सङ्कटमा गोपनीयता
गोपनीयता भन्नासाथ गोप्य अथवा आफु बाहेक
कसैलाई थाहा नभएको कुरा हो । अर्को शब्दमा त्यस व्यक्ति वा संस्थागत रूपमा निहित कुनै
अन्तरवस्तुलाई त्यसको गोपनीयता भनिन्छ । वैयक्तिक यौनिक जानकारी, उत्पति, आस्था वा
विचार, आदि व्यक्तिगत गोपनीयता हुन् भने आन्तरिक रणनिती, वैठकका निर्णय, संस्था सञ्चालनको
गोप्य संयन्त्र, आदि संस्थागत गोपनीयता हुन् । व्यक्तिको बसोवास क्षेत्र, संस्थागत
आन्तरिक मूल्याङ्कन, आदि पनि गोपनीयतामै पर्दछन । समग्रमा गोपनीयतालाई स्वयमको
मात्र पहुँच भएको अन्तरनिहित जानकारी भनि परिभाषित गर्न सकिन्छ । वैयक्तिक
गोपनीयता सम्बन्धि ऐन २०७५ ले वैयक्तिक गोपनीयतालाई प्रचलित कानुनि प्रयोजनका लागि
बाहेक अनतिक्रम्य हुने भनेको छ । व्यक्ति र राष्ट्रलाई नै सफल बनाउन अहम भूमिका
खेल्ने गोपनीयतालाई अती सम्वेदनसिल रूपमा हेरिनुपर्छ । मानव निर्मित संयन्त्रहरूले
गोपनीयताको महत्वमा केहि ह्रास ल्याएकोले यस्तो हुन गएको हो । स्मरण शक्ति समेत
बढाउने गोपनीयताको महत्व आफैमा सबैले बोध गर्न सक्छन् । तर समय सापेक्ष यसको
प्रयोग सर्वोत्तम मानव हितमा गर्न पनि सक्नु पर्छ । गोपनीयता रणनैतिक सक्षमताको एक
मात्र ठोस आधार स्तम्भ हो । यसको सदुपयोगले सबैलाई उच्च प्रतिस्ठा र सुरक्षित
मार्गसम्म पुर्याउन सक्छ । यति हुँदाहुँदै पनि सुरक्षाको पहिलो आधार मानिने
गोपनीयतालाई गम्भीरतापूर्वक लिई व्यवहार गर्न धेरै जसो व्यक्ति तथा निकायहरू असक्षम
छन् । फलस्वरूप बलियो गोपनीयता नितिको अभ्यास गर्दै अमेरिका महा शक्तिशालि हुँदा
नेपाल लगायतका केहि राष्ट्रहरूको निर्णय केहि बेरमा नै छिमेकि कहाँ पुगेको पढ्न र
सुन्न पाइन्छ । परिणामतः उनिहरूले आफु अनुकुल निर्णय गराउन दबाव दिने गरेको समाचार
प्रकाशित र प्रसारित हुने गरेका छन् । तसर्थ वैयक्तिक तनावबाट मुक्त हुन, देश तथा
समुदायमा हस्तक्षेप कम गर्न र आन्तरिक सबलतालाई बाह्य रूपमा निरन्तरता प्रदान गर्न
गोपनीयताको सम्वेदनसिलता बुझि काम गर्नुको विकल्प छैन । तेति मात्र नभई आधुनिक
प्रविधिमा आधारित गोपनीयता र छापा वा अन्य प्रकृतिको गोप्य वस्तुहरूलाई अलगअलग
तरिकाले व्यवस्थापन गर्न नसक्नु चुनौति बन्दै गएको छ । अनावश्यक डाटा सङ्कलन र
प्रसोधन अर्को मुख्य चुनौति बन्न पुगेको छ । यस सन्दर्भमा यहाँ गोपनीयतालाई कमजोर
पार्ने केहि कारणहरूको संक्षिप्त चर्चा गरिन्छ ।
१. इण्टरनेट: हाल सबै आफुले गरेका कार्यहरूलाई
संसारले थाहा पाओस् भन्नका लागि इण्टरनेटमा राखिन्छ । यस क्रममा कतिपय गोप्य
जानकारीहरू पनि राख्नु पर्ने हुन्छ । ती मध्य केहि आफ्ना सामग्रीको सुरक्षा र
वैधानिकताका लागि हुन्छन्; जस्तै गोप्य शब्द
(Password), लक्ष्य र उद्देश्य, अनुपम नाम सहितको स्पष्ट परिचय, आदि
। अनि कतिपय जानकारी वैयक्तिक कुरासँग सम्बन्धित हुन्छन्;
जस्तै नाम, फोन नम्बर, भौगोलिक क्षेत्र, आदि) । यस किसिमका जानकारीहरू इण्टरनेट
सेवा प्रदायक कम्पनिको नियन्त्रण र रेखदेखमा हुन्छन् । अझ संस्थानहरूसँग आफ्नो
इमेल सर्भर समेत छैन । यस तथ्यले नेपालीहरूको सूचनामा परनिर्भरतालाई थप पुस्टि
गर्छ । यसर्थ ती कम्पनिहरू जस्तो कि गुगल, युट्युब, ट्विटर, आदिले कुनै पनि
प्रयोजनका लागि हाम्रो जानकारीहरू प्रयोगमा ल्याउन सक्छन् । त्यस कारण इण्टरनेट
गोपनीयताको एक समस्या नबन्ला भन्न सकिन्न । तपाइँ नेपालको कर्णाली प्रदेशमा
हुनुहुन्छ र इण्टरनेटको पहुँचमा हुनुहुन्छ भने तपाइँको अनुगमन महा शक्ति देश
अमेरिकाले गरिरहेको सम्झनुहोस् । किनकि विश्व स्थिति प्रणाली अर्थात Global Positioning System (GPS) अमेरिकाको पूर्ण नियन्त्रणमा छ । हामी
मध्ये केहिलाई पहिले धेरै नम्बरहरू याद हुन्थे तर आजकाल ती सम्पर्क नम्बरहरू
मोबाइल मार्फत गुगल e-2 pdf लगायत अन्य एप्लिकेसनको पहुँचमा सहजै पुग्छन् । यद्यपि
विद्युतीय कानुन अनुसार बिना जानकारी कसैको फाइल वा जानकारी खोल्न र सार्वजनिक
गर्न पाइँदैन । तर यो भन्न कठिन छ कि हाम्रो अनलाइनमा आधारित कार्य कति सुरक्षित र
गोप्य छ भन्ने कुरा ।
२. प्रविधिमा बढ्दो उपनिवेशिकरण: नेपाल लगायत धेरै जसो विकाससिल
राष्ट्रहरूले प्रविधिमा अगाडि रहेका चीन, थाइल्याण्ड, भारत, बेलायत, रसिया, जापान
जस्ता देशका भू-उपग्रहहरू र तिनिहरूमा आधारित सुचना प्रणाली प्रयोग गरिरहेका छन् ।
नेपालले एक मात्र भू-उपग्रह अन्तरिक्षमा छोडेको छ जुन अमेरिकाकै वसमा छ । यस
सन्दर्भमा वर्षेनि ठूलो धन राशि उनिहरूलाई तिर्नु पर्ने निश्चित छ । अझ भनौँ पैसा
तिरेर पनि हाम्रो गोपनीयता हराउँदै गएको छ । सुरक्षामा नेपाल जस्ता कम शक्तिशालि देशहरू
बोल्न सक्दैनन् । किनकि कसैको सामाजिक सञ्जालको खाता बन्द गर्नु पर्यो भने पनि
अमेरिकालाई गुहार्नु पर्छ । फेसबुकले राजनैतिक आस्था, धार्मिक आस्था, आदि विषयको
सूचना सङ्कलन गर्छ । तर वैयक्तिक गोपनीयता सम्बन्धि ऐन २०७५ दफा २७ ले त्यस किसिमका
सूचनालाई सम्वेदनसिल वैयक्तिक सूचनाको रूपमा व्याख्या गरेको छ । तथापि फेसबुकमा
कडा नियम्बन निति लिन कठिन जस्तै छ किनकि फेसबुकको कार्यलय अमेरिकामा छ ।
३. अनुवाद: सामग्रीहरू अङ्ग्रेजि भाषामा अनुवाद
हुने क्रम तिब्र रूपमा भईरहेको छ । यस सन्दर्भमा अङ्ग्रेजि भाषि नै शक्तिको पहिलो
नम्बरमा रहनुले गोपनीयतालाई मात्र नभई आविस्कार तथा पहिचानलाई नै तोडमोड गर्ने
खतरा उत्पन्न भएको छ । अझ सोचनीय पक्ष केहि क्षेत्रमा मानिसहरू आफ्नो पहिलो भाषाको
प्रयोग नगरिकन सिधै कागजजात वा तथ्यहरूलाई अङ्ग्रेजिमै मात्र प्रकाशन र प्रसारण
गर्न उद्धत देखिन्छन् । यसले जानकारीलाई विश्वभर पहुँचयोग्य बनाइ तथ्यगत तोडमोड
गर्ने बौद्धिक व्यक्ति र पूँजिपतिलाई मलजल गर्छ । बर्तमान समयमा धेरै जसो आर्थिक
तथा सामाजिक विषयका प्रतिवेदनहरू अङ्ग्रेजिमा प्रकाशित हुने गरेका छन् जुन
राष्ट्रीयतालाई पनि कम महत्व दिएको भन्न सकिन्छ । गैरसरकारी संस्थाका
प्रतिवेदनहरू, नयाँ वैज्ञानिक आविस्कारहरू, आदि यसका उदाहारण हुन् । यस किसिमको
प्रवृतिले फाइदा उठाउन खोज्नेलाई सिधा पहुँच योग्य मात्र हुँदैन, तथ्यगत चुनौतिको
पनि सिर्जना हुन जान्छ । यस प्रकारको अनुवादित जानकारीले निश्चित कुराको
प्रबोधिकरण त होला तर त्यो भन्दा धेरै आक्रमणको क्षेत्रगत विशिष्टिकरणमा समेत टेवा
पुर्याउँछ ।
४. उत्तर आधुनिक जीवन शैलि: सामुहिक कुराकानि र सगोलमा
बस्नेहरूको भन्दा एकल वातावरणमा रमाउने जमात बढ्दै जानुले उत्तर आधुनिकवादको
प्रतिनिधित्व गर्छ । उत्तर आधुनिक समाजको विकासले प्रविधिको चरम विकासलाई जनाउँछ ।
हाल नेपालको कुल जनसङ्ख्याको करिब ९० प्रतिशत बढिमा मोबाइल पहुँच छ र त्यसको आधा
भन्दा बढि इण्टरनेटको उपयोग गरिरहेका छन् । यो विकास गत १५ वर्षमा मात्र सम्भव
भएको छ र आगामि २० वर्षमा सबै नेपालीले मध्यम गतिको इण्टरनेट चलाउने निश्चित छ ।
यस अनुमानलाई मात्र आधार मान्ने हो भने आउँदो दुई दशकमा भौतिक वातावरण लगायत सबै
किसिमका जानकारीहरू इण्टरनेटको माध्यामबाट कुनै पनि व्यक्तिले सबै जसो जानकारी
इण्टरनेट मार्फत प्राप्त गर्न सक्ने देखिन्छ । त्यस कारण उत्तर आधुनिकिकरणलाई पनि
गोपनीयता लोप गराउने तत्वका रूपमा लिनुपर्छ ।
५. विश्वास र
नैतिकता: पछिल्लो
पुस्तामा निर्देशनको पालना गर्ने भन्दा आफै निश्चय (Verify) गर्ने
चलन निकै बढेको छ । साइबर नैतिकता, विद्युतीय कानुनको ठिक पालना, तथ्य सङ्कलन, आदि
काममा निकै लापर्वाहि गर्ने गरेको पाइन्छ । सामाजिक सञ्जालमा दुइ वा सो भन्दा बढि
खाताको सिर्जना गर्नु र सूचनाहरू चुहिनु यसका परिणामहरू हुन् । एक द्वारमा आधारित
सूचना प्रणाली नहुनु र हाइपर प्रविधिको दुरुपयोग यसका प्रमुख कारण मान्न सकिन्छ ।
६. शक्ति प्रतिको सम्मान: अहिलेको समाज धन र शक्तिलाई मात्र
सम्मान गर्छ । यस्तो अवस्थामा शक्तिमा रहेकाहरुले गोपनीयता नितिमा आफु अनुकुल
नियन्त्रण र व्यवस्थापन गर्ने कुरा सहज अनुमान गर्न सकिन्छ । त्यसैगरी सम्मान
प्राप्त गर्न धन वा शक्ति आर्जन गर्नु पर्ने अवस्थामा केहि व्यक्तिहरू गोपनीयता
संरक्षण नितिको पूर्ण विपरित कार्य गर्ने र गोप्य दस्तावेज वा जानकारीहरू बिक्रि
गर्ने कार्य गर्न सक्छन् । यसले उनिहरूलाई धनाड्यको रूपमा शक्तिशालि बनाउँदा
हाम्रो गोपनीयता सङ्कटमा पर्ने निश्चित छ । तेति मात्र नभई हालको सम्वेग प्रकृतिले
परिवर्तन नगरेमा मानवीय सुरक्षामा समेत समस्या पैदा हुन सक्ने देखिन्छ । त्यसो तः
हिन्दु धर्मको दर्शनले हालको समयलाई कलि युगको रूपमा परिभाषित गर्दै बौद्धिक
वर्गमाथि धनाड्य र सामान्य मानिसररू हावि हुने तर्क गर्छ ।
गोपनीयता सम्वेदनसिल विषय भएकोले यसका लागि
सबै उत्तिकै गम्भीर र चिन्तनसिल हुनु पर्छ । आन्तरिक उत्पादनलाई बढावा दिनु पर्छ ।
यस अन्तरगत नेपाली सफ्टवेर, वैज्ञानिक कानुनि सजाय, जस्ता कुरामा जोड दिन आवश्यक छ
। अनलाइन प्रणालिको उचित अनुगमन गर्दै राष्ट्रका सुचनाको सम्पादनको अवस्था बारे
जानकार हुनु पर्छ । हामिले अनलाइनमा अपलोड गर्ने सूचनाको विश्वसनीयता एकिन गरेर
मात्र विद्युतीय कार्य गर्नु पर्छ । साइबर आतङ्कलाई दुरुत्साहान गर्न एक व्यक्ति
एक अनलाइन खाताको अवधारणा लागु गर्नु पर्छ । त्यसका लागि अनुहार पहिचान प्रविधिको
प्रयोग गर्न सकिन्छ । अन्तराष्ट्रीय स्तरको नभएपनि देशका लागि उपयोग हुने
प्रतिवेदनहरू नेपाली र अन्य राष्ट्र भाषामा तयार गर्ने र दुई वर्षसम्म ढिलो गरी अनलाइनमा अपलोड गर्न सक्ने निति लिनु पर्छ । तर
सरोकारवालाको पहुँचयुक्त ढाँचा र लिपिमा तयार गरी अभिलम्भ पठाउन भने ढिलो गर्न
हुँदैन । सामाजिक सञ्जालमा भरपर्दो सुरक्षा निति लागु गर्नु पर्छ र खाता वा साइट ह्याकिङ प्रणालि कमजोर पार्न
कुनै कसरत बाँकि राख्नु हुँदैन । प्रविधिसँगै समुहगत छलफललाई पनि प्रोत्साहान दिनु
पर्छ । हामि सबैले आफ्नो गोप्य जानकारी चुहिन सक्ने सम्भावित खतराबाट मुक्त हुन
सम्वेदनसिल जानकारीहरूलाई अनुसन्धानमा अनिवार्य आवश्यक अवस्थामा बाहेक सार्वजनिक
गर्नु हुँदैन ।
सारमा उल्लेख गर्नु पर्दा गोप्य जानकारीका
लागि इण्टरनेट, विश्वव्यापि प्रविधिगत पहुँच लगायतका कुरा प्रतिकुल बन्दै गएका छन्
। त्यस कारण हामी सबै आफ्नो गोपनीयताको अधिकारको प्रयोग गर्दै आफ्नो शरिर र
सूचनाहरूमा पुर्ण नियन्त्रण राख्न अति जरुरि छ । नत्र भने अबको केहि दशकमै
गोपनीयता मानवयन्त्रमा निहित नरहला भन्न सकिन्न ।
यो लेखलाई विक्रम संवत २०७६ चैत्र ७ गतेको साझा बिसौनी दैनिकको अङ्कमा र सोहि पत्रिकाको अनलाइन संस्करणमा पठन गर्न सकिन्छ ।

Comments
Post a Comment
Would you like to add something? Enter here!