प्रणय
मलाई फेसबुकमा लाइक गर्नुहोस् / मलाई टुइटर ह्याण्डलमा पछ्याउनुहोस्
🤟
माया/ प्रेम वा प्रणय जे भनेपनि सिङ्गो शब्दावलि वा वाक्यमा परिभाषित गरि महत्व दर्शाउन र सर्वमान्य अर्थ दिन सकिदैन। यद्यपि महिमा गाउँन मायाको व्यक्ति अनुसार फरक फरक धारणात्मक बुझाइ पाइन्छ जुन पूर्ण नभएपनि अमान्य मानिदैन। शाब्दिक अर्थमा माया सकारात्मक सोचको अदृश्य अभ्यास हो। अर्थात कुनै चिज वा वस्तु प्रति पलाउने आकर्षणले त्यस प्रति माया उत्पन्न भएको मानिन्छ। त्यसैले माया चेतनसिल प्राणिमा पाइने त्यो विशेष गुण हो जसले मुर्त वा अमुर्त चिजमा प्रत्यक्ष र अप्रत्यक्ष किसिमले भावनात्मक प्रभाव पार्न प्रेरित गर्दछ। मायाको पूर्ण परिभाषा जति भावनाका शब्दहरू जोडेर तयार गरेपनि सार्थक र स्पष्ट पार्न कठिन छ। किनकि मायाको परिभाषा उमेर अनुसार बदलिदैजान्छ। एक नवजात शिशुको लागि जन्म दिने आमाले गर्ने स्नेहि आशक्तिको स्याहार माया हो भने वयस्कको दृष्टिमा कसै प्रतिको गहिरो आनन्दित वा यौनिक अनुभव प्रेम हो। दाजु भाइलाई दिदी बहिनीले गर्ने पनि प्रेम हो र अर्कै घरको मान्छेले आफुलाई गर्ने प्रेम पनि प्रेम नै हो। यद्यपि परिभाषामा यी दुइलाई न एक ठाउँमा राख्न सकिन्छ न त कुनै एउटालाई सत्य र बाकिलाई असत्य मान्न सकिन्छ। प्रेम मनोवैज्ञानिक गहिरोपनको प्रव्रिति तथा उत्सुकतापुर्ण स्नेह हो। त्यस कारण जिवन जिउने बाटो माया हो; एक अर्का प्रतिको आत्मियताको अनुभव माया हो; सहिष्णतापूर्ण त्याग माया हो; अर्काको खुसिमा खुसि हुनु पनि माया हो। विकिपेडियामा मायाको अर्थ यसरि उल्लेख गरिएको छ-
प्रयोगको
हिसाबले नेपाली भाषामा माया (अङ्ग्रेजी: Love) को सामान्य अर्थ कुनै जीव -प्राणि अथवा वस्तु
प्रति मनै देखि चाहनाको अनुभव गर्नु अथवा लगाव महसुस गर्नु वा एक ब्यक्तिको अर्को
ब्यक्ति वा वस्तु प्रतिको आकर्षण हो । संस्कृतमा माया शब्दको अर्थ भ्रम लाग्दछ
।पशुहरूले पनि माया अनुभव गर्ने बताइन्छ । दिमाग भित्र हुने रसायन प्रतिक्रिया संग
मायाको सम्बन्ध हुन्छ; त्यही रसायनले मायाको अनुभव उत्पन्न हुन्छ;
जसलाई
फिनाइल-इथायल-अमाइन (phenylethylamine) भनिन्छ ।
माथिको परिभाषाबाट पनि मायाको अर्थ स्पष्ट सँग
बुझ्न सकिन्छकि यो सबै मान्छेमा पाइने अभौतिक तत्व हो। प्रेम दुइ मनको मिलनचोक हो।
त्यसैले प्रेमलाई एक अर्का प्रतिको लगाव भन्दछन्। कुनै शत्रुता बिना स्वार्थबाट
माथि उठेर गरिने प्रेम सच्चा प्रेम हो। यद्यपि त्यो गर्न निकै कठिन र दुर्लव छ।
क्रिष्नमुर्तिले पहिलो र अन्तिम स्वतन्त्रता (First
and Last Freedom) मा
भनेका छन्, प्रेम चिन्तन हुन सक्दैन, प्रेमलाई रोप्न सकिदैन, प्रेमलाई अभ्यास
गरिदैन। मायाको अभ्यास, भात्रित्वको अभ्यास, अझै मस्तिष्कमा रहेको छ, त्यस कारण
त्यो माया होइन। जब तिनिहरू रोकिन्छन्, त्यसपछि सजिव प्राणिमा माया हुन्छ, अनि तपाइँले
थाहा पाउनुहुनेछ त्यो माया केका लागि हो भन्ने कुरा। उनि अगाडि भन्छन्,
"तपाइँले म सारा संसारलाई माया गर्छु भन्नुपर्दैन" तर जब तपाइँले कसरि
एउटालाई माया गर्नुपर्छ भन्ने थाहा पाउनुहुन्छ, तपाइँले थाहापाउनुहुन्छ सारालाई
कसरि प्रेम गर्ने। त्यहाँ न एक हुन्छ न धेरै;
त्यहाँ मात्र माया हुन्छ। यसबाट बुझिन्छकि प्रेम उदार समर्पण हो जसमा कुनै सर्त
लुकेको हुँदैन। तसर्थ प्रेम आफैमा सर्तहिन प्राकृतिक आकर्षणले भरिपूर्ण वस्तु हो
जसको उद्गम बिन्दु मन हो। त्यसैले मायाको शब्दले सबैलाई क्षणिक रूपमै भएपनि हसाउने
हुँदा सबैमा लोकप्रिय छ।
एक अर्का बिचको अस्तित्वको आधारलाई विश्वास भनिन्छ। प्रेमिलहरूलाई गन्तव्यमा पुग्न र सफल प्रेमि हुन विश्वास र अस्तित्वको त्यागले महत्वपूर्ण भुमिका खेल्दछ। त्यसैले मायालुहरू जो प्रेमको पबित्रताले भिजेका हुन्छन् उनिहरूलाई विश्वासिलो अस्तितोको आधार आवश्यक पर्छ। प्रेमलाई बर्तमानमा यौन सँग तुलना गर्ने क्रम बढ्दैगएको छ। यसले प्रेमको ठूलो अवमूल्यन हुन पुगेको छ। साथै यस्तो गलत धारणात्मक प्रवृतिका कारण धेरै जसो प्रेमहरू छोटो समयमा टुङ्गिने र प्रेम जोडि स्वयम पनि आफु प्रेमि हो भन्न नसक्ने स्थितिको सिर्जना भएको छ। हालका प्रेमहरू क्रिष्न र राधाको जस्तो नभइ आवधिक योजनाका ढाँचामा हुने गरेका छन्। मायालाई आफ्नो भनेको मान्ने र बिलासि आवश्यकता पुरा गर्ने सर्तमा गर्ने प्रवृति बढेको छ। इमान्दारि प्रेमिहरूले सहि प्रेम नपाउनु अर्को चुनौति बनेको छ। यसले ती इमान बन्दगि राखेर माया गर्नेहरूलाई भगवान देखि मायाका पूजारि भन्नेहरूले अन्याय गरेको भन्न सकिन्छ। परिणाम स्वरूप पलाउने प्रतिसोधले अरूलाई धोकाको सिकार बनाउने गरेका उदाहारण प्रसस्त पाइन्छ। मायामा पछिल्लो समय राखिने सर्तका कारण पनि कतिपय प्रेम सम्बन्धहरू बाहानामा टुट्ने गरेका छन्। कतिपय व्यक्तिहरू एकले अर्कालाई आफ्नो काबुमा राख्न खोज्ने प्रवृतिले बिद्रोह जन्माउने र आफु कुनै समयको प्रेमि प्रेमिका हो भन्ने समेत बिर्सिन पुग्छन्। प्रभावकारि सञ्चार अर्को प्रेम सम्बन्ध छुट्ने कारण हो। उसलाई सोधेको प्रश्नको जवाफ आफुले चाहेजस्तो हुनुपर्ने ढिपिले यो समस्याको मात्रा बढाउछ। गोप्य रहेर गरिने प्रेमले व्यक्तिको तनावको मात्रा सन्तुलन भन्दा बाहिर गएमा आत्माहत्या सम्मका घटनाहरू हुन सक्छन्। यौनलाई प्रेम जिवनको अभिन्न अङ्ग मानिन्छ। यद्यपि यसको चरम दुरुपयोग गर्नाले प्रेम सम्बन्धमा समेत नकारात्मक असर परेको छ। अधिकांस सम्बन्ध विछेदका घटनाको प्रिष्ठभुमि कहि न कहि यहि कुरामा जोडिन्छ। राम्ररि नचिनि गरिने माया पनि दिगो हुँदैन। हाल किश्वरावस्था देखि नै स्वतन्त्रताको स्थिति अनुसार माया पिरति गाँस्ने र सबै किसिमका क्रियाकलापमा सम्लग्न हुने गरेको पाइन्छ। यसले प्रेमलाई परिपक्व हुन नपाइ छुट्ने समस्या देखा परेको पाइन्छ। धेरैले देखासिखिबाट प्रभावित भइ कुनै एक मात्र गुणलाई समातेर अरू मार्फत प्रेम सम्बन्धको विकास गर्ने हुँदा तेस्रो व्यक्तिले पनि बाधा गर्ने सम्भावना रहन्छ। आफ्नो प्रेमि प्रेमिका प्रति गरिने सङ्का गर्नाले माया गर्नेलाई वैचारिक द्वन्दको खाडलमा धकेल्न सक्छ। प्रेम गर्ने व्यक्ति स्वयम आफ्नो भन्दा अरूको कुराको पछि लाग्ने र समर्पण भन्दा आसाका सर्तहरू बढि तेर्स्याउनाले पनि दिर्घकालिन प्रेम हुन सक्दैन। नेपालको सन्दर्भमा प्रेम गरेकै सँग विवाह गर्नुपर्छ भन्ने मान्यता स्थापित छ। तथापि प्रेमलाई प्रतिस्ठा सँग पनि जोडेर हेरिन्छ। जिवनकै उत्क्रिष सम्बन्ध मानिने माया प्रेमलाई हल्का रूपमा लिने र आफुलाई सुरक्षित अरूलाई दुरुपयोग गर्न खोज्नुले पनि प्रणयतालाई सकस परेको छ। आफ्नो प्रेमिका कुरा पुरै नसुन्नु र सुनेपनि अगाडि नै मानसिक धारणा बनाएर प्रस्तुत हुँदा सामान्य कुराले पनि मायालुलाई पिडालु बनाइदिन्छ। यदि प्रेम सम्बन्धमा रहँदा आफुले सहि निर्णय लिन सकिएन भणे तनावको मात्रा बढ्ने र सम्बन्ध सङ्कटमा पर्ने हुन्छ। माया भनेको माया हो। चाहे त्यो बालकपनमा होस वा वयस्क र वृधमा होस सबैको मन हुन्छ र आफुलाई अपमान हुँदा मन पनि दुख्छ। त्यसैले सबैको प्रेमलाई जोगाउने समतामुलक सोचको विकास हुनुपर्छ। साना साना कुरामा हुने आपसि विवाद अर्को प्रमुख कारण हो। इमान्दारिलाई यसले प्रतिकुल असर पार्दछ। यति सम्मकि प्रेमको असर पठनपाठन देखि जीवनयापन सम्म पर्न सक्छ।
चाहे युवा युवति हुन् वा वृध
वृधा नै किन नहुन् प्रेमले जान्नेलाई नजान्ने र नजान्नेलाई जान्ने बनाइदिन सक्छ।
तसर्थ माया गर्नेहरूले एक अर्काको विश्वास गर्ने र इमान्दारि भइ प्रेम गर्न
सक्नुपर्छ। द्वापर युगकि राधाको जस्तो धैर्यता र रामको जस्तै इमान्दारिता दुर्लव
भैसकेको छ। जिवनका सबै कुराहरू सबैका लागि उत्तिकै महत्वपूर्ण छन् भन्ने सोचको
विकास हुन जरुरि देखिन्छ। सामाजिक सञ्जालमा पोस्ट भएका कमेण्टमा हुने विवादले पनि
राम्रो सम्बन्धमा असर पर्न सक्छ। त्यसैले अरुलाई दोस्रो दर्जामा राखेर पहिलो आफु र
आफ्नो प्रेमिलाई बनाउन सकेमा प्रणय दिवस वर्षै भरि आइरहने कुरामा कुनै द्विविधा
छैन। आफ्नो मान्छेको कुरा बरोबर सुन्ने, उसको सम्मानमा आँच आउने कार्य सकभर नगर्ने
यदि गरिएको खण्डमा सबै भन्दा पहिले आफैले बताउने, अरूलाई आफ्नो ठाउँमा भन्दा
आफुलाई उसको ठाउँमा राखेर सोच्ने, सबै सँग मिठो बोल्ने, केटा केटिको अगाडि झगडा
नगर्ने, साथि भाइको अनावश्यक कुरा सँग आफ्नो कुरा तुलना नगर्ने र एकले अर्कालाई
प्रेमको लागि मात्र नभइ असल सल्लाहाकारको
नाताले हेर्ने हो भने प्रेमलाई पबित्र संरक्षण प्राप्त हुँदैजानेमा विश्वस्त बन्न
सकिन्छ। सेण्ट भ्यालेनटाइनले आफुलाई प्रेमको निम्ति समर्पित गरे र फेब्रवरि १४ लाई
दिवसको नाममा मनाउछौँ। अब हामि वर्ष होइन जिवन भरलाई दुइ जनाको प्रेमिल प्राप्त
गर्न सर्तहिन समर्थन गरौँ र सधै सुखि होइन खुसि जिवन बाँचौँ।
यो लेख विक्रम संवत २०७४ फाल्गुन २ गते बुधबार तदनुसार १४ फेब्रवरी, २०१८ को सुर्खेत पहिचान दैनिकको अङ्कमा प्रकाशित छ ।
Comments
Post a Comment
Would you like to add something? Enter here!