अपांगता भएका व्यक्तिहरूको राजनैतिक सहभागिता तथा नेतृत्व विषयक दुइ दिने तालिम सम्पन्न

मलाई फेसबुकमा लाइक गर्नुहोस् मलाई टुइटरमा पछ्याउनुहोस्

अपांगता भएका व्यक्तिहरूको राजनैतिक सहभागिता तथा नेतृत्व विषयक दुइ दिने तालिम सुर्खेतमा सम्पन्न भएको छ ।

सनलाइट होटेलमा शुक्रवार र शनिबार सञ्चालन भएको कार्यक्रममा विभिन्न किसिमका अपांगता भएका १२ जना सहभागी भएका थिए । उक्त तालिममा उत्तम बिक र अनिता सिङ्ले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थम्म प्रसाद गौतमले अपांगता भएका व्यक्तिहरूको आवाज अझै सम्बन्धित पक्षसम्म पुग्न नसकेको उल्लेख गर्दै त्यसका लागि सबै अपांगता भएका व्यक्तिहरू र जनप्रतिनिधिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाले थप्नुभयो, “दौडिन सक्नेले सुविधा लिएको लियै तर हिड्न नसक्नेले पाएको छैन। गौतमले अगाडि भन्नुभयो, `मतदान केन्द्रमा सांगले पनि आफ्नो मत आफै हाल्न नसक्ने स्थिति रहेको छ ।´

यस्तै विशेष अतिथि विष्णु प्रसाद शर्माले सबै प्रकारका अपांगता भएका व्यक्तिहरूको चौतर्फि विकास हुन सकेमा मात्र समावेशिताको सिद्दान्त सार्थक हुने बताउनुभयो । अपांगता भएका व्यक्तिहरू प्रति अझै पनि परिवारले हेर्ने दृश्टिकोणमा खासै परिवर्तन नभएको उल्लेख गर्दै शर्माले निर्णय प्रक्रियामा उनिहरूको स्थान अझै नरहेको बताउनुभयो । शर्माले भन्नुभयो, “यस प्रकारका कार्यक्रममा अरूलाई छोडेर भएपनि राष्ट्रिय अपांग महासंघ काम गर्न तयार रहेको छ

कार्यक्रमको सभाध्यक्ष रहनुभएका शेर बहादुर ओलीले अपांगता भएका व्यक्तिहरूको राजनैतिक अधिकारका सवालमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरिने जानकारि दिनुभयो । अध्यक्ष ओलीले भन्नुभयो,“ राष्ट्रिय अपांग महासंघसँग हामी मिलेर काम गर्न चाहान्छौँ। साथै उहाले क्रस डिसेबलिटिको क्षेत्रमा आफुहरू काम गर्दै आएको र थप काम गर्न तयार रहेको भन्दै अपांगता भएका व्यक्तिलाई राजनैतिक सहभागिताका लागि प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अतिथिको आसनबाट बोल्दै प्रशिक्षक उत्तम बिकले अपांगता भएका व्यक्तिहरूको राजनैतिक अधिकार बारे समाज अझै अनविज्ञ रहेको बताउनुभयो । साथै उहाँले यस तालिमले अपांगता भएका व्यक्तिहरूका राजनैतिक मुद्दालाई थप सशक्त तरिकाले उठाउन र सबै किसिमका अपांगता भएका युवालाई समेटेर काम गर्न सहयोग पुग्ने बताउनुभयो । तालिमको कुरालाई व्यवाहारमा लागु गर्नुपर्नेमा जोड दिँदै अधिकारको पूर्ण उपभोग गर्न आवश्यक रहेको बताउनुभयो।

तालिमका सहभागि विजय शाहिले तालिम विगत जस्तो सुनाइमा मात्र आधारित नभएकोले आफुहरूले धेरै नयाँ कुरा सिकेको बताउनुभयो ।

 

 

यो समाचार २०७८ साल असोज १७ गते, तदनुसार ३ अक्टोबर २०२१ आइतबारको मकालु पोस्ट डटकममा प्रकाशित छ । 

Comments