एकताको अपरिहार्यता

शाहावंशीय राजा सासन देखि जहानीया राणा शासन हुँदै संघीय गणतन्त्रात्मक राज्य हुँदा नेपाल थुप्रै ऐतिहासिक कुराहरूको भुक्तभोगि मात्र छैन ती घटनाहरूबाट नेपालीहरूले ठूलो पाठ पनि सिकेका छन् । यद्यपि यस किसिमका अनुभवलाई “राष्ट्रहित अनि मेरो हित” भन्ने परिपाटिको व्यवाहारमा उतार्न नसक्नु जिम्मेवार नेपालीको दुखद पक्ष हो । दुइ शताब्दि लामो राजतन्त्रीय शासन कालमा पृथ्विनारायण शाहले गरेको भौगोलिक राष्ट्रीय एकिकरणको अभियान कार्यलाई मात्र अलग राखेर हेर्ने हो भने उनि भन्दा पछि हिमाल, पहाड र तराइँ अनि जाति र सम्प्रदायलाई जोड्ने काम खासै कसैले गरेको पाइँदैन । बरु धार्मिक सहिष्णताको देश नेपालमा यति बेला आपसि असुरक्षा व्याप्त छ । दलगत स्वार्थको लागि निर्दलीय व्यवस्थामा राणाहरुले परिवारवादि धारमा राजनिति गरे; दलीय प्रतिस्पर्धाको इतिहासमा राजनैतिक दलहरूले मधेशी, भेगीय, जातीय, धार्मिक, सम्पर्दायिक तथा नातागत कुरालाई मुद्दा बनाएर जनतालाई एकताबाट देश भित्रै विभिन्न धारमा बिभक्त गराएका छन् । यसले नेपालको आन्तरिक मामिला देखि गुप्तचर निकाय समेत प्रभावित छ । ठूलो देशको राजा हुने महत्वकाञ्छाले भौतिक बल प्रयोग गरी एकिकरण गरिएको भनाइ तर्कसङ्गत कुरा हो भन्न्ने हो भनेपनि बर्तमान नेपाली सत्ताको नेतृत्व त्यहाँ पुग्न सकेको देखिदैन । आफ्नो देशको सार्वभौमिकता र भौगोलिक अखण्डतामा सिधा प्राहार हुँदा समेत राष्ट्रले जनशक्ति र अन्य शक्तिको बल प्रयोग गरेन भने कहिले गर्छ ? भन्ने प्रश्न विचारणीय छ । भारतले नक्सा सार्वजनिक गरेपछि नेपालमा उत्पन्न घटनाक्रमहरूलाई यसका ज्वलन्त उदाहारणका रूपमा लिन सकिन्छ । देशको सार्वभौमिकतासँग जोडिएको कुरामा समेत नेपालले मध्येमार्गि बाटो अपनाउन खोजेको देखिन्छ जुन नेपालको लागि चुनौति बन्दै गएको छ ।

नयाँ उपलब्धि हासिल गर्ने भन्दा प्राप्त उपलब्धिको रक्षा गर्ने संयन्त्रहरूले काम नगर्दा विश्वमा शान्तिका अग्रदूतको पुजारी र स्वतन्त्रताको गौरवधारि भनेर चिनिने राष्ट्रको अवस्था बर्तमानसँग पटकै मेल खाँदैन । करिब डेड लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शत्रुहिन नेपालले विचार गर्नुपर्छ कि एक लाख भन्दा कम वर्ग किलोमिटर क्षेत्रमा फैलिएको र सबै राष्ट्रको प्रतिबन्ध खेपिरहेको उत्तरकोरियाले प्रतिबन्धको बिरुद्धमा कडा रूपमा प्रस्तुत हुने आँट गर्दछ भने नेपालले आफ्नो देशवासिहरूलाई राष्ट्रको उन्नति र हितमा किन प्रयोग गर्न सक्दैन? भलै उत्तरकोरियाले शान्तिको मर्म विपरित आँणविक अस्त्रहरूको विकास गरिरहेको छ । त्यस्तै अमेरिका लगायतका शक्ति देशहरू र संयुक्त राष्ट्रसंघको हितका लागि उत्तर कोरियालि उध्योग बन्द गराउन सक्ने नेपालले आफ्नो सम्मानजनक अस्तित्व जोगाउन  अधिकारको प्रयोग गर्न किन सकेन त्यो सोचनीय विषय छ ।

खेलकुदका कुरा गर्दा तालिवान लडाकुहरूले शासन गरेको देश अफगानिस्तान क्रिकेटमा टेस्ट खेल्ने राष्ट्र बन्यो । भौगोलिक विकटता र जनसङ्ख्यालाई बाधक तत्व मान्ने हो भने चीन त्यसको विपरित छ । सम्प्रदायिक मेलमिलाप, धार्मिक द्वन्द र राजनैतिक शासनको ग्रिह युद्धलाई समस्या मान्ने हो भने विश्वमा भारतको सिमा सुरक्षा र गुप्तचर निति निकै अब्बल मानिन्छ । तथापि ऊ १९४७ मा मात्र उपनिवेश मुक्त भएको थियो । त्यसैगरी भेदभाव, जनसहभागिता, वस्तुहरुको उपलब्धता आदिलाई समेत समस्या मान्दा साउदि अरेबिया ठिक विपरित देखिन्छ । किनकि हालसम्म महिलाहरू सक्रीय राजनैतिक क्षेत्रमा लागेको र सवारिसाधनको अनुमति प्राप्त गरेको अवस्था छैन । भारतले भूमि दोहोरो पर्ने गरी नक्सा सार्वजनिक गर्दा होस् या तराइका निशेधित क्षेत्रको लाइभ प्रसारण हुँदा होस् नेपाल सरकार बढो भद्रपारामा प्रस्तुत हुन खोज्छ।  चुनावि घोषणापत्र वा यस्तै अन्य कागजि र मौखिक भाषणमा भने नेपाली सत्तासिन र प्रतिपक्ष भन्नेहरू उग्रराष्ट्रवाद देखाउँछन् । नेपालका केहि चिज (विद्युत, तेल, सप्तकोशि बाँध) को साँचो समेत भारतलाई जिम्मा लगाइएकोले एकता र राष्ट्रहितलाई अति शुक्ष्म तथ्यहरूमा समेत ध्यान दिई अनुकुल कदम चाल्नुपर्छ । यद्यपि ठिक समयमा ठिक निर्देशन दिने र निर्णयात्मक परिणाम निस्किने गरि काम गर्नुको विकल्प छैन ।विश्वमा आफ्नो एकता स्तर बलियो पार्न चीनको एक स्वायत्त राज्यको रूपमा रहेको हङ्कङका नागरिकको आँटबाट पनि केहि सिक्दै “पहिले नेपाल अनि नेपाली रहन्छ; पहिले हाम्रो महान धर्ति नेपाल राज्य अनि मात्र सत्ता र कुर्सि” भन्ने कुरा सत्तासिन र प्रतिपक्ष दलहरुले बोध गर्न जरुरि छ ।

नेपाल र नेपालीको एकताको भू-भागसँगै मनको एकताको सुरुवात गर्ने राष्ट्रनायक पृथ्विनारायण शाहलाई सम्झिन समेत नभ्याउने नेपालका राजनैतिक दलहरूले आस्थावान कार्यकर्ताको भने पार्टि स्थापनामा योगदान दिएको आधारमा सम्झना देखिने गरि गर्छन् । विदेशि नेपाल भ्रमण गर्न आउँदा सुरक्षाको नाममा सारा नेपालका संयन्त्रहरू (कर्मचारि तन्त्र, सुरक्षा, नागरिक अधिकार, आदि) विदेशिहरू अनुकुल बनाउन सक्छ तर सरकार आफ्नै नागरिकको गुनासो सुन्ने र त्यसलाई कार्यन्वयन समयमा गर्दैन । यदि सुरक्षा दिनु नै छ भने वर्षमा हप्तौँसम्म बिताउन नेपाल आउने पर्यटक अनुकुल सुरक्षा र नेपाल हुनुपर्छ; ऋणको भारि बोकाउने र आम्दानिको भन्दा खर्चका उपायहरूका सम्झौता गर्नेलाई गरिने स्वागतमा हुने खर्च कम गर्दै देशको एकता मज्भुत पार्ने संयन्त्र विकासमा परिचालन गर्नुपर्छ । यसका लागि अत्यावश्यक र विशिष्ट क्षेत्रमा बाहेक पाहुनामुखि भन्दा दिगो टिकाउ संरचना बनाउन जोड दिन सकिन्छ । भारतीय राष्ट्रपतिको भ्रमणमा दिने विदा तीज र ल्होसारमा दिन सकिन्छ । हिसाबि कार्यहरू मौलिक वर्ष अनुसार गर्न सकिन्छ ।

नेपाल एक दैद अर्थ व्यवस्था भएको मुलुक हो जुन भारत र चीन जस्ता ठूला अर्थ व्यवस्था भएका देशको बीचमा अवस्थित छ । पर्यटन वर्ष इ. सन २०२० मा यिनै देशका पर्यटकहरूको सङ्ख्या बढ्ने निश्चित छ । हामीले सच्चा मनले पर्यटकहरूलाई स्वागत मात्र गरिरहदा पाहुनाको रूपमा तेहि मार्गबाट अन्य देशका धर्म प्रचारकहरू धर्म परिवर्तनका गतिविधि शक्रीय पार्न नेपाल आउने सम्भावना पनि अधिक रहन्छ । धर्म परिवर्तन जस्तो गयरकानुनि गतिविधिले देशको एकता र नागरिकहरूको राष्ट्र भक्तिको भावनामा पुर्याउन सक्ने असर प्रति राज्य खासै सम्वेदनशिल देखिएको छैन । पाहुना हाम्रा देवता हुन् तर देशमा प्रचलित कानुन विपरित गतिविधि गर्न कुनै पाहुना मात्र होइन संस्था र शक्तिको ओहोदालाई नेपालले किन्चित छुट दिनुहुँदैन । इसाइ धर्मको प्रचारप्रसारका लागि संस्थागत विकास हुँदैगर्दा सानो समस्या जस्तो देखिएपनि यो समस्याको दिर्घकालिन रूपमा नेपालले समाधान गरेन भने पूरानो धर्म हिन्दुहरूको देशको स्थान इसाइ र इस्लामहरूको हुन सक्छ; नेपालमा गीत रेकर्डिङ गर्ने स्टुडियो खुलेजस्तै क्रिश्चियन  धर्म ग्रन्थका श्रव्य तथा श्रव्यदृश्य उत्पादन गर्ने संस्थाको विकास हुनसक्ने सम्भावना छ ।त्यसैगरी एसियाका ज्योति महा मानव भगवान गौतम बुद्धको जन्मस्थल, बौद्ध धर्मका प्रवर्तकको पवित्र स्थल ज्ञानको भूमि शान्ति क्षेत्र इसाइको चर्चको अखडा बन्न सक्दैन भन्ने कुनै निश्चय छैन । त्यसैले यस किसिमका गतिविधिमा पनि भ्रमण वर्षको सफलताका सूत्रसँगै चिन्ने र आजीवन नेपाल प्रतिबन्ध लगाउनुपर्छ । दुइ चार जनाले नेपालमा खर्च नगर्दा नेपालको कुनै कुरामा असर पार्दैन तर दुई चार जना पाहुनाको खोलमा गलत मनोकाञ्छा भएका व्यक्तिहरू छिरेमा नेपालको एकता र सार्वभौमिकतासँगै धार्मिक सहिष्णता तथा साम्प्रदायक मेलमिलापको भावनामा नकारात्मक असर पर्ने निश्चित छ । किनकि सकारात्मक भन्दा नकारात्मक असरहरू तिब्र हुन्छन् । फल स्वरूप नेपालको राष्ट्रीय एकता र राष्ट्रीयता झन कमजोर बन्न सक्छ ।

एकता बलियो पार्न के गर्ने?

राष्ट्रहितका लागि नागरिक श्रमको उचित प्रयोग गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ जसले यो देश हाम्रो पनि हो भन्ने अपनत्वको विकास हुन्छ । वैदेशिक अनुदान र सहयोग लिँदा उनिहरूको अधिनमा नरहने गरी लिनुपर्छ । यसका लागि निसर्त पूर्ण अनुदान मात्र स्विकार गर्ने, अनुदान वा सहयोग दिएको भरमा नेपालको कुनै चिजको अध्ययन गर्न खोज्नेलाई निरुत्साहान गर्ने जस्ता नितिहरू अवलम्बन गर्न सकिन्छ । निर्माणका आधुनिक साधनहरूको अधिकतम मानव हितमा उचित प्रयोग गर्नुपर्छ । आर्थिक सहयोग लिँदा वैदेशिक ऋण र अनुदान भन्दा जनताकोश र आन्तरिक निकायहरूबाट लिन सकिन्छ । नैतिक शिक्षाको मदतले राष्ट्रहितका लागि नागरिकमा राष्ट्रभक्तिको भावना विकास गर्नुपर्छ । बढ्दो अङ्ग्रेजी शिक्षाको मोहलाई निरुत्साहान गर्ने गरी “मेरो धर्ति नेपालको पहिचान, स्वच्छ छबि सम्वृधिको शान” कार्यक्रम सञ्चालन गर्नुपर्छ । विभिन्न उपाधि हासिल गरेका विद्यार्थीहरूलाई राष्ट्र निर्माणको महान अभियानमा सहभागि गराउने र त्यस वापत उनिहरूका लागि विशेष प्रोत्साहानका कार्यक्रमहरू लागु गर्नुपर्छ । भ्रस्टाचारीलाई कमजोर पार्न र सूचनाको गोप्य संयन्त्र संरक्षण गर्न सम्वेदनसिल हुनुपर्छ । प्रक्रिया भन्दा नतिजामुखि कामलाई पुरस्कार र प्रोत्साहान गर्नुपर्छ । त्यसका लागि स्पष्ट मापदण्ड बनाउने र पर्याप्त बजेटको व्यवस्थापन गर्नुपर्छ । अधिकार प्रत्यायोजन गर्दै विद्यालयका प्रधानाध्यापक, कार्यालय प्रमुख, विभागीय प्रमुखहरू, सुरक्षा निकायका आवश्यक अङ्गहरू र संवैधानिक अङ्गहरूलाई पूर्ण प्रशासनिक शक्तिशालि बनाउँदै पारदर्शि नियुक्ति गरिनुपर्छ । राष्ट्रवासिको मूल्याङ्कन राष्ट्रको हितमा गरेको योगदान र त्यसको सकारात्मक सुचकका आधारमा गर्नुपर्छ । आवश्यकता अनुसार राज्य जनताहरूसँग र जनता राज्यको साथमा छन् भन्ने कुरा महसुस हुने गरि देशव्यापि कार्यक्रम सञ्चालन गर्नुपर्छ । औपचारिक र अनौपचारिक शिक्षामार्फत नागरिकलाई राष्ट्रीय एकताको आवश्यकता, महत्व, धर्म परिवर्तनबाट राष्ट्रलाई हुने नोक्सानि र धर्म निरपेक्षता बारे पर्याप्त ज्ञान दिनुपर्छ । खराब आचरणका नागरिकलाई सुधार गर्न बढुवामा रोक लगाउने, थप श्रम गराउने, केहि बढि कर कट्टा गर्ने, सम्पतिको राष्ट्रियकरण गर्ने, भौतिक संरचना निर्माणमा अधिक प्रयोग गर्ने जस्ता रचनात्मक उपायहरूको कडाइका साथ कार्यन्वयन गर्नुपर्छ । कानुनहरू र सन्धि तथा सम्झौताको सबै किसिमका नागरिकले बुझ्ने गरी अधिक प्रचारप्रसार गर्नुपर्छ । माटो अनुकुल शिक्षा निति लागु गर्दै अन्तराष्ट्रीय भन्दा देशको बजारका लागि जनशक्ति उत्पादन गर्नुपर्छ ।

सारांशमा एकता बिना राष्ट्रको क्रान्तिकारि विकास र त्यसको स्थाइत्व सम्भव नहुनेहुनाले नेपाल र नेपालीलाई राष्ट्रीय एकताको अपरिहार्यता अनिवार्य छ । तसर्थः आम नेपालीले तमाम प्रलोभनबाट मुक्त भई आफुलाई राष्ट्र र राष्ट्रीय एकतामा समर्पित गर्दै एकतालाई मज्भुत पार्नुपर्छ; प्राचीन सव्यताका अनेक विशेष्ता बोकेको नेपालको सम्वृधि हासिल गर्ने सपना साकार पार्नुपर्छ । “अनेकतामा एकता नेपालको विशेष्ता” सधैका लागि चरितार्थ गर्न चिन्तन गर्नुपर्छ ।



यो लेख विक्रम संवत २०७६ पौष २७ को दुल्लुखबर अनलाइन डटकम र सोहि पौष २८ को काँक्रेबिहार दैनिकको अङ्कमा प्रकाशित छ

Comments