मात्रिभाषालाई चुनौति बन्दै अङ्ग्रेजी
भाषा
मानव जीवनको सबै कुरा व्यक्त तथा प्राप्त गर्ने स्व विकसित साधन हो । त्यसैले
भाषालाई मानव जीवनको कार्य सम्पादनको माध्यामका रूपमा लिईन्छ । व्यक्तिले
अङ्गहरूको चाल गरेर, ध्वनि निकालेर (बोलेर) र व्यक्त गर्न खोजेको कुरालाई निश्चित
संरचनामा अक्षरको/परिचित
स्थाइ सङ्केतको आकार दिएर कागज मार्फत
व्यक्त गर्दै आएको पाइन्छ । यसर्थमा भाषा साङ्कितिक, मौखिक र लिखित गरी तिन रूपमा
अस्तित्वमा छ ।भाषा सबैले जन्मिएपछि सिक्न सुरु गर्छन् । सुरुवातमा भाषा सिकाइ
प्रक्रिया अनौपचारिक भएपनि निकै छिटो हुन्छ । भाषा सिकाइको गुरु माता/आमालाई मानिन्छ ।
आमाले बोल्ने भाषालाई मात्रिभाषा भनिन्छ । मान्छे यहि आमाले सिकाएको भाषाको माध्यामबाट
आफ्ना आवश्यकता र अनुभव व्यक्त गर्न सुरु गर्दछ । औपचारिक शिक्षा लिने कार्यमा
सम्लग्न भएपछि उसले विद्यार्थिको कर्तव्यको रूपमा अरूको उद्देश्य पूरा गर्न
अङ्ग्रेजि लगायतका भाषा सिक्नुपर्छ । आमाले बोलेकै आधारमा वा आमाले सिकाएको
भाषालाई मात्रिभाषा भन्दछन् भने त्यस पछि सिकिएका भाषालाई दोस्रो भाषा भनिन्छ ।
बर्तमान समयमा अङ्ग्रेजि भाषा मैत्रि प्रविधि र प्रवृतिका कारण धेरै व्यक्तिको
लागि अङ्ग्रेजि भाषा नै दोस्रो भाषा भएको छ ।
संघीय
लोकतान्त्रिक गणतन्त्रात्मक राज्य नेपालमा कक्षा एक देखि स्नातक तह प्रथम वर्ष
सम्मको पाठ्यक्रममा अङ्ग्रेजिलाई अनिवार्य विषयको रूपमा समावेश गरि लागु गरिएको छ
। कक्षा ११ र १२ मा अङ्ग्रेजि भाषा र अङ्ग्रेजिमा साहित्य विषयलाई यैच्छिक विषयका
रूपमा कार्यन्वयन गरिएको छ । यसका अतिरिक्त विज्ञान लगायतका केहि विषयको पठनपाठन
अङ्ग्रेजि भाषामै हुँदै आएको पाइन्छ । नेपाली भाषालाई भने त्यसको पचास प्रतिशत
मात्रै अनिवार्य गरिएको छ । त्यसैगरी स्नातक तह देखि विद्यावारिधि सम्म मूल विषय
अङ्ग्रेजि लिई अध्ययन गर्न पाउने व्यवस्था विभिन्न विश्वविद्यालयहरूमा छ । मूल्याङ्कन
प्रणाली पनि अङ्ग्रेजी भाषाको प्रवर्धनमा नै उद्धत देखिन्छ । परिक्षामा सोधिने
प्रश्नहरू पनि मूल विषय नेपाली बाहेक अन्य सबै विषयका प्रश्नहरू अङ्ग्रेजि भाषामा
सोधिन्छन् । कक्षा आठ, १०, ११ र १२ मा समेत अनिवार्य नेपाली बाहेक सबै विषयका
प्रश्न पत्र नेपाली र अङ्ग्रेजि भाषामा दिईन्छ । विज्ञान र वाणिज्य शास्त्र
लगायतका विषयहरूमा पूर्ण अङ्ग्रेजि भाषाको प्रयोग हुने गरेको छ ।
नेपालमा
सञ्चालित अधिकांश निजि विद्यालयहरूले अनिवार्य नेपाली बाहेक सबै विषयमा अङ्ग्रेजि
भाषाको माध्यामबाट शिक्षा प्रदान गरिरहेका छन् । कतिपय अभिभावकहरूले त छोरा छोरिले
अङ्ग्रेजि बोल्न, पढ्न र लेख्न सक्नुलाई सन्तानको ठूलो सफलताको रूपमा लिने गरेको
पाइन्छ । कक्षा १० को माध्यामिक शिक्षा परिक्षामा पनि अनिवार्य नेपालीमा उत्कृष्ट (90+/4GPA) कमै विद्यार्थीले
प्राप्त गरेको नतिजाबाट पनि
शुद्ध नेपाली कमजोर हुँदै गएको पुस्टि हुन्छ । गाउँ घरमा अझै पनि यैच्छिक अङ्ग्रेजि र
नेपाली विषयमा उपाधि हासिल गरेकालाई हेर्ने दृष्टिकोण फरक पाइन्छ भन्दा
फरक पर्दैन ।
समुदायको नजरमा अङ्ग्रेजि विषय लिएकालाई केहि बढि जान्ने व्यक्ति सरह व्यवहार
गरेको पाइन्छ ।
संवत
२०७२ मा जारि नेपालको संविधानको भाग–१ को धारा–६ ले नेपालमा
बोलिने सबै भाषालाई राष्ट्रभाषाको रूपमा व्याख्या गरेको छ । त्यसैगरी धारा ७ मा
नेपालको राष्ट्रीय कामकाजको भाषा नेपाली हुने व्यवस्था छ । तर नेपालको शिक्षा
प्रणालीले राष्ट्र र राष्ट्रीय भाषा भन्दा अन्तराष्ट्रीय भाषामा जोड दिएको पाइन्छ
। प्रदेशले प्रदेश भित्र बहुसङ्ख्यक जनताले बोल्ने कुनै भाषालाई प्रादेशिक
कामकाजको भाषा बनाउन सक्ने अधिकार दिएको छ । तर प्रदेश र भाषा आयोगले त्यसमा ठोस
पहल गरेको देखिँदैन । मगर भाषालाई कर्णाली प्रदेशको कामकाजि भाषा बनाउन सकिने भनिएपनि
हालसम्म त्यसमा काम हुन सकेको छैन । धेरै जसो सरकारी वेवसाइटहरू र तिनिहरूका
दस्तावेजहरू नेपाली र अङ्ग्रेजि बाहेक कुनै भाषामा उपलब्ध छैनन् । इण्टरनेटमा
नेपालीमा प्रकाशित हुने विषयवस्तु उपलब्धताको आधारमा अति न्युन छ । निजि
क्षेत्रको कामकाजि भाषा नै अङ्ग्रेजि हो भन्दा फरक पर्दैन । अधिकांश संस्थानहरूले
आफ्ना आवधिक प्रतिवेदनहरू र प्रकाशनहरू अङ्ग्रेजिमा तयार पार्ने र प्रकाशन गर्ने
गरेका छन् । केहि अनलाइन संस्करणहरूले नेपाली युनिकोड समर्थन गर्ने अक्षर लिपिको प्रयोग
गरेपनि डाउनलोड योग्य दस्तावेजमा कमै मात्र कार्यन्वयन भएको छ । अझ भनौँ,
नेपालिहरू मौलिक आविस्कार नेपाली युनिकोडको प्रयोग तथा आफ्ना मात्रिभाषा लेख्न र
बोल्न भन्दा अङ्ग्रेजिमा काम गर्न सहज अनुभव गर्छन् । यसले नेपालीको अङ्ग्रेजि
भाषा प्रतिको मोहलाई स्पष्ट रूपमा प्रमाणित गर्छ ।
आधुनिक
युगसँगै भाषाको महत्वमा पनि कमि आएको महसुस गर्न सकिन्छ । मल्लकालिन एक राजाले १५
ओटा सम्म भाषा बोल्न सक्थे । तर हाल केहि सम्प्रदायका बालबालिकाहरूमा मात्रिभाषि
लवज समेत हराउँदै गएको छ । प्रस्तुत तथ्यले हामी हाम्रो गौरव र इतिहास भाषा जस्तो
अमूल्य मौलिकतालाई तिलाञ्जलि दिईरहेको पुस्टि गर्छ । अर्को शब्दमा अङ्ग्रेजिको पछि
दौडने र आफ्नो परम्परागत भाषा जोगाउन ध्यान नदिने बानिले आफ्नो भाषाको इतिहास
अध्ययन गर्ने अवसरको सिर्जना हुन सक्ने सम्भावना बढेर गएको छ । राज्यले संविधान
मार्फत बहुभाषिक निति लागु गर्ने सुनिश्चितता गरेपनि आचरणमा त्यस्तो देखिएको छैन ।
त्यसैले भाषालाई सर्वव्यापि प्रयोगका लागि नभई सञ्चारका लागि सिक्नु पर्छ ।
बहुभाषिक निति तुरुन्त लागु गरिनुपर्छ र भाषिक विभिधतालाई देशको सम्पदाको तहमा
सम्वर्धन गरिनुपर्छ । यसका लागि जनसहभागितामा जोड दिन रचनात्मक गतिविधि सञ्चालन
गर्न सकिन्छ ।
अन्तराष्ट्रिय भाषा अङ्ग्रेजि सिक्न चाहानुलाई सकारात्मक रूपमा लिईनुपर्छ
। तर नेपाल र नेपाली भाषा भन्दा अङ्ग्रेजिमा दक्ष हुनु एवं मात्रिभाषाको लवज कमजोर हुँदै जानु चिन्ताको विषय हो । किनकि अङ्ग्रेजिले हाम्रो मात्रिभाषा बोल्ने दर घटाउँदै गएको देखिन्छ । अझ भनौँ अङ्ग्रेजि भाषाले नेपालका विभिधताका पहिचान मात्रिभाषाहरूलाई मार्दै गएको छ । त्यसैगरी स्थानीय पाठ्यक्रम लागु गर्ने नाममा केहि विद्यालयले अङ्ग्रेजिलाई जोड दिनुले मात्रिभाषाहरूको लोप हुने सम्भावना बढेको छ । यसले नेपाल जस्तो भाषिक विभिधताको पहिचान बोकेको गाथा हराउन सक्छ । कतिपय समुदायका व्यक्तिलाई आफ्नो मात्रिभाषाको लवजमा बोल्न आउँदैन भने केहिलाई आफ्नो मात्रिभाषा पनि बोल्न आउँदैन । नेपालको सन्दर्भमा मात्रिभाषालाई अङ्ग्रेजिले चुनौति बढाएको मान्न सकिन्छ । त्यसैगरी मात्रिभाषामा शिक्षा प्रदान गर्ने कार्य प्रभावकारि नभएकोले नेपाली र अङ्ग्रेजि बाहेकका मात्रिभाषिका लागि भाषाको मौलिकता जोगाउन थप चुनौति देखिएका छन् । नेपाली मात्रिभाषा हुने बाहेक अरूलाई यसको खतरा दोब्बर छ । किनकि नेपाली र अङ्ग्रेजि मात्र अनिवार्य सिकाइन्छ । त्यसमा पनि ९० प्रतिशत विषयवस्तु अङ्ग्रेजिमा नै सिक्न प्रेरित गर्ने गरिएको छ । वैदेशिक रोजगारमा जानेहरूले सम्बन्धित देशको भाषा सिक्ने क्रम बढेको छ । यद्यपि त्यसलाई पनि मात्रिभाषाको सम्वर्धन विपरित मान्न सकिन्छ ।
यस प्रकार अङ्ग्रेजि
प्रतिको मोह, पाठ्यक्रमको मर्म विपरितका कार्यहरू र जिम्मेवार निकायहरूमा
उत्तरदायित्व तथा सञ्चारको अभाव मुख्य जडहरू मान्न सकिन्छ । नेपालको निजि शिक्षा
नितिलाई आधार मान्ने हो भने उनिहरू मौलिक पहिचान बोकेको मात्रिभाषाको फैलावट भन्दा
अङ्ग्रेजि भाषाको विस्तारमा ध्यान दिईरहेका देखिन्छन् । धारणाको ज्ञान
मात्रिभाषामा भन्दा अन्य भाषामा दिन सकिँदैन । तर यो सिद्दान्त विपरित अङ्ग्रेजिमा
कण्ठाग्रह गर्न जोड दिने गरेको देखिन्छ । यसले जन्मभूमिसँग जोडिएको मात्रिभाषामा
स्वयम समुदायलाई नै कमजोर बनाउँदै गएको छ भने अङ्ग्रेजि भाषाको उपस्थिति
बलियो भएको छ । सोझो
भाषामा उल्लेख गर्नुपर्दा नेपाल सरकार अङ्ग्रेजिले ग्रस्त छ । जुन देशको राष्ट्रिय
कामकाजि भाषा नेपाली छ तेहि देशमा पहिलो दिन अङ्ग्रेजि विषयको मात्रै परिक्षा
लिईन्छ । यस पक्षमा समयमै सन्तुलनका लागि सम्बन्धित निकायहरूले गम्भीरतापूर्वक
लीई कदम
चाल्न जरुरि छ ।
केहि प्राविधिक शब्दहरू बाहेक सबै कुराको योजना र धारणा सम्बन्धित मात्रिभाषामा
अनुवाद गर्ने कार्यमा तदारुपता देखाउनु पर्छ । राष्ट्रीयतामा नकारात्मक असर पार्ने
बाहेक सबै सामग्रीलाई सम्बन्धित मात्रिभाषाहरूमा उल्था गर्न विशेष प्रोत्साहान
दिनु पर्छ
समग्रमा
उल्लेख गर्दा नेपालमा बोलिने र अस्तित्वमा रहेका विभिन्न मात्रिभाषाहरूको
सन्दर्भमा अङ्ग्रेजिले प्रतिकुल असर पारेको छ । तसर्थ हाम्रा मात्रिभाषाहरूलाई
समयमा सम्वर्धन तथा संरक्षण गर्न अङ्ग्रेजि भाषामा सिमितता प्रदान गर्नुपर्छ ।
भाषाको बलियो आधार नै लिखित दस्तावेज भएकोले राज्यले हरेक भाषाका आधिकारिक लिखित
दस्तावेज सङ्ग्रहित गर्दै निरन्तर सम्वर्धन र संरक्षण गर्न सक्नु पर्छ । यदि यसो
हुन सकेमा नेपाल मात्रिभाषाको विभिधताको एक महान स्थल बन्नेमा सङ्का गर्न सकिँदैन
Comments
Post a Comment
Would you like to add something? Enter here!