महत्वपूर्ण चार महिना: २०७८ को श्रावण

परिचयको नाममा दुइ शब्द, भाग–४

विक्रम संवत २०७८ का सबै महिनाको दैनिकि यसरी नै प्रकाशन गर्ने मन नभएको त होइन । तर परिवार, समाज र कानुनमा टिकेर प्रदान गरिएका जिम्मेवारी पालनको सिलसिलामा म केहि व्यस्त रहेँ। शिक्षक बन्नेहरूलाई समेत सहयोगि होस् भनि तिन महिनाका विशेषाङ्कहरू समयमै प्रकाशित गरेको थिएँ । तर पनि त्यसमा पाठकको लगाव खासै देखिएन । यसको पछाडि मेरो शैलि र खुराग नपुगेको पनि हुन सक्छ । त्यसैले चौथो अङ्क प्रकाशन हुन केहि विलम्भ अर्थात दुइ महिना जस्तो अन्तर रहनगयो ।

गत २०७८चैत्र १३ गते     २०७८ साल असार महिनाको घटनाक्रमलाई यसै ब्लग मार्फत सार्वजनिक गरेको स्मरण गराउँछु । ब्लगको स्थिति पहिले भन्दा केहि फरक गरेको छु । किनकि खोज वर्णन सुविधा भएको सजावट राख्दा पुरानोमा भएका केहि सुविधाहरू पाउनुहुनेछैन । यस आलेखमा मैले २०७८ साल श्रावण महिनाका ३२ दिनमा नेपाल र विश्वमा जे भयो, जस्ताको त्यस्तै प्रस्तुत गरेको छु । पाठकलाई अलिकति पनि कल्पनामा नलैजान लेखेको दैनिकिमा छुटेका अक्षर र थप सरलिकरण गर्ने बाहेक खासै परिवर्तन गरेको छैन । किनकि प्रकाशित अहिले भएपनि समय त तेतिबेलाकै हो ।

अन्तमा, आगामि हप्ता चार महिनाकै सारांश प्रकाशित गर्ने अग्रिम जानकारी गराउँछु । त्यसैले पनि सारांशको रूपमा इतिहासको पाँचौँ भाग यहाँहरूलाई निश्चय प्रदान गर्नेछु । मेरा केहि सिमितताका कारण हुन सक्ने त्रुटि–कमजोरि प्रति क्षमा माग्दै समयको लिला र मानवीय स्वभाव समेटिएको वर्ष २०७८ को श्रावण महिनाको सबै समसामयिक घटनाहरूलाई यस प्रकार प्रस्तुत गरेँ ।

 

१. राजनैतिक घटनाहरू (Political consequences of 2078 Shrawan)

चेतनामा ने.क.पा. एमाले

१ श्रावणमा बसेको एमालेको वैठकले प्रधान मन्त्री शेर बाहादुर देउबालाई विश्वासको मत नदिने, एकताको लागि गठित कार्यदल भङ्ग गर्ने लगायतका निर्णय गर्यो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यमाथि सिन्दुपाल्चोक जिल्लाका सभापतिले कुटपिट गरे । २ श्रावणमा बिप्लप समुहले मोहन वैद्यसँग भेट गर्यो । ३ श्रावणमा शेर बाहादुर देउबाले विश्वासको मत लिनु अघि नै प्रतिनिधिसभा सदस्यबाट डाक्टर भिम रावलले राजिनामा दिए । बेलुकि बसेको दोस्रो वैठकमा प्रदिप ज्ञावालिले माओवादिलाई लोकतन्त्रको प्रिस्ठभुमिबाट आएको होइन भन्ने आसयको अभिव्यक्ति दिएपछि पुस्पकमल दाहाल प्रचण्डले दश वर्षिय जनयुद्धको अर्थ छैन भनेको हो? माओवादिलाई कमजोर ठानेको हो? भनि कडा प्रतिवाद गरे । शेर बाहादुर देउबाले विश्वासको मत लिए; ज.स.पा. का पुरै र एमालेका पनि २२ जना जतिले पक्षमा मत दिएसँगै देउबाले १६५ मत पाए । ४ श्रावणमा एमालेको वैठकले विपक्षमा मत दिनेहरूलाई २४ घण्टे स्पष्टिकरण पत्र काट्यो । २०७८ श्रावण ६ गते केपि शर्मा ओलीले माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताए । एमालेको ओलि पक्षिय केन्द्रिय कमिटि वैठकले संविधानको धारा ७६ को उपधारा (५) संसोधन गर्न पहल गर्ने निर्णय गर्यो । ७ श्रावणमा ओली पक्षीय एमाले केन्द्रीय कमिटिको वैठकले माधव कुमार नेपाल लगायतका सांसद तथा नेताहरूलाई आम माफि दिने निर्णय गर्यो । ज.स.पा. ले सरकारमा जान सात ओटा मन्त्रालय माग्दैगर्दा देउबा सरकारका अर्थ मन्त्रिले झापा लगायतका जिल्लामा विनियोजित बजेट तथा कार्यक्रम कटौतिको प्रक्रिया अघि बढाए । निर्वाचन आयोग नेपालले ज.स.पा. विवाद फैसला गर्न कार्यकारिणिको सनाखतलाई आधार मान्ने निर्णय गर्दै नागरिकता सहित ५१ जनालाई श्रावण ११ गते उपस्थित हुन भन्यो ।

निर्णायक कदमहरू

८ श्रावणमा निर्वाचन आयोगले कार्यकारिणिको सनाखत गरी निर्णय दिने भएपछि महन्थ समुह अदालत पुग्यो । नेपाली काङ्ग्रेसको महादिवेशन १० दिन पर धकेलिने खबरहरू सार्वजनिक भए । प्रतिनिधि सभाको वैठकमा रा.प्र.पा. बाहेक एमालेलाई सबैले आक्रमण गरे । प्रतिनिधि सभाको बधाइ कार्यक्रममा बोल्दै प्रधान मन्त्रि देउबाले “७६” (५) किन लेख्नुभएको त सभामुख हुँदा? भनि सोध्न चाहेको तर उनि वैठकबाट बाहिरिएकोले प्रश्न सुनाउन नसकिएको जवाफ दिए । ९ श्रावणमा बसेको पाँच दलीय गठबन्दनको वैठकमा माधव कुमार नेपाल पनि सहभागि भए; सरकारलाई सक्दो सहयोग गरी सफल बनाउने निश्कर्ष सहित वैठक सकियो । १० श्रावणमा एमालेका प्रदिप ज्ञावालिले उहि पुरानै शब्द, “केहि साथिहरूले पानी खाने ठाउँ समेत राख्नुभएको छैन’ भन्दै एकतालाई कसैले रोक्न नसक्ने बताए । ११ श्रावणमा जनता समाजवादि दल औपचारिक रूपमै विभाजन भयो । महन्थ ठाकुर पक्षले दलको आधिकारिकता गुमायो; रेसम चौधरिले महाभारतको कथा सुनाए; राजेन्द्र महत्वले केपि शर्मा ओलीलाई प्रतिगमन हो भने । विवेकशिल साझा पार्टिका अध्यक्ष रबिन्द्र मिश्रले संघीयता खारेजिको प्रस्ताव सहितको करिब २१ पेजको दस्तावेज सार्वजनिक गरे । खगेन्द्र सङ्ग्रौलाले राष्ट्रिय प्रजातन्त्र पार्टिमा प्रवेश गरेहुन्छ भनि कटाक्ष गरे । १२ श्रावणमा देउबा सरकारले गङ्डकिमा प्रिथिविमान गुरुङ र लुम्बिनि प्रदेश प्रमुखमा अमिक शेर्चन पठायो । सानेपामा अनसनरत नेपाली काङ्ग्रेसका नेता–कार्यकर्ताले छ बुदे सहमतिपछि अनसन अन्त्य गरे । जनता समाजवादि दलले लुम्बिनिका तिन सांसदलाई कार्वाहि गर्यो । गङ्डकि प्रदेशले समाजवादि र जनता दलको दोहोरो थ्रेस होल्ड हटाउने निर्णय गर्यो । १३ श्रावणमा एमालेको माधव कुमार नेपाल समुहले सरकारमा सहभागि नहुने निर्णय गर्यो । सांसद पद वाहालि गरिपाउँ भनि माओवादि केन्द्रबाट एमालेमा गएका चार सांसदहरू अदालत पुगे । १३ श्रावणमा एमालेका सुवासचन्द्र नेम्वाङले ओली र नेपालले दलको एकताको लागि कुरा गर्नुपर्नेमा जोड दिए । १४ श्रावणमा जनमोर्चाका अध्यक्ष चित्र बाहादुर केसिले संघीयताले ठूला दलका कार्यकर्ता थन्काउने बाहेक खासै काम गर्न नसकेको भनि निउज२४ नेपालसँग भने ।

प्रतिउत्तर

१५ श्रावणमा निर्वाचन आयोगको निर्णय चित्त नबुझेको भन्दै महन्थ ठाकुर समुह अदालत गएपछि जनता समाजवादी दल (जसपा) को वैठक डाकियो । खिर खाने कार्यक्रममा माधव कुमार नेपाल सहभागि भएनन् । एमालेको एकिकरणमा बल र आक्रोस प्रकट भए । माओवादिले राजनैतिक संयन्त्रको कुरा संसदमा उठायो । १६ श्रावणमा केपि शर्मा ओलीले माधव कुमार नेपाललाई एमालेमा स्थान नरहेको दोहोर्याए । माधव कुमार नेपालले आफु विचारमा अडिक रहेको बताए । लुम्बिनि प्रदेश सरकार अल्पमतमा पर्यो । १७ श्रावणमा प्रदेश प्रमुख फेरिएको तर्फ इङ्गित गर्दै एमाले अध्यक्ष केपि शर्मा ओलीले दमन सुरु भईसकेको बताए । १८ श्रावणमा सर्वोच्च अदालतले ओलिको भ्याकेट निवेदनमा अन्तिम सुनुवाइ गर्दै कर्णाली प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने फैसला सुनाएसँगै एमालेले उक्त प्रदेशमा एकल बहुमत गुमायो ।

१९ श्रावणमा लुम्बिनि प्रदेशका मुख्य मन्त्रि सङ्कर पोखरेल बिरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भयो । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा नियुक्तिका लागि प्रक्रिया मिलाउन प्रधान मन्त्रि देउबाले निर्देशन दिएका खबरहरू सार्वजनिक भए । एमालेका सांसद महेश बस्नेतले विशेष समयमा केपि ओलिलाई “I love you” भने । विवेकशिल साझा पार्टिका संयोजक मिलन पाण्डे लगायतले रबिन्द्र मिश्रलाई जवाफ दिँदै अर्को दस्तावेज सार्वजनिक गरे । निर्वाचन आयोगले समयमा नविकरण नगराएको र जरिवाना तिर्न समेत नमानेपछि ४१ दलको दल दर्ता भोलि पल्ट देखि लागु हुने गरी खारेज गरिदियो । २० श्रावणमा क्रिकेटर पारस खड्काले आफुलाई खेल क्षेत्रले नेत्रित्व गर्न सक्षम बनाएको भन्दै उचित अवसर पाए राजनैतिमा आउन सक्ने बताए । एमाले एकताका लागि हुने भनिएको ओलि–नेपाल भेट पनि हुन सकेन । लुम्बिनि प्रदेश सभामा प्रतिपक्षि र सरकार बीच आक्रोस पोखियो । ऊर्जा मन्त्रि पम्फा भुसालले प्रधान मन्त्रिले कुलमानलाई नै नियुक्त गर्नु भनि निर्देशन दिनुभएको छैन भनिन् । २१ श्रावणमा ओली पक्षले अवैध भनेपनि माधव कुमार नेपालले केन्द्रिय समितिको वैठक सुरु गरे । सत्तारुढ गठबन्धनले न्युनतम साझा कार्यक्रम बनायो । काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले विशेष महादिवेशन गरेर भएपनि दलको संवैधानिक प्रावधान जोगाउनुपर्ने प्रस्ताव गरे ।

थोरै साधारण धेरै असाधारण

२२ श्रावणमा माधव कुमार निकट एमाले नेताको वैठकले १० बुदे पार्टि एकिकरणको सम्झौतासँगै अघि बढ्ने र सरकारमा नजाने निर्णय गर्यो । बिमला ओली खत्रिले आफुलाई सङ्कर पोखरेलले बन्दक बनाएको आरोप लगाइन्; माओवादि केन्द्र दाङ जिल्लाको विस्तारित वैठकमा पनि आफु निकै मानसिक तनावमा रहेको बताइन् । २३ श्रावणमा एमालेको ओलि पक्षले विधान महाधिवेशन र सङ्गठन सुद्रिढिकरणका गतिविधिहरू नरोकिने जवाफ दिए । एमालेका डाक्टर भिम रावल र राष्ट्रपति विद्यादेवी भण्डारी बीच भेटवार्ता भयो । महादिवेशन सार्न सकिने विषयमा देउबाले छलफल गर्दा सरकारमा रहेका दलहरूले न्युनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिए । लक्ष्मणलाल कर्णले उपेन्द्र याधवलाई मधेश बिरोधि भनि आरोप लगाए । २४ श्रावणमा एमालेको माधव नेपाल पक्षबाट झलनाथ खनाल समुह अलग भयो ।

२५ श्रावणमा काङ्ग्रेसको पौडेल समुहले समयमै महादिवेशन गर्नुपर्ने अडान सार्वजनिक गर्यो । एमाले स्थाइ समितिले विधानको संसोदित मस्यौदा केन्द्रीय समितिमा लैजाने निर्णय पारित गर्यो । निर्वाचन आयोगले उपेन्द्र याधवलाई एकल अध्यक्ष कायम गर्दै ३५ सदसीय कार्यकारी जसपा दलको नयाँ अध्यावधिक अभिलेख गर्यो; महन्थ ठाकुरको सांसद पद उपेन्द्रमा निहित भयो । २६ श्रावणमा संसदमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपि शर्मा ओलीले आफुलाई जनमत विपरित गैरसंवैधानिक व्याख्या गरी हटाइएकोले अर्को पटक असाधारण जनमत सहित फेरि सिङ्हदरबार स्थित प्रधान मन्त्रिको कुर्सिमा आसन हुने दाबि गरे । एमालेका माधव कुमार नेपालले अब कसैको टाङमुनि नपसिने बताए; उपनिर्वाचन भए कर्णाली प्रदेश सभाबाट पदमुक्त भएका व्यक्तिहरूलाई जिताउने दाबि गरे ।

२७ श्रावणमा लुम्बिनि प्रदेशका मुख्य मन्त्रि सङ्कर पोखरेलले राजिनामा दिए; दिउसो तिन बजेबाट गणना सुरु हुने गरी २४ घण्टा भित्र सरकार बनाउन विपक्षिलाई आह्वान गरियो । २८ श्रावणमा एमालेमा एकता नभएको भन्दै बिद्रोह गर्नुपर्ने आसय सहित माधव कुमार नेपाल प्रकट भएपछि केशव बडाल लगायतका नेताले एमाले छोडेर नजान आग्रह गरे । मातृका प्रसाद याधवले केपि ओलिलाई मेण्टललि डिसअर्डर भनेको प्रति एमालेका सांसदले आफति जनाए । सांसद प्रकाश पन्थिले राष्ट्रिय सभामा बोल्दै अपांगता भएका व्यक्तिलाई अपमान गर्ने खालका शब्द प्रयोग भईरहेको प्रति सभाको ध्यानाकर्षण गराए । जसपाले कम्तिमा भाद्र पहिलो सातासम्म मन्त्रिको टुङ्गो नलगाउने निर्णय गर्यो । लुम्बिनि प्रदेशको मुख्य मन्त्रिमा कुलप्रसाद केसि नियुक्त भए । काङ्ग्रेसको महादिवेशनको मितिमा प्रश्न उठ्ने गरी नेताहरूका अभिव्यक्ति र वैठक सार्वजनिक भए ।

२९ श्रावणमा एमालेको ओलि खिमाले माधव कुमार नेपालले सर्त बढाउँदै गएको आरोप लगायो । मन्त्रिपरिशद पुर्णता दिन एक महिनामा पनि नसकेको प्रति देउबाको आलोचना भयो । ३० श्रावणमा काङ्ग्रेस केन्द्रीय कमिटिले महादिवेशन मंसिर ९ सम्म सार्यो । माधव कुमार नेपालले ओलीसँग नझुक्ने भन्ने जोसमा आफुलाई निर्देशन दिने मान्छे अहिलेसम्म नजन्मिएको भन्न भ्याए । ३१ श्रावणमा सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन बिमानको व्यवस्था गर्ने निर्णय गर्यो; अनलाइनबाट तथ्याङ्क लिन सुरु गरियो । ३२ श्रावणमा माधव कुमार नेपाल अध्यक्ष रहने दलको सबै खाका पुरा भएको, सरकारले केन्द्रीय समितिमा ३०% सङ्ख्या भएपनि दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याउन सक्ने र अध्यादेशको तरङ्गले ओलि निकट नेताहरू बालकोट पुगेका समाचारहरू प्रकाशित भए । महन्थ ठाकुर अदालतबाट पनि पराजित भए । तर हितेन्द्रदेव साक्य कुलमानको नियुक्ति बिरुद्ध अदालत पुगे ।

 

२. स्वास्थ्य (Health in 2078 Shrawan)

१ असार, २०७८ मा सेतोपाटिमा प्रकाशित खबर अनुसार विपि प्रतिस्ठानका उपकुलपति गिरिले प्राध्यापक उपाधि लिएको भनेको अमेरिकाको कोलोराडो विश्वविद्यालयले उक्त कुरा अस्विकार गर्दै जवाफ पठायो । २०७८ साल श्रावण ४ गते देखि अमेरिकाले उपहारमा दिएको जोनसोन याण्ड जोनसोन खोप लगाउन सुरु भयो । विपि स्वास्थ्य विज्ञान प्रतिस्ठानमा समस्या समाधानका लागि उच्च स्तरीय कार्यदल बन्यो । २०७८ को ६ श्रावणमा विपि प्रतिस्ठानको आन्दोलनमा यैक्य बद्धता जनाउँदै माइतिघरमा प्रदर्शन भए । जमुनाहा नाकामा हेल्थ डेस्क सञ्चालन गरियो । ७ श्रावणमा कोभिड-१९ मुक्त हुने भन्दा सङ्क्रमित हुनेको सङ्ख्या दैनिक दोब्बर भयो । १० श्रावणमा शेरबाहादुर देउबाले मेडिकल सञ्चालकलाई स्वास्थ्य राज्य मन्त्रि दिएपछि देउबामाथि सार्वजनिक निकायहरूको आलोचना सुरु भयो । १२ श्रावणमा परिक्षणको लागि दिल्लि पठाइएका सबै नमुनामा कोभिड-१९ को डेल्टा भेरिएण्ट पुस्टिभएको जानकारि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दियो ।

१५ श्रावणमा हेटौडा अस्पतालमा कोरोनाकै कारण एक कर्मचारिको ज्यान गयो । १६ श्रावणमा लक्षित वर्ग भन्दा बाहिरका व्यक्ति घुसेपछि काठ्माण्डौको एक केन्द्रमा कोभिडको खोप कार्यक्रम रद्द भयो । १९ श्रावणमा मनाङ र मुस्ताङ जिल्लाका सबैलाई कोरोना भाइरसको खोप लगाइएको तथ्य सार्वजनिक भयो । कोभिडको खोप लगाउनेको भिड अनियन्त्रित तरिकाले लागेको भन्दै खोप लगाउन गएकाहरूबाटै महामारि थप फैलिन सक्ने चिन्ताहरू व्यक्त भए; भारतको तुलनामा नेपालमा कोभिड सङ्क्रमण दर चार गुणा बढि पाइयो । २० श्रावणमा प्रकाशित खबरहरूमा जनाइएअनुसार विपि प्रतिस्ठानमा ३० हजार पर्ने उपकरणलाई पाँच लाख हालेर खरिद गरेको देखियो । कोभिडको सङ्क्रमण दर एकै दिन ४१०० भन्दा धेरै भयो ।

२२ श्रावणमा प्रधान मन्त्रि देउबाले “तपाइँको मास्क खोइ” अभियान सुरु गरे । २६ श्रावणमा बसेको उपत्यकाका प्रमुख जिल्लाअधिकारीको वैठकले कोरोनाको जोखिम बढेको र स्वास्थ्य सम्बन्धि मापदण्डको पालना सहि रूपमा नभएको निस्कर्ष सहित निशेधाज्ञामा कडाइ गर्दै केहि दिन थप्ने निर्णय गर्यो ।

 

३. शिक्षा (Education in 2078 Shrawan)

३ श्रावणमा काठ्माण्डौ महानगर पालिकाले कक्षा १० को नतिजा अगाडि नै कक्षा ११ मा भर्ना नलिनु भन्यो । ५ श्रावणमा परिक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गर्यो । ६ श्रावणमा आन्तरिक विवादकै कारण मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दि गरियो । ७ श्रावणमा स्थानीय सरकारहरूले ओलि सरकारले बजेटमा भनेको बाल विकास सहजकर्तालाई दिनुपर्ने आठ हजार थप तलब दिन नसक्ने भने ।

आक्रामक नेतृत्व

८ श्रावणमा संयुक्त विद्यार्थी संगठनहरूले विभिन्न माग राखि आन्दोलन गरेकै कारण भोलिपल्ट देखि सुरु हुने भनिएका मध्येपश्चिम विश्वविद्यालयका सबै मौका परिक्षाहरू स्थगित गरिए । ११ श्रावणमा मधेश प्रदेशले ल्याएको मदर्सा शिक्षा विधेक फिरताको माग गर्दै जनकपुरमा मुख्य मन्त्रिको पुत्ला जलाइयो । प्रगतिशील आधारभूत विद्यालय त्रिवेणी गाउँपालिका ८ का एक शिक्षक वैठक चलिरहेकै समयमा प्रधानाध्यापकलाई ढुङ्गाले हानेर फरार भए ।

१५ श्रावणमा शिक्षकहरूले आफ्ना माग प्रति सरकार गम्भिर नभएको भन्दै माइतिघरमा रिले अनसन सुरु गरे । १६ श्रावणमा मध्यपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसको स्व.वि.यु. ले १८ बुदे माग पुरा नगरेको भन्दै थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गर्यो । १७ श्रावणमा तनहु जिल्ला प्रसासनले सबै विद्यालयहरू बन्द गर्न निर्देशन दियो । कोभिड-१९ को सङ्क्रमण बढ्दै गएपछि सञ्चालित परिक्षाहरू पनि रोक्न स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण मन्त्रालयले प्रस्ताव गर्यो; कक्षा १२ को परिक्षा बारे अन्योल सिर्जना भयो । दर्बन्दि मिलानको बिरोध गर्दै कञ्चनपुरका शिक्षकहरूले रिले अनसन सुरु गरे । १९ श्रावणमा मध्यपश्चिम विश्वविद्यालयले दोस्रो पटक परिक्षा स्थगनको सुचना जारि गर्दै थप एक हप्ता पर सार्यो । २० श्रावणमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेश पढ्न जाने विद्यार्थीलाई दिईने स्विकृति पत्र No Objection Letter) बारे छानविन हुने जनायो । राष्ट्रिय सभामा सरकारि विद्यालयमा कार्यरत कार्यालय सहयोगि र सहजकर्तालाई खान पुग्ने तलब दिनुपर्ने विषय उठ्यो ।

पात्रो विचार नगर्दा

२३ श्रावणमा कक्षा १० को माध्यामिक विद्यालय शिक्षा परिक्षाको नतिजा प्रकाशित भयो; सरकारि भन्दा निजि विद्यालयले आफु खुसि अङ्क दिएको भन्दै नियन्त्रण हुन नसकेकोमा शिक्षाविदहरूले चिन्ता व्यक्त गरे । राष्ट्रिय परिक्षा बोर्डको वैठकले कक्षा १२ को परिक्षा अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गर्यो । २४ श्रावणमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका सरोकारवालाहरूले कोभिडको जोखिम घटेको भन्दै भौतिक उपस्थितिमै पढाइ गर्न जोड दिए । सामुदायिक विद्यालय महासंघले बिकल्प सहितको परिक्षा स्थगन गर्नुपर्नेमा जोड दियो । परिक्षा सम्बन्धि सूचनालाई प्रविधिको प्रयोग गरी गलत तरिकाले सम्प्रेषण गरिएको भन्दै मध्यपश्चिम विश्वविद्यालयले पत्रकार सम्मेलन नै गर्यो । २८ श्रावण देखि विश्वविद्यालय जाने विद्यार्थीहरूलाई लक्षित गरि काठ्माण्डौमा खोप लगाउने कार्यक्रमको सुरुवात भयो । २९ श्रावणमा मध्यपश्चिम विश्वविद्यालयले अर्को सूचना जारि नभएसम्म भन्दै परिक्षा स्थगन गर्यो । काठ्माण्डौ विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहमा किर्तिम बौद्धिक मानव (AI) को अध्यापन सुरु गर्ने घोषणा गर्यो ।


४. खेलकुद (Sports in 2078 Shrawan)

१ श्रावणमा टोकियो ओलम्पिकमा सहभागि हुने नेपाली समुह जापान प्रस्थान गर्यो । २ श्रावणमा आफ्ना फुटबल खेलाडिमाथि रङ्गभेदि व्यवहार भएको भन्दै जर्मनिले मैदान छाड्यो । ३ श्रावणमा दमकमा निर्माण हुने मदन भण्डारि खेलकुद रङ्गसालाको साढे चार अर्बको कार्य नियम विपरित ठेक्का प्रक्रियाबाट टुङ्गो लगाउने तयारि भएको समाचार प्रकाशित भयो ।  ५ श्रावणमा नेपाली जुडो टिमले कोरोना भाइरसको रोकथामको लागि एकान्तवास सकेर प्रशिक्षण सुरु गर्यो । सन्दिप लामेछानेले भिसा समाप्त भएकै कारण बेलायतमा हुने द हन्द्रेड क्रिकेट लिग नखेल्ने भए । एसियालि फुटबल संघले एसियालि फुटवल अवार्ड २०२२ स्थगित गर्यो । ६ श्रावणमा टोकियो ओलम्पिकमा उद्घाटन मार्च पासमा हरेक सहभागि राष्ट्रका ६ अधिकारि मात्र जान पाउने नियम सार्वजनिक भयो । ७ श्रावणमा क श्रेणिको सहिद स्मारक फुटबल लिग खेल्ने चार क्लबहरूले एन्फासँग लिग स्थगित गर्न अनुरोध गरे ।

मैदान बाहिरै झगडा

८ असारमा ३२औ ग्रिस्मकालिन ओलम्पिक उद्घाटन भयो । अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फाले लिग समयमै गर्ने बताए । १० श्रावणमा फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण पदबाट राजिनामा दिन लागेको कुरा सार्वजनिक गरे । ११ श्रावणमा फुटबलकै कारण विवाद हुँदा बिराटनगरमा एक युवकको हत्या भयो । मकवानपुरको हेटौडामा अल मुताइरिलाई मानसिक दबाव दिएर राजिनामा गर्न बाध्य पारेको भन्दै फुटबल समर्थकले प्रदर्शन गरे । पाकिस्तानि अलराउण्डर साहिद अप्रिदिले काठ्माण्डौ किङ्गसको तर्फबाट नेपालको लिगमा खेल्ने तय भयो । १२ श्रावणमा भारतिय क्रिकेट टिमका खेलाडिलाई कोभिड देखिएपछि श्रिलङ्कासँगको दोस्रो टि-२० खेल स्थगित भयो । १३ श्रावणमा उत्तरकोरियाले एसियन फुटबलका महिला छनौट र यु-१९ खेलबाट आफ्नो नाम फिरता लियो ।

१५ श्रावणमा एन्फा उपाध्यक्ष र कोच अल्मुताइरि बीचको विवाद बारे मन्त्रालयले नै समाधान निकाल्नुपर्ने भन्दै फुटबलको सर्वोच्च संस्थाले समस्याको पोका खेलकुद मन्त्रालयमा पठायो । नेपालबाट ओलम्पिकमा भाग लिएका कोहि पनि दोस्रो चरणमा प्रवेश बिनै बाहिरिए । श्रिलङ्काले तिन खेलाडिलाई आगामि तिन वर्षसम्मको लागि क्रिकेट गतिविधिमा सम्लग्न हुन नपाउने गरी प्रतिबन्ध लगायो । १८ श्रावणमा एन्फा प्रवक्ता किरण राइले पदबाट राजिनामा दिए । १९ श्रावणमा नेपाली पुरुष राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे; नेपालको लागि खेल्न पाउनु नै जीवनको सर्वश्रेस्ट उपलब्धि भएको उल्लेख गरे । अस्ट्रेलियाका ६२ वर्षिय एन्ड्रयु होय सन् १९६८ यताको ओलम्पिकमा सबैभन्दा बढी उमेरमा पदक जित्ने खेलाडी बने । थ्रि स्टार क्लबको भवन निर्माणका लागि ललितपुर महानगरले २५ लाख रुपैया दिने निर्णय गर्यो । २० श्रावणमा १९ गते मात्रै सन्यासको घोषणा गरेका क्रिकेटर पारस खड्काले आफ्नै एकेडेमि खोल्ने कुरा सार्वजनिक गरे । २१ श्रावणमा नेपालक्रिकेट संघले आगामि ICC लिगको खेलहरूका लागि बन्द प्रशिक्षण सुरु गर्यो । ओमानमै नेपालले पपुवा निउ गिनिसँग ५० ओभरको खेल खेल्न पहल भईरहेका खबरहरू प्रकाशित भए ।

क्रिकेटमा व्यापकता

२३ श्रावणमा नेपाली राष्ट्रिय क्रिकेट टिमको स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोचमा भारतका राकेशकुमार काशिभाइ गोहिल नियुक्त भए । २४ श्रावणमा नेपालका पूर्व कप्तान तथा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका क्रिकेटर पारस खड्काले लगाएको जर्सि नम्बर ७७ लाई उपरान्त उनको सम्मानमा प्रयोगमा नल्याउने निर्णय नेपाल क्रिकेट संघले गर्यो । खेलकुदको ३२औ महाकुम्ब, ओलम्पिक फ्रान्समा भेट्ने वाचा सहित समापन भयो । २६ श्रावणमा एसिएन महिला भलिबल च्याम्पियानशिप प्रतियोगिता स्थगित भयो । एन्फाका पूर्वप्रवक्ता किरण राईले प्रशिक्षक अल्मुताइरि अनुसासन भन्दा बाहिर गएको बताए । ICC ले २०२८ को ओलम्पिक देखि क्रिकेटलाई पनि समावेश गर्ने विषयमा प्रक्रियागत अध्ययन सुरु गर्यो । २८ श्रावणमा सार्वजनिक फिफा वरियतामा नेपालले तिन स्थान सुधार गर्दै १६८ मा उक्लियो । ३० श्रावणमा नेपाल तेक्वान्दो संघले पारा ओलम्पिकमा सहभागि हुने खेलाडिलाई विदाइ गर्यो । ३२ श्रावणमा नेपालले पप्पुवा निउ गिनिसँग पहिलो दिन-रात्रि एक दिवसीय म्याच खेल्ने टुङ्गो लाग्यो । फुटबलको बन्द प्रशिक्षणबाट २८ जना छानिए; भरत खवास परेनन् ।


५. अर्थ (Economics in 2078 Shrawan)

कुरा धितोपत्रका

२०७९ साल श्रावण १ गते देखि पुँजी बजारको नाफामा ७.५ प्रतिशत कर लागु भयो । कर लगाउँदा किनेको समयको आधारमा एक वर्ष वा सो भन्दा बढि समय शेयर डिम्याटमा राखेकाले ५% नै कर तिर्नुपर्ने गरी व्यवस्था कार्यान्वयनमा आयो ।

८ श्रावणमा अर्थ मन्त्रिलाई भेटेर लगानिकर्ताले सात बुँदे सुझाव दिए । १० श्रावणमा पुँजि बजार हालसम्मकै उच्च बिन्दु ३०५८.६ अङ्कमा बन्द भयो । ११ श्रावणमा ऊर्जा मन्त्रि पम्फा भुसालले गरिबिको रेखामुनि रहेका सबैलाई निशुल्क बिजुलि दिने कोसिस भईरहेको बताइन् । विप्रेषण सेवा प्रदायक कम्पनी, IME समुहका अध्यक्ष लगायतका उध्योघिले डेड अर्बको कागज उध्योगको सिलान्यास गरे । ९६ लाखको स्काभेटर किनेर खातामा पैसा नभएको चेक दिई फरार रहेका र अदालतले कैद सहितको सजाय सुनाएका एक जना पक्राउ परे । लुम्बिनि प्रदेशकि उध्योग मन्त्रि बिरामि परेको र उपचार खर्च नभएको समाचार प्रकाशित भयो । नेपाल राष्ट्र बैङ्कले ११ श्रावणमा केहि कडा नियम जारि गरेपनि शेयर बजार हालसम्मकै उच्च बिन्दु ३०७९ अङ्कमा बन्द भयो । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर बिश्वनाथ पौडेल नियुक्त भए । १३ श्रावणमा नेपालको पूँजि बजारले नयाँ उचाइ बनाउँदै अघिल्लो दिनको अभिलेख तोड्यो र ३०९४ अङ्कमा बन्द भयो । १३ श्रावणमै अर्थ मन्त्रालयले नेप्सेलाई सर्वोत्तम सिमेण्टको खरिदका सम्बन्धमा स्पष्टिकरण सोध्यो । अर्थ मन्त्रिले राष्ट्र बैङ्कलाई मौन्द्रिक निति जारि गर्न कुनै किसिमको पनि हस्तक्षेपकारि भुमिका मन्त्रालयले नखेलेको बताए ।

१९ श्रावणमा नेपाली शेयर बजार हालसम्मकै उच्च बिन्दु ३१११.०९ अङ्कमा बन्द भएर नयाँ अभिलेख बनायो । २० श्रावणमा सानिमा लाइफ इन्सुरेन्सको प्राथमिक शेयरका लागि एकै दिन सात घण्टामा करिब सात लाख बढिको आवेदन पर्यो । शेयर बजारले अर्को किर्तिमानि अभिलेख ३१२३.१४ मा बनाउँदा करिब १५ अर्ब बढिको कारोबार भयो ।

२४ श्रावणमा स्वास्थ्य राज्यमन्त्री सञ्चालक रहेको संस्थाले कर तिर्न आनाकानि गरेको समाचार प्रकाशित भयो । $५० करोड को MCC सम्झौताको सम्बन्धमा ऊर्जा मन्त्रि पम्फा भुसालले संसद र पार्टिले निर्णय लिने जवाफ अमेरिकालाई दिईन् । २६ श्रावणमा संसदमा अर्थ मन्त्रीले स्वयत पत्र प्रस्तुत गर्दै ओलि सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्ने विधेयक चाँडै ल्याउने बताए । बालबालिकाका लागि खोप किन्न अर्थ मन्त्रालयले १९ अर्ब स्विकृत गर्यो । एक करोड हुण्डि कारोबारको रकम सहित चार जना पक्राउ परे । सेनिटरि प्याडमा लगाइएको कर खारेज गर्न माग सहित सर्वोच्चमा रिट दर्ता भयो । नेपाली पुँजि बजारले ३१६१ को नयाँ रेकर्ड बनायो ।  २७ श्रावणमा एमालेले तथ्य तोडमोड गरी स्वेतपत्र जारि गरेको भन्दै प्रतिबाद गर्यो । शेयर बजारले सामान्य बिन्दु सुधार गर्दै नयाँ अभिलेख ३१६२.४१ को बनायो । २८ श्रावणमा शेयर बजार हालसम्मकै उच्च बिन्दु ३१७८ अङ्कमा बन्द भयो । २९ श्रावणमा राष्ट्र बैङ्कले मौन्द्रिक निति २०७८-०७९ जारि गर्दै यस वर्षलाई विद्युतीय भुक्तानिको वर्षको रूपमा मनाउने निर्णय गर्यो । ३१ श्रावणमा शेयर बजारमा दैनिक कारोबारमा २१ अर्ब ६४ करोडको नयाँ अभिलेख कायम भयो ।


६. दुर्घटना (Accidents in 2078 Shrawan)

३ श्रावणमा मुस्ताङ जिल्लामा भएको ट्रक दुर्घटनामा परि दुइ जनाको र चितवन जिल्लाको भरतपुरमा खेत जोत्ने ट्र्याक्टर पल्टिदा एक जनाको ज्यान गयो ।

१० श्रावणमा मोटरसाइकल दुर्घटनामा परि एक युवकको ज्यान गयो । १२ श्रावणमा दाङमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो । १३ श्रावणमा भएको गुल्मि जिप दुर्घटनामा परि तिन जनाको मृत्यु भयो ।

१५ श्रावणमा घुम्न निस्किएको परिवार चढेको गाडि कर्णालि नदिमा खस्दा दुइ र म्याग्दिमा थप एक जनाको ज्यान गयो । १७ श्रावणमा सप्तरि जिल्लामा मोटरसाइकल ठोक्किँदा दुइ जनाको ज्यान गयो ।२२ श्रावणमा सर्लाहिमा भएको पिकक भ्यान दुर्घटनामा एक जनाको मृत्यु भयो । २५ श्रावणमा भएका दुर्घटनामा परि एक प्रहरी निरिक्षक सहित दुइ जना मारिए । २६ श्रावणमा पाल्पाको सिद्धबाबामा माथिबाट आएको ढुङ्गा लागेपछि गाडि तिनाउ नदिमा खस्दा तिन जनाको ज्यान गयो । २८ श्रावणमा भएका विभिन्न दुर्घटनामा परि सात जनाको ज्यान गयो । ३२ श्रावणमा देशका विभिन्न स्थानमा भएका दुर्घटनामा परि तिन जनाको ज्यान गयो ।


७. सामाजिक घटनाहरू (Social events of 2078 Shrawan)

२०७८ श्रावण ५ मा धन्गडिमा जमेको पानि निकाशि गर्ने क्रममा प्रहरी र स्थानीय बीच झडप भयो । ७ श्रावणमा बाबुराम भट्टराइले हिन्दु धर्ममाथि प्राहार गरेको भन्दै शक्ति देखाएर प्रदर्शन गरे । विप्लप समुहले वैदेशिक हस्तक्षेपको बिरोधमा जनकपुर र काठ्माण्डौमा प्रदर्शन गरे ।

८ श्रावणमा हिन्दु स्वयमसेवक संघले विरगञ्जमा बाबुराम भट्टराइको पुत्ला दहन गर्यो । ११ श्रावणमा कपिलवस्तु स्थित एक कुखुरा फममा १५ वर्षिय किश्वरि बलात्कृत भईन् । जुवाको खालबाट लाखौ रकम सहित केहि पक्राउ परे;फरार अपराधिहरू समात्ने क्रम चलिरह्यो । ११ श्रावणमा जाजरकोटमा भैँसिगोठमा घाँस लिएर जाँदैगर्दा एक महिलाको हत्या भयो । १२ श्रावणमा २७ किलो गाजा सहित एक जना पक्राउ परे ।

हराएको मानवता

१५ श्रावणमा पूर्वराजा ज्ञानेन्द्रका छोरा पारस शाह हेल्मेट नलगाइ नसा सेवन गरी सडकमा निस्किएपछि प्रहरीले रोक्न खोज्दा उल्टै उनले प्रहरीमाथि हातपात र दुर्व्यवहार गरे; भिडियो पनि तुरुन्तै सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति भयो । १७ श्रावणमा धादिङ जिल्लाका एक पुरुषले आफ्नि श्रिमतिको हत्या गरेर आफुले पनि आत्महत्या गरे । २५ श्रावणमा अत्याधुनिक स्वचालित हतियार सहित आएका सुन पसल लुट्नेहरूको समुहलाई समातेको भन्दै मोरङमा नेपाल प्रहरीलाई सम्मान गरियो । यस्तै हराएको मोबाइल प्रहरीले भेटेर फिरता गरेपछि भारतीय युवकले नेपाली प्रहरी भारतीय जस्ता नभएको भनि प्रसंसा गरे । २६ श्रावणमा कास्किका एक पुरुषले माधक पदार्थ सेवन गरी आफ्नि पत्निको हत्या गरे । २९ श्रावणमा काठ्माण्डौको निउरोड गेटबाट एक जना कैदि प्रहरीको गाडिबाटै हाम्फालेर भागे । ३० श्रावणमा नेपाल प्रहरीले मोस्ट वाण्टेड सूचिका व्यक्तिलाई पोर्चुगल पुगेर ल्यायो । एउटा जुवाखालबाट सात महिला सहित १३ जना समातिए ।


८. अन्तराष्ट्रिय घटना र कुटनैतिक कुरा (International events and deplomacy in 2078 Shrawan)

२०७८ को १ श्रावणमा प्रधान मन्त्री शेर बाहादुर देउबाले विश्वासको मत लिन सफल भएपछि मात्र भारत सरकारले बधाइ दिने अपुस्ट खबरहरू सार्वजनिक भए । ३ श्रावणमा पाकिस्तानि प्रधान मन्त्री इम्रान खानले पाकिस्तानका लागि अफगानि राजदुतकि छोरिको अपहरण गरी कुटपिट गर्नेलाई एक दिन भित्र पक्राउ गर्न निर्देशन दिए ।  ५ श्रावणमा भारतका लागि नेपाली राजदुत लगायत धेरै कुटनैतिज्ञको फोन फेगासस सफ्टवेरको प्रयोग गरी भारतले ह्याक तथा टेप गरेको खुल्यो । इराकको बग्दाद स्थित एक बेस्त बजारमा भएको बम बिस्फोटनमा परि २५ बढिको ज्यान गयो । ६ श्रावणमा आफ्ना पाकिस्तानका लागि राजदुतकि छोरि अपहरणमा परेपछि अफगानिस्तानले राजदुत सहित केहि कुटनितिज्ञलाई पाकिस्तानबाट फिरता बोलायो । चीनको एक भुमिगत रेल स्टेसनमा बाढिका कारण पानि भरिएपछि दर्जनौको ज्यान गयो । ७ श्रावणमा चीनले लगाउँदै आएको एक सन्तानको खुकुलो निति पनि हटाउँदै बढि सन्तान जन्माउनेलाई प्रोत्साहान दिन सुरु गर्यो ।

अमेरिका प्रति बढि चाँसो

८ श्रावणमा जापानका प्रधानमन्त्री सुगा योसिहिदेले प्रधानमन्त्रीमा नियुक्त हुनुभएको र संसद्मा विश्वासको मत हासिल गर्न सफल हुनुभएकोमा शेर बाहादुर देउबालाई बधाई दिए । बङ्ग्लादेशकि प्रधान मन्त्री शेख हसिनाले प्रधान मन्त्रि देउबालाई बधाइ दिँदै बङ्ग्लादेश भ्रमणको निम्तो पठाइन् । ९ श्रावणमा अजरबैजानको एक अदालतले आर्मेनियाका १३ सैनिकलाई छ वर्षको कैद सजाय सुनायो । अमेरिकि संसदबाट अफगानिलाई भिजा दिने विषयको प्रस्ताव पारित भयो । १० श्रावणमा इजराइलि कम्पनिले फेगासस बारे बोल्दै सफ्टवेर बनाउनेको कमजोरिका कारण नभई प्रयोग गर्ने व्यक्ति वा संस्थाले त्यसबाट उत्पन्न सबै क्षति बेहोर्नुपर्ने बतायो । १२ श्रावणमा टिउनिसियाका राष्ट्रपति केइस सइदले देशमा हिंसा फैलँदै गएको भन्दै प्रधान मन्त्रि हिचेम मेचिचीलाई बर्खास्त गर्दै संसद विगठन गरे । नेपालका प्रधान मन्त्रि शेरबाहादुर देउबा र अमेरिकि विदेश सचिव बीच टेलिफोन वार्ता भयो । १३ श्रावणमा चीनका प्रधान मन्त्रि लि खच्याङले देउबालाई बधाई दिए ।

१५ श्रावणमा दक्षिण कोरियालि राष्ट्रपति मुन जेइनले देउबालाई बधाइ शन्देश पठाए । चीनका केहि शहरमा कोभिड फैलिएको समाचार बिबिसिले प्रकाशित गर्यो । फिलिपिन्स र अमेरिकाले सैनिक अभ्यास सम्बन्धि सम्झौता नबिकरण गरे । अस्ट्रेलियामा लकडाउनको पालना गराउन सेना परिचालित भयो । चिनिया राजदुतले थप १६ लाख डोज कोभिडको खोप चाँडै उपलब्ध गराउने जानकारि दिईन् । दार्चुलामा भारतीय सिमा सुरक्षा बलले तुइनको डोरि काटिदिदा एक जना नेपाली महाकालि नदीमा खसेर बेपत्ता भएपछि उक्त घटनाको छानविन प्रतिवेदन तयार गर्न सचिव स्तरीय समिति गठन भयो; भारतलाई पत्र पनि पठाइयो । १७ श्रावणमा अफगानिस्तानका राष्ट्रपतिले अमेरिकि सेना फिरता भएसँगै हिंसाका घटना बढेको र ओसामाबेन लाधेनकै कारण तालिवानले अफगानिस्तान धोस्त पारेको बताए । १९ श्रावणमा अफगानि सेनाका एक जनरलले तालिवानले लडाइँ जितेमा त्यसले विश्वकै लागि गम्भीर सुरक्षा समस्या पैदा गर्ने चेतावनि दिए । २० श्रावणमा पानामाको एक विमान हतियारधारिको कब्जामा परेपछि ओमानको खाडिमाथिको आकाशबाट केहि समय अज्ञात बन्दकमा पर्यो; करिब १६ घण्टा पछि अपहरण मुक्त गरियो । बङ्गलादेशमा जन्ति सवार डुङ्गामा चट्याङ लाग्दा १६ जनाले ज्यान गुमाए ।

तालिवानलाई श्रिङ्खलाबद्ध सफलता

२२ श्रावणमा तालिवानिहरूले अफगानिस्तानको जाराँज प्रान्त कब्जा गरे । २३ श्रावणमा टाइट कपडा लगाएकै कारण अफगानिस्तानमा एक युवतिको हत्या भयो । २६ श्रावणमा नरेन्द्र मोदि संयुक्त राष्ट्र संघको सुरक्षा परिशदको वैठकको अध्यक्षता गर्ने पहिलो भारतीय बने । सामुन्द्रिक सुरक्षामाथि पहिलो पटक वहस भयो । २९ श्रावणमा आतङ्ककारिमाथि अफगानि सरकारले शुन्य सहनसिलताको निति अपनाउनुपर्नेमा भारतले निउ योर्कबाटै जोड दियो । ३० श्रावणमा तालिवानहरू अफगानिस्तानको ५० किलोमिटरमा प्रवेश गरे । अफगानि राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै अब जनताले थप कस्ट भोग्न नपर्ने भन्दैगर्दा नेटोले तालिवानिहरू बलपूर्वक सत्तामा आए त्यसलाई मान्यता नदिने बतायो । हाइटिमा ७.२ रेक्टरस्केलको भुकम्प गयो । बेलायतमा जारि भो.पू. गोर्खाको समान सुविधा पाउनुपर्ने माग सहितको आमरण अनसनमा विपक्षि पार्टिले यैक्यबद्धता जनायो । ३१ श्रावणमा अफगानिस्तानका राष्ट्रपति अस्रफ घानि तालिवान काबुल प्रवेश गरेसँगै भागेर उज्वेकस्तान पुगे । ३२ श्रावणमा तालिवानिले नयाँ सरकार गठन प्रक्रियाको लागि छलफल सुरु गर्दा बाहिरिनेको चापले व्यवस्थित काबुल बिमानस्थल पनि बसपार्क जस्तै बन्यो । आफ्नो देशको सिमामा गैरकानुनि तरिकाले प्रवेश गरेको भन्दै एउटा अफगानि सेनाको विमानलाई उज्वेकस्तानले खसालिदियो ।

 

९. प्राकृतिक घटनाहरू (Natural disaster in 2078 Shrawan))

२ श्रावणमा पाल्पामा एक स्काभेटरमाथि पहिरो खसेपछि एक जनाको मृत्यु भयो । ठाकुरबाबा-७ मोतिपुरका ७० वर्षीय गोरे थापा शनिबार  भैँसी चराउन शिवपुरफाँटा सामुदायिक वनमा गएको समयमा बाघको आक्रमणबाट मारिए ।

८ श्रावणमा खोटाङमा बेलुकि ६:५६ बजे ७ म्याग्नेच्युडको भुकम्पको धक्का महसुस भयो ।

१५ श्रावणमा मेलम्चि खोलाको मुहानमा आएको बाडिले २२ वर्षको मेहनत र करिब ३५ अर्ब नेपाली रुपैयाको लागतबाट निर्माण सम्पन्न भएको भनिएको मेलम्चि आयोजना पुरै जोखिममा पारिदियो । अन्य केहि भवनहरू पनि ढले । १७ श्रावणमा तान्सेन बुटवल सडक खण्डमा बोलेरो जिपमाथि पहिरो खसेपछि एक जना मारिए । दशरथचन्द नगरपालिका-९ मङरुका ९ वर्षीय भरतराम कोलीको धारामा पानी भर्न जाँदा चट्याङले लागेर मृत्यु भयो । २५ श्रावणमा एक छोरा बगरमै छोडिएका कारण बाँचे । तर आमा छोरालाई भने खोलाले बगाउँदा मृत्यु भयो ।

२९ श्रावणमा जुम्लामा पहिरोमा पुरिएर तिन जनाको ज्यान गयो ।


१०. विशेष (2078 Shrawan special)

१ श्रावणमा प्रधान मन्त्रि तथा मन्त्रिपरिशद कार्यालयले प्रधान मन्त्रिको टुइटर ह्याण्डलको डाटा आर्काइभ गर्ने क्रममा अकाउण्ट नै आर्काइभ गरेपछि उक्त अकाउण्टको भेरिफिकेसन, फलोवर्स र अकाउण्ट उड्यो । ३ श्रावणमा संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा सैनिक पठाउने सूचिमा नेपालि सेना भारतलाई उछिन्दै दोस्रो स्थानमा उक्लियो । ५ श्रावणमा आफ्नो निजि रकेटबाट जेब बेजोस १८ वर्षिय किश्वर र ८२ वर्षीय वृद्धासँगै केहि घन्टाको लागि अन्तरिक्ष यात्रामा निस्किए ।

१० श्रावण २०७८ मा यातायात व्यवसायिले गाडिको चाबि प्रधान मन्त्रिलाई बुझाए । १२ श्रावणमा अस्ट्रेलियाको एक एकान्तवास होटेलमा नियमानुसार बसिरहेका एक पुरुष तन्नाले बनाएको डोरि प्रयोग गरी चार तले उक्त होटेलको कोठाबाट भागे । १३ श्रावणमा प्रधान न्यायाधिशलाई बुझाइएको “न्यायमा सुधार प्रतिवेदन” मा अध्ययन समितिले मुद्दाको पेशिबाटै न्यायिक कार्यमा बाह्य प्रभाव पर्ने गरेको तथ्य सार्वजनिक गर्यो ।

१६ श्रावणमा टिकापुर नगरपालिकाका एक वृद्धको सामाजिक सुरक्षा भत्ता बुझ्न गएकै समयमा कार्यालय परिसरमा मृत्यु भयो ।

२६ श्रावणमा शान्ति मिसनका लागि लिईएको र प्रहरीको आन्तरिक प्रक्रियाको लागि लिईएका परिक्षाको प्रश्नपत्र परिक्षा अगावै बाहिरिएपछि केहि प्रहरी निलम्बनमा परे भने परिक्षा नै रद्द भयो । २७ श्रावणमा गत सोमबार नियुक्त गरेका कुलमान घिसिङले दोस्रो पटक निकै रस्साकसि बीच विद्युत प्राधिकरणको जिम्मेवारि सम्हाले; कुलमानको नेतृत्वले सबै जसो उनका शुभचिन्तक खुसि भए । २८ श्रावणमा मृत्यु भइसकेको खबर पाएपछि घरपरिवारले मृत्यु दर्ता गरिदिएका मोरङको बेलबारी नगरपालिका११ का सुभाष तामाङको मृत्यु दर्ता खारेज गरि मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारीले नागरिकता प्रदान गरे । ३२ श्रावणमा २० वर्ष पछि तालिवानिहरू अफगानिस्तानको सत्तामा पुगे । उड्न ठिक परेको बिमानमा झुण्डिएका हरू बिमान उडेपछि खसेको भिडियो सामाजिक सञ्जालमा कारुणिक बन्यो ।


११. नयाँ कुरा (Innovation and invention in 2078 Shrawan)

विक्रम संवत २०७८ श्रावण ३ मा नेपाल आयल निगमको अनलाइन भुक्तानि प्रणालिको सुरुवात भयो । रुपन्देहि जिल्ला प्रहरी कार्यालयले सबै काम सफ्टवेरमा आधारित एकिकृत नागरिक प्रणालिबाट गर्न सुरु गर्यो । मदर बोर्डका अनुसार ३१९ टेरा बाइट प्रति सेकेण्डको डेटा ट्रान्सफर गरेर जापानले इन्टरनेट स्पीडमा नयाँ रेकर्ड बनायो ।

१० श्रावण देखि एनआइसि एसिया बैङ्कले आफ्नो मोबाइल बैङ्किङ एप र वेबसाइटबाट कम्पनिको प्राथमिक धितोपत्र खरिदका लागि आवेदन दिन मिल्ने सुविधाको सुरुवात गर्यो । ११ श्रावणमा नर्वेको राजधानि ओस्लोमा असामान्य उल्कापात भएपछि रातिमा नै उज्यालो भयो ।

१६ श्रावणमा ब्राजिलकी सात वर्षीया एक बालिका निकोल ओलिभियरा संसारकी सबैभन्दा कान्छी खगोलविद् बन्न सफल भइन् । १८ श्रावणमा अमेरिकाको कनेक्टिकट निवासी एक महिलाले टिकटकमार्फत अस्वाभाविक तरिकाले मुखका दुई ओठबीच ठूलो अन्तर बनाएकै आधारमा गिनिज वल्र्ड रेकर्डस्को उपाधि हासिल गरिन् । ३२ श्रावणमा एकैदिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरेर विश्व रेकर्ड कायम गरेका डाक्टर डिआर उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएको प्रमाण पत्र प्रधान मन्त्रि देउबाले प्रदान गरे ।


१२. अन्य (Other co-incidents of 2078 Shrawan)

१ श्रावणमा लोकसेवाको कार्यलय अनामनगरबाट कमलपोखरिको भुकम्परहित आधुनिक भवनमा सारि कामकाज सुरु भयो । ४ विद्यार्थि सङ्गठनको बिरोधका बीच त्रि.वि.ले जारि परिक्षा तालिका हेरफेर नहुने स्पष्ट पार्यो । ६ श्रावणमा बकर इदको अवसरमा नहरमा नुहाउन निस्किएका तिन जनाको डुबेर ज्यान गयो । देशका विभिन्न स्थानमा मृतकहरू पनि फेला पर्ने क्रम रोकिएन ।

९ श्रावणमा रोजगारको सिलसिलामा मलेसिया गएका तर कार्य स्थलमै मृत्यु भएका २४ सवहरू एकै जहाजमा नेपाल ल्याइयो ।

२१ श्रावण, २०७८ मा एक ७८ वर्षिय वृद्धाले मालपोतमा जग्गाको नामसारि गर्न लाइनमा बस्दाबस्दै ज्यान गुमाइन् । २४ श्रावणमा काठ्माण्डौको नेभिको बिस्कुट कार्खानामा भिषण आगलागि भयो । २६ श्रावणमा महोत्तरिमा पूजा गर्ने क्रममा करेण्ट लागेर दुइ जनाको मृत्यु भयो । ३० श्रावणमा दाङमा गाउँ पसेर पशु चौपायाको सिकार गर्ने भालु गौसालाको भान्सा कोठाको फन्दामा पर्यो ।



क्रमसः अर्को हप्ता


Comments