विद्यार्थीलाई मतदाता शिक्षा

शिखर माध्यमिक विद्यालय रामघाटमा अध्ययनरत विद्यार्थीहरूलाई मतदाता शिक्षा प्रदान गरिएको छ नेत्रहीन युवा संघ नेपाल, सुर्खेत शाखाले सोमवार विद्यालयमा पुगेर करिब ८० जना विद्यार्थीलाई स्थानीय तहको निर्वाचन लक्षित मतदाता शिक्षा दिएको हो 

विद्यार्थीहरूलाई स्थानीय सरकारको संरचना, यसले गर्ने काम, निर्वाचनको महत्वका साथसाथै मत बदर नहुने गरी मतदान गर्ने तरिका बारे बसन्त जैसीले प्रयोगात्मक प्रशिक्षण दिएका हुन् । प्रशिक्षणपछि विद्यार्थीहरूलाई निर्वाचनका बारेमा धेरै कुराको जानकारी पाएको जैसीले बताए ।

नेत्रहीन युवा संघ सुर्खेतका कोषाध्यक्ष सम्झना बडुवालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघका सदस्य विष्णु दाहालले गरेका थिए ।

 

यो समाचार मिति २०७८ साल चैत्र २८ गते / तदनुसार ११ अप्रिल, २०२२ मा साझा बिसौनी दैनिकको अनलाइनमा र २०७८ साल चैत्र २९ गतेको छापा तथा अनलाइन संस्करणको अङ्कमा प्रकाशित छ ।

Comments