बसन्त जैशीको प्रश्न: अध्ययन पछि मेरो रोजगारिको सुनिश्चितता छैन मैले के गर्ने?

कर्णाली प्रदेशको राजधानि शुभ होटेलमा आयोजित सिधा कुरा मुख्य मन्त्रीसङ्ग नामक निउज२४ नेपाल टेलिभिजनको कार्यक्रममा सहभागिहरूले मुख्य मन्त्रीलाई प्रश्नको वर्षा गरेका छन् । कार्यक्रममा बसन्त जैशीले मुख्य मन्त्री राजकुमार शर्मा, कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री किस्न जिसि र प्रतिपक्षि दल ने.क.पा. ए.मा.ले. लाई समेत उदासिनताको सङ्ग्या दिँदै प्रश्न गरे । हेर्नुहोस्, कार्यक्रमको दोस्रो खण्डको १५औ मिनेटमा बसन्त जैशीले गरेका प्रश्नहरू ।

नमस्कार! म बसन्त जैशी । म छोटोमा मेरा केहि प्रश्न राख्छु ।

अपाङ्गता भएका व्यक्तिको उपरमा राज्यले विभिन्न सेक्सनबाट लाखौँ खर्च गर्छ । म एम.ए. मास्टर्स गर्दै गरेको व्यक्ति हो; यस पछि मैले के गर्ने हो मेरो रोजगारको कम्पेटेटिभ ग्यारेन्टि बाहेक केहि पनि छैन । मैले के गर्ने?

अर्को, प्रधान मन्त्री रोजगार कार्यक्रममा विभिन्न किसिमले काम गरिन्छ । तर त्यहाँ उनिहरूलाई स्थान दिन सकिएको छैन । कर्णाली प्रदेशमा त्यस विषयमा खास नितिगत कुरा के छ?

आन्तरिक मामिला तथा कानुन मन्त्रीसङ्ग पनि प्रश्न गर्छु । हामीले केहि समय अगाडि कर्णाली प्रदेशमा निर्माणाधिन प्रहरी ऐनमा साङ्कितिक भाषे लगायत अपाङ्गता भएका व्यक्तिलाई पाएक पर्ने किसिमका सरुवा जस्ता विषयमा हामीले कुरा गरेका थियौँ । तपाइँलाई त्यस्तो विगतमा भएका छलफल र त्यसबाट प्रकाशित समाचारहरूले जिस्काएजस्तो लाग्दैन?

अहिले कर्णाली प्रदेशका कतिपय ठाउँमा सूचनाको हक समेत कुण्ठित हुने गरी सामग्री प्रसारण प्रकाशन भएको पाइन्छ । सबै किसिमका अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त सामग्रिहरू कर्णाली प्रदेशका सरकारका वेबसाइट र पोर्टलहरूमा कहिले प्रकाशित हुन्छन्? कर्णाली प्रदेशले अवलम्बन गरेका सामाजिक सञ्जालहरू इन्टिग्रेटेड गरेकाहरू कहिलेसम्म अप्डेट गरिन्छ? ती अझैसम्म अप्डेट भएका छैनन् ।

अन्त्यमा; मुख्य मन्त्री ज्युलाई प्रश्न, तपाइँकै बोलि तपाइँका लागि भारि परेको छ । तपाइँले भरखरै भन्नु भएको जस्तो कर्णाली प्रदेशका ऐनहरू बिचौलिया र ठेकादारहरूले बनाउँछन् भने तपाइँलाई त्यो ऐन सरासर पास गर्ने अधिकार कसले दियो? 👏 यदि तपाइँले त्यो गर्न हुन्छ भने प्रतिपक्षलाई पनि प्रश्न छ, यस्तो ठेकादारले बनाएको ऐन पास गर्ने सरकारलाई तपाइँले कठाला समातेर साइट ल्याउन नसक्ने किन? 👏 किन प्रतिपक्ष हुने?

मेरो प्रश्न यति नै हो, हवस्त धन्यवाद! 👏

Comments