नेत्रहिन युवा संघ नेपाल सुर्खेतको फिल्ड अधिकृतमा बसन्त जैशी नियुक्त




भदौ २८, सुर्खेत

फेसबुकमा लाइक गर्नुहोस् टुइटरमा पछ्याउनुहोस्

नेत्रहिन युवा संघ नेपाल, सुर्खेतको फिल्ड अधिकृतमा बसन्त जैशी नियुक्त भएका छन् । हिजो राति एक टुइट गर्दै उनले उक्त कुराको पुस्टि गरेका हुन् । टुइटमा जैशीले आफुलाई विश्वास गरी जिम्मेवारि प्रदान गर्ने नेत्रहिन युवा संघ नेपाल प्रति धन्यवाद दिँदै आफ्नो पहिलो जागिरे यात्रा नेत्रहिन युवा संघ सुर्खेतबाट सुरु भएको उल्लेख गरेका छन् ।

प्राप्त जानकारी अनुसार बसन्त जैशीले निर्वाचन प्रणालीका लागि अन्तराष्ट्रिय संस्था , International Foundation for Electoral System (IFES) र नेत्रहिन युवा संघ नेपाल, Blind Youth Association Nepal (BYAN) को साझेदारि तथा USAID को आर्थिक सहयोगमा सञ्चालित परियोजनामा २०२२ जुन महिनासम्म सुर्खेत जिल्लाको फिल्ड अधिकृतको रूपमा काम गर्नेछन् । अपांगता भएका युवाहरूको राजनैतिक प्रक्रियामा सहभागिता नामक उक्त कार्यक्रम हाल नेपालका सातै ओटा प्रदेशका एक-एक जिल्लामा कार्यान्वयनमा रहेको छ ।

यस कार्यक्रम मार्फत हरेक जिल्लाका अपांगता भएका युवाहरूलाई निर्वाचनमा सहभागि हुन र आफ्नो मतको महत्व बुझाउने गरी वृहत राजनैतिक सचेतना प्रदान गरिनेछ जसका लागि भौतिक उपस्थितिमा र सामाजिक सञ्जालमा सँगसँगै गतिविधिहरू गरिनेछन् ।

  

Comments

Post a Comment

Would you like to add something? Enter here!