आफ्नो ब्लगका लागि पहिलो लेख: मेरो भनाइ
सम्बोधन
पूजनीय श्रिश्टिकर्ता, सम्माननीय बौद्धिक व्यक्तिहरू, आदरणीय नाताकुटुम्ब,
प्रिय तथा मायालु आफन्तजन र समर्थनका खानि सुवेक्षुकहरू सबैलाई साइनो अनुसारको
हार्दिक अभिवादन गर्दछु । साथै समस्त परिचित र प्रार्थक सबैलाई एकमुस्ट
सम्झना सहित ब्लग भ्रमणको निमन्त्रणा गर्दछु ।
मलाई फेसबुकमा लाइक गर्नुहोस् मलाई टुइटरमा पछ्याउनुहोस् मलाई फेसबुकमा साथिबनाउनुहोस्
आजबाट सुरु भएको यस ब्लगमा यहाँहरू सबैलाई दर्शक र पाठकको रूपमा हार्दिक
स्वागत गर्दै मेरा असिमित कुराहरूलाई
सिमित शब्दहरूको सहायताले यहाँ व्यक्त गर्ने अनुमति चाहान्छु ।
पृष्ठभुमि
हुन त म सधै औपचारिक र सव्य शैलिलाई बढि महत्व दिने मान्छेको पंतिमा देख्न मन
पराउँछु । यद्यपि आजको यस क्षणमा भने म मेरो सिङ्गो धरातलमा केवल नेपाली
राष्ट्रियता र त्यसलाई नदुख्ने गरी मनमा उत्पन्न भावलाई मात्र यहाँहरू समक्ष
प्रस्तुत गरिरहेको छु । अक्षरसँग खेल्दाखेल्दै हुने कमजोरिलाई अक्षम्य सुचीमा
नराखि मलाई ती त्रुटिहरू नदोहोर्याउन हौसलाको खाँचो छ । तर ब्लग सुरुवाति
चरणमै भएकाले मैले थिम र अन्य कुराहरूमा अझै परिवर्तन गर्नुपर्ने छ । त्यसैले
दृश्टि सम्बन्धि अपांगता भएका व्यक्तिहरूले टक ब्याक (स्क्रिन रिडरको प्रयोगबाट
मोबाइल चलाउनेले) क्रिपया ब्लगमा लग-इन भईसकेपछि मोर अप्सनमा गई डेस्कटप साइटमा
ओपन गरि हेर्न अनुरोध गर्दछु । यसर्थमा दृश्टि सम्बन्धि अपांगता भएका
व्यक्तिहरू र नेपाली भाषा बुझ्न नसक्ने आम पाठक र दर्शकहरू प्रति म विशेष क्षमा
चाहान्छु । एउटा ब्लगरले आफ्नो लागि ब्लग बनाउदाको कथा पनि चाँडै अङ्ग्रेजि
भाषामा प्रकाशित हुनेछ । त्यसमा मैले एक ब्लगर बन्नका लागि के के कुरामा तयार
हुनुपर्छ भन्ने कुरा स्पष्ट पार्नेछु । क्रिपया हेर्दै गर्नु होला ।
आजको विश्व अथाहा भुगोलबाट एक अति सानो परिवारमा रुपान्तर हुँदैगएको अवस्थामा मैले
चाहेजति सबैलाई समेट्न नसक्नुको पछाडिका चुनौति थुप्रै छन् । आजको यस भनाइलाई
पाठ गर्ने सबैलाई यस बारे मेरो भन्दा अधिक नै जानकारि छ भन्ने मेरो बुझाइ छ; यदि म सहि छु भने ।
मन्तव्य
मैले मेरो परिचय र केहि योजना त बताएँ । अब मेरो ग्लग यात्राको बारेमा
पनि थोरै प्रकाश पार्न चाहान्छु । यसले भविष्यमा अरूलाई सकारात्मक प्रेरणा
दिन अहम भुमिका खेल्न सकोस् भन्ने मेरो अपेक्षा छ । किनकि जीवन भनेकै अनुभवको
शास्त्र हो । यो परिपक्व हुन्छ र हाम्रो देहले संसारबाट अवकास लिन्छ ।
पुजनीय ज्युहरू सहजै यसको पहुँचमा पुग्न सक्नुहुन्न । तैपनि मैले यस लिङ्कलाई
उहाहरू मध्ये एकसम्म पुर्याउने कोसिस जरुर गरेको छु । त्यसो त उहाहरूको
निश्चल आसिस बिना सर्त निरन्तर मलाई प्राप्त हुँदा म संसारकै अनुपन काखमा
जिन्दगिको स्वर्णिम यात्रा गरिरहेजस्तो लाग्छ । संसारमा निसर्त केहि पाइन्छ
भने त्यो हो अस्तित्व रहेसम्म आमा र बुबाको माया सहितको आसिरवाद! त्यसैले “माता पिता
जिन्दावाद” ।
मलाई ब्लग खोल्ने सुर आज भन्दा करिब साढे तिन वर्ष अघि नै चलेको थियो ।
तेहि बेला आफ्नो कम्प्युटरमा औचित्य थाहै नपाएरै ब्लगरको प्रोफाइल पनि
बनाएँ । तर पछि त्यसमा काम गर्न मेरो क्षमता र जोसको फिल्को सेलाएपछि केहि
महिना त्यो त्यत्तिकै रह्यो । सुरुमा त्यसो हुनुको पछाडि ब्लगबाट कमाइन्छ
भन्ने भूतले पनि साथ दिएको हुनुपर्छ । २०७६ चैत्र ११ गते देखि बन्दाबन्दि
भएपछि भने मैले ब्लग र धितोपत्र बजारको बारे निकै धेरै खोजि र अध्ययन गरेँ ।
संसारमा अस्तित्वमा रहेका र मेरो कम्प्युटर/मोबाइलमा देख्न सकिएका सबै जसो सम्बन्धित
लिङ्कहरू मैले खोलेँ । त्यसबाट उपयुक्त लागेका कुरा संक्षेपिकरण गर्दै एउटा
“ब्लग सिर्जना योजना”भन्ने फाइलमा सुरक्षित गर्दै गएँ । पछि २०७८ देखि अचानक
फेसबुक पेज पनि बनाउनुपर्छ भन्ने सोच आएपछि त्यस बारे पनि कनिकुथि जानेजति सबै
कुरा सङ्कलन र योजनाबद्ध गरी ब्लग सिर्जना योजनाको फाइलमै राखेँ । अझ भनौँ,
केहि दिन त कलेजको पढाइ नै वेवास्ता गरेर म ब्लग र फेसबुक खोल्दा के के मा ध्यान
दिनुपर्छ र कसरी निशुल्क पाइने स्रोतहरूलाई प्रभावकारि तरिकाले परिचालन गर्न
सकिन्छ भन्ने विषयमै केन्द्रित भएँ । त्यो किन पनि भयो भने मैले शैक्षिक
योजना तथा व्यवस्थापन (माइनर) मा स्नातक गर्दा नै ममा कुनै पनि कामको प्रतिफल
त्यसको योजनामा निहित हुन्छ भन्ने छाप परेको छ । जुन काम गरिन्छ त्यसमा शत
प्रतिशत मेहनत र लगाव दिनुपर्छ भन्ने मेरो विचार छ ।
पढ्नुछ भने पढौँ; खेल्ने कुरा मनमा लिएर होइन । तर खेल्नु छ भने पनि
खेलौँ; मनमा पढाइको चिन्ता गरेर होइन, यसले तपाइँको खेल र पढाइ दुवैलाई उत्कृष्ट
बनाउँछ । अर्थात मेरो लागि यो दुइ वर्ष जति लामो कोभिडको महामारिको समय पढाइ
र अन्य व्यक्तित्व विकासका कुरामा झन वर्दान भएर आयो । किनकि मैले
स्नातकोत्तरमा नियमानुसार अनुत्रिण भएको, अङ्कमा अनुत्रिण भएतापनि गुणमा पूर्णाङ्क
भन्दा देरै ल्याएको र अन्य अनगिन्ति अनुभवहरू गरेँ । यसले मलाई थप परिपक्व
बनायो वा खेलबाटै बाहिर बनायो त्यो हजुरहरूको आँखाबाट देखिने कुरा हो जस्तो मलाई
लाग्छ । एउटा कुरा भने साँचो हो; TSDCBD कि संस्थापक श्री ससिकला सिङ्ह ज्युले प्रदान गर्नुभएको ल्याप्टप र त्यो समय नै मेरो लागि प्रविधिमा निर्णायक बिन्दु बन्यो । उहा प्रति पनि हार्दिक धन्यवाद!
म सबै विषयमा चासो राख्ने भएकाले सुरुमा ब्लगको शिर्षक नै खोज्न बढो सकस
पर्यो । केहि दिनको निरन्तर मन्थन पछि मैले सबै जसो विषयमा लेख्ने कोसिस
गर्ने गरी व्यक्तिगत नामबाटै ब्लग बनाउने निर्णय गरेँ । तेहि अनुसार शिर्षक
पनि विभिन्न थरिका बनाएँ । तर आफैलाई मन परेनन्; सबै अपुरा लागे ।
साँचो भन्दा मैले ब्लग बनाउन सबै भन्दा धेरै मेहनत कुनैमा गरेको रहेछु भने त्यो
ब्लगको शिर्षक चयनमै हो । फेसबुक पेजमा भने तेति धेरै मेहनत गर्नुपरेन ।
एक मित्र अकल बाहादुर सिजापतिजिले मलाई केहि समय पहिले आफ्नो पेजको एड्मिन
बनाइदिनुभएको थियो । त्यसैमा कहिलेकाहिँ अभ्यास गर्थेँ ।
सुरुमा मैले सुनेको थिएँ, निशुल्क बनाएका ब्लगहरू खासै गुणस्तरीय
हुँदैनन् भनेर । त्यसमा पनि अधिकांश सामग्रिहरूमा ब्लग बारे पुरै चिज छ
भनि झ्यालि पिटेपनि मैले चाहेको जति कुरा थिएन । २०७८ जेठमा मित्र सुरेश
रावतजिले ब्लग बनाएर मलाई एक लेख लेखिदिन पो भने । मलाई लाग्यो, उहाले आफै
बनाएपछि यसमा केहि न केहि त पक्का विश्वासिलो जानकारि होला । त्यसैले मैले
उनका लागि एक लेख तत्काल लेखिदिने वाचा सहित आफुलाई पनि यस काममा सहयोग गर्न
भनेँ । उनिबाट आवश्यक सहयोग पाएपछि मैले सोहि अनुसार आफ्नो लागि एक अभ्यास
गर्ने डोमेन लिएर काम सुरु गरेँ । झण्डै दुइ महिनाको निरन्तर खोज र तयारि पछि
ब्लगका लागि चाहिने लगभग सबै जसो कुराहरू सहित अन्तिम खेस्रा तयार भयो । त्यो
बीचमा धेरैका ब्लग हेर्दै भौतारिएर मन विश्व भरि डुल्यो । यस क्रममा मैले
ब्लगमा गर्नैपर्ने सेटिङ र त्यसका ठाउँ-ठाउँमा लेख्नुपर्ने कुराहरू बढो चलाख र
शुद्ध शैलिमा तयार पारेँ । अभ्यास र काम गर्दै मैले श्रावणको सुरुमा यसको
लागि डोमेन लिएको थिएँ । तर विशेष काम गर्न विशेष दिनको पनि त खोजि
गर्नुपर्यो!
मैले सुरुमा ब्लग आफ्नो जन्मदिन पारेर सार्वजनिक गर्ने विचार गरेको
थिएँ । तर पछि सुरेशजिले त्यस समयमा आफ्नो फुर्सद नहुन सक्छ भन्ने कुरा
गरेपछि मैले २०७८ साल श्रावण १५ गते अर्थात ३० जुलाइ, २०२१ कादिन मित्रता दिवस र खीर खाने अवसर जुराएर
आफ्नो ब्लग सबैसमक्ष सार्वजनिक गर्ने निधो गरेँ । त्यसैले ब्लगको वर्णनमा पनि
तपाइँले त्यो मिति देख्नुहुन्छ जुन दिनबाट मैले मेरो ब्लगको औपचारिक सुरुवात गरेको
थिएँ । तर दुर्भाग्यवस भन्नुपर्छ, मैले केहि समय पहिले नजानिकन लिएको डोमेन
सहि भएता पनि त्यसलाई मैले २०७८ असारमा प्रयोगात्मक काम गर्दैजाँदा स्थाइ रूपमा
मेटाउन पुगेँ जुन सम्झिँदा केहि खल्लो भने लाग्छ । त्यसैले म सधै भन्ने
गर्छु, “कि कत्ति नजानेको अजान ठिक कि पुरै जानेको ठिक; अल्पज्ञानि महा
विनासि” ।
म सामाजिक सञ्जालमा मध्यम पहुँच भएको व्यक्तिको वर्गमा पर्छु जस्तो मलाई
लाग्छ । टिकटक, भाइबर, इन्स्टागराम जस्ता सञ्जालको मैले हालसम्म खाता नै
खोलेको छैन र चलाउन पनि मन छैन । तर वेबसाइटहरू हेर्ने, टुइट गर्ने र आफ्ना
प्रकाशित लेख अनि विशेष दिनका लागि फेसबुकमा पनि पोस्ट गर्दै आएको छु । अब मैले
यसलाई थप व्यापक पर्छ भन्ने लागेको छ । यस प्रकार ब्लग सञ्चालन गर्नुका पछाडि
विभिन्न कुराहरू छन् । ती मध्ये पहिलो उद्देश्य भनेको ज्ञान बाँड्नु नै
हो । आफुले जानेका कुराहरू मेडियामा स्थान नपाउने स्तरका धेरै हुन सक्छन् तर
तपाइँका लागि ती अत्याधिक महत्वपूर्ण हुन सक्छन् । उदाहारणका लागि पत्रिकामा
तपाइँको विचार छाप्न शुद्ध र सन्तुलित हुनुका साथै करिब एक हजार शब्दमा विवेचना
गरिएको हुनुपर्छ । तर ब्लगमा त्यस्ता कुनै पनि सिमा हुँदैनन्; केवल प्रश्नको पुरा उत्तर आउनुपर्छ ।
त्यसैगरी अहिलेसम्म दुइ दर्जन जति लेखहरू कर्णाली प्रदेशबाट प्रकाशित हुने विभिन्न
पत्रिकामा प्रकाशित भएका छन् । यस विशेष लेख मार्फत सुर्खेतबाट प्रकाशित हुने
युग आह्वान दैनिक, साझा बिसौनी दैनिक, सुर्खेत पहिचान दैनिक तथा बाँके जिल्लाको कोहोलपुरबाट
प्रकाशित हुने मिसन टुडे दैनिकलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।तर ती कुनै
पत्रिकामा पनि मैले चाहेजस्तो ट्राफिक पाउन सकिन । किनकि त्यहाँको अनलाइनमा
मैले चाहेको जस्तो गरी मेहनत लगाएर प्रकाशित नै गरिँदैन । माथि नाम पत्रिकाको
हुन्छ तर मुनि लेख आफ्नो हुन्छ । आफ्नै नाममा हाइपरलिङ्क पनि देखिँदैन ।
मैले एक पत्रिकाका अन्लाइन अध्यावधिककर्तालाई सम्पर्क गरेरै उक्त असन्तुस्टि
जनाएँ । तर उनले आफ्नो वेबसाइटमा त्यो सुविधा नरहेको बताए । तर त्यसको
केहि दिनमा मैले मित्र सुरेशजिलाई आफ्नो ब्लग अप्डेट गर्दा उक्त कुरा बताएपछि मेरै
भनाइ अनुसार उनले काम गरे, त्यहाँ सफलतापूर्वक त्यो काम भयो । अब भन्नुहोस्,
ब्लगमा त हुन्छ भने वेबसाइटमा किन हुँदैन? यद्यपि साझा बिसौनी, युग आह्वान,
सुर्खेत पहिचान र मिसन टुडेले मलाई उपलब्ध गराएको छापा र अनलाइनको महत्वपूर्ण
स्थान प्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु । आगामि दिनमा पनि यस्तै
विश्वसनीयता र भरोसा समाचारपत्रको आँखामा देखाउन सकूँ । मैले लेख्न
हिच्किचाउनु हुन्न; साझा बिसौनी दैनिकका सम्पादक बिनोद शाहिको सहयोग तुलनात्मक
रूपमा म प्रति धेरै छ ।
हरेक कुराको जन्म पुरानोलाई चुनौति दिन र अवमूल्यन गर्न होइन, त्यसलाई
प्रबोधिकरण र सहयोग गर्दै स्तर वृद्धि गर्नका लागि हुन्छ । मेरा आम पाठकलाई र
दर्शकलाई मैले मेरो यो ब्लगबाट केहि योगदान गरौँ र आफ्नो मेडियामा छाप्न लायक
नभएको कुरा निजि साइटमा त राख्न सकिन्छ भन्ने मनसायले पनि यो ब्लग बनाइएको
हो । कतिपय वेबसाइटहरू कम्पनि बन्द भएसँगै निधाएका तिता अनुभवहरू पनि
छन् । ब्लगस्पट जस्तो ठुलो साइटमा त्यो समस्या आउँदैन भन्ने मेरो अनुमान
छ । आइटिका विद्यार्थीहरूको भनाइमा यसमा डाटा हराउने सम्भावना कमै
हुन्छ । सकिएछ भने नेपालले निसुल्क दिँदै आएको डोमेन लिएर वेबसाइट पनि
चलाउनुपर्ला नत्र यसमा पनि विश्वभर पुग्न अन्तराष्रिय स्तरको पहुँचका सुविधा छदै
छन् ।
ममा रहेको बाह्य दृश्टि सम्बन्धि कमजोरिका कारण पोस्टमा हुने कमि प्रति म
क्षमा चाहान्छु । त्यस्ता म लगायतका व्यक्तिहरूलाई सहयोग पुग्ने खालका
सामग्रिहरू भए यहाँहरूको लागि पनि यो ब्लग खुल्लै रहनेछ । मेरो बारे थप जान्न
ब्लगको About me मा क्लिक गर्न सक्नुहुन्छ ।
फेसबुक पेज भने मैले यहि ब्लगको प्रचार प्रशार गर्नको लागि खोलेको निजि पेज
हो । त्यस्तै मेरा कतिपय सुभचिन्तकहरूले प्रोफाइलमा जोडिन अनुरोध पठाउनुभएको
हुन्छ । अहिले पनि सय जति विचाराधिनमै छन् । फेसबुक पेज बनेसँगै त्यो
समस्या पनि हल हुनेछ । लक्ष्मि प्रसाद देवकोटाको कवितामा भनिएको छ, “उद्देश्य
के लिनु उडि छुनु चन्द्र एक” । अर्थात मलाई भोलि धेरै साथिहरू र विषय
वस्तुहरू भएको बेलामा पनि त चाहिन्छ । त्यसैले आजबाटै किन सुरु नगर्ने भनेर
त्यो गरिएको हो । यहाँहरूले फेसबुक पेज पनि लाइक गर्न सक्नुहुन्छ । आसा
छ त्यहाँबाट पनि मैले मनग्य पृष्टपोषण पाउनेछु ।
अन्तमा
यहाँसम्म आउँदाको अनुभवलाई शब्दमा व्यक्त गर्न नसकेतापनि निश्चित कुराहरू व्यक्त गर्न सकेँ जस्तो मलाई लाग्छ । छुटेका र मेरा त्रुटिहरू देखाएर मलाई सक्दो बौद्धिक व्यायम गर्न यहाँहरूबाट विशेष सहयोगको अपेक्षा गरेको छु । आगामि दिनमा मलाई सामाजिक सञ्जालमा जस्तै यहाँ पनि माया, मार्गदर्शन र विश्वास गरिनै रहनुहुनेछ भन्ने पूर्ण विश्वास मनमा राख्दै किबोर्डमा चलिरहेका औलाहरू विश्राम गराउँछु, धन्यवाद!
अति राम्रो
ReplyDeleteयहाँको ब्लक लेखनले उत्क्रिष्टता हाँसिल गर्ने सन्दर्भमा निसन्देह छौँ। यद्यपि ब्लकमा कल्पना र आत्मपरक्ता भन्दा अली उचाईमा पुगेर यथार्तता, निष्पक्षता र सान्दर्भिक्ता ईङ्गित गर्ने विषयवस्तु समावेश गर्दा रोचक र प्रभावकारी हुन सक्छ। हार्दिक शुभकामना
ReplyDeleteYou have done a great homework dear friend! Best wishes for great things to happen ahead!
ReplyDeletecongratulation💕💕
ReplyDelete