फेसबुकमा प्रकाशित त्यो लिङ्कमा दिएको प्रतिक्रिया
लेखनमा या बोलाइमा, हामीलाई जति छुट कसैलाई पनि छैन । पत्रकारलाई त झन हुँदैहुँदैन । किनकि सम्वाददाताले लेखेको समाचारले उक्त समाचारपत्रको संस्थागत प्रतिनिधित्व गर्छ । म प्राय फेसबुकमा सन्देश, सुचना र अन्य आलेखलाई महत्वका साथ हेर्छु । यदि मैले कुनै समाचार पढेँ भने त्यसको जानेजति नालिबेलि मनमा तयार पार्छु । प्राय समाचारहरू दोहोरिएर प्रकाशन–प्रसारण हुन्छन् । त्यस कारण पनि कुनै एक स्थानमा पढेपुग्छ । मेरो आदत भनेको फेसबुकमा प्रतिकृया दिँदा पोस्ट मात्रै गम्ने छ । संवत २०७९ श्रावन १० गते मंगलबार रातोपाटि डटकमले निर्वाचन सर्ने पक्कापक्की, फागुनमा गर्ने तयारी शिर्षकमा समाचार प्रकाशन गर्यो । उता राष्ट्रिय स्तरका केहि सञ्चार माध्यामहरूले आगामी मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मितिघोषणा गर्छ : प्रमुख निर्वाचन आयुक्त, निर्वाचन घोषणा आगामी मन्त्रीपरिषद् बैठकबाट, निर्वाचन मंसिर ४ गतेका लागि तोक्ने तयारी, 'मन्त्रिपरिषदबाट चाँडै घोषणा हुन्छ' र अर्को मन्त्रिपरिषद् बैठकले निर्वाचनको मितितोक्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया शिर्षकमा समाचार छापिरहेका थिए । बेलुकि खाना खाएर मैले मित्र पङ्ख बाहादुर शाहीले आफ्नो फेसबुकबाट पोस्ट गर्नुभएको रातो पाटिको लिङ्कमा प्रतिक्रिया दिएँ । मेरो प्रतिक्रिया उहाले केहि बेरमा नै मेटाउनुभएछ । प्रतिक्रियाको आसय निर्मम शब्दको गलत स्थानमा प्रयोग भएको र शब्द चयनमा पत्रकारिताका सबैले विशेष ध्यान दिनुपर्ने भन्ने थियो । मैले उक्त प्रतिक्रियामा सर भन्नुको सट्टा महासय शब्द लेखेको थिएँ । यसले उत्पन्न गरेको असन्तुस्टि पोख्न मलाई फोन नै गर्नुपर्यो । मैले त्यहाँ निर्मम समिक्षा भन्ने वाक्यांशको प्रयोग उचित नभएको भनि उनिमाथि प्रश्न उठाएपछि त्यो गरिएको हो भन्ने मेरो बुझाइ छ । फोनसँग सँगै उहाले मलाई प्रतिरक्षाका लागि “निर्मम समिक्षा” प्रयोग भएका त्यस दिनको समाचार सहित समाचार, सम्पादकीय, विचार र अन्तरवार्ता गरी आठ ओटा दस्तावेज पठाउनुभयो । यस कसरतका लागि उहालाई धन्यवाद! मैले खोज्नुपरे त्यो केहि लामो समय खपत गर्थ्यो । उहाको खोजिलाई नै विश्लेषण गरी उहामाथि नै प्रश्न उठाउन सक्ने मेरो जवाफ कम्तिमा सचेत हुन सावधानिका लागि लायक छ । मैले सबै अध्ययन गरेर पनि सन्तुस्ट हुन सकिन । जवाफमा उहालाई लेखिएको सात बुदे जवाफि विवरण यहाँ प्रस्तुत गरेको छु ।
रातो पाटिको त्यो समाचारमा मैले जे बुझेँ
समाचारका आन्तरिक अवयवहरूको लेखाजोखा जान्नेले नै गरुन् । तर मलाई लाग्दछ, यसमा समाचार प्रवाह गर्दा जानिजानि गरेको त्रुटि छ । जस्तोकि स्रोतले गम्भीर भनेको छ तर यहाँ निर्मम शब्को प्रयोग गरिएको छ । यसले प्रस्ट हुन्छकि, निर्मम र गम्भीर शब्दको अर्थ एउटै हो । के यो मान्न तपाइँ तयार हुनुहुन्छ? सञ्चार ग्रिहबाट खबर सन्तुलित र सत्य मात्रै प्रवाह हुनुपर्दछ । यद्यपि समाचारमा सम्वाददाताको वास्ना कमै आएको ठिक हुन्छ । यसले मेडियाको छवि बलियो र विश्वसनीय बनाउन अहम भुमिका खेल्दछ । आज पनि धेरैले बिबिसि रेडियो सेवाको प्रसारण सुन्ने बानि छोडेका छैनन् ।
मैले प्रयोग गरेको महासय शब्दमा खास आफति जनाउनुपर्ने अवस्था छैन
। अङ्ग्रेजि शब्द “Sir” को
नेपाली रुपान्तरण महासय हो भन्ने बुझि मैले उक्त शब्द प्रयोग गरेको हुँ । गलत भएमा
क्षमा पाउँ । म यसलाई जोड दिन्छु, “पार्टीले नतिजा खस्किनुको कारण र आगामी
रणनीतिका बारेमा निर्मम समीक्षा गरेको एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद
कुमार शाहले रातोपाटीलाई जानकारी दिए ।” र “शनिबार र आइतबार प्रदेश राजधानीमा
आयोजित चौथो पूर्ण बैठकमा यसबारे गम्भीर रुपमा छलफल भएको उनको भनाइ छ ।” समानान्तर
वाक्यहरू हुन सक्छन् कि सक्दैनन् भन्ने कुरा विचारणीय छ । अतः यहाँले पठाउनुभएका
लिङ्कहरूमा उपलब्ध कुराको संक्षिप्तमा चर्चा गरौँ ।
विषय प्रवेश– २९ मंसिर, २०७५ को शनिबारमा हिमाल खबरको निर्मम समीक्षा गरमा प्रयोग भएको वाक्यको हकमा म पूरै सहमत छैन । म गलत रहेछु भने भुल स्विकार गर्न आइतबार कुर्नुपर्ने छैन । यहाँ उल्लेख गरिएको छ, “यो अवस्था सत्तारुढ र प्रतिपक्ष दुवै दलका लागि निर्मम आत्मसमीक्षा जरूरी भइसकेको जनाउ हो ।”
पहिलो– यो हिमाल खबरको सम्पादकीय जसमा राजनैतिक दलको तत्कालिन अवस्थाको समिक्षा रहेछ । यहाँ सम्पादकले ओभर कन्फिडेण्ट भएर निर्मम समिक्षा गर भनि शिर्षक राखेको मेरो बुझाइ छ । यस्तै मैले पढेअनुसार निर्ममताको अर्थ ममता नभएको, क्रुर र निर्दयि हुन्छ । अब प्रश्न उठ्छ, के समिक्षा निर्दयि वा क्रुर हुन सक्छ? गम्भीर वा विस्त्रित विशेष समिक्षा जस्ता शब्द प्रयोग भएका उदाहारणहरू देखे–पढेको छु । यो निर्मम समिक्षाले कस्तो अवस्था जनाउछ भन्ने ज्ञान ममा नभएको हुन सक्छ तर समाचारमा निर्मम समिक्षा पनि हुने अनि निर्मम हत्या पनि हुने अर्थमा खास विशिष्ट भिन्नता हुनुपर्छ ।
दोस्रो– संघीयताको निर्मम समिक्षा गर्नेकि? भन्ने विषयको विचारमा मेरो केहि भन्नु छैन । किनकि त्यो सुदर्शन शर्माको विचार हो । यसमा उहाले “यसर्थ हामी निर्मम भएर समीक्षा गर्दा त्यसले दिने नतिजाहरुलाई हामी सहजै अवलम्बन गर्न सक्ने छौँ।” भन्ने वाक्य प्रयोग गर्नुभएको छ । तर यसमा जनताहरू निर्मम हुनेकि सचेत हुने भन्ने विषय महत्वपूर्ण हुन सक्थ्यो । भेट भएमा उहासँग यस बारे सोधि हेरौँला । त्यसैले त म फेरि पनि जोड दिन्छु, "सबै पत्रकारहरू सचेत नागरिक हुन सक्दछन् तर सबै सचेत नागरिकहरू पनि पत्रकार स्तरमा राख्न योग्य कहलाउँदैनन्" । यसमा पनि सहमत हुन सकिएको छैन । नेपाललाईभ डटकमको सामग्रिको प्रसङ्ग यति नै ।
तेस्रो– कारोबार दैनिकमा छापिएको निजिक्षेत्रको निर्मम समिक्षा आवश्यक शिर्षकमा मेरो पहुँच पुग्न सकेन । यसमा मैले केहि बोल्ने छैन ।
चौथो– २०७९ वैशाख १ मा निर्मम समीक्षागर्दै प्रश्न गरौं शिर्षकमा समाचार प्रकाशित भएको छ । दृश्टि निउज डटकममा “संघीयता
कार्यान्वयनको पाँच वर्षमा हामी कहाँ चुक्यौँ र कहाँ सफल भयौँ भन्नेबारे निर्मम
समीक्षा आवश्यक छ ।” वाक्य प्रयोग भएको देखियो । तर यो समाचार जस्तो लागेन । यसलाई
मैले समाचार भनेँ तर किन समाचार जस्तो लागेन भने दृश्टि सम्वाददाता भनिएको छ र पनि
यो न फिचर जस्तो न समाचारको घटना क्रम जस्तो छ । यसको लेखाई अनुसार सम्पादकीय
भन्दा कम मैले मानिन । यसमा प्रयोग भएको भावले स्पष्ट यो गर्दैन कि हामी कहाँ
चुक्यौँ भनेर क्रुर समिक्षा गर्नु भनेको कस्तो समिक्षा हो? संविधानको प्रतिकार
गर्नु होकि, नयाँलाई स्थान दिनु होकि? कडा प्रश्न गर्नु होकि, आदि केहि पनि स्पष्ट छैनन् । म तपाइँ लगायत आदरणीय पाठकहरूलाई प्रश्न गर्छु कि, निर्मम भनेको क्रुर वा अमानवीय हो भने समिक्षा अमानवीय हुन सक्छ?
पाँचौँ– ढोरपाटन निउज डटकमले मिति २०७६ वैशाख १०
मा आफ्नो निर्मम समिक्षा गर, प्रदेश सरकार शिर्षकमा समाचार नै प्रकाशन गरेको छ ।
यो पनि सायद सम्पादकीय नै होला । यसमा “मुख्य कुरा आफूले बनाएको नीति र
कार्यक्रम कार्यान्वयन गर्न किन चुकियो भन्ने विषयको निर्मम समीक्षा हुनुपर्छ ।” भन्ने
वाक्य प्रयोग भएको छ । माथिका कुराहरू नै यसमा आउने हुँदा बुदा १-४ सम्मकै कुरा
हुने भयो । यसमा प्रयोग भएका अन्य शब्दसँग म परिचित नभएकोले प्रतिक्रिया जनाउनु परेन
। तर यो सुनिश्चित गर्छु कि, समिक्षा विवेकशिल तरिकाले हुन्छ । यदि समिक्षा नै निर्मम भएमा कामको प्रकृति कस्तो होला?
छैठौँ– २०७८ माघ १९ गते बुधबारमा निर्ममसमीक्षाको खाँचो शिर्षकमा डा. अमर गिरीको विचार प्रकाशित भएको रहेछ । त्यो पनि
पढेँ । तर त्यहाँ उल्लेखित “कमी कमजोरीहरुको निर्मम आलोचनाविना दलहरुलाई सच्याउन
सकिन्न ।” वाक्यले कडा भन्ने अर्थ दिन्छ । आलोचना कडा हुनु भनेको लक्षित वर्गले
गर्ने नकारात्मक वा अनिच्छुक कामलाई निरुत्साहान गर्नु गराउनु हो भन्ने मैले बुजेको
छु । अझ भनौँ, प्रकाशन एक माध्याम हो कसैको विचारको लागि । त्यसैले यसमा संस्थागत
प्रतिनिधित्व नहुने ठम्याइ छ मेरो । यस कारण पनि म यसमा निर्मम शब्दको प्रयोग गौण
मान्छु । अन्यत्र जस्तो पूरै असहमत पनि छैन ।
सातौँ– यसमा त झनै विषय टाढा गयो ।
मिति २०७९ श्रावण १० मा बारखरि डटकमले अन्तरवार्ता प्रकाशन गरेको रहेछ । हामीलाई निर्वाचनमा धोका भयो, निर्मम समिक्षा गर्छौँ भनेको रहेछ । यसमा दुइ ओटा कारण हुन
सक्दछन् । पहिलो, त्यो व्यक्तिले राजनैतिक तरङ्ग ल्याउन केहि कडापनको आभास होस्
भनि त्यो गरेको हुन सक्छ । दोस्रो सार्वजनिक पदमा रहेकाहरूको तुलना वास्तविक
पत्रकारसँग गर्न मिल्दैन । यहाँ यो कसैले भनेको शब्द हो । तर मैले गरेको कमेण्टमा
कसैले खबर सम्प्रेषित गरि चयन गरेको शब्द हो । डाक्टर विजय पौडेलले निर्वाचनमा
धोका भएको भन्दै निर्मम समिक्षा गर्ने बताएको कुरा छ । यसमा अरू केहि लेख्नुपर्ने
हो जस्तो मलाई लाग्दैन । यसमा अपेक्षित नतिजा आउन नसकेको पेरिफेरिमा ५ जेठ, २०७९
मा प्रकाशित अन्तरवार्ताले खास अर्थ राख्दैन मेरो बुझाइमा । तर सुजबुझपूर्ण अभिव्यक्ति दिने मान्छेले यो पदावली प्रयोग गर्छ भन्ने मान्न म तयार छैन ।
अन्तमा सव्य समुदायको निर्माणमा मेडियाको भुमिका प्रमुख मानिन्छ । त्यसैले हामी सबैले मेडियामा लेख्दा र बोल्दा सकारात्मक सन्देश प्रवाह गर्ने अधिकतम कोसिस गर्नुपर्दछ । पिडितलाई थप पिडा नदिने र निराशाको दियो बल्न नदिन कुनै पनि कसरत बाँकि राख्नु हुँदैन । खबर सम्प्रेषणमा भाषा र संस्कृति पनि जोडिएको हुन्छ । मेडिया त्यसको निर्णायक मण्डल हो । त्यसैले सुद्ध र सहि प्रयोग नै सबैका लागि निर्दिष्ट कर्म बिन्दु हुन सक्दछ । वैयक्तिक आचरण भन्दा संस्थागत प्रवृति सुदृढ हुँदै जानुपर्दच । यहि प्रक्रियाबाट नै नेपाल स्वविवेकि टुक्रा कहलिन्छ । गल्तिहरू दोहोरिन नदिनु र त्रुटिहरूलाई क्रममैले कम गर्दै जानु आजको आवश्यकता हो । मेरो कमजोरिलाई स्विकार्दै म सच्चिन अधिकतम तयार छु भन्ने प्रण व्यवहारमा उतार्न सकेको हद सफलताको निर्धारक तथा मापक समेत हुन सक्छ ।
सारमा, मेडियामा सम्वाददाता र सम्पादकले आम सार्वजनिक पदमा रहेका र जनताहरुको भाषा बोलेपनि उहि शब्द प्रयोग अनुपयुक्त हुन्छ । किनकि मेडिया वाहकको परिचय नै सञ्चार गर्ने, सकारात्मक र शिष्ट शैलिमा सबै प्रकारका विषयवस्तु राख्ने खुबि हो । यसमा व्ययम गर्ने पर्याप्तै छुट छ । तर मेडियाकर्मिलाई स्वच्छन्दता हुन सक्दैन । त्यसैले निर्मम शब्दको प्रयोग त्रुटिपूर्ण रहेको देखिन्छ ।
बसन्त सर सर्वप्रथम म यहाँको यो महत्वपुर्ण प्रस्तुतीको लागि आभार प्रकट गर्दछु। मानव एक सर्वश्रेष्ठ प्राणी भनेर कहलिएकै कारण मानवले हरेक अवस्थामा विवेकपुर्ण व्यवहार र प्रस्तुती दिन सक्नुपर्छ भन्नेतर्फ मेरो स्पष्ट मत रहेको छ। तपाईले यस ब्लगमा राख्नु भएको प्रतिक्रियामा निर्मम भन्ने शब्दको अनुचित प्रसङ्गमा प्रयोग भएको रहेछ भन्ने मेरो पनि विचार छ। पत्रकार जस्तो संवेदन्शिल र मर्यादित पेसामा रहेका व्यक्तीले शव्द चयनमा ध्यान दिन सक्नुपर्छ तर तपाईले प्रस्तुत गर्नु भएका रातो पाटि डटकमको मात्र नभई अन्य प्रकाशित मिडियाहरूले पनि निर्मम शब्दको विभिन्न प्रसङ्गमा प्रयोक गरेको पाइयो के ति सबै सम्पादकहरूमा शब्द चयन क्षमतामा कमी भएको भन्न सकिन्छ? त्यस्तै रातो पाटीले चुनाव फागुनमा पक्कापक्कि भन्नुका पछाडी के रहस्य लुकेको होला भन्नेमा हामी पाठक वर्ग पनि त्यसलाई रहस्यउद्घाटन गर्नेतर्फ खरपो उत्रिन सकेमा रातो पाटीलाई गतिलो झापट हुन सक्थ्यो कि?
ReplyDelete