बिजुली अनियमित बिल नियमित: दुई बल्ब बालेको मासिक विद्युत् महसुल १५ हजार


मलाई फेसबुकमा लाइक गर्नुहोस् / मलाई टुइटरमा पछ्याउनुहोस्

६६ बर्षीय लिलाराम पोखरेलको घर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका१० खजुरामा छ । उनी घरका एक्लो व्यक्ती हुन् । उनको घरमा सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाबाट सुर्खेतमा पढाइको लागि भनेर बसन्त जैशी कोठा भाडामा लिएर बस्छन् । उनको साथी भनेकै कोठा भाडामा बस्ने एउटा जैशी मात्र हुन् । पोखरेलले घरमा बिजुली बत्ति जोडेका छन् । उनी दुई वटा बल्ब बालेको बताउँछन् ।

पोखरेल बिजुलीको खपत न्यून गरेपनि महसुल भने चर्को तिर्नुपरेको गुनासो गर्छन् । बिजुली बत्ति नियमित कहिल्यै आउँदैनउनले आक्रोशित हुँदै भने, ‘बिजुलीको बिल भने सधैं धेरै तिर्नुपर्छ ।साउन र भदौं महिनामा दुई वटा बल्ब बालेको मात्र १ हजार एक सय ७५ रुपैयाँ तिर्नुपरेको उनले गुनासो गरे । आजसम्म कुनै पनि विद्युत कार्यालयका मान्छे मेरो घरमा गइ मिटर बक्स पनि हेरेका छैनन्पोखरेलले भने, ‘विद्युत महशुल बुझाउन जाँदा कार्यालयले अन्दाजी रकमको बिल काटेको छ ।

त्यहीँ अनुसार पैसा माग्छ ।’ ‘गत फागुनदेखि जेष्ठ महिनाको पाँचसय ४४ रुपैयाँ २५ पैसा, असार महिनामा ९ सय ८० रुपैयाँ तिरेको तिरे । साउन र भदौ महिनाको बिल तिर्न जाँदा विद्युत कार्यालयले १५ हजार बिल आएको सुनायोउनले भने । त्यसपछि उनले घरमा रहेका दुई वटा कोठामा दुई वटा बल्ब बाल्न मात्र थाले । यती बिल कसरि आयो भनेर खोजी गर्दा यति रहेनछ । ११ सय ७५ हो रहेछ भन्दै कार्यालयले ११ सय ७५ को नै बिल बनाई मलाई घर पठाएको होपोखरेलले अगाडि थपे ।

उनको कोठामा भाडामा बस्ने अछामका जैशी पनि ठूलो रकमसहित बिल आउँदा छक्क परेको बताउँछन् । विद्युत् प्राधिकरण कार्यालय सुर्खेत वितरण केन्द्रका प्रमुखसँग यस्तो किन भयो भनेर सोध्दा उहाँले हामीले होइन । यो यस्तै हो । मिस्टेक हुन्छ । हामीलाई माथिबाट हाल भन्यो हामीले त्यसरी नै हालेको हो भन्ने ठाडो जवाफ दिनुभयोउनले भने । यता वितरण केन्द्र, सुर्खेतका प्रमुख टकंराज गिरीले यस्तै केही समस्याहरु थप आफुसँग आएको भन्दै भेटेर कुरा गर्नुपर्ने बताए ।

तीन महिना लकडाउनको कारणले गर्दा रिडिङ हुन पाएन् केन्द्रको परिपत्र अनुसार काम भइरहेको छउनले भने, ‘अहिले हामीले ग्राहकहरुलाई फोटो खिचेर ल्याउन अनुरोेध गरेका छौँ । त्यो फोटोमा मिटरमा भएको नम्बर र कार्यालयको सिस्टममा भएको नम्बर यदि मिल्यो भने त्यो बिलमा आएको पैसा त्यति नै हुन्छ ।वितरण केन्द्र प्रमुख गिरीले दुई वटा बल्ब बालेको एक महिनाको बिल १५ हजार आउन नसक्ने बताए ।

 

यो समाचार मिति २०७७ साल भदौ २४ गते बुधबारको मिसन टुडे दैनिकको अङ्कमा र मिसन टुडे निउज डटकमको अनलाइन संस्करणमा पनि प्रकाशित छ ।

Comments