अपांगता भएकालाई राजनैतिक अधिकार तथा पहुँचयुक्त निर्वाचन प्रणाली आवश्यक
मलाई फेसबुकमा लाइक गर्नुहोस् मलाई टुइटरमा फलो गर्नुहोस्
नेत्रहिन युवा संघ नेपाल, शाखा सुर्खेतको आयोजनामा अपांगता भएका व्यक्तिहरूको राजनैतिक अधिकार तथा पहुचयुक्त निर्वाचन प्रणाली सम्बन्धी एक दिने अन्तरक्रियात्मक कार्यक्रम शुक्रबार प्रदेश निर्वाचन कार्यालयको सभाहल सुर्खेतमा सम्पन्न भएको छ ।
नेत्रहिन युवासंघ नेपाल, शाखा सुर्खेतका अध्यक्ष शेरबहादुर ओलीको अध्यक्षता एवम् प्रदेश
निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा
सहभागी अपांगता भएका व्यक्तिहरूले मतदाता नामावली दर्ता फारममा १० वटै अपांगताको
वर्ग खुलाउनुपर्ने, ईलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोगमा ल्याउनुपर्ने, हरेक मतदान
स्थलमा अपाँग मैत्री हेल्प सहायता कक्ष हुनुपर्ने, मतदाता शिक्षा सामग्री
अपांग मैत्री हुनुपर्ने, मतदाता शिक्षामा स्वयम् अपांगता भएका व्यक्तिलाई
परिचालन गर्नुपर्ने, अपांगता भएका व्यक्तिले आफुले चाहेको सहयोगीबाट
मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने लगायतका माग राख्नुका साथै सवाल समेत गरेका
थिए ।
उक्त सवालको जवाफ
दिदै प्रदेश निर्वाचन अधिकारी चालिसेले हामी अपांगताका मुद्दामा सधै गम्भीर भएको र
आफू कहाँ आएका सवालहरुलाई केन्द्र सम्म पुर्याउने र दबाब दिने प्रतिबद्धता ब्यक्त
गरेका थिए । त्यस्तै संस्थाका अध्यक्ष शेर बाहादुर वलीले उठेका सवाललाई
कार्यान्वयन गर्नका लागि आयोगलाई पुर्णरुपमा सहयोग र साथ दिने बताए ।
संघकी कोषाध्यक्ष
सम्झना बडुवालको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा १८ जना अपांगता भएका व्यक्तिहरूको
सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेत्रहिन युवा संघ नेपालका फिल्ड
अधिकृत बसन्त जैसीले गरेका थिए ।
यो समाचार विक्रम संवत २०७८ कार्तिक १३ गते शनिबार, तदनुसार ३० अक्टोबर, २०२१ को मितिमा देउखुरि टुडे डटकममा प्रकाशित छ ।
Comments
Post a Comment
Would you like to add something? Enter here!