फिल्ड अधिकृत बसन्त जैशीको कार्यकाल छ महिनाका लागि थपियो

१७ अषाढ, बिरेन्द्रनगर ।

नेत्रहिन युवा संघ नेपाल मार्फत सञ्चालित पहुँचयुक्त निर्वाचन प्रणाली परियोजनाका लागि सुर्खेत जिल्ला फिल्ड अधिकृत बसन्त जैशीको कार्यकाल थप छ महिनाका लागि लम्बिएको छ । यस अघि अषाढ १६ मा आफ्नो कार्यकाल सकिएपछि जैशीले समयानुसारको सुविधा बारे नेत्रहिन युवा संघ नेपाललाई पत्र लेखेका थिए । जवाफमा संघले हालको अवस्था अनुसार सेवा सुविधा दिने गरी सुर्खेतका फिल्ड अधिकृत जैशीको कार्यकाल छ महिनाका लागि थप गरेको हो ।

अहिले मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अण्ग्रेजी साहित्यमा स्नातकोत्तर गर्दै गरेका जैशीले अब २०७९ पौष मध्येसम्म नेत्रहिन युवा संघ नेपाल मार्फत सञ्चालन हुने पहुचयुक्त निर्वाचन प्रणालीका लागि सुर्खेत जिल्लाको फिल्ड अधिकृतको रूपमा कार्य गर्नेछन् । यस अघि स्थानीय निर्वाचनमा केन्द्रित रहेको परियोजनाले दोस्रो चरणमा संघीय तथा प्रादेशिक चुनाव केन्द्रित रहि कार्यक्रम गर्नेछ ।

बजारको अवस्था अनुसार सुविधा वृद्धिको पक्षमा उभिएका बसन्त जैशी संस्थासँगको आपसि  सम्झौता अनुसार सेवा सुविधा वृद्धि हुनेभएपछि कामलाई निरन्तरता दिन तयार भएका हुन् । यो थमौतिसँगै अब कम्तिमा अर्को छ महिना उनि अन्य संस्थामा काम गर्ने सम्भावना लगभग सकिएको छ । जैशी आफैले पनि सेवा सुविधा बढेमा नेत्रहिन युवा संघ नेपाल छोड्न नपरोस् भन्ने अभिव्यक्ति दिँदै आएका थिए । दिईएको जिम्मेवारि पुरा गर्न छ महिनाको पनि धैर्यता नभएको व्यक्तिलाई सहजै विश्वास गर्न नसकिने वातावरण सिर्जना गर्न नचाहेको फिल्ड अधिकृत  जैशीको भनाइ छ ।

Comments

Post a Comment

Would you like to add something? Enter here!