमा खिन्नता महसुस भएको भनिन्, कोरोना कहर र बुद्धवाणिका चर्चा भए, बुद्ध जन्मिएको स्थान
स्विकार्दा ज्ञान अस्विकार गरेको प्रश्न, आदिले त्यस दिन छापा र अन्य सञ्चार
माध्याममा स्थान पाए । १४ जेठमा ताप्लेजुङ जिलाको एक फर्निचर गोदाममा आग्लागि
हुँदा १५ लाख बढिको क्षति भयो ।
१९ जेठमा नवलपरासिमा रहेको
सिजि उध्योग परिशरमा भएको आग्लागि पाँच घण्टामा नियन्त्रणमा आयो । २१ जेठमा गृह मन्त्रालयले कोरोना संक्रमण रोकथामका लागि
जारी निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ गएका शहरी विकास
मन्त्रालयका आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारवाही गर्न निर्देशन दियो ।
टुम्लिङटार बिमानस्थलमा बुद्ध एयरलाइन्सले ७० सिट क्षमताको जहाजबाट सफल परिक्षण
उडान गर्यो ।
२२ जेठमा
कोकाकोला कम्पनिले नेपालमा पनि प्लास्टिकजन्य फोहोर रिसाइकलिङ गर्ने घोषणा गर्यो;हिमाल सफाइ अभियान पनि समापन भयो । २३ जेठमा बालुवाटार–ललिता
निवास २९९ रोपनि जग्गा हडप प्रकरणमा
मुछिएका मध्ये भाटभटेनि सञ्चालक सहित ४९ जनाको घर पत्ता लगाउन नसकेको भन्दै
सरकारले राष्ट्रिय दैनिकहरूमा एक सूचना प्रकाशित गर्दै २१ दिने म्याद दिएर उपस्थित
हुन उर्दि काट्यो; आफ्नै देशका
नागरिकको बसोवास बारे समेत बेखबर छन् हाम्रा अभिलेखहरू! २८ जेठमा भारतको
कतर्नियाघाट बन्यजन्तु आरक्षबाट ४० हात्तीको एक समूह बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्यो ।
३१ जेठमा ११ देशका सेनालाई पछि पार्दै लेब्नानमा खटिएको नेपाली सेनाको UN मिसन टोलिले वातावरण पुरस्कार जित्यो ।
क्रमसः अर्को हप्ता
Comments
Post a Comment
Would you like to add something? Enter here!