विरेन्द्रनगर देखि धन्गडीसम्म

मिति २०८०-०६-०६

यो संस्मरणमा मैले यात्रा गरेको गाडि सम्झिन लायक रह्यो । सबैले यसरी नै सवारि चलाए समय र पैसा प्रसस्त जोगिने पक्का छ । गाडि नम्बर ८११७ कर्णाली प्रदेश–८११७ का यात्रा चालक दलबाट अरूले सिक्न सके राम्रै हुनेछ । टिकट बिक्रिको हकमा त्यो नहोला । तर गाडि चलाउनेले समय ध्यान दिएमा टिकटको मोल गौण हुन्छ ।

 २०८० असोज महिनाको ६ गते शनिबारको दिन थियो । साविकको योजना अनुसार नै मलाई धन्गढी जानुपर्ने र त्यसका लागि सम्भावित सबैको परिकल्पना गरि तयारि पनि  तेहि अनुसार नै गरेको थिएँ । किनकि मेरो र मसँग आश्रित हुन सक्नेहरूको भविष्यको सवाल सामना गर्न जाँदै थिएँ यस पटक, शिक्षक सेवा आयोग प्राथमिक तह स्थाई नियुक्तिको लागि लिईने दोस्रो परिक्षाको जाँच उत्रिण गर्नु निर्विकल्प गन्तव्य देखिन्थ्यो ।

असोज पाँच गते नै म सुर्खेत स्थित विरेन्द्रनगर बसपार्कमा टिकट सुरक्षित गर्न गएँ । तर त्यहाँका गाडि छुटाउने भनिएका व्यक्तिले मलाई अहिले टिकट नकाटिने र छुट पनि हुने भन्दै भोलि बिहान आफैले फोन गर्ने गरी मेरो नम्बर समेत राखेर मलाई फर्काइदिए । छुटिने बेला भोलि बिहान पौने छ बजे देखि छ बजेसम्म कल गर्ने र साढे छ बजेको आसपासमा बसपार्क आइपुग्ने निधो भयो । यति भएपछि म कोठा पुगेँ र जाँचसुचि सम्झिँदै सामान झोलामा हाल्ने काम गरेँ । बेलुकिको खाना परिचितको कोठामा खाएँ । परिक्षा नजिकिएको र नोट बाँकि नै रहेकोले बुझ्दै नोट बनाउँदै करिब रातिको १२ बज्यो ।

६ गते, अर्थात शनिबार बिहान म चाँडै उठ्ने सोचेर निधाएपनि अलि अबेर सुतेकोले एकै चोटि ६:१५ मा बिउझिएँ । अरू त गर्नु केहि थिएन । कोठामा सुरक्षाका हिसाबले र लैजानका लागि गर्नुपर्ने सबै काम हिजो नै सकिएका थिए । त्यसैले हतार हरार फोन जाँच गरेँ । तर यस बेलासम्म फोन कसैको आएको थिएन । मलाई अलि नरमाइलो लाग्यो । किनकि आज पहिलो कुरा म चाँडै उठ्नुपर्ने थियो र दोस्रो कुरा गाडिवालाले पनि फोन गर्नैपर्ने थियो । हिजो मलाई छोडेर नजानु भनेको याद आयो । जवाफमा उनले बुलबुले गेटसम्म आउन सक्ने भए अझ सजिलो हुन्छ भनेका थिए । मनमा कुरा चपाउँदै मुख धोएँ । तेतिबेलासम्म मात्रिका अधिकारी आइसकेका थिए । मलाई कल गर्नु, बसपार्कसम्म जान्छु म भनेकाले मैले नै केहि मिनेट अघि फोन गरेको थिएँ । ढोकाको चाबि लगाएर हामी मौन विदा हुँदै बसपार्कतिर हिड्यौँ । समय करिब ६:३१ भएको थियो । गाडिवालालाई कल गरेपछि उनले नम्बर हराएको भने । हामीले गाडि कहाँ छ र कति बेला छुट्छ? भनि सोध्यौँ । उनले ठिक सात बजे बसपार्कको गेटमा आइपुग्नु नत्र भेटिँदैन भन्ने जवाफ दिए । हामी नियमित गति भन्दा केहि छिटो हिडेर ठिक सात बजे गेटमा पुग्यौँ । कल गर्दा पो थाहा भयो, गाडि त बुल्बुले गेट पुगिसकेछ । हतार गर्दै म अटोमा चढेँ र रू. २० तिरेर बुल्बुले गेटमा बस भेटाएँ । ती गाडिवालाले सहचालकलाई अटोको पैसा तिर्न भने । तर उनलाई मैले तिरिसकेको भनेँ । यहाँ नेरको जिम्मेवारि बोध निकै मन पर्यो । यात्रु प्रति गर्नु पर्ने यस्तै त हो । उनले तिरेनन् । तर सोधेकोमा म दङ्ग थिएँ ।

गाडि कुध्यो । बिहान ठिक सात बजे विरेन्द्रनगर बसपार्कबाट हिडेको बस केहि समयमा उपत्यका छाड्ने पक्का थियो । मलाई भाडा मागियो; निर्धारित भाडाको तुलनामा मलाई ६९.०९% मात्रै भाडा लाग्ने भन्दै रकम तिर्न ती हिजो मसँग कुरा भएका व्यक्तिले भने । मैले यस पटक बसमा बिरोध गर्नु उचित ठानिन । किनकि संयुक्त यातायातले चिठि पठाइसकेको भनेको थियो । हिजो कुरा हुँदा ती व्यक्तिले पनि छुट हुन्छ भनेकै हुन् । यद्यपि अपाङ्गता सिटमा भने खासै वास्ता गरेको देखिएन । यात्रुहरूलाई पनि अनुरोध छ कि, यदि गाडिमा कोहि अपाङ्गता भएको व्यक्ति छ भने त्यो सिटमा उसलाई बस्न पहिलो प्राथमिकता दिनुहोस् ।

मैले उनले भनेबमोजिम रकम दिन पैसा निकाल्दै भने, मलाई टिकट दिनुपर्छ अनि मात्रै रकम दिए हुँदैन? उनले नाइ भनेनन् । आफ्नै हातले मेरो नाममा टिकटमा आवश्यक सबै विवरण भरि टिकट थमाए । मैले उनलाई रकम थमाएँ र टिकट नमाग्नु भनेँ । किनकि यस अघि टिकट चेकिङको क्रममा मागेर मलाई फिर्ता नै नगरेको कुराबाट मैले पाठ सिकिसकेको छु ।

हामी त्यहाँबाट छिञ्चु (८:००) पुग्यौँ । करिब १०-१५ मिनेट गाडि रोकियो । नास्ता खाएर केहि गति बढाउँदै हामी हर्यको बजार पुग्यौँ । डौँडे/निम्रो बेच्दै थिए । एउटा यात्रुले हामीलाई ५० किलो चाहिएको छ राखिदिनु भने । पसलवालाले ८० किलो हालिदिन्छु, भोलि त माल आउँदैन लैजानुहोस् भने । उनले आफु नेपालगञ्जतिर जान लागेकोले नलिने भनिन् । कसैले सोधेपछि थाहा पाएँ, अदुवा १०० रुपैया किलो रहे छ त्यहाँ ।

गाडिमा म सहित करिब ३० बढि यात्रु थियौँ । सहचालकले एउटा यात्रुलाई भाडा माग्दा उनले कति हो? भनिन् । सहचालकले वास्तविक भाडा बताउँदै यति हो तर तपाइँले त्यसको ५% छुट पाउनुहुन्छ दिनुहोस् भने । तर उनले मैले तिरे बराबरकै रकममा मात्र जाने बताइन् । उल्टै भाडा त यति होइन र? भन्दै सहचालकलाई प्रश्नको नजरले हेरिन् । उनले थपिन्, अघि सोधेर बस्नुपर्ने; अर्को गाडिले मैले भनेकै मूल्यमा लगिदिन्थ्यो । यस प्रकार हरेक यात्रुबाट ५% मात्रै चालक दल/साहुले सोधेपनि प्रति पटक गाडिले दुइ जनाको भाडा बराबरको घाटा बेहोर्ने रहेछ । अपाङ्गता भएकालाई छुट दिन आनाकानि गरेको देख्दा दिक्दार लाग्यो । बरु ती यात्रुबाट नछोडे हुन्छ; ट्राफिक जरिवाना उल्लङ्घन हुने गरि काम नगरेर पनि रकम बचाए जाति हुन्छ ।

बबै र कोहोलपुर जस्ता ठाउँमा पनि नियमित/आकस्मिक काम बाहेक गाडि रोकिएन । किनकि गाडिलाई धन्गढी पुग्नुपर्ने थियो । बाँस्गडि पुग्दा ११ बज्नैलागेको थियो । भुरिगाउँ (११:३५ बजे ) हुँदै चिसापानि (१२:२५ बजे) पुगेपछि चालक दल र अन्य यात्रुले खाना खाए । म भने धन्गढी पुगेरै खाने मनसाय बनाएकोले होटेलमा छिर्ने कुरा भएन ।

यस अघिका यात्रामा मैले नास्ता/खाना समयमा अनावश्यक समय खर्चिएको देखेको र भोगेको थिएँ । तर आज त्यस्तो भएन । खाना खाने समय करिब ३५ मिनेट जस्तो हुन्छ । यहाँ भने ३० मिनेटमै गाडिले हरन बजायो, कोहि छुटेको छ? हिडियो भनेर । रफ्तार आफ्नै थियो; लम्कि (१:१५), गुलौरा (१:२८) र अत्तरिया (२:५६) पुग्दासम्म । गाडि विरेन्द्रनगरबाट महेन्द्रनगर रुटमा भएकोले पुर्ववत जानकारी अनुसार नै हामीलाई अर्को गाडिमा राखि धन्गडि पठाइयो । मैले टिकट नमाग्नु भनेकोले होला मलाई बाटोमा सोधिएन ।

अत्तरिया चौराहाबाट धन्गडि चौराहासम्म १४ किलोमिटर दुरि छ जुन पार गर्न हामीलाई करिब २२ मिनेट लाग्यो । धन्गडि चौराहा पुग्दा ३:२३ बजेको थियो । त्यहाँबाट म बास बस्ने गन्तव्य पुग्न अझै दुइ किमि दुरि पार गर्नुपर्ने थियो । त्यसैले अटो रिक्सामा बसेर रू. २५ तिर्ने सर्तमा दुइ किमि दुरि पार गर्दा करिब ८ मिनेट लाग्यो । बाटो खनेर बनाइरहेको रहेछन् । त्यसैले यसमा धेरै नै हल्लाउने समस्या थियो । फुट्ने र सम्वेदनसिल सामान बोकेकाहरूका लागि केहि समय होसियारि अपनाउनु पर्ने छ ।

दिउसो ३:३२ बजे म गन्तव्य पुगेँ । तर अझै वास स्थान छिर्न बाँकि थियो । चोकैमा भएपनि भवनसँगको वातावरणमा घुलमिल नभएकोले मलाई कोठासम्म पुग्न करिब ३२ मिनेट जति समय लाग्यो । यसमा मेरा आवश्यक विवरण समेत दिई म कोठामा पुग्दा ४:०४ बजेको हुँदोहो । वातावरण शान्त लाग्यो । अबको एक हप्ता तनाव भएपनि कोठामा कम हुनेमा सन्देह छैन ।

डेरामा आएर तुरुन्तै पढ्न मन लाग्ने कुरा भएन । त्यसैले नुहाएर यो लेखि पोस्ट गरेँ! भएन त खालि समयको सदुपयोग? मेरो यात्रा वृतान्त कस्तो लाग्यो? पाठकबाट प्रतिक्रियाको आस गरेको छु । यसमा प्रयोग भएका तथ्यहरू कसैको सुरक्षाको गोपनीयता भङ्ग गर्ने भन्दा संरक्षणमा केन्द्रित छन् । भुल भए सुधारको लागि तत्पर छु ।

यसमा केहि छुटेको पो थियोकि! लेख्नुहोस् ।

स्रोत: बसन्त जैशीको फेसबुक खाता

Comments