कानुन पढौँ
कानुन भनेको हाम्रो आचरण तथा नियम हो ।
कानुन हाम्रो बोलि वचन र बानि व्यवहारमा हुन्छ । प्राचीन मानव जातिको विकास र
सव्यताको सुरुवातसँगै कानुनको पनि अभ्यास गर्न थालिएको मानिन्छ । तेति बेला कानुन
वैयक्तिक लक्ष्य र प्रतिबद्धताको स्वरूपमा थियो । व्यक्तिले जे बोल्यो तेहि नै
कानुन थियो । कुन किसिमका समस्या आइपर्दा कसरी सामना गर्ने भन्ने विषय व्यक्तिमा
निहित थियो । त्यस कारण पनि प्राचीन समयमा कानुन सव्यता भन्दा आक्रामक प्रतिकार
अर्थात घटनास्थलमा चालिने वैयक्तिक कदममा सिमित थियो भन्न सकिन्छ । मानवीय
सव्यताको विकासमा आएको परिवर्तनका कारण लेखन सिपको विकास भयो । विस्तारै आएको चेतनात्मक
परिवर्तनले मनपरि मौखिक सासन पद्दतिको अन्त हुन पुग्यो । फल स्वरूप कानुनले धेरै
जसो समाजमा लिखित रूप धारण गर्यो । महान दार्शनिक प्लेटो (४२७-३४७) ले इ.पू. ३८७
तिर स्थापना गरेको आफ्नो एकेडेमिमा कानुनको अध्यापन सुरु गरेका थिए । उनको
पाठ्यक्रममा कानुन र तर्कशास्त्रको छुट्टाछुट्टै अध्ययन गराउनु पर्नेमा जोड दिईएको
पाइन्छ । संयुक्त अधिराज्य बेलायतले मौखिक संविधानको सफल कार्यन्वयन गर्दै आएको छ ।
हाल विश्वका धेरै देशहरूमा सर्वोच्च निकायहरूले कानुन बनाइ जारि गर्ने र तोकिएका
सबैले उक्त कानुनहरूको पालना गर्ने अभ्यास गरिरहेका छन् । ती मध्ये भारत, अमेरिका
लगायतका केहि मुलुकहरूको कानुनलाई कडा कानुन मानिन्छ भने भुटान, म्यान्मार, आदि
मुलुकहरूको संवैधानिक दस्तावेजलाई नरम कानुन मानिन्छ । जुन देशको कानुन आफु अनुकुल
पालना गर्ने अवस्थामा हुन्छ त्यो नै नरम कानुन हो । त्यसैगरी कुनै कानुनले
व्यक्तिको मौलिक हक समेत कुण्ठित गर्न सक्ने क्षमता राख्दछ भने त्यसलाई कडा कानुन
भनिन्छ । नेपालको कानुनलाई नरम कानुनको रूपमा लिईन्छ । किन भने नेपालको संविधान
२०७२ ले मृत्युदण्ड र देश निकाला गर्ने गरी कुनै कानुन बनाउन नपाइने स्पष्ट
व्यवस्था गरेको छ । नेपालको संवैधानिक कानुनि प्रावधान अनुसार व्यवस्थापिका संसदले
कानुन बनाउने र जारि गर्ने कार्य गर्दछ । कानुन तर्जुमाको मामिलामा संघीय संसद सभा
नै सर्वोच्च निकाय हो । ऐनमा आधारित रहि नियमावलि र निर्देशिका जारि तथा संसोधन र
खारेज गर्ने अधिकारहरू कार्यपालिकालाई प्रत्यायोजन गरिएका छन् । नेपालको सन्दर्भमा
नेपालको संविधान २०७२ सबै भन्दा बलियो कानुन हो । नेपालको संविधान, २०७२ धारा १
उपधारा (१) मा लेखिएको छ, “यो संविधान नेपालको मुल कानुन हो । यस संविधानसँग
बाँझिने कानुन बाँझिएको हदसम्म अमान्य हुनेछ ।” त्यसैगरी उपधारा (२) ले संविधानको पालना
गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ भनेको छ । यसर्थमा के गर्ने र के नगर्ने
भन्ने कुरा थाहा नपाइकन कानुनको पूर्ण पालना गर्नु गराउनु दुबै असम्भव छन् । त्यस
कारण पनि कानुन हाम्रो लागि महत्वपूर्ण छ । हामीले कानुनि व्यवस्था जान्न र
तोकिएको नियम पालना गर्दै विश्वको एक असल छवि भएको नागरिक हुनको लागि कानुनको
अध्ययन गर्नु पर्छ ।
कानुन भनेको कार्य प्रक्रियाको लागि पूर्व
निर्धारित सर्त हो । अर्थात कानुन एक सजाय र उपचारको व्यवस्थित, दूरदर्शि तथा स्पष्ट
योजना हो । अर्को शब्दमा हरेक गतिविधिको लागि सम्भावित सबै तत्वहरू समेटेर गरिएको
चिन्तन कानुन हो । मान्नु पर्ने भनि किटान गरि स्विकार गरीएको आधिकारिक निकायबाट
जारि कुनै पनि कुरा कानुन हो । कानुनको शब्दकोश अनुसार “संविधान, न्यायधिशहरूको राय, सुझाव, मान्यता
प्राप्त रितिरिवाज प्रदत्त नियम, सरकारि घोषना, प्रसाशकीय अधिकारिको आदेश, राज्यको
कानुन निर्माण गर्ने निकायबाट निर्मित नियम, मानवीय व्यवहार र आचरणका नियमहरू वा
तत सम्बन्धि सिद्दान्त वा प्रणालीको समस्टि नै कानुन हो ।” यसर्थमा कानुन एक
व्यापक क्षेत्र ओगटेको विषय हो । यसको जानकारी बिना कुनै पनि व्यक्ति र निकायहरू
व्यवस्थित र सव्य हुन सक्दैन । किनकि हाम्रो दैनिकिसँग गाँसिएका सबै कुरा कुनै न
कुनै रूपमा कानुनि स्वरूपमा रहेका हुन्छन् । केहि व्यवहारहरू हामीले स्वतः अभ्यास
गर्दछौँ भने केहि सांस्कृतिक र सामाजिक कारणले गर्नु पर्ने हुन्छ । यसरी अन्ध
अभ्यास गर्दा अनुभवको भरमा सबै ठिक हुन सक्दैन र व्यक्ति नजानिकन कुप्रथा संरक्षण
गर्ने र पिडित हुने गर्दछ । त्यस कारण आफ्नो व्यवहारलाई ठिकसँग सौदाबाजि गराउन तथा
समाजका चलनहरू मध्ये सहि कुराको मात्र अनुसरण गर्न कानुन जान्नु पर्छ । कानुन
अध्ययन गर्नाले समाजका कुप्रथा हटाउन र अपराधहरूको सङ्ख्या नियन्त्रण गर्न सघाउ
पुग्छ । त्यसैगरी आफुलाई परेको समस्याको कानुनि उपचार खोज्न पनि कानुनको अध्ययनले
सहयोग पुर्याउँछ ।
उमेरमा आउने परिपक्वतासँगै हामी प्रसासनिक
कानुनको अभ्यास गर्दछौँ । शिक्षकलाई भनेअनुसारको ग्रिहकार्य गरि देखाउनु,
विद्यालयले लागु गरेको नियम मान्नु, आदि सुरुवाति प्रसासनिक कानुनि अभ्यासहरू हुन्
। परिवारका सदस्यले भनेबमोजिम नाता व्यवहार गर्नु, संस्कार पछ्याउनु, आदि सामाजिक
कानुनि अभ्यासहरू हुन् । यस किसिमका कानुनहरू हामीले आफुले जानेर पालना गर्न सकेमा
समाज अझै सव्य र व्यवस्थित हुन सक्छ । यद्यपि नेपालमा सरकारी र निजि क्षेत्रबाट
कानुनि साक्षरता प्रवर्धन गर्ने खालका कार्यक्रमहरू निकै कम मात्र गर्ने गरेको
पाइन्छ । कानुनको सहि पालना गर्नु अनुसासित हुनु पनि हो । हामी अनुसासित हुन
कानुनि प्रावधान थाहा पाउन जरुरि छ । कानुनले मानिसलाई अनुसासित मात्र होइन सव्य,
तार्किक र बुज्रुक बनाउँछ । त्यसैले आजको विश्वमा आफुलाई सबैतिर चलायमान राख्न र
बढि भन्दा बढि फाइदा लिनको लागि संवैधानिक (संविधान लगायत लिखित कानुन), सामाजिक
(रितिरिवाज र परम्पराका नियमहरू), वैयक्तिक (व्यवहार गर्नुपर्ने व्यक्तिको बारे
पूर्व जानकारी), प्रसासनिक नियम, आदि कानुनहरू जान्नु अत्यावश्यक छ । समग्रमा कानुन
जान्नका लागि भन्दा कानुनि उपचारमा सहयोग गर्न पढ्नु पर्छ । कानुन बारे जानकारी
राख्ने व्यक्ति मुद्दा मामिलामा अब्बल हुनु स्वभाविकै हो । त्यो भन्दा पनि उसलाई
कानुनको ज्ञानले एक परिपक्व विश्लेषक र कठोर वस्तु निष्ट निर्णय गर्न सक्ने बनाउँछ
।
सामाजिक दृष्टिकोणबाट हेर्दा कानुनले
सामाजिक गतिविधिको एक विस्त्रित विभिधतालाई नियमितता प्रदान गरिरहेको छ । अझ भनौँ समाजका हरेक
क्रियाहरूलाई कानुनले व्यवस्थित र सहि दिशामा सञ्चालन हुन मदत गरेको छ । त्यस कारण
समाज पहिले भन्दा निकै ठूलो जनघनत्वको भएपनि मिलेर बस्न सम्भव भएको छ । चाहे लिखित
होस् या अलिखित कानुन साधारण मान्यता देखि सन्धिसम्म विकसित छ । मानिसको सामाजिक
व्यवहारलाई व्यवस्थित गर्दै सामाजिक संरचनालाई आदर्शमुखि बनाउने संयन्त्र नै कानुन
हो । बढ्दो जनसंख्यालाई ख्याल गर्दै समाजलाई थप व्यवस्थित बनाउँदै लैजानु आजको मुख्य
चुनौति हो । सामाजिक व्यवहार कर्तव्य केन्द्रित बनाउन कानुनि सचेतना नभई नहुने
कुरा हो । समाजलाई कुप्रथा मुक्त बनाउन र आदर्श समाजको निर्माण गर्न सबैमा
प्रभावकारि कानुनि शाक्षरता हुनु पर्छ । आजको विश्वमा समेत कतिपय अपराध नजानिकन
हुने गरेका छन् । साइबर अपराध, बौद्धिक चोरि, आदि घटनाहरू समेत बढ्दो क्रममा
देखिन्छन् । सामाजिक सिस्टाचार बिगार्ने गतिविधिहरू समेत शिक्षित भनिने
व्यक्तिहरूबाट हुने गरेका छन् । भ्रस्टाचार यसको ज्वलन्त उदाहारण हो । निश्चित
शैक्षिक उपाधि हासिल गरेकाहरूमा पनि कानुनको ज्ञानको अभाव प्रस्टै देखिन्छ ।
परिणाम स्वरूप प्रत्यक्ष सम्लग्न भन्दा अप्रत्यक्ष वा नजानिकन स्वार्थिको फन्दामा
परेकाहरूको सङ्ख्या निकै धेरै पाइन्छ । उदाहारणका लागि गलत निर्देशन दिने भन्दा
त्यस्ता आदेशको पालनकर्ता नै दोशि हुन्छ । कानुनको विशेष्ता “प्रमाण नभेटि
नसमात्ने र प्रमाण भेटिएको अवस्थामा नछोड्नु” हो । हामीले कानुनि र गैरकानुनि काम
बारे थाहा पाएनौँ भने कानुनको प्रमाण बिना नसमात्ने र प्रमाण देखिएसम्म नछोड्ने
बलियो विशेष्ता हाम्रो लागि ठूलो कमजोरि बन्दछ ।
केहि
टाठा व्यक्तिहरू कानुनलाई नै छलेर स्वार्थ पुर्ति गर्न केहि हदसम्म सक्षम छन् । समाजका
व्यक्तिमा कानुनि प्रावधान सम्बन्धि जानकारीको अभावमा पर्याप्त विश्वसनीय सूचनाहरू
प्राप्तिमा कठिनाइ उत्पन्न भएको छ । तसर्थ यि सबै समस्याको एक मात्र समाधानको
साँचो कानुनि साक्षरता हो; कानुनको अध्ययन हो । कानुनको अध्ययनले त्यस समाजका मानिसहरूलाई उपचारको
मात्र ज्ञान दिँदैन सुक्ष्म अपराध पनि चिन्न र त्यसको रोकथाम गर्न पनि सहयोग
पुर्याउँछ । कानुन समृद्ध समाजको सुव्यवस्थित आधारसिला हो । त्यसैले जनताहरू
कानुनि रूपमा शिक्षित तुल्याइनु पर्छ । जहाँ कानुन जान्नेहरूको जमात धेरै हुन्छ
त्यहाँ उत्तरदायित्व निर्वाहको मात्रा धेरै हुन्छ । त्यसैले हामी समाजलाई निरन्तर
शक्तिसालि बनाउन कानुन अध्ययन गर्नु पर्छ ।
कानुन परिवार, समाज, राष्ट्र र विश्व
सञ्चालनको निम्ति नभई नहुने महत्वपूर्ण कडि हो । विगत भन्दा यो केहि व्यवस्थित र
राम्रो बनाइएपनि प्रचार प्रसारमा खासै जोड दिईएको पाइँदैन । राष्ट्रिय कानुन आयोगको वेबसाइटमा उपलब्ध तथ्याङ्क अनुसार नेपाल सरकारले जारि गरेका करिब साढे तिन
सयको सङ्ख्यामा ऐनहरू छन् । तेत्तिकै सङ्ख्यामा नियम र बिनियमहरू पनि रहेका छन् ।
तर तिनिहरूको पहुँच सिमित जनशक्तिमा मात्र पुगेको देखिन्छ । हाल नेपालमा कानुन
पढ्नेहरू मध्ये छात्रवृति प्राप्त विद्यार्थीहरू र राजनैतिक तथा सामाजिक मुद्दाबाट
अभिप्रेरित भएकाहरू छन् । यतिसम्म कि राजनैतिक दलहरूले आफ्नो विधानहरू पहुँचयोग्य
स्वरूपमा आम कार्यकर्तालाई दिन सकेका छैनन् । यसले कानुनको शक्तिको लाभ केहि
व्यक्तिले मात्र लिन खोजेको देखिन्छ । कानुन बनाउँदा सामान्यतया “कानुन सबैले
जानेको मानिने छ” भन्ने सिद्दान्तका आधारमा निर्माण गरी लागु गरिन्छ । तसर्थ
आफुबाट सम्भावित अपराध हुन नदिन र कानुनको सहि कार्यन्वयन गर्न प्रत्येक देशका
जनताहरू सचेत र सजग हुनु पर्छ । कानुनि शाक्षरताका लागि शब्दको कानुनि प्रयोजन
जान्नु अनिवार्य हुन्छ । त्यस कारण पनि सबैको लागि कानुन एक महत्वपूर्ण विषय हो । कानुनलाई
व्यवहारमालाको रूपमा अध्ययन गर्दै आफु र आफ्नो समाजका सबैलाई सहि बाटो हिडाउन
कानुनको अध्ययन गर्नु अत्यावश्यक छ । साथै अधिकारको समुचित उपभोग गर्न,
मनपरितन्त्रको अन्त्य गर्न र आफ्नो अधिकार र कर्तव्यमा सन्तुलन राख्न पनि कानुनि
प्रावधान जान्न नितान्त जरुरि छ । त्यसैले सबैले खोजि खोजि कानुन पढ्ने बानि
लगाउनु पर्छ ।

Comments
Post a Comment
Would you like to add something? Enter here!