बसन्त जैशी: एउटा ब्लगरको कथा
बसन्त जैशी: एउटा ब्लगरको कथा
यहाँ एउटा ब्लगर हुनुको पछाडि लामो कथा छ । म ती ब्लग सुरु गर्ने सोचेको
समय देखि सफलतापूर्वक सञ्चालनमा ल्याउञ्जेलसम्मका केहि अनुभवहरूलाई सार्वजनिक गर्न
चाहान्छु । यो मेरो जीवन काहानिको बढाइचढाइ भन्दा समग्र अवधारणात्मक पूर्ण
प्रारुप हो । अर्को शब्दमा यस आलेखले आफैभित्रबाट आउने प्रेरणाको शक्ति र एक
ब्लगरको सुरुवात देखि होस्टिङसम्मको पूर्ण तस्विर/खाका प्रस्तुत गरेको छ । यस महत्वपूर्ण लेखमा
ब्लग सिर्जनाका १२ अनुपम चरणहरू प्रदान गरिएका छन् जुन मेरो अनुभवका सक्कलि
उत्पादन हुन् ।
मलाई फेसबुकमा लाइक गर्नुहोस् मलाई टुइटरमा फलो गर्नुहोस्
म मौलिक विचार लेखनलाई मन पराउँछु र लेख्दै पनि आएको छु । तर म स्थानीय
वेबसाइटहरूको विषयवस्तु प्रस्तुति शैलिबाट पूर्ण रूपमा सन्तुस्ट हुन सकिन । विक्रम
संवत २०७४ सालमा मैले ब्लग र वेबसाइटको महत्व र प्रकृति बारे सुनेँ । मैले
स्नातक तह तेस्रो वर्षको आम सञ्चारका लागि अङ्ग्रेजि विषयमा ब्लग बारे अध्ययन पनि
गरेँ । त्यसपछि मैले आफ्नै ब्लग बनाउने र त्यसमा आफ्ना सिर्जनसिलता प्रकाशित गर्ने
निधो गरेँ । त्यसको एक साता पछि २०७४ माघमा निसुल्क साइट ब्लगस्पट डटकममा गएर
मैले basantjaishi.blogspot.com नामको डोमेन लिएँ । यो सबै २०७४ माघमा भयो । तर
मैले जस्तो सोचेको थिएँ र योजना बनाएको थिएँ, सो अनुसार काम गरिन । त्यसैले
मैले करिब ढाइ वर्ष जति ब्लगिङ वेवास्ता गरेँ । बाहिर जाने अवसरहरू नभएकै
कारण २०७७ को अन्त्य देखि अनलाइनमुखि भएँ । मैले सुरुका करिब छ महिनाको समय ब्लगको
योजना बनाउन उपयोग गरेँ । दुर्भाग्यवस, मैले मेरो पहिलो र मन परेको डोमेन basantjaishi.blogspot.com २०७८ अषाढमा स्थाइ रूपमै मेटाउन पुगेँ ।
अर्कोतिर २०७८ जेठमा मित्र सुरेश रावतले मैले चाहेकै शैलिमा आफ्नो नयाँ ब्लग
सार्वजनिक गरे । यसले मलाई अहिले अगाडि बढ्न बलियो प्रेरणा दियो । उनको
त्यो ब्लग सार्वजनिक हुनु अघिसम्म म फेसबुक पेजलाई र त्यसका विषयवस्तुलाई
प्राथमिकता दिएर काम गरिरहेको थिएँ । मैले २०७८ अषाढसम्ममा फेसबुक र ब्लगमा
चाहिने सबै अनिवार्य जानकारी सङ्कलन गरी “ब्लग तथा फेसबुक योजना” फाइलमा खेश्रा
मस्यौदा गरि सकेको थिएँ । २०७८ अषाढबाट ब्लगका लागि चाहिने आवश्यक कुराहरू
तयार पार्न म पूरै ब्लग प्रति समर्पित भएँ । यद्यपि मैले डोमेन नामको बारे खासै
विचार गरेको थिएँन । किनभने मलाई एक पटक स्थाई रूपमा मेटाएको ब्लगको नामको
डोमेन फेरि प्राप्त गर्न मिल्दैन भन्ने थाहा थिएन । जब मैले यो थाहा पाएँ, तब
म केहि दुखि भएँ । त्यो किन पनि भने मैले मेरो प्यारो डोमेन नाम गुमाएको
थिएँ । मेरो अधिकांश समय ब्लगलाई कसरी पुरा बनाउने र के के कुराले उत्कृष्ट बनाउन
सक्छ भन्ने विषयमा खर्च भयो ।
मैले धेरै अध्ययन गरेँ र लामो समय सोचेँ । ब्लग बारे लेखिएको र मेरो पहुँचमा
आएको कुनै पनि साइट र च्यानल मैले छुटाएको थिईन होला । जब म नयाँ केहि कुरा
भेट्थेँ, तब तुरुन्तै आफ्नो नियमित नोटमा त्यसलाई लेख्ने गर्थेँ । परिणाम,
मैले करिब दुइ महिना बेतित गरेँ र ब्लगको लागि अन्तिम मस्यौदा खेस्रा तयार
पारेँ । म यो कुरा बिर्सिन सक्दिन कि, मैले ब्लग बनाउने कुरामा जति कडा मेहनत
तथा खोज अन्य कुनै विषयमा सायदै गरेको छु । त्यसैगरी मैले फेसबुक पेज बनाउने
योजना पनि बनाएँ । किनकि मैले ब्लग शेयर गरेर प्रचारप्रसारका लागि पनि फेसबुक
पेज बनाउने निर्णय गरेँ ।
जब मैले ब्लगको लागि खेस्रा लेखन सुरु गरेँ, मैले शिर्षक र वर्णन/परिचयमा धेरै गहिरो
मस्तिस्क अभ्यासको सामना गरेँ । किनकि शिर्षक र परिचय स्थाइ रूपमा नै
प्रयोगमा आउँछन् । यस्तै मैले ‘मेरो बारे’ पेजमा के के कुरा उल्लेख
गरिनुपर्दछ भन्ने पनि खोजेँ । त्यस कारण नयाँ ब्लग बनाउन खोज्ने र नयाँ
ब्लगरहरूलाई म सुझाव दिन्छु, क्रिपया आफ्नो ब्लग शिर्षक र त्यसको परिचय वर्णन उच्च
महत्व र सतर्कतापूर्वक बनाउनुहोस् । किनकि शिर्षकमा सबै कुरा १०० अक्षर (खालि
ठाउँ सहित) र परिचयमा बढिमा ५०० अक्षर मात्र लेख्न मिल्छ । यदि तपाइँ मेरो
खाका जस्तै गरी अघि बढ्न चाहानुहुन्छ भने मैले ब्लगको शिर्षक, परिचय, मेरो बारेमा
पेज, ब्लगका लेबल/पोस्टका वर्ग, अन्य प्राविधिक कुराहरू (शेयरिङ विकल्प,
पहिलो शन्देश) तथा ब्लगमा प्रकाशनका लागि पहिलो ब्लग/पोस्ट लेखेको थिएँ ।
सारमा उल्लेख गर्नुपर्दा राम्रो योजनाले सबल खाका बनाउँछ र सबल खाकाले उत्कृष्ट
ब्लग बनाउँछ । विशेष गरी एक ब्लगरले निम्न चरणहरू बारे सोच्नुपर्छ जुन मैले
मेरो ब्लग निर्माण गर्दा भोगेको थिएँ ।
उत्कृष्ट ब्लग निर्माणका अपरिहार्य १२ चरण
- ब्लगको उद्देश्य: यो ब्लग खोल्न र भ्रमण गर्न किन सहि छ, तपाइँको ब्लग
साइटमा के के पाउन सकिन्छ, तपाइँको ब्लगका लक्षित दर्शक/पाठक/स्रोता को हुन् र ब्लगको
विषय क्षेत्र अथवा मुख्य विधा के हो जस्ता कुरामा स्पष्ट हुनुहोस् । यति कुरा
निश्चित गरी तिनिहरूलाई भाषिक सुद्धता सहित लेख्नुहोस् ।
- ब्लगको शिर्षक: ब्लगको शिर्षक कुनै पनि ब्लगको प्रमुख परिचय हो । ब्लगमा
कुन कुन विषयवस्तुहरू समावेश गर्ने हो, ब्लगको मुख्य सार के हो, यस ब्लगले कुन कुन
विषय समेट्छ र ब्लगरले यस ब्लग मार्फत के कस्ता सेवा प्रदान गर्दछ भन्ने बारे
राम्ररि सोच्नुहोस् । साधारणतया यो निर्धारित उद्देश्यकै आधारमा निर्माण
हुन्छ ।
- डोमेन नाम: डोमेन नाम भन्नाले कुनै पनि ब्लगको ब्लग ठेगाना हो जुन तिन ओटा डब्लु (www) अथवा https:// पछि आउने एक
युआरयाल लिङ्क हो । डोमेन नाम छनौट गर्दा केहि सम्भावित प्रश्नका उत्तरहरू लेख्नुहोस् ।
आफ्नै नाम प्रयोग गर्ने हो भने के तपाइँको नाम डोमेन नामको रूपमा प्रयोग गर्न उपयुक्त
छ, के तपाइँको डोमेन नाम आकर्षक र व्यापक अर्थ दिन्छ, के त्यो नामले सकारात्मक सन्देश
दिन्छ, के तपाइँको नाम ब्लग डोमेनको लागि ठिक छ, के यो डोमेन नाम ब्लगको शिर्षक र
परिचयसँग मेल खान्छ अथवा खाँदैन भनि खुब विचार गर्नुहोस् । यदि तपाइँ आफ्नो
लागि ब्लग बनाउने मनस्थितिमा हुनुहुन्छ भने ब्लगस्पट, वर्डप्रेस जस्ता साइटबाट डोमेन
लिन ढिलो नगर्नुहोस् । तपाइँको ढिलाइले अर्कोलाई मौका प्रदान गर्न
सक्छ । त्यसैले आफ्नो मन पर्ने र शिर्षक सुहाउँदो डोमेन लिहाल्नुहोस् ।
- वर्णन/परिचय: वर्णन ब्लगको मुख्य परिचय तथा ब्लगको पूर्ण प्रतिविम्ब हो । सबै भन्दा पहिले ब्लगको परिचयमा समेट्नुपर्ने कुराहरू एकत्रित गरी लेख्नुहोस् । त्यस पछि यसको सारांश तयार पार्नुहोस् र शब्दहरूको प्रायवाचि शब्दहरू खोजि जुन कम अक्षरको छन् तेहिलाई छानि पुनरलेखन गर्नुहोस् । जस्तोकि प्रारम्भ शब्दको सट्टा सुरु प्रयोग गर्न सकिन्छ ।ब्लगको अति महत्वपूर्ण अनुपम कुराहरू सुरुका १६० अक्षरमा र बाँकि कुरा समेत गरी करिब ५०० अक्षर भन्दा कमको आकारमा ब्लगको परिचय तयार पार्नुहोस् । किनकि खोजि इञ्जिनमा सुरुका १६० अक्षरमा लेखेको मात्रै प्रयोगकर्ताले देख्न सक्छन् । त्यस कारण पनि मुख्य सारलाई पहिलो वाक्यमा लेख्नु उत्तम मानिन्छ । ब्लगको परिचय खण्डमा ब्लगको उद्देश्य तथा यसका अनुपम विशेष्ताहरू सहितको महत्वमा उच्च जोड दिईन्छ । यस्तै ब्लग भ्रमणका लागि निम्तो, ब्लगका विषयगत क्षेत्र, आदि पनि ब्लगपरिचयको भागमा लेखिन्छ ।
- सुभारम्भ: “सार्वजनिक गर्नुलाई होस्टिङ भन्दछन् जुन ब्लगस्पट डटकममा आफैले गर्न
सकिन्छ ।“ होस्टिङ अन्तिम प्रक्रिया हो तर पूर्ण सेटिङ भने होइन । इण्टरनेटमा
धेरै ब्लग होस्टिङ साइटहरू निशुल्क र निश्चित सुल्क सहित उपलब्ध छन् । तपाइँले
तोकिएको सुल्क तिर्न सक्नुहुन्छ अथवा निसुल्क ब्लगस्पट डटकममा होस्ट गर्न सक्नुहुन्छ ।
ब्लग औपचारिक रूपमा होस्ट गर्नुपूर्व सबै किसिमका पर्धाहरूलाई ठिक हुने थिम छनौट
गर्नुहोस् । सानो मोबाइलमा पनि तपाइँको ब्लगलाई स्पष्ट देखाउन रेस्पन्सिभ
थिमहरू मध्ये कुनै एक प्रयोग गर्नुहोस् । त्यो किन पनि जरुरि हुन्छ भने
तपाइँका शुभचिन्तकहरूले तपाइँको ब्लग सुरु हुनु अघि नै ब्लग सार्वजनिक मिति र समय बारे
जानकारि प्राप्त गरेका हुन सक्दछन् ।
- ब्लग आदान प्रदान गर्नुहोस्: ब्लगमा आदान प्रदान (शेयर) विकल्पलाई आँखा मैत्री ठाउँमा
राख्नुपर्छ । साथै ब्लगलाई सकेसम्म सबै सामाजिक सञ्जालबाट आदान प्रदान हुन
सक्ने गरी सेटिङ गर्नुपर्छ र थिमहरू पनि सोहि अनुसारका प्रयोग गर्नुपर्छ ।
यसले ब्लगलाई सामाजिक सञ्जालबाट प्रचारप्रसार गराउँछ र पाठकहरू पनि बढ्न मदत
पुग्छ । फेसबुक, टुइटर लगायतका सामाजिक सञ्जालबाट शेयर गर्न मिल्ने सुविधा
अनिवार्य राख्नु राम्रो मानिन्छ ।
- लेभल: ब्लगको भाषामा लेभललाई सामग्रिको वर्गिकरण भनिन्छ । ती लेबलहरू वेबसाइटमा पेजको जस्तै काम गर्दछन् । लेबलहरूको मदतमा ब्लगमा छरिएर रहेका पोस्ट/सामग्रिहरूलाई विभिन्न शिर्षक वर्गमा छुट्याउन सकिन्छ । ब्लगका लागि यति नै वर्ग वा लेबल हुनुपर्छ भन्ने छैन । कति ओटा लेबलले तपाइँको ब्लगका सामग्रिको विधा समेट्छ, कति लेबल बनाउँदा ब्लगलाई राम्रो देखिन्छ, कुन लेबल बनाउँदा तपाइँको विषयसँगत हुन्छ, आदि कुरा ब्लगमा लेबल सिर्जना गर्नु अघि ध्यानपूर्वक सोच्ने र निर्णय गर्ने गर्नुपर्छ । सामान्यतया ब्लगको हकमा ५ देखि १५ ओटा लेबलसम्म ठिक हुन्छ ।
- ब्लगरको दृश्य: ब्लगर दृश्यलाई ब्लगरको प्रोफाइल र ब्लगरको परिचयका नामले पनि चिनिन्छ । ब्लगरको प्रोफाइलले यो ब्लग कसरी सञ्चालन भईरहेको छ र ब्लगरको पेसागत दक्षताको अवस्था कस्तो छ भन्ने देखाउँछ । त्यसैले ब्लग सञ्चालकको पुरा प्रोफाइल बनाउनुहोस् । ब्लगरको प्रोफाइलमा परिचय विवरण लेख्न धेरै कुरा र तरिकाहरू छन् । ती मध्ये नाम, अभिवादन, ब्लगको छोटो परिचय र सञ्चार सम्पर्कका कुराहरूमा जोड दिईन्छ । उदाहारण सहितको थप ज्ञानका लागि क्रिपया मेरो बारे पेजमा क्लिक गरि मेरो प्रोफाइल भ्रमण गर्न सक्नुहुन्छ ।
- प्रतिक्रिया सन्देश: सामान्यतया तपाइँको प्रतिक्रिया यहाँ प्रविश्ट गर्नुहोस् भन्ने निर्देशन प्रतिक्रिया बक्सको माथि देख्न पाइन्छ । यस बक्समा ब्लगरले आफ्नो इच्छ्या अनुसारको उपयुक्त सन्देश राख्न र देखाउन सक्छ । सबैलाई पोस्ट पढ्न र कमेण्ट गर्न निम्तो जाने गरी प्रतिक्रिया फारमका लागि सन्देश तयार गर्नुपर्छ । यो सन्देश छोटो र आकर्षक पनि हुन जरुरि छ । भाषा भने ब्लगरको आफ्नो चाहाना अनुसार सेट गर्दा हुन्छ । केहि ब्लगरहरूले प्रतिक्रिया दिँदा पालना गर्नुपर्ने नियमहरू समेत यहि स्थानमा देखाउने गरेको पाइन्छ । संक्षेपमा उल्लेख गर्दा छोटो तर आकर्षक र प्रेरणात्मक प्रतिक्रिया फारम सन्देश तयार गर्नु सबै भन्दा राम्रो मानिन्छ ।
- ब्लगमा पेज: ब्लगरले ब्लगमा धेरै पेजहरू बनाउन सक्छ । तर मेरो बारेमा, सम्पर्क, नियम तथा सर्तहरू र गोपनीयता निति अनिवार्य हुन्छन् । यसका अतिरिक्त तपाइँ थप जानकारी दिन र लिन पनि पेज सिर्जना गर्न सक्नुहुन्छ; जस्तै यो ब्लगका लागि लेख्नुहोस् । सारमा सफल ब्लग लेखन पेज लेखन भन्दा कम शक्तिसालि हुन्छ । तसर्थ, नयाँ पेज सिर्जना गर्दा ब्लगर दुरदर्शि हुनैपर्छ । किन भने पेजले किन र केका लागि भन्ने प्रश्नको उत्तर बोलेको हुन्छ । पेजलाई लेआउटमा गएर आफ्नो आवश्यकता अनुसार वर्णानु क्रममा अथवा कुनै पनि पेजलाई अन्त वा सुरुमा राख्न सकिन्छ ।
- पहिलो पोस्ट: सफलतापूर्वक ब्लग
सेटिङ र सञ्चालन गरिसकेपछि त्यहाँ सामग्रिको आवश्यकता पर्दछ । त्यसैले
औपचारिक रूपमा ब्लग लन्च हुनु अगाडि नै ब्लगका लागि पहिलो प्रकाशनको पोस्ट तयार
पार्नुपर्दछ । हरेक ब्लगरमा पहिलो ऐतिहासिक पोस्टमा कुन कुरा राख्ने भन्ने
निश्चितता हुनु आवश्यक छ । जीवनी, ब्लग सिर्जना गर्दाको काहानि, आदि यसका
लागि उपयुक्त हुन सक्छन् । तर त्यो तपाइँको ब्लगको क्षेत्र र ब्लगरको रुचिमा
निर्भर हुन्छ ।
- पेज अध्यावधिक: सेटिङबाट तपाइँको ब्लगलाई सर्चिङ इञ्जिनहरूमा देखिने
बनाउनुहोस् । मेटा सर्चिङ वर्णन बक्सलाई पनि सक्रिय गराउनुहोस् । हरेक
पोस्टको लागि मेटा सर्च करिब १५० भन्दा कम अक्षरमा तयार पारिराख्नुहोस् ।
आफ्नो ब्लग सेटिङमा गई यस्ता अन्य सेटिङहरू आवश्यकता अनुसार मिलाउनुहोस् । भविष्यमा
यहि साइटबाट कमाइ गर्न गुगल एड्सेन्स खाता पनि खोल्न सकिन्छ । त्यस कारण
तपाइँको साइटलाई अझै विश्वसनीय र स्तरीय बनाउनुहोस् । ब्लगरले उसका भिजिटरका
लागि अधिकतम स्वतन्त्रता प्रदान गर्नुपर्छ ।
ब्लगको प्रभावकारिता योजनामा भर पर्दछ जसलाई आधारशिला भनिन्छ । त्यसैले डोमेन
टिप्नुहोस् तर माथि उल्लिखित आधारभुत तत्वहरू बारे सोच्नुहोस् र सुन्दर ब्लगको
लागि वेबसाइट जस्तै अन्तिम खेस्रा पाउनुहोस् । अर्को शब्दमा ब्लग पाठक/दर्शक कमाउनका लागि मात्र
होइन यो बौद्धिक सम्पतिको भण्डार पनि हो । अतः हरेक ब्लगर पूर्ण र अविछिन्न संरक्षक
सहित सान्दर्भिक रूपमा अध्यावधिक हुन आवश्यक छ ।
यो लेख पढेपछि तपाइँहरूले केहि न केहि अवश्य अनुभव गर्नुभयो होला । मैले
कुनै कुरा व्याख्या गर्न छुटाएँकि यसमा? क्रिपया त्यस्ता कुराहरू प्रतिक्रियाको
रूपमा प्रतिक्रिया बक्समा हामीसँग साँट्नुहोस् है!
Great work
ReplyDelete