अपाङ्गता लक्षित नमुना मतदान कार्यक्रम सम्पन्न
अपाङ्गता भएका ब्यक्तिको राजनितीक क्षेत्रमा पनि सक्रिय सहभागीताका
लागि विभिन्न कार्यअन्तर्गत निर्वाचनलाई लक्षित गरेर नमुना मतदान कार्यक्रम
सम्पन्न गरेको छ । नेत्रहिन युवा संघ नेपाल, सुर्खेतको आयोजना, जिल्ला
निर्वाचन कार्यलय सुर्खेतको सहकार्यमा उत्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कुल खसेको ३३ मत मध्ये प्रतिनिधिसभाको पहिलो हुने
निर्वाचित हुने प्रणाली तर्फ ४ मत बदर भएको थियो भने समानुपातिकमा ३६ खसेको कुल मत
मध्य ५ मत बदर भएको थियो । प्रदेशमा पहिलो हुने निर्वाचित हुने तर्फ कुल खसेको ३३
मत मध्य ४ मत बदर भएको थियो भने समानुपातिक तर्फ ३३ खसेको कुल मत मध्य ५ मत बदर
भएको थियो ।
आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै मङलबार अपाङ्गता भएका व्यक्तिहरूका
लागि नमुना मतदान तथा निर्वाचन शिक्षा कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै
कार्यक्रमका प्रमुख अतिथि तथा भेरिगण्गा–१२ का वडासदस्य इन्द्र गीरिले
अपाङ्गता भएकाहरूको विषयमा मतदाता शिक्षा खासै प्रभावकारी बन्न नसकिरहेको अवस्थामा
यस कार्यक्रमले धेरै हदसम्म मतदाता शिक्षा प्रदान गर्न सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा ६० बढि व्यक्तिहरूको सहभागी रहेको थियो । औपचारिक
कार्यक्रम संस्थाको शाखा सुर्खेतका अध्यक्ष शेर बहादुर ओलीको अध्यक्षतामा
बिहान ११ बजे देखि दिउसो २ बजे सम्म सन्चालन भएको थियो ।
पहुचयुक्त्त निर्वाचन प्रणालीको विकासका लागि विगत १ वर्स देखि
नेत्रहिन युवा संघ सुर्खेतले विभिन्न किसिमका कार्यक्रम सन्चालन गर्दै आएको
पहुचयुक्त निर्वाचन प्रणाली कार्यक्रमका लागि सुर्खेत जिल्ला अधिकृत बसन्त जैशीले
बताउनुभयो ।
यो समाचार विक्रम संवत २०७९ कार्तिक २ गते बुधबारको मितिमा देवदह टिभि डटकम, कञ्चनखबर डटकम र लुम्बिनि दर्पण अनलाइन डटकममा प्रकाशित छ ।
Comments
Post a Comment
Would you like to add something? Enter here!